अरुको लागि लड्यौ आजसम्म अब आफ्नो लागि लडौं अन्तिम सम्म।
संयुक्त जातीय मुक्ति मोर्चा नेपालले हिन्दु आर्यन बाहुनबादी शासकहरुको नेतृत्वमा रहेका नेपालको सामन्ती राज्यसत्ताले नेपालका सबै समुदाय, भाषाभाषी, धर्मावलम्बीहरू माथि शोषण, दमन, अन्याय र अत्याचार गर्ने आक्रमणकारी बाहुनबादी सामन्ती राज्यसत्ताको विरुद्ध अन्तिम, निर्णायक र सशक्त सामाजिक आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले जारी गरेको दस्तावेजमा भनिएको छ: विश्वका उत्पीडित समुदाय एक हौँ ।
राष्ट्रिय मुक्ति संघर्ष
अवधारणा पत्र
सेना तथा कार्यकर्ताहरूमा गहन शिक्षा दिने र कडाईका साथ लागु गर्नु पर्ने अनुशासनका मुख्य तीन नियम र ध्यान दिनु पर्ने कुराहरूः-
अनुशासनका तीन मुख्य नियमहरूः
क) आफ्ना सबै काम कार्वाहीमा आदेश पालना गर।
ख) नागरिकको अनुमति बिना सियो र धागो समेत नलेउ।
ग) जफत गरेको सबै चिज संगठनमा बुझाउ।
२) ध्यान दिनुपर्ने कुराहरूः
क) नम्रताका साथ बोल्नुको साथै अरुलाई कदर गर।
ख) किनेको चीजको उचित मूल्य तिर ।
ग) पैंचो लिएको हरेक चिज फर्काउ।
घ) विगारे भत्काएको हरेक चिजको मोल तिर।
ङ) नागरिकलाई कुटपिट वा गाली बेइज्जत नगर।
च) बालीनाली नविगार।
छ) नारीहरूलाई उत्ताउला व्यवहार नगर।
ज) बन्दीहरू प्रति दुर्व्यवहार नगर।
झ) व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको सेवा गर।
ञ) मध्यपान तथा कुलतबाट टाढा बस।
ट) आफ्नो चरित्रको कहिल्यै हत्या नगर।
ठ) खोज अनुसन्धानका साथ अध्ययनशिल बन।
३) अरुको लागि लड्यौ आजसम्म अब आफ्नो लागि लडौं अन्तिम सम्म।
भूमिका
नेपालको इतिहासमा पृथ्वीनारायण शाहले एकिकरणको नाममा नेपाल भित्र छरिएर रहेका थुप्रै गणराज्यहरू माथि छलप्रपञ्चपूर्ण तरिकाले कब्जा गर्ने क्रममा थुप्रै अमानवीय युद्धहरूमा अपराधपूर्ण तरिकाले नागरिक मास्ने काम गरेका थिए । ताकी उनलाई नागरिक विनाको राज्यमात्र चाहिएका थियो । त्यसैले त्यसताकाको लडाँईमा युद्धबन्दी गरिएको तथा आममाफी दिइएको कुनै पनि इतिहास र कथाहरू समेत सुन्न पाइन्न । त्यस युद्ध ताका प्रायः बृद्धा, दोजिया महिला र बालबालिका समेत बाँकी रहेनन् । त्यस प्रकारको अपराधिक हमला र जालझेल वा सम्झौता गरी राज्यहरू आफ्नो अधिनमा लिई सकेपछि पनि त्यहाँका नागरिकलाई सदैव बैरीभाव व्यवहार गरी रहे, नागरिकलाई केवल युद्धबन्दी र दासको रुपमा दमन, उपेक्षा, उत्पीडन र सबैखाले श्रम, आर्थिक, सामाजिक र यौन शोषण गरी नै रहे। फलस्वरुप उनीहरूले हाम्रो भाषा, लीपि, धर्म, संस्कार र संस्कृतिहरू प्रति नाङ्गो हस्तक्षेप गरी दमन, उपेक्षा र प्रतिबन्ध लगाउँदै एकछत्र हिन्दु साम्राज्य स्थापना गर्न सेना र पुलिसको दमनको भरमा एउटै समुदाय, एउटै भाषा, एउटै धर्म-संस्कृति र सिद्धान्तको आधारमा शोषण र शासन गरे ।
यसरी अन्यायपूर्ण शोषण, दमन, उपेक्षा, दलन र उत्पीडन सहँदै भोग्दै आएका तमाम ९० प्रतिशत समुदाय, भाषा/भाषी, धर्मावलम्बीहरू माथि विभिन्न खाले षड्यन्त्रहरू गर्दै फुटाउ र राज गरको सिद्धान्तमा आधारीत एक अर्कामा फुटाउँदै, लडाउँदै, भिडाउँदै आइरहेका छन् । आफ्नो साम्राज्य टिकाउन र आफ्नो मान, सम्मान, प्रतिष्ठा, पद खाईन पाईन, धन सम्पत्ति र शासन सत्ता बचाउन सफल छन् । यहाँका समुदायलाई पार्टीहरूमा विभाजन गरी सामन्तवाद र वर्गीय अन्तर विरोधको शिक्षा दिई रणनीतिक तालतलैयामा भूलभूलाई राख्ने कार्यहरू मात्र भइरहेको छर्लङ्ग छ । अनावश्यक वर्गीय चिन्तन लादेर जनयुद्धको नाममा दशौं हजारको संख्यामा नागरिकको वलि चढाए । आखिर त्यो जनयुद्ध पनि नागरिक ढाँट्ने काम थियो ।
अन्तमाः जनयुद्धको परिणाम फलदायी हुन सकेन । आखिर त्यही हिन्दु साम्राज्यवाद, बाहुनवादलाई नै अझ मजबुत बनाउने काम भयो । यसरी समय/समयमा विभिन्न षड्यन्त्रहरू गरी नागरिक मास्ने र विदेश पलायन गराउने अनि देशमा आफ्नो हालीमुहाली गर्ने यी बाहुनबादी शासकहरुको पूरानै शैली र संस्कार हो । सम्पूर्ण समुदायलाई आफ्नो मुक्तिको निम्ति सोच्न समेत मौका नदिने र बाहुनबादी शासकहरुको अनुकूल कार्य गर्न सधैँ लगाइ रहने नियतले गर्दा आजसम्म सम्पूर्ण उत्पीडित समुदायहरूलाई ओझेलमा परिरहेका छन् ।
