Wednesday, May 1, 2013

पहिचान सहितको संघीयता पासाङको मुकुण्डो मात्र ‘र’ को सहयोगमा फ्रि तिब्बत

नेपालमा प्रेस स्वतन्त्रता भनेको यहि जे पायो त्यहि लेख्न पाउने कि यो कुरा सत्य नै हो ? यस्ता गम्भीर कुराको बारेमा सम्पूर्ण आदिबासी जनजातीले ध्यान पुर्याउन जरुरि छ !!

Copy & pate from Lenin Gurung 

पहिचान सहितको संघीयता पासाङको मुकुण्डो मात्र ‘र’ को सहयोगमा फ्रि तिब्बत

पहिचानसहितको संघीयताको पक्षमा भएको भ्रम दिन सफल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा अन्तत यसको विरुद्धमा भएको खुलेको छ । एमालेबाट संविधानसभामा विशेषज्ञको रुपमा मनोनित शेर्पाले संविधानसभामा एमालेबाट पहिचानसहितको संघीयताप्रति धोका दिएको भन्दै राजीनामा दिएपछि आदिवासी जनजाति वृत्तमा निक्कै प्रशंसा पाएका थिए । तर यो विषयलाई उनले व्यक्तिगत फाईदाको लागि प्रयोग गरेको पनि स्पष्ट भएको छ ।

निक्कै ढिलोगरी उद्घाटित भएको यो तत्थ्यले एमाले छाडेर छुट्टै पार्टी निर्माण गर्ने समूहमा निक्कै समय सम्लग्न भएको शेर्पाले अन्तिममा किन पछि त्यो समूह छाडे भन्ने कुरा त छर्लङ्ग पार्छ नै नेपालमा भारतीय गुप्तचर सँस्था ‘र’ले कहाँमात्रै हात हाल्दैन रहेछ र! भन्ने तथ्य पनि स्थापित गर्छ । स्रोतका अनुसार पहिचानसहितको संघीयताको मुद्दा पासाङको लागि मकुण्डो मात्र मा हो । उनी खासगरी भारतीय खुफिय एजेन्सी ‘र’ को प्रत्यक्ष निर्देशनमा रहेर ‘फ्रि तिब्बत’ आन्दोलनलाई सहयोग गरिरहेका छन् । उनले यसका लागि एमालेसँग सैद्धान्तिक विमति राख्दै बाहिरिने तर्खरमा रहेका ठूलो समूहलाई नै प्रयोग गर्न खोजेका थिए । तर ४२ वर्ष एमालेमै विताएका अशोक राईले उनको कुरा नखाएपछि अन्तिममा उनको योजना फेल भएको थियो ।

स्रोत भन्छ ‘‘एमालेबाट फुटेर अर्को छुट्टै पार्टी गठन गर्ने निश्चित भएपछि विदेशी राष्ट्रहरुको पनि सहयोग चाहिन्छ भन्दै पासाङले अशोकलाई विभिन्न देशका कुटनीतिज्ञहरुसँग भेट गराएका थिए । त्यसै क्रममा उनले एक दिन अचानक दिल्लि जाने प्रस्ताव गरे । त्यहाँ भारतीय खुफिया एजेन्सी ‘र’का वरिष्ट अधिकृत तथा अमेरिकन गुप्तचर सँस्था ‘सिआईए’का ऐजेन्टसँग पनि भेट्ने प्रवन्ध मिलाएको बताएका थिए । तर प्रायः कमै बोल्ने र बोलिहाले पनि कसैको चित्त दुख्छ कि भन्दै तौलेर बोल्ने राईले आफूसँग कुनै परामर्श नगरी त्यस्तो खतरनाक कार्यक्रम तय गरिएको भन्दै पासाङलाई झपारेपछि त्यो कार्यक्रम क्यान्सिल भयो । कार्यक्रम तय भइसकेको भन्दै पासाङले निक्कै अनुनय विनय गरेपछि अन्तिममा उक्त समूहमा दोस्रो र तेस्रो भूमिकामा रहेका पृथ्वी सुब्बा गुरुङ र अर्का एक नेता पासाङसँग दिल्लि गए । त्यहाँबाट फर्किनासाथ ती सबै नेताहरुको बोलिमा बदलाव देखियो । अन्तिममा गुरुङ एमालेमै बसे भने पासाङले छुट्टै पार्टी बनाए ।”

