नेतृ अर्याल र अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश
काठमाडौ, जेष्ठ ४ - एमाले पोलिट्ब्युरो सदस्य उर्मिला अर्याल र अभिनेत्री रेखा थापा आज एमाओवादीमा प्रवेश गरेका छन् । एमाओवादी मुख्यालय पेरिसडाँडामा आयोजित सभामा अध्यक्ष पुष्षकमल दाहाललले अर्याल र थापासहित नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।
एमाले नेतृ अनेमसंघको नेतृत्व चयन प्रक्रियामा असन्तुष्ट थिइन् । अर्याल बुटवल महाधिवेशनबाट एमाले पोलिट्ब्यूरो सदस्य निर्वाचितभएकी हुन् । झलनाथ खनाल नेतृत्वको एमाले-एमाओवादी सरकारमा उनी स्थानीय विकास मन्त्री थिइन् ।
नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । महिला विकास अधिकृतबाट राजीनामा दिएसँगै अर्याल अर्का नेता वाचस्पती देवकोटासँग ०४८ सालमा एमाले प्रवेश गरेकी थिइन् ।
एमालेमा प्रवेशपछि उनी सांसद्, मन्त्री र पार्टीको पनि महत्त्वपूर्ण जिम्मेवारीमा थिइन् ।
अभिनेत्री थापा पनि संविधानसभा निर्वाचनपछि एमाओवादीसँग नजिक थिइन् । माधवकुमार नेपाल सरकारलाई सडकबाटै हटाउने भन्दै एमाओवादीले सुरु गरेको आमहड्तालमा अध्यक्ष पुष्पकमल दाहालसँगै नाचेको विषयले धेरै चर्चा पाएको थियो ।
बाबुराम भट्टराई सरकारकाबेला रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष हत्याउन प्रयास गरे पनि अन्ततः उनी असफल भएकी थिइन् ।
No comments:
Post a Comment