यसरी नेपालका सबै राजनीतिक दलहरूले नागरिकलाई अलमल्याई उनीहरूको मुक्ति प्रति बाधा हाल्ने र हिन्दु साम्राज्यवाद, बाहुनवाद टिकाई राख्ने योजना मात्र देखिएको र तमाम ९५ प्रतिशत उत्पीडित समुदायको अधिकार स्थापना गर्नका लागि ४५० वर्षदेखि लादिएको आन्तरिक उपनिवेशवाद, तानाशाही हिन्दु साम्राज्यवाद र सामन्ती बाहुनवाद विरुद्ध सम्पूर्ण उत्पीडित समुदायहरू संयुक्त संघर्षको लागि तयारी हुन सकेनन् । र अझै पनि यसलाई संघर्ष मार्फत् उठाउन सकिएन भने कहिल्यै हाम्रो मुक्तिको सम्भावना नहुन सक्छ । बरु सम्पूर्ण उत्पीडितहरू निकट भविष्यमा नै राष्ट्रिय दासको रुपमा परिणत हुने निश्चित छ । तसर्थ सम्पूर्ण समुदाय एक भई आन्तरिक उपनिवेशवाद, हिन्दु साम्राज्यवाद, साम्प्रदायिक बाहुनवादको अन्त्य गरी सर्वजातीय समाजवादको सिद्धान्त भित्र सबैको साझा मुक्ति र हक अधिकारहरू स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता रहेकोले संयुक्त जातीय मुक्ति मोर्चा नेपाल नामक साझा मोर्चा निर्माण गरी सञ्चालन गर्न यो अवधारणा-पत्र निर्माण गरिएको छ ।
*संयुक्त जातीय मुक्ति मोर्चा नेपालको लक्ष्य र उद्देश्यः
१) राष्ट्रिय मुक्ति
२) समुदाय मुक्ति
३) क्षेत्रीय मुक्ति
४) वर्गीय मुक्ति
५) लिङ्गीय मुक्ति रहनेछ।
**राष्ट्रिय मुक्तिः
यस संयुक्त जातीय मुक्ति मोर्चा नेपालको दृष्टिकोणमा नेपाल एउटा आन्तरिक उपनिवेशवाद, ४५० वर्षे हिन्दु साम्राज्यवाद र वर्णश्रमवादी व्यवस्था भित्रको अन्ध बाहुनवादी नीतिले जरा गाडेर रहेको कारणले यस देशका तमाम ८१ प्रतिशत मूलबासी, मुस्लिम, दलित, पिछडावर्गका समुदायहरूको कुनै पनि खाले अधिकारको ग्यारेण्टीको पक्षमा हैन, बरु कसरी दमन गरी उनीहरूको हक अधिकार प्रति प्रतिबन्ध लगाई आफ्नो मान मर्यादा, खाइन पाइन, पद प्रतिष्ठा र एकल शासन सत्ता बचाउन सकिन्छ भन्नेतिर कठोर बन्दै गइरहेकोले त्यस किसिमको कुनै पनि खाले अहंकारवादको अन्त्य नभएसम्म र आन्तरिक उपनिवेशवादको अन्त्य, एकल हिन्दु साम्राज्यवाद, साम्प्रदायिक बाहुनवादको अन्त्य नभएसम्म राष्ट्रिय मुक्ति हुने छैन ।
राष्ट्रिय मुक्ति नभएसम्म, समुदायको मुक्ति, क्षेत्रीय मुक्ति, वर्गीय मुक्ति र लिङ्गीय मुक्तिको सम्भावना समेत रहने छैन । तसर्थ आन्तरिक उपनिवेशवाद, हिन्दु साम्राज्यवाद र बाहुनवादको जरै देखि उन्मूलन गरी सम्पूर्ण राष्ट्रका समुदायहरू, भाषाभाषी, धर्मावलम्बीहरूको हरेक क्षेत्रमा समान अधिकार स्थापना गर्न सक्नु नै राष्ट्रिय मुक्ति हो । त्यसैले उपनिवेशवाद, हिन्दु साम्राज्यवाद, वर्णाश्रमवादी बाहुनवादको पञ्जाबाट देशलाई मुक्त पारी सबै समुदायको साझा फूलबासी बनाउने हाम्रो मोर्चाको उद्देश्य हुनेछ ।
**समुदाय मुक्तिः
सर्वप्रथम त राष्ट्रिय मुक्ति बिना समुदाय मुक्ति हुँदैन भन्ने कुरामा हामी प्रष्ट छौँ । त्यसर्थ राष्ट्रको सम्पूर्ण तहमा समुदायहरूको समान सहभागिता, समान प्रतिनिधित्व, समान पहुँच, जस्ता समानुपातिक अधिकारको पूर्ण ग्यारेण्टी हुनु नै समुदाय मुक्ति हो भन्ने ठहर गर्दै सम्पूर्ण उत्पीडित समुदायहरूलाई राष्ट्रिय मुक्ति संग्रामको संघर्षमा उत्तारेर हिन्दु साम्राज्यवाद, बाहुनवादको चरम शोषण, दमन, उत्पीडन र दलनबाट मुक्त पार्ने हाम्रो मोर्चाको मूल लक्ष्य हो ।
हिन्दु साम्राज्यवाद र बाहुनवादी राजनीतिक दलहरूको नेपालका विभिन्न समुदाय, वर्ण र लिङ्गको आधारमा शासन र शोषण गर्ने सबै खाले विभेदकारी धार्मिक नीति, नियम र कानुनहरू र त्यस प्रकारका राज्य संरचनाको अन्त्य गरी नेपालका सबै समुदाय, भाषाभाषी, धर्मावलम्बीहरूको समान हक र अधिकार स्थापना गरी मुक्त गराउने मोर्चाको लक्ष्य रहेको छ ।
**क्षेत्रीय मुक्तिः
माथि उल्लेखित भए अनुसार राष्ट्रिय मुक्ति र समुदाय मुक्तिको पूर्ण ग्यारेण्टी नभएसम्म क्षेत्रीय मुक्ति सम्भव छैन। कथम् कदाचित प्रान्तीय राज्यको संरचना वा विभाजन भई हाले पनि त्यस राज्यको लगाम भनेको हिन्दु साम्राज्यवाद, बाहुनवादीहरूकै हातमा हुनेछ । अर्थात् कुनै पनि पार्टीको नाममा त्यहि हिन्दु साम्राज्यवाद वा बाहुनवादले नै राज्यमा शासन गर्नेछ ।