उनका अनुसार त्यसबेला उक्त भेट रद्द गरेपछि राई समूहलाई आफ्नो अनुकुलतामा चलाउन नसकिने निष्कर्शसहित ‘र’ ले पासाङलाई छुट्टै पार्टी गठन गर्न उक्साएका हुन् । भने भारतलाई खुसी नपारी केहि पनि गर्न सकिन्न भन्ने निष्कर्शमा पुगेका गुरुङलाई र ले केपि ओलीमार्फत अंकुश लगाउँदै एमालेमा रहन बाध्य पारेका हुन् । स्रोतका अनुसार सौदावाजीको राजनीतिमा प्रखर गुरुङले ‘जसरी तँपाईले आफ्नो शरिरको जुनसुकै भागमा काटे पनि रगत आउँछ त्यसैगरी नेपालमा जहाँ छोयो त्यहाँ वा जहाँ छाम्यो त्यहाँ भारत देखिन्छ ।’ भन्दै उक्त भेटपछि एमालेमै बस्ने निष्कर्श सुनाएका थिए ।

अझ अगाडि बढेर स्रोत भन्छ — हामीसँग पासाङ कुन मितिमा कति बजे पासाङ भारतीय राजदूतको गए रेकर्ड नै छ । उनी रात विरात, मध्यरातमा समेत भारतीय राजदूतावासमा पुगेका हुन्छन् । अहिले पासाङ र गुरुङ छुट्टाछुटै देखिए पनि खासमा उनीहरुको गठबन्धन एउटै हो । यो कुरा आदिवासी जनजाति महासंघको आगामी चुनावमा स्पष्ट देखिने छ । त्यहाँ कांग्रेस, एमाले र पासाङ मिलेर पहिचान पक्षधर उमेद्वारलाई हराउने प्रयास भइरहेको छ । उनीहरु जोडतोडका साथ यसमा लागेका छन् ।

हुन पनि वैशाख २८ गतेदेखि चितवनमा शुरु हुने महासंघको नेतृत्वका लागि त्यस्तै नतिजा आउने सम्भावना देखिँदैछ । महासंघको नेतृत्वका लागि एकीकृत नेकपा (माओवादी) र संघीय समाजवादी पार्टीसहित पहिचानसहितको संघीयता पक्षधरहरुको उमेद्वारको रुपमा चन्द्र विक्रम राई अघि देखिएका छन् । भने नेपाल विद्यार्थी संघका पूर्व कार्यकर्ता नगेन्द्र कुमाल कांग्रेस, एमाले र पासाङको उमेद्वारको रुपमा देखा परेका छन् । यद्धपी निर्वाचन हुँदासम्म कुमाललाई चर्चामा ल्याउने र अन्तिम अवस्थामा कुमाललाई बलिको बोका बनाएर अर्को उमेद्वार खडा गर्ने चर्चा पनि उत्तिकै बलियो रहेको बताईएको छ ।
Copy & pate from Lenin Gurung पहिचानसहितको संघीयताको पक्षमा भएको भ्रम दिन सफल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा अन्तत यसको विरुद्धमा भएको खुलेको छ । एमालेबाट संविधानसभामा विशेषज्ञको रुपमा मनोनित शेर्पाले संविधानसभामा एमालेबाट पहिचानसहितको संघीयताप्रति धोका दिएको भन्दै राजीनामा दिएपछि आदिवासी जनजाति वृत्तमा निक्कै प्रशंसा पाएका थिए । तर यो विषयलाई उनले व्यक्तिगत फाईदाको लागि प्रयोग गरेको पनि स्पष्ट भएको छ ।
निक्कै ढिलोगरी उद्घाटित भएको यो तत्थ्यले एमाले छाडेर छुट्टै पार्टी निर्माण गर्ने समूहमा निक्कै समय सम्लग्न भएको शेर्पाले अन्तिममा किन पछि त्यो समूह छाडे भन्ने कुरा त छर्लङ्ग पार्छ नै नेपालमा भारतीय गुप्तचर सँस्था ‘र’ले कहाँमात्रै हात हाल्दैन रहेछ र! भन्ने तथ्य पनि स्थापित गर्छ । स्रोतका अनुसार पहिचानसहितको संघीयताको मुद्दा पासाङको लागि मकुण्डो मात्र मा हो । उनी खासगरी भारतीय खुफिय एजेन्सी ‘र’ को प्रत्यक्ष निर्देशनमा रहेर ‘फ्रि तिब्बत’ आन्दोलनलाई सहयोग गरिरहेका छन् । उनले यसका लागि एमालेसँग सैद्धान्तिक विमति राख्दै बाहिरिने तर्खरमा रहेका ठूलो समूहलाई नै प्रयोग गर्न खोजेका थिए । तर ४२ वर्ष एमालेमै विताएका अशोक राईले उनको कुरा नखाएपछि अन्तिममा उनको योजना फेल भएको थियो ।

