Thursday, May 30, 2013

राष्ट्रपतिको मानपदवी विभूषण सूचिमा किरण र प्रचण्ड पहिलो नम्बरमा

बुधबार १५ जेष्ठ, २०७०
काठमाडौँ- यस वर्षको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरुलाई दिने घोषणा गरिएको मानपदवी, अलङ्कार र पदकको सूचिमा किरण मानन्धर र प्रचण्ड मल्ल पहिलो नम्बरमा रहेका छन्।   
मानन्धर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् भने मल्ल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति हुन्। 
गृह मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार दुवैलाई सुकीर्तिमय राष्ट्रद्विपबाट विभुषित गर्न लागिएको हो। 
राजेश हमाल र अञ्जु पन्त पनि कला क्षेत्रमा योगदान गरेवापत् नायक राजेश हमालले सूचिमा दोस्रो नम्बरमा रहेको सुप्रवल जनसेवा श्री पाएका छन्। त्यसैगरी गायिका अञ्जु पन्त र लोक गायक राजु परियारले प्रवल जनसेवाश्री पाएका छन्। 
सिएनएन हिरो पुष्पा बस्नेत प्रबल जनसेवाश्रीबाट विभूषित हुनेछन् भने सञ्चार र पत्रकारिता क्षेत्रबाट देवेन्द्र गौतम, रामकृष्ण रेग्मी र ध्रुवहरि अधिकारीले सुप्रवल जनसेवाश्री र रघु मैनाली र गुणराज लुइँटेलले प्रबल जनसेवाश्री पाएका छन्।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु बाथिया दासानायकेल र कप्तान पारस खड्कालाई प्रबल जनसेवाश्रीबाट सम्मानित गरिने भएको छ। त्यसैगरी फुटबल खेलाडी जमुना गुरुङ, कराते खेलाडी ग‍ंगादेवी अधिकारी र भारोत्तोलन खेलाडी तारादेवी पुनले पनि यो उपाधि पाउनेछन्।

No comments:

Post a Comment