अन्यथा बाहुनवादी पार्टीहरू नभएर स्वतन्त्र कुनै समुदायहरूले नै राज्य सञ्चालन गर्ने अवसर पाए पनि त्यो उही हिन्दु साम्राज्यवाद, बाहुनवाद तथा उपनिवेशवादीहरूकै छत्र छायाँमा चल्नेछ । उनीहरूको इशारा, आदेश र योजना बमोजिम चल्ने भएकोले हामी त्यस किसिमको राज्य व्यवस्था अस्वीकार गर्दछौँ । त्यसैले प्रथम हामी राष्ट्रिय मुक्ति हुँदै समुदाय मुक्ति गराई आफैँ शक्तिशाली सर्वसमुदाय केन्द्रित सरकार र समुदाय सभा स्थापना नगरी विश्वासिलो स्थायी र वास्तविक क्षेत्रीय राज्य र क्षेत्रीय मुक्तिको कल्पना गर्न सकिन्न ।
त्यसकारण माथि उल्लेखित भए बमोजिम हिन्दु साम्राज्यवाद, बाहुनवाद र आन्तरिक उपनिवेशबाट मुक्त शान्त र समृद्ध क्षेत्रीय सुशासनको ग्यारेण्टी गरी नागरिकका क्षेत्रीय मुक्तिको चाहनालाई पूरा गर्ने हाम्रो लक्ष्य रहेको छ ।
**वर्गीय मुक्तिः
साम्प्रदायिक भेदभाव र समुदाय दमन, शोषण, उपेक्षा र दलनका कारण र त्यसै अनुरूप वा भेदभाव र शोषण दमनको आधारबाट नै वर्गीय विभाजन तथा आर्थिक असमानता विकसित हुँदै गएको हो। यसरी साम्प्रदायिक तथा समुदाय भेदभाव (असमान वितरण प्रणाली) ले जन्माएको वर्गीय असमानतालाई समुदाय समानताको नीतिले समान वितरण प्रणाली अथवा समान अवसर, समान नेतृत्व, समान प्रतिनिधित्व र समान राज्यको हरेक तहमा समान कोटाको व्यवस्थाबाट नागरिकलाई विपन्न वर्गबाट मुक्त गराउन सकिनेछ।
सामन्तवाद भन्दा साम्प्रदायिक भेदभाव र समुदाय भेदभाव शोषण, दमन र दलन नै हुन्छ। र हाम्रो देश प्रथमतः आन्तरिक उपनिवेशवाद र हिन्दु साम्राज्यवादबाट मुक्त हुनु नै प्रमुख मुद्धा भएकोले प्रथमतः हामी आन्तरिक उपनिवेशवाद, हिन्दु साम्राज्यवाद तथा साम्प्रदायिक बाहुनवादको अन्त्य पछि मात्र साधारण सामन्तवादको अन्त्य गरी सम्पूर्ण समुदायका नागरिकलाई पूर्ण वर्गीय मुक्ति दिलाउन सकिन्छ भन्ने हाम्रो मोर्चाको लक्ष्य हुनेछ।
५) लिङ्गीय मुक्तिः
माथि उल्लेखित उपनिवेशवाद, हिन्दु साम्राज्यवाद र साम्प्रदायिक बाहुनवाद नै लिङ्गीय मुक्तिको मुल बाधक हो। जुन हिन्दु धार्मिक शासन पद्धतिले वेद, पुरान र उपनिषिदको आधारमा विभेद पूर्ण नीति र कानूनहरू निर्माण गरी लिङ्ग, समुदाय र वर्णको आधारमा शासन, शोषण, भेदभाव र उपेक्षा गरिएको कारण आज महिलाहरू पुरुषको तुलनामा माथि उठ्न सकेका छैनन्। त्यसैले हरेक धार्मिक आधारमा बनेका सम्पूर्ण देशका नीति र संरचनाहरूको अन्त्य गरी हरेक तहमा महिलाहरूलाई संख्यात्मक आधारमा समान सहभागिता र समान प्रतिनिधित्वको सिद्धान्त बमोजिम समान अधिकार सम्पन्न बनाई लिङ्गीय मुक्तिको प्रत्याभूति गराउने हाम्रो मोर्चाको लक्ष्य रहेको छ।
२) संयुक्त जातीय मुक्ति मोर्चा नेपालको सिद्धान्तः
१) सर्वजातीय समाजवादी व्यवस्थाः
क) यसका मुख्य समस्याहरू निम्नानुसार छन्-
विश्वमा आजसम्म पनि पुरातन रुढीवाद ग्रस्त चिन्तन वा मध्य युगीन सामन्तवादी सोचको अन्त्य भएको छैन। आज विश्वमै कथित उच्च समुदाय अहंकारवाद वा एकल उच्च धार्मिक अहंकारवादीहरूले नै राज्य र शासनहरू चलाई रहेका छन्। एकले अर्कालाई शासन, शोषण, दमन, उत्पीडन र उपेक्षा गरिहेका छन्। मेरै समुदाय ठूलो, मेरै धर्म राम्रो, मेरै भाषा राम्रो, मेरै मात्र देश, मेरै मात्र अधिकार र मेरै इच्छा, योजना, आदेश र नियन्त्रणमा सबैले बाँच्नुपर्छ भन्ने अहंकारवादी चिन्तन र कार्यशैलीका कारण आज विश्वले ठूलठूला कहालीलाग्दो नरसंहारहरू भोग्नुपरेको छ। ठूल-ठूला समुदाय युद्ध, धार्मिक युद्ध र भाषिक युद्धहरू भइरहेका पाइन्छ। यी माथि उल्लेखित युद्ध र नरसंहारका जिम्मेवार तिनै कथित उच्चसमुदाय, धार्मिक, भाषिक अहंकारवादी शासकहरू नै हुन्। कारण आफ्नो समुदाय, भाषा र धर्मको विकास भई अन्तर्राष्टि्रय शक्तिको रुपमा स्थापना होस् भन्ने चाहन्छ। तर, अरुको समाप्त होस्, लोप भएर जाओस्, अस्तित्व मेटिएर जाओस् ताकि मै मात्रै संसारको सर्वश्रेष्ठ बन्न सकुँ भन्ने भावनाले अरुप्रति उपेक्षा, दमन, नियन्त्रण जस्ता दुस्प्रयास र चिन्तनका कारणहरू यी हैकमवादीहरूले संसारलाई नै अस्तव्यस्त बनाइ शान्तीपूर्ण जीवन जीउन दिइरहेका छैनन्।
ख) बहुदलीय व्यवस्था, प्रजातन्त्र र पुँजीवादी लोकतन्त्रः
जब नागरिकहरू सचेत भई आफ्नो अधिकारको लागि विद्रोह गर्दछन् त्यसबेला दलिय व्यवस्थामा अल्झाएर विद्रोहलाई अर्कोतिर मोड्ने कार्य गर्छन् वा प्रजातन्त्रको बाहना बनाउँदछन् र लोकतन्त्रको कथा सुनाउँदछन् सकेसम्म संघर्षलाई मोडी विसर्जन गराउँछन्। निर्वाचनको बाहना बनाई जालझेल र छल प्रपन्च गरी अन्तमा शासन सत्ता उनीहरूकै हातमा पार्ने काम गर्दछन्। यसरी नै शोषित उत्पीडित, दलित र उपेक्षितहरूलाई अलमल्याई सदा सर्वदा उनीहरू नै शासन गर्नेछन्। उनीहरूको जस्तो सुकै शासन व्यवस्था भए पनि कहिल्यै कसैको मुक्ति हुने केही आशा गर्न सकिदैन किनकी उनीहरूको सुधारवादी अस्त्रहरू हुन्।
