- स्वास्थ्य पत्रिका
प्रत्येक क्रोमोजम्समा हजारौंको संख्यामा जिन हुन्छन् । जिनहरु एक प्रकारको रसायनबाट बनेका हुन्छन् । जसलाई डी.एन.ए. भनिन्छ । यिनै जिनले नै बालकका गुणहरु निश्चित गर्दछन् । यसबाट नै बालकको पैत्रिक वा वंशानुगत गुण, छालाको रङ्ग, उचाई, कपालको रङ्ग र प्रकार (कालो, खैरो, खस्रो सिधा, घुँघुरिएको), स्वास्थ्य, बृद्धि, व्यक्तित्व आदि निर्धारण हुन्छ ।
त्यसैबाट हामी बच्चाको आकृति र स्वभावलाई उसका बाबु आमा वा अरुसँग तुलना गर्छौ । वास्तवमा प्रत्येक लक्षण र चिन्हका लागि अलग अलग जिन हुन्छन् । जस्तो छालाको रङ्गको जिन, कपालको जिन, ओठको जिन, नाकको जिन आदि । जिन दुई प्रकारका हुन्छन् । शक्तिशाली र कमजोर । बालकमा प्रत्येक लक्षणको लागि एउटा जिन आमाबाट र एउटा बाबुबाट आउँछ । शुक्रकीट वा अण्डाभित्र पनि जिन आफै बन्दैन । उनीहरुले पनि आफ्ना आमा बाबुबाट जिनहरु पाएका हुन्छन् । यसरी वंशानुगत रुपमा प्राप्त जिनहरु नै हरेक आमा बाबुले आफ्नो सन्तानलाई दिन्छन् । आफ्ना आमा बाबुबाट प्राप्त भिन्नभिन्नै एक एक जिन जुन बच्चामा आउँछन् त्यसबारे दुवै जिन प्रभावशाली आउँछन् या कमजोर आउँछन् भन्न सकिँदैन ।
वास्तवमा यो संयोगको कुरा हो । तर कुन लक्षणको कुन कुन जिन आउँछन् त्यसै अनुसार बच्चामा आमा बाबुको प्रभाव पर्दछ । जस्तै, यदि छाला गोरो हुनलाई चाहिने दुवैतिरबाट आएको जिन प्रभावशाली छ भने बच्चाको छालाको रङ्ग गोरो हुन्छ । एउटा प्रभावशाली र एउटा कमजोर जिन छ भने पनि बच्चा गोरो नै हुन्छ किनभने प्रभावशाली जिनले कमजोर जिनलाई दबाउँछ तर दुवैतिरबाट आएको जिन कमजोर छ भने बच्चाको रङ्ग गोरो हुदैन । यही नियम कपाल, हात, खुट्टा, कान, नाक आदि अङ्गको स्वरुपमा पनि लागु हुन्छ ।
वंशाणुगत गुणमा फरक आउने कारण जिनमा भएको प्रोटिनको मात्राको फरक हो । तर पनि यो मान्छे आमा बाबु जस्तै मोटो, दुब्लो, रिसाहा, शान्त, गम्भिर, कस्तो होला भनी अन्दाज गर्न सकिन्छ । जिनमा परिवर्तन गरेर मानिसको वंशानुगत गुण कसरी बदलिन सकिन्छ भनेर विभिन्न वैज्ञानिक खोजहरु भइरहेका छन् । यी शारीरिक लक्षणबाहेक भावनात्मक प्रवृत्तिहरु जस्तो रिस, भावुकता, बृद्धि, शिलस्वभाव, विचार आदि पैत्रिक देन मात्र नभएर बालक हुर्कने वातावरणमा पनि भर पर्दछन् भन्ने कुरा वैज्ञानिकहरुको अध्ययनबाट प्रमाणित भएको छ ।
(एजेन्सि)
No comments:
Post a Comment