Wednesday, May 1, 2013

सुबोधको धन्दा, मन्दिराको मोज



काठमाडौं । २०४६ सालमा उग्र क्रान्तिकारीजस्तो देखिएको नेकपा एमालेमा बहुदल आएयता चरम भ्रष्टीकरण भयो । त्यसको एउटै कारण थियो, एमालेका नेता कार्यकर्ता एनजीओतर्फ आकर्षित भए । खासगरी एमालेले एनजीओ विभाग नै गठन गर्यो र पश्चिमा स्वार्थमा खुलेका एनजीओसँग हिमचिम बढायो । अमेरिकी सांस्कृतिक केन्द्रले एमाले सांसदहरूलाई निःशुल्क अंग्रेजी भाषा प्रशिक्षण दिन थालेदेखि नै यो पार्टीमा डलरको रस बस्दै गएको हो ।
त्यही सिलसिलामा सुबोधराज प्याकुरेल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक नामक संस्थाबाट चर्चामा आए । अमेरिकाले चीनस“ग बेला–बेलामा बखेडा झिक्न अघि सारेको मानवअधिकारको नारालाई चीनकै छिमेकी मुलुक नेपालमा लाउड स्पिकरमा घन्काउन त्यसबेला एसिया फाउन्डेसन नामक संस्थाले पैसाको खोलो बगाएको थियो र अहिले पनि बगाइरहेकै छ । सुबोधका साथै एसिया फाउन्डेसनबाटै तालिम लिएर आए, कुन्दन अर्यालहरू पनि । र, लागे पश्चिमा मिसिनरी सफल पार्न ।
अचेल सुबोधराज प्याकुरेल माओवादीविरोधी अभियानमा छन् । माओवादीविरुद्ध यसले हरेक वर्ष इन्सेक वर्ष पुस्तक निकाल्दै आएको छ । माओवादी विद्रोहका क्रममा भएका मुद्दालाई उचालेर समग्र शान्ति प्रक्रिया नै भाँड्ने अभियान हो, सुबोधको पनि । जिल्ला–जिल्लाका आफ्ना प्रतिनिधि, जुन अधिकांश एमाले कार्यकर्ता छन्, उनीहरूलाई माओवादीविरोधी कुनै सुराक फेला परे उचाल्न र राष्ट्रिय मुद्दा बनाउन उनले सञ्जाल नै बनाएका छन् । यसमा उनलाई कनकमणिले पनि सहयोग गर्ने गरेका छन् ।
सुबोधलाई माओवादीको विरोध खासमा डलर झार्ने मेलो भएको छ । त्यसैले माओवादीको विरोध गर्ने कुनै मुद्दा भेट्यो कि अग्रसर भइहाल्छन् । जिल्ला–जिल्लामा रहेका प्रतिनिधिलाई पारिश्रमिकबापत ४ हजार रुपैयाँ दिने र हिसाबमा २० हजार रुपैयाँ लिएको भनी हस्ताक्षर गराउनसमेत पछि पर्दैनन्, सुबोध ।
यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता नम्बर ५५९(०५७(०५८ भएको एनजीओ एड्भोकेसी फोरमकी कार्यकारी निर्देशक मन्दिरा शर्मा ‘एनी हाउ पैसा कमाउ’ अभियानमा छिन् । त्यसैले दाताहरूले दिएको रकमलाई उनले आफ्नै पैतृक सम्पत्ति जसरी उपभोग गरिरहेकी छन् ।
इन्सकेका सुबोधले झैं मन्दिराले पनि कर्मचारीलाई कागजमा धेरै तलब लिएको सही गराउ“छिन् र तलब दि“दा भने कम दिन्छिन् । त्यसप्रति कर्मचारीले नै आक्रोश पोख्दै आएका छन् । परिवारसहित लन्डनमा बस्ने योजनामा रहेकी मन्दिराले एड्भोकेसी फोरमको कोषको दुरुपयोग गरेको खुलासा भएपछि नियमित रूपमा अनुदान दि“दै आएको डेनिडाले केही वर्ष पहिले रकम रोक्का गरिदिएको थियो ।
आर्थिक अनियमितता गरेको भन्दै कर्मचारीले २०६६ सालमै समाजकल्याण्ँ परिषद्मा ९दं।नं। ०५९३७ र ०६७ र ०१ र ०४० र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा द।नं। २२३३० मा मुद्दा दर्ता गरेका थिए । तर, मुद्दाको अझैसम्म कुनै सुनुवाइ भएको छैन । त्यसैगरी मन्दिराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । डेनिडा मानवअधिकारको रक्षको प्रयोजनका लागि लडेको भन्दै फर्जी रिपोर्ट बनाउने, सही गराएको भन्दा कम तलब दिने गरेको, हँदै नभएको मसलन्दको बिल बनाएर पेस गरेकामा मन्दिराविरुद्ध उजुरी परेको थियो ।

मन्दिराले आफ्ना नातेदार पर्वत घर भएका रामप्रसाद शर्मालाई फोरमको अध्यक्ष, श्रीमान् रामलाल पोखरेललाई उपाध्यक्ष र दिदी तारादेवी शर्मालाई कोषाध्यक्ष बनाएर दाताबाट रकम संकलन गर्दै आएकी छन् । शर्माले संस्थालाई पारिवारिक भर्तीकेन्द्र बनाएकी मात्र छैनन्, अनियमितता गर्न सञ्चालक समितिको अधिकार कटौती गरी आफैंमा लिएकी छन् । मानवअधिकारका नाममा व्यापक मात्रामा भ्रष्टाचार गर्ने तिनै मन्दिराले अञ्जु घिमिरे, श्रवणकुमार चौधरी र बद्रीप्रसाद सापकोटासहितका कर्मचारीलाई जागिरबाट निकाला गरेकी छन् ।

No comments:

Post a Comment