ग) मुक्तिको उपायः
माथि उल्लेखित कुनै पनि समुदाय अहंकारवादहरूको पूर्ण अन्त्य नभएसम्म बहुदलीय पद्धति पुँजीवादी लोकतन्त्र तिर नै अल्भि्करहे राष्टि्रय मुक्ति विना समुदाय मुक्ति हुन सक्दैन। जबसम्म राष्टि्रय मुक्ति र समुदाय मुक्ति हुँदैन तबसम्म कुनै पनि प्रकारको मुक्तिको सपना देख्नु हुँदैन।
तसर्थ माथि उल्लेखित सम्पूर्ण वादहरूको अन्त्य गर्दै र विकसित हुँदै सर्वप्रथम समुदाय, भाषिक र धार्मिक समानता स्थापना गर्न सम्पूर्ण समुदाय र भाषाभाषी, धर्महरूको समानुपातिक सहभागिता र प्रतिनिधित्वको सिद्धान्त अनुरुप सर्वजातीय समाजवादी व्यवस्था स्थापना र लागु गर्ने हाम्रो मोर्चाको मुल सिद्धान्त रहेको छ।
२) सर्वजातिय सरकार निर्माणः
सम्पूर्ण समुदाय भाषाभाषि र धर्म सम्प्रदायका समान अधिकारको ग्यारेण्टीका निमित्त समान सहभागिता र प्रतिनिधित्वको सिद्धान्त अनुरुप समुदाय र जनसंख्याको आधारमा सर्वजातिय सरकार निर्माण गर्ने हाम्रो मोर्चाको सिद्धान्त रहेको छ।
३) समुदाय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणालीः
समुदाय जनसंख्याको आधारमा समान हक, अधिकार, समान सहभागिता र प्रतिनिधित्वको लागि बहुदलीय व्यवस्थाको पार्टी र दलहरूको निर्वाचन प्रथाको अन्त्य गरी समुदाय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणाली लागु गरी हरेक तहमा समुदाय कोटाको निर्धारण गरी समुदाय निर्वाचन प्रणाली लागू गरिने मोर्चाको सिद्धान्त रहेको छ।
४) सर्वजातीय सभा स्थापनाः
बहुदलीय संसदीय जस्तै सोझा सिधा नागरिकमा जालझेल र छल प्रपञ्च गरी सदा सर्वदा त्यही पुरातन हिन्दु धार्मिक सत्तालाई नै टिकाइ राख्ने खेल मात्र खेलेको छ। अझ भन्ने हो भने संसदीय व्यवस्था भनेको त राज्यमा साम्राज्य जमाउन सफल हिन्दु साम्राज्यवादीहरूको नागरिकफसाउने उत्कृष्ट बाहना रहेको हो। त्यहाँ जे गर्दा पनि हुने, जस्तोः उदाहरणका लागि संविधानसभा जस्तो गरिमामय निर्वाचनमा नागरिकले असक्षम र अयोग्य भनी हराएका, निष्काशन गरी फालिएकाहरू जस्तैः वामदेव गौतम उपप्रधानमन्त्री तथा गृह मन्त्री बने। अझ ! दुई-दुई वटा निर्वाचन क्षेत्रबाट नागरिकले बहिष्कार गरेका माधवकुमार नेपाल संसदीय समितिको सभापति बन्न पुगे। जित्नेहरू सभासद मात्र रहे। तर दुई-दुई वटा निर्वाचन क्षेत्रबाट हार्ने व्यक्ति उनीहरूको सभापति। खोइ त ! नागरिकको भोटको मूल्य मान्यता? त्यति मात्र कहाँ हो र ! अझ माधव जी त ! कार्यकारिणी प्रधानमन्त्री जस्तो देशको सर्वोच्च गरिमामय पद र शक्तिमा लोकतन्त्र र संवैधानिक व्यवस्थाको उपहास गर्दै आसिन भए भने प्रायः सबै पार्टीको हरुवाहरू मिलाएर बाहुनवादी कठपुतली सरकार गठन गरे अतः अब भन्नुहोस् यस किसिमको संविधानसभा र नागरिक फसाउने संसदीय व्यवस्थाको औचित्य कहाँ रह्यो र? तसर्थ यस किसिमको घृणित फोहोरी संसदीय खेलको पूर्ण अन्त्य गरी समुदाय जनसंख्याको आधारमा पुनः समानुपातिक निर्वाचन प्रणाली (समुदाय भोट) द्वारा समुदाय सभाको स्थापना गरी नेपालका सबै समुदाय, भाषाभाषि र धर्मावलम्बीहरूको समान अधिकारको ग्यारेण्टी गर्ने मोर्चाको सिद्धान्त रहेको छ।
५) हरेक तहमा प्रमुख पदहरू चक्रिय क्रम प्रणाली अनुसार चल्नेछः
समुदाय समानता र समान सहभागिता तथा प्रतिनिधित्व र पहुँचको लागि हरेक तहका प्रमुख पदहरू चक्रिय क्रम प्रणाली अनुसार सम्पूर्ण समुदायहरूमा जाने गरी नौलो सिद्धान्तको प्रतिपादन गरिएको छ।
६) बहुभाषिक राष्ट्रः
नेपालमा रहेका सम्पूर्ण भाषाभाषीहरूलाई समान अधिकार प्रदान गर्न र समान खोज अनुसन्धान र विकास गरी अन्तर्राष्टि्रय प्रतिस्पर्धामा उठाउन रहेका सम्पूर्ण भाषाभाषिहरूलाई हरेक विद्यालयहरूमा अनिवार्य भाषा शिक्षा लागु गरी राष्ट्रलाई नै बहुभाषिक राष्ट्र घोषणा गर्ने मोर्चाको सिद्धान्त रहेको छ।
७) बहुधार्मिक राष्ट्रः
