Wednesday, May 15, 2013

पूर्वराजा ज्ञानेन्द्रले भने - एमाओबादी संग मिलेर राजतन्त्र फर्कन्न


आफ्नो ज्यान हत्केलामा राखेर राजासँग लडेका माओवादीले अख्तियारमा कसरी लोकमानसिंह कार्कीलाई रोजे त? यो एउटा यस्तो प्रश्न हो, जसले यतिखेर आममानिसको दिमाग चर्काइरहेको छ।
प्रचण्ड–बाबुरामको लोकमान मोह राजनीति र राजकाज बुझेकालाई भने अनौठो लाग्दैन। लोकमान त के, माओवादीले संविधानसभा निर्वाचनको मुखैमा पूर्वराजा ज्ञानेन्द्रस147ग सम्झौता गरेर सत्ता हत्याउन खोजेको थियो। संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाले सत्ता छाड्न आनाकानी गरिरह147दा पनि उनीहरूले राजा गुहारेका थिए।
प्रचण्ड र बाबुरामले सत्ता साझेदारीको प्रस्ताव कमल थापामार्फत तत्कालीन राजासम पुर्‍याएको रहस्य उनले यतिबेला खोलेका छन्। राप्रपा नेपालका अध्य कमल थापाले पाँचर् पछि त्यसको खुलासा गरेका हुन्। प्रचण्ड र बाबुरामले संविधानसभा निर्वाचनको मुखैमा राजास147ंग हारगुहार मागेका थिए। उनीहरूको एजेन्डा थियो– जसरी पनि निर्वाचन भा147ड्ने, राजा र माओवादी मिलेर देश हा147क्ने। थापाका अनुसार २०६४ चैत पहिलो साता उनैले माओवादी नेताद्वयको प्रस्ताव राजा ज्ञानेन्द्रकहा147 पुर्‍याएका थिए। चैत २८ गते संविधानसभा निर्वाचन थियो। ‘राजाको तर्फबाट मैले नै प्रचण्ड–बाबुरामस147ग काठमाडौंमा पटक–पटक कुरा गरें,’ थापाले भने, ‘उनीहरूले राजा र हामी मिलेर कांग्रेस, एमालेलाई क्रस गरेर जान सकिन्छ भनेका थिए।’
निर्वाचनको व्यस्तताबीच भएको दोस्रो भेटमा बाबुरामले भने, ‘राजाले ‘हुन्छ’ मात्र भन्ने हो भने हामी समावेशीलगायत विभिन्न निहु147 झिकेर सडकमा आउ147छौं, निर्वाचन भा147ड्दिन्छौं।’ आफूबाहेक राजाको पारिवारिक च्यानलबाट पनि माओवादीले निर्वाचन भा147डेर ज्ञानेन्द्रस147ग सहकार्यको प्रस्ताव गरेको थापाले बताए। ‘हामीलाई निर्वाचनमा हराएर कांग्रेस, एमालेले सिध्याउ147छन्,’ थापा माओवादी नेताहरूको त्यसबेलाको भय सम्झिन्छन्, ‘यो सहकार्यमा राजा र हामीलाई फाइदा छ।’
थापाका अनुसार बाबुरामले निकालेको सहकार्यको मोडेल यस्तो थियो, ‘माओवादीले सडक तताउने। भा147डभैलो गर्ने। राजाले सेना लगाएर हस्त212ेप गर्ने।’ राजाको अवस्था निलम्बित नै भए पनि सडकमा भा147डभैलो भएपछि राजाले नै सेनाको साथ पाउने माओवादी नेताद्वय प्रचण्ड र बाबुरामको विश्ले200ण थियो।
‘मैले माओवादीका सबै कुरा नारायणहिटी पुर्‍याए147,’ थापा भन्छन्, ‘ठूलो रक्तपात हुन्छ भनेर राजा ज्ञानेन्द्र नकस्सिएपछि माओवादी प्रस्ताव तुहियो।’ थापाका अनुसार माओवादी संविधानसभामा तेस्रो स्थान आउनेमा पनि विश्वस्त थिएन। निर्वाचनपछि कांग्रेस, एमालेले ‘सिध्याउ147छन्’ भन्ने मनोविज्ञान प्रचण्ड, बाबुराममा व्याप्त भएको थापा अनुभूत गर्थे। राजास147ग कुरा नमिलेपछि माओवादी एमालेस147ग तालमेलमा लागेको थापाले बताए। ‘निर्वाचनको दुई हप्ता पहिलासम्म पनि एमालेस147ग तालमेलको लागि रोइकराइ गरिरहेको हामीले देखेकै हो,’ थापाले भने, ‘एमालेले ४० प्रतिशत सिट पनि दिन नमानेपछि माओवादी एक्लै चुनावमा होमिएको हो।’
