मज्जाले घाम तापेर बस्दा दमको समस्या भएका मानिसहरुलाई लाभ मिल्ने एक अध्ययनले देखाएको छ । साथै घामले दमका रोगीको सरीरमा फाइदा पूराउने र बिमार कम गर्ने समेत अध्ययनको निष्कर्ष रहेको छ ।
बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले सूर्यको घाम मज्जाले ताप्दा सरीरमा भिटामिन डी पर्याप्त मात्रामा उत्पादन हुने र भिटामिन डी ले दमरोगीको रोगको असर कम गर्ने बताएका छन् ।
सरीरमा भिटामिन डी को कमी भयो भने दमले बढि बाधा गर्छ । तर भिटामिन डी ले दमका रोगीमा बढि सक्रिय प्रतिरोधी प्रणालीलाई शान्त पार्ने काम गर्छ । दमरोगीका लागि भिटामिन डी लाभदायक रहेको भएपनि दमरोगको उपचारमा भिटामिन डी को प्रयोग कत्तिको कामयावी हुन्छ ? भन्ने कुराको परीक्षण भने अहिलेसम्म गरिएको छैन ।
दमले पीडित मानिसहरुलाई स्वास फेर्न गाह्रो हुन्छ किनकी उनीहरुको स्वासनली तथा फोक्सो सुन्निएको, फूलेको वा साँघुरिएको हुन्छ । दमरोगीलाई प्रायः स्टेरोइडयुक्त औषधिको माध्यमबाट उपचार गर्ने गरिएको भएपनि सबैलाई यस्ता औषधिले काम गर्दैनन् ।
‘हामीलाई थाहा छ सरीरमा भिटामिन डी को मात्रा बढि भएका मानिसहरु आफ्नो दम नियन्त्रण गर्न बढि सक्षम हुन्छन् – यो सम्बन्ध निकै अचम्मलाग्दो छ ।’ शोध टोलीका प्रमुख डाक्टर क्याथि्रन हरीलोविज भन्छिन् ।
भिटामिन डी ले सरीरमा इन्टरकुलिन तत्वको मात्रा कम गर्न सहयोग गर्ने र त्यसबाट दमका रोगीलाई केही राहत मिल्ने अध्ययनले देखाएको छ । घाम ताप्दा दमका रोगीको रोग साँच्चीकै घट्छ वा घट्दैन भन्ने कुराको एकिन गर्न थप परीक्षण भैरहेको वैज्ञानिकहरुको भनाइ छ ।
No comments:
Post a Comment