राष्ट्रलाई बहुधार्मिक राष्ट्र घोषणा गरी सम्पूर्ण धर्महरूलाई समान व्यवहार र संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्नुपर्दछ। कुनै पनि किसिमको भेदभाव गर्नु हुँदैन। भेदभाव भए ठूलठूला धार्मिक तथा साम्प्रदायिक दंगाहरू, संघर्षका घटनाहरू घट्नेछन्। त्यसैले धार्मिक समानतामा जोड दिनु पर्छ भन्ने हाम्रो सिद्धान्त रहेको छ।
८) समुदाय ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रान्तीय संघिय राज्यः
अहिले संघीय राज्य विभाजनको नाममा विभिन्न खाले अराजक र उश्रृङ्खल क्रियाकलापहरू देखा परिरहेका छन्। ती विवादहरू नै नेपालमा संघीय राज्यका मागहरूलाई असफल तथा तुहाउने प्रयासहरू हुन्। जस्तैः चुरे भावर एकता प्रदेश, एक मधेस एक प्रदेश, स्वतन्त्र पल्लो किँरात लिम्बुवान र माओवादीका सम्पूर्ण राज्य समितिहरू तथा अन्य तमाम क्षेत्रीयवादी संगठनहरू हुन्। माथिका सम्पूर्ण संगठनहरू संघीय राज्य असफल पार्ने मुल तत्वहरू हुन्। कारण विभिन्न विवाद निकालेर नेपालमा संघीय राज्य असफल सिद्ध बनाउने प्रमुख हतियार हुन्।
अतः माथिका सम्पूर्ण षड्यन्त्रबाट सजग रहेर विवाद रहित समुदाय ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रान्तीय संघीय राज्यहरू निर्माण गर्नुपर्दछ भन्ने मोर्चाको सिद्धान्त हुनेछ।
९) स्थानीय स्वशासनः
स्थानीय स्वशासनको माध्यमबाट स्थानीय नागरिकलाई प्रत्यक्ष स्थानीय स्तरमै सेवा सुविधा र सुशासनको ग्यारेण्टी गरी सम्पन्न र आत्म निर्भर बनाउने तथा अन्तर्राष्टि्रय श्रम संगठन आई.एल.ओ. महासन्धि १६९ लाई वैधानिक रुपमै स्थानीय स्तरको नागरिक समक्ष लागु गर्ने मोर्चाको सिद्धान्त रहेको छ।
३) मोर्चाको रणनीतिः
१) गोलमेच सम्मेलनद्वारा केन्द्रीय तथा प्रान्तीय सर्वजातिय सरकारहरू गठन गर्नेः
प्रत्येक प्रान्तीय, संघीय राज्य सरकारहरू तथा केन्द्रीय सरकार गठन गर्न सक्ने अवस्था हुनासाथ सम्पूर्ण समुदायहरूको उनीहरूकै समुदाय र जनसंख्याको आधारमा गोलमेच सम्मेलन गरी आन्तरीक समुदाय सरकार गठन गर्ने मोर्चाको रणनीति रहेको छ।
२) तत्कालीन हिन्दु साम्राज्यवादी, बाहुनवादीहरूको जनघाती संविधानसभा विघटन गरी समुदाय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा दोस्रो संविधान सभा गर्ने।
तत्कालीन संविधानसभामा हिन्दु साम्राज्यवादी तथा बाहुनवादीहरूले आफ्नो अनुकूल हुने गरी नागरिकको समानुपातिक निर्वाचन प्रणालीको मागलाई दबाउँदै नाटकीय ढंगमा जनघाती संविधानसभाको निर्वाचन गरेका थिए। त्यस किसिमको छल प्रपन्चपूर्ण संविधानसभालाई समेत उनीहरूले नै बेवास्ता गर्दै वा संविधानसभालाई समेत मिचेर दुई दुई ठाउँबाट हारेका माधव नेपाललाई संवैधानिक परिषदको सभापति र देशका प्रधानमन्त्री समेत बनाए। त्यसैगरी नागरिकले असक्षम र अयोग्य ठहर्याइए निर्वाचनमा हराई दिएका वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री बने। अझ भएन, माधव नेपालको नेतृत्वमा बनेको सरकार त, सबै हरूवाहरूकै सरकार बनेको हुँदा अब संविधानसभाको कुनै औचित्य रहेन। यसरी औचित्य समाप्त भएको संविधानसभा भत्ता पचाउने मात्र देखिएकोले राष्ट्रको ढुकुटी नै रित्याउने खालको जम्बो संविधानसभा भंग गरी समुदाय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीद्वारा दोस्रो संविधानसभाको निर्वाचन गरी सम्पूर्ण जातजातियहरूको अधिकार सुनिश्चित गर्ने मोर्चाको रणनीति रहेको छ।
३) समुदाय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नेः
संघिय राज्यको रहेक तहमा समुदाय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरी सम्पूर्ण समुदायहरूलाई राष्ट्रको हरेक निकायमा समान प्रतिनिधित्व गराउँदै सक्षम, सबल र अधिकार सम्पन्न समाजको निर्माण गर्ने मोर्चाको रणनीति रहेको छ।
४) सर्वजातिय राष्टि्रय सभाको स्थापना गर्नेः
संसदीय प्रणालीले हामीलाई पटक-पटक हरेक क्षेत्रमा अलमल पार्ने र तिनै साम्राज्यवादीहरूले जे गर्न पनि अनुकूल हुने र हदैसम्म किनबेच मोलमोलाई, जालझेल, छलप्रपन्च दलाली प्रथा चल्ने भएकोले संसदीय प्रणालीको समूल अन्त्य गर्दै सर्वजातिय राष्टि्रय सभाको स्थापना गर्ने मोर्चाको रणनीति रहेको छ।
५) बहुजातिय व्यवस्था स्थापना गर्नेः
