काठमाडौं। ठूलो संख्यामा नेपालमा भित्रिएका जर्मन स्पोटर्स गन (जीएसजी-५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिएर अवैध काम गर्नेहरूको सुचि प्राप्त भएको छ। राजधानीमा जर्मन स्पोटर्स गन (जीएसजी-५) नामक अर्धस्वचालित हतियार बोक्नेहरूमा क्यासिनोमा नेपाली जुवाडेलाई लगानी गर्ने, क्यासिनोमा टेबुल चलाउने, चर्को ब्याजमा ऋण लगाएर सर्वसाधारण र ब्यापारीको उठिबास गराउने, गुण्डागर्दी गर्ने, बैंकर, ब्यापारी तथा नेपालको बरिष्ठ प्रहरी अधिकृतसम्म रहेका छन् । जीएसजी-५ नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिनेमा बैंकर किशोर महर्जन र ज्योति पाण्डे छन्। महर्जन सिभिल बैंक र पाण्डे ईन्भेष्टमेन्ट बैंकका सीईओ हुन् । त्यसैगरी कानुनले बर्जित ब्याज लिएर ब्यापारी र सर्वसाधारणलाई उठिवास बनाएका एकान्तकुना बस्ने महेशबहादुर सिंह, काभ्रे घर भई हाल राजधानीस्थित सिफल बस्ने विरेन्द्रलाल श्रेष्ठले जीएसजी-५ नामक हतियार बोक्ने गरेका छन्। क्यासिनोमा लगानी गरेका कारण चर्चामा रहेका बलराम सापकोटासँग पनि जीएसजी-५ नामक हतियार भएको प्रशासन स्रोतले बताएको छ। प्रशिद्धबहादुर पाण्डे र रविन पाण्डे होटल ब्यवसायी हुन्। पाण्डेद्धयको लगानीमा होटल सांग्रिला संचालन हुँदै आएको छ। पाण्डेद्धयसँग पनि जीएसजी-५ नामक अर्धस्वचालित हतियार रहेको छ भने उनीहरूले एक महिना अगाडि मात्र लाईसेन्स लिएका हुन्। त्यसैगरी शेयरहोल्डरका तर्फबाट ईन्भेष्टमेन्ट बैंकका सुरेन्द्र सिंह पूर्व निर्देशक हुन्। सिंहसँग पनि जीएसजी-५ हतियार रहेको छ।
पुरानो बानेश्वर,बत्तिसपुतलीस्थित रहेको द रिभर ओभरसिजका संचालक रघु पुरीले पनि अवैध धन्दाबाट बच्न जीएसजी-५ हतियारको लाईसेन्स लिएको स्रोत बताउँछ। त्यसैगरी ब्यापार तथा ब्यवसाय नभएका तर पुख्यौंली सम्पत्ति प्रशस्त भएका बानेश्वर थापा गाउँ बस्ने कृष्णबहादुर थापासँग पनि अर्धस्वचालित हतियार जीएसजी-५ रहेको छ। ब्यापारी गुण्डा, तस्कर, ठग तथा दलालले मात्र जीएसजी-५ नामक अर्ध स्वचालित हतियारको लाईसेन्स लिएनन्, महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठसँग पनि जीएसजी-५ नामक हतियार रहेको छ। पछिल्लो केही वर्षयता वैध हतियार देखाएर अवैध उदेश्य पूरा गर्ने लहर राजधानीमा छाएको छ। एक वैंक कर्मचारीको नाममा मगाइएको जीएसजी-५ लेनदेन र अवैध ब्याज प्रकरणका कारण विवादमा परेपछि एक व्यक्तिले आफ्नो पत्नीको नाममा हतियारको नामसारी गरेको बुझिएको छ।
यसरी लिइन्छ हतियारको लाईसेन्स
आकर्षक आर्थिक प्रलोभनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरका कर्मचारीहरू परेपछि एक बर्षबीचमा दर्जनौं हतियार नेपाल भित्रिएका छन्। यसमा प्रहरी र दलालहरूको समेत मिलेमतो रहेको छ भने हतियार मगाएर मनलाग्दी विक्री वितरण र नामसारी गर्ने कार्य तिव्र गतिमा बढिरहेको छ। जुन ब्यक्तिलाई प्रशासनले हतियारको लाईसेन्स दिएको हो सो ब्यक्तिले पाँच बर्षसम्म हतियार नामसारी र विक्री वितरण गर्न मिल्दैन र पाउँदैन। गत