निर्वाचनमा माओवादी आफैंले नचिताएको सफलता पायो। पहिलो पार्टी भयो। २०६५ जेठ १५ गते गणतन्त्र आयो। राजा नारायणहिटी छोडेर नागार्जुन गए। थापा सम्झन्छन्, ‘त्यसपछि पनि गिरिजाप्रसाद कोइरालाले सत्ता छाड्न आनाकानी गरे।’ भारत कांग्रेस, एमालेलाई उकासेर गिरिजाप्रसादको कामचलाउ सरकार लम्ब्याइरहेको ठहर माओवादीको थियो। आफ्नो साइज भारतलाई चित्त नबुझेको प्रचण्ड–बाबुरामलाई लाग्थ्यो।
राजास147ग तुहिएको प्रस्ताव ब्यूँताउन उनीहरू फेरि लागे। त्यसबेला पनि थापालगायत नै सूत्राधार थिए। यसपाला बाबुरामभन्दा प्रचण्ड अघि सरेर बोले, ‘निर्वाचित भएर मात्र केही नहु147दो रहेछ, निर्णायकत्व अन्तै गयो।’ संविधानसभा भइसकेर गणतन्त्र आइसकेको अवस्थामा राजा फर्कन सजिलो थिएन। थापाका अनुसार तैपनि माओवादीले राजाको पिछा गर्न छाडेन। ‘राष्ट्रियता बचाउन पनि हामी र राजा एकठाम उभिनुपर्ने भयो,’ प्रचण्डले थापास147ग भने।
आफ्नो कार्ययोजनामा राजालाई विश्वस्त बनाउन प्रचण्डले १२ बु147देभन्दा अघिको प्रसंग पनि स्मरण गराएका थिए। प्रचण्डका अनुसार राजास147ग सम्झौताको गुञ्जायस रहोस् भनेर नै माओवादीले भदौदेखि मंसिर (२०६२ साल) सम्म एकतर्फी युद्धविराम गरेका थिए। ‘हामीले एकतर्फी युद्ध रोक्दा पनि राजाले सुनुवाइ नगरेपछि दलहरूस147ग १२ बु147दे गर्नैपर्ने बाध्यता आएको हो,’ माओवादी नेताहरूले २०६५ जेठ/असारमा थापास147ग भनेका थिए, ‘हामी नेपालमा कुनै न कुनै स्वरूपको राजतन्त्र पुनर्स्थापना गर्न चाहन्छौं।’ माओवादीबाट आएको यस्तो प्रस्तावले केही राजावादीहरू उत्साहित पनि भए। ‘हामीले पूर्वराजालाई माओवादीको प्रस्तावबारे जानकारी गरायौं,’ थापाले भने,
‘राजाबाट माओवादीले चाहेको राजतन्त्र कस्तो हो भनेर सोधनी भयो।’ ‘आलंकारिक,’ बाबुरामले थापास147ग भने। मुलुकमा गणतन्त्रको माहोल छ। राजतन्त्रको कुरा गर्दा आमजनमानसको प्रतिक्रिया कस्तो होला? दरबारियाहरूलाई बाबुरामको कुरामा पत्यार लागेन।
जनमत टेस्ट गर्ने अभिप्रायले बाबुरामले सार्वजनिक रूपमै बोले, ‘हामीलाई सांस्कृतिक राजा अमान्य छैन।’ त्यसपछि पनि राजा माओवादीस147ग सा147ठगा147ठ गर्न लालयित नभएको थापाको दाबी छ। राजाले विश्वासपात्रहरूलाई होमवर्क दिए, ‘माओवादीले चाहेको राजतन्त्रको डिटेल कस्तो हो, लिखित नै लिनू।’ माओवादी नेताहरू लिखित दिन अन्कनाए। आफूहरूलाई विश्वास गर्न अनुरोध गर्न उनीहरूले मौखिक जवाफ दिए, ‘कम्बोडियामा पनि कम्युनिस्टहरूले नै राजतन्त्र फर्काएको हो।’ कम्बोडियामा खमेरुजले लाखौंको नरसंहार गरेर कम्युनिस्ट शासन स्थापना गरेपछि राजालाई गद्दीमा फर्काएको थियो। खमेरुज मोडेलमा झन् ठूलो रक्तपात र जनधनको 212ति हुने विश्ले200ण नागार्जुनको रह्यो। यो प्रस्ताव पनि ज्ञानेन्द्रले मानेनन्। भने, ‘नो एलाइन्स विथ माओइस्ट टु रिभाइभ मोनार्की।’
सेतोपाटीबाट

No comments:

Post a Comment