बहुदलीय व्यवस्था प्रणालीले समुदाय फुटाउ र राज गरको नीति लिएर सदैव राज्यद्वारा उत्पीडनमा पारिएका उत्पीडित समुदाय र वर्गका नागरिकलाई फुटाई शासन गर्न सफल रहेको छ। दलीय व्यवस्थाले तमात शोषित, उत्पीडित, दलित र उपेक्षित समुदायहरू र भाषा, धर्म र सम्प्रदायको निमित्त केही पनि हेरफेर गर्न नसक्ने उल्टै त्यही हिन्दु साम्राज्यवादलाई, बाहुनवाद र उपनिवेशवादलाई नै बलियो जग हाल्ने भएकोले त्यस प्रकारको बहुदलीय व्यवस्थाको अन्त्य गर्दै बहुजातीय व्यवस्थाको स्थापना गर्दै जाने मोर्चाको रणनीति रहेको छ।
६) लोकसेवा आयोग खारेज गरी समुदाय जनसंख्याको आधारमा पूर्ण समानुपातिक कोटाको निर्धारण गर्नेः
अहिलेको अति हिन्दु साम्राज्यवादी, बाहुनवादी लोकसेवा आयोगले स्थानीय निकायको पियन देखि सरकारसम्मको संरचनामा आफ्नो बाहुनवादी हैकम र हिन्दु साम्राज्य कायम राख्नमा मात्र केन्द्रीत रहेकोले त्यस किसिमको साम्प्रदायिक लोकसेवा आयोग तुरुन्त खारेज गरी हरेक क्षेत्रमा समुदाय र जनसंख्याको आधारमा समानुपातिक कोटा निर्धारण गरी हरेक समुदायहरूबाट छनोट गर्ने सर्वजातीय जनसेवा आयोग गठन गरिनेछ।
७) सुरक्षा संयन्त्रमा भइरहेको मनोमानी भर्ती प्रक्रिया तुरून्त बन्द गरी समुदाय र जनसंख्याको आधारमा पूर्ण समानुपातिक कोटा प्रणाली अनुसार भर्ती गर्नेः सुरक्षा संयन्त्र जस्तो अति नै संवेदनशील ठाउँमा ठूलो भेदभाव भएको छ। त्यहाँ पनि साम्प्रदायिकता भएको छ। सेनापति रुकमाङ्गत कटवालले २०६६ को तथ्याङ्क प्रस्तुत गरेको सुन्दा दुःख र शंका दुवै लाग्न सक्छ। त्यसमा कुल ९० हजार नेपाली सेनाको संख्यामा मूलबासी र दलित सहित तीन हजारको संख्यामा नेपाली सेनामा रहेको पाइयो।
जो कुल जनसंख्याको ८१ प्रतिशत मूलबासी, दलित, मुस्लिम, पिछडा वर्ग र अन्य गरी तमात शोषित उत्पीडितबाट मात्र तीन हजारको संख्यामा भर्ती हुने? जो १९ प्रतिशतमा रहेका शासक वर्गका चाहिँ ९७ हजार भर्ती हुनु पर्ने, यसको कारण के त?
त्यसैले त्यस प्रकारको अति साम्प्रदायिक भर्ती प्रथा तुरुन्त बन्द गरी समानुपातिक कोटा बमोजिम भर्ती प्रक्रिया सञ्चालन गर्ने मोर्चाको रणनीति रहेको छ।
८) नेपाली सेना विघटन वा कटौती गरी, सम्पूर्ण युवा पुस्तामा प्रत्येक विद्यालयहरू मार्फत अनिवार्य सैनिक शिक्षा लागु गर्नेः
हाम्रो देशको नेपाली सेना र भारतसँग लड्न सक्छ, न चीनसँग ! केवल भारतको आधि नेपालको सीमा मिचिसक्दा पनि केही बोल्न नसक्ने निरीह नेपाली सेनाको काम त्यही हिन्दु साम्राज्यवाद, साम्प्रदायिक बाहुनवाद जनतालाई दमक गरेर भए पनि टिकाउनु रहेका बुझिन्छ। अर्को कुरा आफ्नो मालिकहरूको गुलामी, सलामी र मलामी गर्ने मात्र काम देखिएकोले तुरुन्त नेपाली सेना विघटन वा कटौती गरी सम्पूर्ण १६ वर्ष माथिका युवाहरूलाई हरेक विद्यालयहरू मार्फत सैनिक तालिम र शिक्षाको ग्यारेण्टी गर्ने ताकि आवश्यक परेको अवस्थामा प्रत्येक जनताले कुनै पनि देशको अन्याय र अत्याचारको विरुद्धमा हतियार उठाउन सक्ने अवस्थाको विकास गर्ने मोर्चाको रणनीति रहेको छ।
९) अन्तर्राष्टि्रय श्रम संगठन आई.एल.ओ.महासन्धि १६९ अक्षरस लागु गर्नेः
अन्तर्राष्टि्रय श्रम संगठन आई.एल.ओ.महासन्धि १६९ ले उल्लेख गरेको स्थानीय जनताको प्राकृतिक स्रोत (जल, जमिन र जंगल) प्रतिको आफ्नो हक र अधिकारको व्यावहारिक लागु गर्ने मोर्चाको रणनीति रहेको छ।
१०) संयुक्त राष्ट्र संघको महासभाले पारित गरेका प्रत्येक सन्धि पत्रहरू अक्षरशः लागु गर्नेः
१) संयुक्त राष्ट्र संघिय महासभा २१ December १९९२ मा पारित Resolution Number १८०३ (१७) मा उल्लेखित Permanent Sovereignty Over Natural Resourecs मा उल्लेखित स्थानीय प्राकृतिक स्रोत र साधन उपभोगमा स्थानीय मूलबासीहरूको निर्णय सर्वमान्य हुने उल्लेख भए बमोजिमको अधिकारको ग्यारेण्टी गर्ने।
२) संयुक्त राष्ट्र संघीय महासभा २१ December १९५४ मा पारित Resolution Number १५/१४(१५) को declaration on the Granting Independence colonial countries and people मा उल्लेखित उपनिवेशवादबाट मुक्त हुने अधिकार उल्लेख भएकोले हिन्दु साम्राज्यवादले २४० वर्ष अगाडि मात्र सबैको राज्यहरु कब्जा गरी आफ्नो भाषा, धर्म, संस्कृति र धार्मिक शासन बन्दुकको दबाबमा लादिएको र सोही शासन आजसम्म निरन्तर चलिरहेको हुनाले सो धार्मिक तथा साम्प्रदायिक राज्य सत्ताको पूर्ण अन्त्य गरी सर्व समुदाय सत्ता स्थापना गर्ने मोर्चाको रणनीति रहेको छ।
