काठमाडौं। सभापति सुशील कोइराला हालको आफ्नो डेरा महाराजगन्ज(चक्रपथ) छाडेर शशांक कोइरालाको निवास जाने चर्चा चलेसँगै खटपट सुरु भएको कुरा कांग्रेस वृत्तमा चर्चाको विषय बनेको छ। कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल कुनै हालतमा महाराजगन्ज छोड्न नदिने प212मा छन् भने कोइरालालाई भतिजा शशांक कोइराला, वीरेन्द्र दाहाल, दीपक गिरीहरूको एउटा ग्याङ भने चक्रपथ(महाराजगंज) प्रहरी वृत्त नजिकै (पहिलाको गिरिजाप्रसाद कोइराला)को निवासमा जुन कुनै हालतमा ल्याउने भनेर कस्सिएका छन्।
स्वकीय सचिव ढकालले गलत सल्लाह दिएर सभापतिको छवि बिगारेको भन्दै शशांकले त्यसको राम्रो विकल्पको रुपमा स्वकीय सचिवको पदबाट हटाउने र निवास पनि सार्ने तयारी गरेको कुरा ओएनएसले जनाएको छ।
समाचार अनुसार, ढकाल भने सभापति कोइरालासँग आफ्नो पुरानो सम्बन्ध भएको भन्दै कोइरालासँगको आफ्नो सम्बन्ध टुटाउन शशांक कोइराला लागिपरेको बताउँछन्। उनले शशांकप्रति कडा टिप्पणी गर्दै भने–’भतिजा भएँ भन्दैमा हुँदैन, वीपीको छोरो भएँ भन्दैमा हुँदैन, राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्नुपर्छ।’
कांग्रेस सूत्र भन्छ्–शशांक कोइराला मात्र होइन, कांग्रेसका नेता मानिएका कोइरालाहरू सबै जना आ–आफ्नो निवासमा सुशील दा’लाई भित्र्याएर आफू अनुकूल कांग्रेसको राजनीति परिचालन गर्ने सपना देख्दै आएका छन्। यसरी सपना देख्नेको अग्रपंक्तिमा सुजाता कोइराला (मण्डिखाटार) र शेखर कोइराला(सुकेधारा, धुम्बाराही, चक्रपथ) रहेका छन्।
सभापति कोइरालालाई जतिसक्दो चाँडो आफ्नो निवासमा सार्न सक्यो उति नै चाँडो राजनीतिक रुपमा अगाडि जान सहज हुने शशांक कोइरालाको बुझाई छ। अहिलेकै अवस्थामा रहिरहे सुजाता कोइराला अगाडि बढ्ने र शेखर कोइराला पनि अगाडि बढ्न सक्ने भएकाले शशांक सभापति कोइरालालाई सकेसम्म जति सक्दो छिटो आफ्नो निवास ल्याउन चाहन्छन्।
सुशील दा’ का स्वकीय सचिव ढकाल भने, सभापति जस्तो ब्यक्ति कुनै पनि ब्यक्तिको तानातानमा पर्नुहुन्न भन्ने मत राख्दछन्। राजनीतिक रुपमा अडान लिइराख्न नसक्ने सुशील कोइरालालाई आफू अनुकूलको बाटो हिँडाउने प्रयत्न ढकालको रहेको आरोप वीरेन्द्र दाहाल पक्षको रहेको बताइन्छ। शशांकको घरमा जेठको पहिलो हप्ता नै सर्ने योजनामा सुजाताले भाँडेको आरोप शशांक पक्षको रहेको छ। सुजाताले पनि सुशील दा’ लाई आफ्नो निवासमा सार्न नसके अन्यत्र पनि जान नदिने चाल चलेकाले डेरा सर्ने साइत जुरेको छैन।
ग्याङ अफ फोरको कब्जा
कांग्रेस सूत्र भन्छ–सुशील दा’ अहिले कांग्रेसको राजनीतिमा कुनै जनाधार नभएका, जिन्दगीभर चुनाव नजितेका, निर्वाचन हार्दै आएका र हारेका हरूवाहरूको कब्जामा रहेका छन्। यो ग्याङ अफ फोरबाट सभापतिलाई मुक्त राख्न नसकेमा कांग्रेस प्रजा परिषद् पथमा अघि बढ्ने चिन्तामा कांग्रेस बचाउन चाहने कांग्रेसजन रहेको कुरा एकजना केन्द्रीय सदस्यले बताए। ग्याङ अफ फोरमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको समयमा आन्दोलनको प्रतिकार समितिमा रहेका दिलेन्द्र बडु बढी सक्रिय रहेको र बडुका साथै दिलबहादुर घर्ती, आनन्द ढुंगाना र गोपाल पहाडी समेतको घेराबन्दीमा सुशील दा’ छन्। कांग्रेसका विभागहरूको गठनमा स्वकीय सचिवलाई दोष दिइएतापनि वास्तवमा यही ग्याङ अफ फोर सक्रिय रहेको कुरा दिलबहादुरले आफ्नो गृह जिल्ला लमजुङबाट मात्रै २२ जना सदस्य राख्न सफल भएबाट छर्लङ्ग भएको छ। यही ग्याङ अफ फोरकै कारणबाट सुशील दा’ हरेक मोर्चामा असफल हुने गरेको र यो ग्याङ अफ फोरबाट उनी मुक्त नभएसम्म सभापति कोइरालामाथि थप संकट पैदा हुने चिन्ता पनि कांग्रेसजनहरूको रहेको छ।
स्वकीय सचिव ढकाललाई हटाउन पनि शशांक, शेखर, सुजाता लगायत ग्याङ अफ फोर सक्रिय भएको छ। यो ग्याङलाई भर्याङमुनिका राणा भनेझैं कांग्रेसजनहरू ‘सी’ ग्रेडका राजनीतिक ब्यक्ति भन्न रुचाउँछन्। पूर्वसभापति गिरिजाप्रसाद कोइराला आफ्नो जीवनको अन्तिम घडीमा पुग्नुभन्दा केही दिन अगाडिसम्म बसेको निवासमा अहिले सभापति सुशील कोइराला ६० हजार रुपैयाा भाडा तिरेर बसिरहेका छन्। जुन निवास नफापेको भन्दै सर्न लागेको भनेर बाहिर चर्चा चलाएपनि भित्री कारण भने कांग्रेस परिवारभित्रको राजनीतिक तानातान नै रहेको बताइन्छ। अहिले सभापति कोइराला झापामा रहेका छन्। झापाबाट आजभोलि नै फर्केपछि उपचारका लागि विदेश जाने बताइएका कोइराला विदेश जानुुपूर्व नै साइत हेरेर शशांक निवासमा जाने संकेत देखिए पनि रोक्नका लागि सुजाताले सक्दो प्रयास गरिरहेको बताइन्छ।

No comments:
Post a Comment