army
काठमाडौं। सशस्त्र प्रहरी बलमा गुटबन्दीले सीमा नाघ्न थालेको समाचार छ। फौजी अनुशासनको उल्लंघन गर्दै गुटबन्दी यति हावी भइसकेको छ कि आइजीपी उपस्थित कार्यक्रममा हेडक्वाटरका हाकिमहरू नै जान छाडेपछि अनिवार्य उपस्थित हुनुपर्ने उर्दी जारी गर्नुपर्ने भएको छ। त्यो पनि हल्चोकमै भएका कार्यक्रममा पनि सशस्त्र हेडक्वाटरका अधिकारीहरूको पातलो उपस्थिति हुन थालेको कुराले चेन अफ कमाण्डमा चल्ने फौजी संगठन प्राविधिकले सम्हालेपछि अत्यन्त दुरावस्थामा पुगिसकेको घटनाले गृह मन्त्रालय पिरलोमा परेको समाचार छ। काठमाडौं उपत्यकामै आइजीपी उपस्थित हुने कुनै पनि कार्यक्रममा हल्चोकबाट अधिकृतहरू असन्तुष्टी प्रकट गर्दै जान छाडेपछि २०७० बैशाख १७ गते हेडक्वार्टरकै कार्यक्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरिएको थियो। तर सो उर्दीको पनि बेवास्ता गरेर राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशि212ण प्रतिष्ठान मातातिर्थको तत्वावधानमा सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिमको प्रधान कार्यालय हल्चोक स्वयम्भुमा समापन गर्दा सशस्त्रका धेरै अधिकारीको उपस्थिति नरहेको सूत्रलेे बतायो। सशस्त्र प्रहरी हल्चोकका एक उच्च अधिकारीले भने–आइजीपी उपस्थित कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन यसअघि कहिल्यै दिनुपरेको थिएन। स्वतःउपस्थित हुन्थे। तर वन्त आइजीपी भएपछि एआइजी, डीआइजी र बरिष्ठ एसएसपीहरूलाई बाइपास गर्दै केही व्यक्तिको घेरामा रमाउन थालेपछि आइजी उपस्थित कार्यक्रममा असन्तुष्टीस्वरुप धेरै अधिकृतहरूले अघोषित रुपमा वहिष्कारको नीति अपनाउन थालेका छन्। ‘अनिवार्य उपस्थित हुन राजनीतिक पार्टीको जस्तो ह्वीप जारी गर्नुपरेको छ। ह्वीप जारी गर्दा पनि आइजीपी उपस्थित उक्त कार्यक्रम हल्चोकका धेरै अधिकारीले बहिस्कार गरेको’ सूत्रले बतायो। सशस्त्रका सरुवा बढुवा र हरेक अवसरबाट एआइजी ठाकुरमोहन श्रेष्ठको मानिसको बिल्ला भिराएर योग्यहरूलाई बन्चित गर्ने आइजी वन्तको कार्यशैलीले सशस्त्रमा गुटबन्दी झाँङ्गिरहेको छ। सशस्त्रमा हतियार नचलाएका र भवन निर्माणको पीसीमा मात्र विज्ञता भएको मानिएका आइजी वन्तलाई आइजीपी बनाउन तत्कालीन प्रधानमन्त्री डा. बाबु्राम भट्टराईलाई भनसुन गर्ने एआइजी ऋषभदेव भट्टराईलाई पनि उनले त्यसपछि दुधबाट झिंगा मिल्काए झैं मिल्काएको गुनासो हलचोकमा ब्याप्त छ। वन्तलाई आइजीपी बनाउन भरपूर सहयोग गर्ने सनत बस्नेतको सल्लाह पनि उनले मान्न छाडिसकेको बताइन्छ। बस्नेतका ज्वाँई जीवन थापालाई प्रशासन विभाग प्रमुख बनाए पनि प्रबन्ध र आर्थिक लगायतका सबै काम एसएसपी चिरन्जीवी अधिकारीबाट गराउँदै आएकाले थापा पनि भित्रभित्रै रुष्ट रहेको कुरा उनी निकट एक अधिकृतले साँघुलाई बताए। सीमा सुरक्षा कार्यालय लगायतका एसपी प्रमुख हुने कार्यालयका हाकिमहरूलाई विनाकारण हेडक्वार्टर तान्दै प्राविधिक डीएसपीलाई पं्रमुख बनाउने आइजीपीको निर्णयप्रति सशस्त्रभित्र असन्तुष्टि चुलिएको छ। एआइजी, डीआइजी सबैले असहमति राख्दाराख्दै सशस्त्रको मर्मविपरीत पीसी खाँदै प्रँविधिक डीएसपीलाई खटाउने काम गरेपछि उनी झन् विवादमा तानिएका छन्।