३) संयुक्त राष्ट्र संघ महासभा १६ December १९६६ मा पारित Resolution Number २२०० (२१) मा उल्लेखित नागरिक हक र राजनैतिक अधिकार सम्बन्धि International Civil and political right ले उल्लेख गरे बमोजिम मूलबासीलाई राज्य व्यवस्था छान्ने पहिलो अधिकारको ग्यारेन्टी गरेको छ। यो अधिकार कुण्ठित पार्ने र दबाउने काम सम्बन्धित बाहुनवादी सत्ताधारीबाट भएकोले सो अधिकारको पूर्ण ग्यारेण्टी गर्ने मोर्चाको रणनीति रहेको छ।
यी माथि उल्लेखित अन्तर्राष्टि्रय सन्धिहरू अक्षरशः लागु गर्दै जाने मोर्चाको रणनीति रहेको छ।
११) नेपाल भारत बीचका सीमाना सिलबन्दी गर्ने सम्बन्धमाः
नेपाल भारत बीचको खुल्ला सीमाना रहेका कारण दिन प्रति दिन नेपालमा बढ्दै गइ रहेको संकटहरू-
१) सीमा अतिक्रमण अत्याधिक बढ्दै गइ रहेको तथा देशका नेताहरूकै भित्री ईशारामा अतिक्रमण गर्दै नेपाल नै गुम्ने अवस्थामा पुग्ने खतरा बढिरहेको,
२) खुल्ला सीमानाका कारण भारतीय विस्तारवादले आफ्नो उपनिवेश नजानिदो पाराले घुसाई रहेको र त्यसले निकट भविष्यमा नै नेपालको राजनैतिक अस्तव्यस्त बनाइ वा अस्तित्वको खतरामा परेको,
३) नेपालमा भारतीय अपराधिक समूहहरू छिरेर अपाराधिक क्रियाकलापहरू बढाइ रहेको,
४) खुला सिमानाका कारण सिमा क्षेत्रमा वेश्यावृति वा यौन व्यवसायका कारण अनेकौँ यौन रोगबाट नेपाल ग्रस्त हुने अवस्थामा पुगेको,
५) भारतमा फैलिने कुनै पनि महामारी रोगहरू खुल्ला सिमानाका कारण तत्काल नेपाल भित्रिने गरेको,
६) अपाङ्ग, भिखारी, असक्त र ठग, चोर, साधु, योगीहरू छिरेर नेपाललाई सांस्कृतिक प्रदुषण, डर-त्रास, भय र आर्थिक संकट समेत पर्दै जाने भएको,
७) खुल्ला सिमानाका कारण कुनै पनि नेपाली मुलका भारतीय शरणार्थीहरू ठाडै नेपाल छिराउने भएकोले नेपालको आर्थिक अवस्था दिन/दिनै खस्किदो स्थितिको सामना गर्नु परिरहेकोले
८) खुल्ला सिमानाका कारण हरेक देशका नागरिकहरू बिना ईजाजत भारतको बाटो हुँदै छिरेर अन्तर्राष्टि्रय जासुस गर्ने र युद्धको योजना बनाउने भएकोले भोली नेपाल युद्धको मैदान हुने खतरा बढ्दै गइरहेको कारणले तुरुन्त सिमा सिलबन्दी गर्ने मोर्चाको रणनीति रहेको छ।
४) कार्यनीतिः
यस संयुक्त समुदाय मुक्ति मोर्चा नेपालको सम्पूर्ण जातजातिहरूको अधिकार स्थापना र हिन्दु साम्राज्यवाद, बाहुनवादको अन्त्य गर्न साधारण जनविद्रोहबाट शुरु हुनेछ।
हिन्दु साम्राज्यवादी, बाहुनवादी राज्य सत्ताले यस विद्रोहलाई बेवास्ता गरी दमन गर्ने प्रयासतिर लागेको खण्डमा प्रतिकारको लागि चरणबद्ध कठोर संघर्षमा उत्रन बाध्य हुनेछौँ।
५) मार्गदर्शनः
यस संयुक्त समुदाय मुक्ति मोर्चा नेपालले हिन्दु साम्राज्यवाद, बाहुनवाद र आन्तरिक उपनिवेशवादबाट राष्टि्रय मुक्ति, समुदाय समुदाय मुक्ति, क्षेत्रीय मुक्ति, वर्गीय मुक्ति र लिङ्गीय मुक्तिको रुपमा मुक्त गराई आफ्नो हक अधिकार स्थापना गर्न सर्वजातिय समाजवादको सिद्धान्तमा नयाँ मार्ग दर्शन निर्माण गरिएको छ।
६) आर्थिक नीतिः
यस संयुक्त समुदाय मुक्ति मोर्चा नेपालले विशेष प्रकारको मिश्रित अर्थनीति अपनाउने छ।
७) परराष्ट्र नीतिः
यस मोर्चाको परराष्ट्र नीति तत्कालैलाई चलि आएकै पञ्चशीलको आधारमा असंलग्न परराष्ट्र नीति रहनेछ।
८) शिक्षा नीतिः
यस संयुक्त समुदाय मुक्ति मोर्चाले नेपालमा विद्यमान रहेको बिना उद्देश्यको पुँजीवादी बुर्जुवा शिक्षा प्रणालीको खारेज गरि वैज्ञानिक रोजगारमूलक तथा व्यावसायमूलक राष्टि्रय शिक्षा प्रणालीको माथि तहबाटै लागु गर्ने नीति यस मोर्चाले लिएको छ।
९) महिला अधिकार र सम्बन्धमाः
नेपालमा लादिएको धार्मिक सत्ताले महिलाहरूलाई वेद, पुराण र उपनिवेशवादहरूमा उल्लेख भए बमोजिमको मानसिकताले हेर्ने गरिन्छ। नेपालको कानुन पनि करिब वेद पुराणको आधारमा बनाइएको हुनाले सर्वप्रथम धार्मिक सत्ताको अन्त्य गरी वैज्ञानिक नियम कानूनको आधारमा महिला पुरुष बीचको विभेद अन्त्य गर्नेछ। पुरुषको तुलनामा महिलालाई पनि समान व्यवहार र समान सहभागिता, समान प्रतिनिधित्व गराउँदै हरेक क्षेत्रमा एक पुरुष एक महिला बराबर तथा समान अधिकारको ग्यारेण्टी गर्नेछ। साबै कुनै पनि राज्यको निकाय र अङ्गहरूमा महिला र पुरुषको जनसंख्याको आधारमा समानुपातिक कोटा अनुरुप सहभागी र प्रतिनिधित्व गराई महिला र पुरुष बीच समान अधिकार स्थापना गरिनेछ।
