Wednesday, May 29, 2013

नेपाली कंग्रेशलाई सम्पूर्ण तामाङ समुदायले बहिष्कार गरौं ।

नेपाली कंग्रेशमा हुने र लाग्ने सबै तामाङ समुदायको अवस्था भिमबहादुर तामाङको जस्तै हुनेछ । बाँचुन्जेल कुनै पनि कंग्रेशी बाहुन नेताहरुले भिमबहादुर तामाङलाई सहयोग गर्नु भएन । गत महाधिबेशनमा कुनै पनि कंग्रेशीले उहाँलाई सहयोग र मतदान गर्नु भएन तर अहिले तिनै कंग्रेसी नेताहरु भिमबाहदुर तामाङको नाम भजाउँदै मत माग्न आईरहेकाछन् । सम्पूर्ण तामाङ समुदायले यो संघियता बिरोधी नेपाली कंग्रेशलाई बहिष्कार गर्नुस् । सम्पूर्ण तामाङ समुदायले बुझ्नु पर्ने कुरा के हो भने केहि समय भिमबहादुर तामाङ बाँच्नु भएको भए अशोक राईले जस्तै उहाँले पनि नेपाली कंग्रेश परित्याग गर्नु हुने थियो । 
पछिल्लो समयमा पहिचान सहितको संघियताको पक्षमा तामाङ समुदायले आवज उठाएको देख्नु भएर तामाङ औधिनै खुशी हुनु भएको थियो । तामाङ समुदायमा राजनीतिक चेतना आएको देखेर तामाङ यसरि खुशी हुनु भएको थियो । 

No comments:

Post a Comment