Friday, May 17, 2013

चुनाव गराउने चार दलको बहानाबाजी मात्र हो


संघर्ष विना संविधान सभाको निर्वाचन हुन सक्छ जस्तो लाग्दैन
-पासाङ शेर्पा 
अध्यक्ष : सामाजिक लोकतान्त्रिक पार्टी  
नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा संविधान सभामा समानुपातिक तर्फबाट एमाले सभासद् थिए। संविधान सभा विघटनलगत्तै एमाले परित्याग गरी सामाजिक लोकतान्त्रिक पार्टी गठन गरेका शेर्पा पार्टीको सात सदस्यीय अध्यक्ष मण्डल मध्येका एक हुन्। नेपालको अहिलेसम्मको लोकतान्त्रिक अभ्यास टाठाबाठाको पक्षमा मात्रै भएकाले त्यसले आदिवासीका मुद्दा सम्बोधन गर्न नसकेको उनको ठम्याई छ। आदिवासी आन्दोलन सामाजिक न्याय, पहिचान र सहअस्तित्वका लागि भएको बताउने शेर्पासँगको संवाद :
तपाइँ नेपालको आदिवासी आन्दोलनमा धेरै अगाडिदेखि लाग्नुभएको छ। अहिले कहाँ पुगेको छ यो आन्दोलन ?
पहिचानकालागि सामाजिक आन्दोलनका रूपमा स्थापित भएको आदिवासी आन्दोलनबाट सामाजिक जागरण ल्याउने काम पर्याप्त मात्रमा भएको छ। अस्तित्वको लडाइँका विषयमा सामाजिक जनचेतना पनि अभिवृद्धि भएको छ। यी सबै मुद्दा राजनीतिक मुद्दाकारूपमा स्थापित गर्न सकियो भने यसले समाधानको बाटो पहिल्याउँछ। अन्यथा सामाजिक आन्दोलनले मात्र यी मुद्दाको सम्बोधन हुन सक्दैन। त्यसैले यी मुद्दालाई राजनीतिक मुद्दाका रूपमा रुपान्तरण गर्दै लैजाने ठाउँसम्म अहिले आदिवासी आन्दोलन पुगेको छ।

No comments:

Post a Comment