१०) पिछडा वर्ग र हरूः
पिछडा वर्ग र समुदायहरूका निमित्त राज्यले छुट्टै योजना तर्जुमा गरि गाँस, बास, कपासको साथै निःशुल्क विशेष शिक्षा र स्वास्थ्यको व्यवस्था गरी उनीहरूलाई राज्यले हरेक तहमा समानुपातिक सहभागिता र प्रतिनिधित्व गर्दै लैजाने छ। उनीहरूको भाषा, धर्म, संस्कृति र इतिहासहरूको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनको विकास र खोज अनुसन्धान गर्दै, उनीहरूको जातीय अस्तित्व र पहिचान स्थापना गर्दै लैजाने यस मोर्चाको रणनीति रहेको छ।
११) लोपोन्मुख र अति अल्पसंख्यक समुदायहरूः
अति अल्पसंख्यक र लोपोन्मुख जातिहरूलाई राज्यले छुट्टै योजना तयार पारी उनीहरूको संरक्षण, विकास र राष्ट्रमा समान सहभागी गराउँदै, आधुनिक प्रतिस्पर्धाको जातिमा उठाउँदै लैजाने छ। साथै गाँस, बास, कपास र निःशुल्क विशेष शिक्षा र स्वास्थ्यको व्यवस्था गरी उनीहरूलाई राज्यको हरेक तहमा समानुपातिक सहभागिता र प्रतिनिधित्व गर्दै लैजाने छ र उनीहरूको भाषा, धर्म, संस्कृति र इतिहासहरूको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनको विकास र खोज अनुसन्धान गर्दै, उनीहरूको समुदाय अस्तित्व र पहिचान स्थापना गर्दै लैजाने यस मोर्चाको रणनीति रहेको छ।
नाराहरू
१) विश्वका उत्पीडित समुदायहरू एक हौं।
२) आन्तरिक उपनिवेशवादको अन्त्य गरौं।
राष्टि्रय स्वाधिनता स्थापना गरौं।।
३) सबै खाले समुदाय भेदभावको अन्त्य गरौं।
सर्वजातीय समाजवाद सरकार गठन गरौं।।
४) हिन्दु साम्प्रदायिक बाहुनवादी सरकार विघटन गरौं।
संघीय सर्वजातीय सरकार गठन गरौं।
५) हिन्दु साम्राज्यवादी तथा बाहुनवादी निर्वाचन प्रणाली खारेज गरौं।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरौं।
६) हरेक पार्टीका समुदाय दलालहरूलाई सामाजिक बहिष्कार गरौं।
७) हिन्दु साम्राज्यवाद, बाहुनवाद तथा समुदाय अहंकारवाद मुर्दावाद।
८) संघीय सर्वजातीय समाजवाद जिन्दावाद।
९) संयुक्त जातीय मुक्ति मोर्चा जिन्दावाद।
१०) हिन्दु साम्राज्यवादी, पुरातन बाहुनवादी सत्ता ध्वस्त पारौं।
संघीय सर्वजातीय सत्ता स्थापना गरौं।।।
नागरिकसँग हाम्रो प्रतिबद्धता
१) जनतलाई सधैँ दुःख दिने जाली फटाहा शोषक सामन्ती, भ्र्रष्टचारी, घुसखोरी, तस्करी, कालाबजारीलाई कारबाही गर्नेछौँ
२) देशका ठूला अपराधी, जनघाती, राष्ट्रघाती, भ्रष्टचारी तथा समुदाय दलालहरूलाई कारबी गर्नेछौँ।
३) सामाजिक विसंगति, विकृति, जुवा, तास, मद्धपान, दुर्व्यसन र वेश्यावृत्तिको अन्त्य गर्नेछौँ
४) हामी जनताको सेवक हौँ, त्यसैले जनताको इच्छा र आदेश विपरित कुनै काम कारबाही गर्नेछैनौँ
५) हामी सदैब जनताको सेवामा तत्पर रहनेछौँ
६) हामी सदैब जनताप्रति उत्तरदायी रहने छौँ
७) जनचाहना र जनभावनाको उच्च मूल्याङ्कनका साथ कदर गर्ने छौं।
८) देश र जनताको विसुद्ध सेवा नै यस मोर्चाको धर्म र कर्म हुनेछ।
महान व्यक्तिका महान भनाईहरूः-
१) जुन उत्पीडित समुदाय वा वर्ग राजनीतिक अधिकारका निम्ति हतियार उठाउदैन वा उपायको खोजी पनि गर्दैन उ सधै दास बन्न लायक हुन्छ। - लेनिन
२) जन बिद्रोह जनताको अधिकार हो। - माओ
३) राज्य सत्ता बाहेक सबै कुरा भ्रम हो। - माओ
४) राज्य सत्ता बन्दुकको नालबाट जन्मन्छ। - लेनिन
५) हरेक राष्टि्रय मुक्ति आन्दोलनको दिशा समुदाय राज्य बनाउने तिर दिशा निर्देशित हुन्छ। - लेनिन
६) राजनीति नै सबै कुराको चाबी हो। - संयुक्त जातीय मुक्ति मोर्चा नेपाल
७) राष्टि्रय अधिकारको निम्ती हजार वर्ष लडेर आयौं आवश्यक परे हजार वर्षसम्म लड्दै जानेछौं। - होचि मिन्ह
८) राष्टि्रय मुक्ति बाहेक अरु सम्भव छैन। - संयुक्त जातीय मुक्ति मोर्चा नेपाल
९) राष्टि्रय मुक्ति संग्रामको महान अभियानलाई विथोल्ने दुश्साहस कसैले नगरुन्। - मुक्तिदाता
१०) गद्धारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, वीरहरू लड्छन् र इमान्दार अघि बढ्छन्। - होचि मिन्ह
११) साम्प्रदायिक भेदभाव नै विश्वमा राजनीतिक समस्याको मुल कारण बनेको छ। - संयुक्त जातीय मुक्ति मोर्चा नेपाल
१२) इतिहास तिनै व्यक्तिको हुने गर्दछ, जसले देश र नागरिकको निम्ती आफ्नो जिवनको बलिदान दिन तयार हुन्छ। - माओ
No comments:
Post a Comment