वर्ष चलनचल्तीमा २२ बोर (२२ क्यालिबर)को भनिने जीएसजी-५ नामक हतियार सामान्य व्यक्तिको नाममा मगाएर केही दिनमै गुन्डाका नाइकेलगायतलाई नामसारी गरेकोसमेत प्रमाण भेटिएको छ। गृह प्रशासनले कसैको नाममा हतियार इजाजतपत्र पाएको पाँच वर्षसम्म अर्को हतियार ल्याउन वा नामसारी गर्नु गैरकानुनी मानेको छ। केही हप्ता पहिले पूर्व माओवादी कमान्डर एवं गोंगबु बस्ने यमबहादुर थापा जीएसजी-५ र अवैध सिक्सरसहित पक्राउ परेपछि जीएसजी-५ नामक हतियार चर्चामा आएको हो। थापाले जीएसजी-५ देखाएर धम्की, असुलीलगायत धन्दा चलाउँदै आएको प्रहरीको अभियोगमा छ। हतियार गिरोहले सदीक्षा शेरचन नामकी विद्यार्थीको नाममा हतियार मगाएर १३ दिनपछि थापालाई नामसारी गरेका थिए। नेपालमा हातहतियारसम्बन्धी प्रचलित कानुनअनुसार प्रक्रिया पुर्यायर सम्बद्ध प्रमुख जिल्ला अधिकारीको आदेशमा इजाजतपत्र हतियार प्राप्त गर्न सकिन्छ। त्यसका लागि जिल्ला सुरक्षा समितिले सिफारिस गर्नुपर्छ। गृह मन्त्रालयले त्यसलाई स्वीकृत गर्नुपर्छ। वैध हतियार राख्न नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। त्यो निवेदनसँगै सम्वन्धित व्यक्ति मानसिक र शारीरिक रुपमा स्वस्थ भएको चिकित्सकको सिफारिस पनि चाहिन्छ। निवेदनमाथि जिल्ला सुरक्षा समितिले अनुसन्धान अगाडि बढाउँछ।
के हो जीएसजी-५?
जीएसजी-५ नामक अर्धस्वचालित हतियारको पुरा नाम जर्मन स्पोटर्स गन हो। बाइस बोर भन्ने मापदण्डलाई टेकेर मगाइएको यो अत्याधुनिक हतियार युरोप तथा अमेरिकालगायतका मुलुकमा सर्प मार्नको लागि प्रयोग हुन्छ। त्ससैगरी युरोप अमेरिकामा बच्चाहरूलाई सुरुमा सुटिङ सिकाउनका लागि पनि जीएसजी-५ को प्रयोग हुने गरेको छ। २० मिटर भन्दा टाढाको मार हान्न नसक्ने उक्त बन्दुकले ढुकुरसमेत नमर्ने तर्क हतियारका विज्ञ तिमिर केसीले बताएका छन्। केसीले अहिले सञ्चारमाध्यममा आएका समाचार उडन्ते रहेको बताउँदै उक्त स्पोर्ट गनमा प्लास्टिकको गोली प्रयोग हुने समेत दावी गरे। तर यस्ता बन्दुक देखाएर सर्वसाधारणलाई धम्क्याउने, असुल्ने, उठन्ती गर्ने परिपाटीबारे प्रशासनले नै हेर्नु पर्ने केसीले बताए। जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार जीएसजी-५ नामक अर्धस्वचालित हतियारको आयातकर्ता केसी नै हुन्। अन्तर्राष्ट्रिय बजारमा ५४९ अमेरिकी डलर मूल्य पर्ने यो हतियार नेपाल आइपुग्दा २ लाख रुपैयाँ पर्छ। तर नेपालमा नामसारी र विक्री वितरण गर्दा ८ लाखसम्म चलखेल हुने गरेको छ। रत्नराज पाण्डे जिल्ला प्रशासन कार्यालय ललितपुर र काठमाडौंको प्रमुख रहँदा यस्ता हतियारको अपारदर्शी ढंगले अनुमतिपत्र वितरण भएको थियो। संविधानसभाको निर्वाचनलाई मध्यनजर राखि गृहमन्त्रालयले वैध तथा अवैध हतियार फिर्ता गर्न बारम्वार ताकेता गरेपनि काठमाडौंका डनदेखि क्यासिनोका दलालहरूमध्ये कसैले पनि हतियार फिर्ता गरेका छैनन्। जवकी तराईका विभिन्न आपराधिक समुहले समेत प्रशासनलाई धमाधम हतियार फिर्ता गर्दै आएका छन्।
.jpg)
No comments:
Post a Comment