स्रोत भन्छ ‘‘एमालेबाट फुटेर अर्को छुट्टै पार्टी गठन गर्ने निश्चित भएपछि विदेशी राष्ट्रहरुको पनि सहयोग चाहिन्छ भन्दै पासाङले अशोकलाई विभिन्न देशका कुटनीतिज्ञहरुसँग भेट गराएका थिए । त्यसै क्रममा उनले एक दिन अचानक दिल्लि जाने प्रस्ताव गरे । त्यहाँ भारतीय खुफिया एजेन्सी ‘र’का वरिष्ट अधिकृत तथा अमेरिकन गुप्तचर सँस्था ‘सिआईए’का ऐजेन्टसँग पनि भेट्ने प्रवन्ध मिलाएको बताएका थिए । तर प्रायः कमै बोल्ने र बोलिहाले पनि कसैको चित्त दुख्छ कि भन्दै तौलेर बोल्ने राईले आफूसँग कुनै परामर्श नगरी त्यस्तो खतरनाक कार्यक्रम तय गरिएको भन्दै पासाङलाई झपारेपछि त्यो कार्यक्रम क्यान्सिल भयो । कार्यक्रम तय भइसकेको भन्दै पासाङले निक्कै अनुनय विनय गरेपछि अन्तिममा उक्त समूहमा दोस्रो र तेस्रो भूमिकामा रहेका पृथ्वी सुब्बा गुरुङ र अर्का एक नेता पासाङसँग दिल्लि गए । त्यहाँबाट फर्किनासाथ ती सबै नेताहरुको बोलिमा बदलाव देखियो । अन्तिममा गुरुङ एमालेमै बसे भने पासाङले छुट्टै पार्टी बनाए ।”

उनका अनुसार त्यसबेला उक्त भेट रद्द गरेपछि राई समूहलाई आफ्नो अनुकुलतामा चलाउन नसकिने निष्कर्शसहित ‘र’ ले पासाङलाई छुट्टै पार्टी गठन गर्न उक्साएका हुन् । भने भारतलाई खुसी नपारी केहि पनि गर्न सकिन्न भन्ने निष्कर्शमा पुगेका गुरुङलाई र ले केपि ओलीमार्फत अंकुश लगाउँदै एमालेमा रहन बाध्य पारेका हुन् । स्रोतका अनुसार सौदावाजीको राजनीतिमा प्रखर गुरुङले ‘जसरी तँपाईले आफ्नो शरिरको जुनसुकै भागमा काटे पनि रगत आउँछ त्यसैगरी नेपालमा जहाँ छोयो त्यहाँ वा जहाँ छाम्यो त्यहाँ भारत देखिन्छ ।’ भन्दै उक्त भेटपछि एमालेमै बस्ने निष्कर्श सुनाएका थिए ।

अझ अगाडि बढेर स्रोत भन्छ — हामीसँग पासाङ कुन मितिमा कति बजे पासाङ भारतीय राजदूतको गए रेकर्ड नै छ । उनी रात विरात, मध्यरातमा समेत भारतीय राजदूतावासमा पुगेका हुन्छन् । अहिले पासाङ र गुरुङ छुट्टाछुटै देखिए पनि खासमा उनीहरुको गठबन्धन एउटै हो । यो कुरा आदिवासी जनजाति महासंघको आगामी चुनावमा स्पष्ट देखिने छ । त्यहाँ कांग्रेस, एमाले र पासाङ मिलेर पहिचान पक्षधर उमेद्वारलाई हराउने प्रयास भइरहेको छ । उनीहरु जोडतोडका साथ यसमा लागेका छन् ।

हुन पनि वैशाख २८ गतेदेखि चितवनमा शुरु हुने महासंघको नेतृत्वका लागि त्यस्तै नतिजा आउने सम्भावना देखिँदैछ । महासंघको नेतृत्वका लागि एकीकृत नेकपा (माओवादी) र संघीय समाजवादी पार्टीसहित पहिचानसहितको संघीयता पक्षधरहरुको उमेद्वारको रुपमा चन्द्र विक्रम राई अघि देखिएका छन् । भने नेपाल विद्यार्थी संघका पूर्व कार्यकर्ता नगेन्द्र कुमाल कांग्रेस, एमाले र पासाङको उमेद्वारको रुपमा देखा परेका छन् । यद्धपी निर्वाचन हुँदासम्म कुमाललाई चर्चामा ल्याउने र अन्तिम अवस्थामा कुमाललाई बलिको बोका बनाएर अर्को उमेद्वार खडा गर्ने चर्चा पनि उत्तिकै बलियो रहेको बताईएको छ ।
http://www.facebook.com/groups/257049381013696/permalink/534423086609656/

No comments:

Post a Comment