Sunday, April 7, 2013

चीनमा कम्युनिष्ट पार्टीको स्थापना र बिकास


सन् १९१९ मा माओ हुनान् प्रान्तको चासामा थिए । अध्ययनको निम्ति सन् १९११ मै आफ्नो जन्मथलो साओसानबाट चासा झरेका उनी अप्रिलमा मात्र त्यहा पुनः फर्केका थिए । यसअघि उनले पेकिङमा सहायक लाइब्रेरियनको काम गरेका थिए ।
सन् १९१९ मा माओ हुनान् प्रान्तको चासामा थिए । अध्ययनको निम्ति सन् १९११ मै आफ्नो जन्मथलो साओसानबाट चासा झरेका उनी अप्रिलमा मात्र त्यहा पुनः फर्केका थिए । यसअघि उनले पेकिङमा सहायक लाइब्रेरियनको काम गरेका थिए । सन् १९०८ मा किसान केटी लुओसग विवाह हुदा उनी मात्र १४ वर्षका थिए । लुओ भने माओभन्दा ६ वर्षले जेठी थिइन् । माओले लुओलाई कहिल्यै आफ्नो जीवनसंगिनी मानेनन् । यो कुरा उनले सन् १९३६ मा अमेरिकी पत्रकार एड्गर स्नोसितको भेटमा खुलाएका थिए । उनले भनेका थिए– मैले कहिल्यै उनलाई पत्नीको रुपमा हेरिन। बिहे भएको २ वर्षपछि सन् १९१० मा लुओको निधन भएको थियो ।
माओ चा¨सा फर्केको केही समयपछि मे ४ मा विदेशी शक्तिविरुद्ध ठूलो आन्दोलन भयो । त्यतिखेर चीन विदेशी शक्ति राष्ट्रहरुको खेल मैदान थियो । प्रथम विश्वयुद्धको अन्त्यपछि सन् १९१९ मा पेरिसमा शान्ति सम्झौता हुँदा चिनिया टोलीको पनि सहभागिता थियो, प्रतिनिधिमण्डलले सान्डोङ क्षेत्रमा जापानको नियन्त्रणलाई मान्यो । यो क्षेत्र विश्वयुद्धको क्रममा जापानले जर्मनीबाट जितेर लिएको थियो । यो घटनाले राष्ट्रवादी चिनिया र युवा जमातमा ठूलो असन्तोष पैदा ग¥यो । फलस्वरुप मे ४ को आन्दोलनको सूत्रपात भयो । सांघाई र पेकिंगमा लाखौं जनता उत्रे । चा सामा पनि जापान, अमेरिका र बेलायतको वढ्दो प्रभावदेखि युवाहरु असन्तुष्ट थिए । विदशी प्रभुत्वको विरोध गर्न त्यहाका विद्यार्थीहरुले एउटा लडाकू दस्ता विद्यार्थी संगठन गठन गरे । दस्ताले एउटा पत्रिका निकाल्यो, जसका सम्पादक माओ भए । पत्रिका सियांग रिभर रिभ्यु को पहिलो अंकमै माओले हामी कसैको जागिरे होइनौं भनेर उग्र विचार पोखे । उक्त पत्रिका ५ अंकमात्र प्रकाशित हुन सक्यो । यसबीच, अक्टोबरमा उनकी आमाको निधन भयो ।
सन् १९१९ को अन्त्यतिर चा¨सा मात्र होइन सिंगो हुनान प्रान्त नै विद्रोहको केन्द्र बन्यो । प्रान्तीय गभर्नर चांग चिंग–याओलाई अपदस्थ गर्न सबै लागिपरे । विशेषतः यो आन्दोलनमा विद्यार्थी र शिक्षकहरुले सक्रियतापूर्वक भाग लिए । एउटा टोली केन्द्रीय सरकारसित वार्ता गर्न बेइजिङ गयो, जसमा माओ पनि थिए । वार्ता सफल नहुँदा टोली निरास भएर चा सा फक्र्यो । माओ अब चर्चित बुद्धिजीवीहरुसग भेटघाटमा लागे । यसक्रममा भेटिएका प्रमुख व्यक्ति थिए– घाघडान सुधारवादी नेता हु सिह र घाघडान माक्र्सवादी लिताचाओ । लि चिनिया कम्युनिष्ट पार्टी गठन हुनुअघि माक्र्सवादीहरुको संगठन समाजवादी युवा समूह का अग्रणी नेता थिए । संगठनका अर्का वरिष्ठ माक्र्सवादी नेता थिए छन तुस्यु । यो संगठनको जन्म मे ४ को आन्दोलनको प्रतिफल थियो । जसको स्थापना सन् १९१९ को जुनमा भयो । त्यसबेला माओ भने सांघाईमा थिए । यसबीच, त्यहिँ उनको भेटघाट छन तुस्युसित भयो । उनी छनबाट निकै प्रभावित भए । भेटघाटपछि माओले एउटा लामो लेख पत्रिकामा प्रकाशित गरे । उनले आºनो लेखमा प्रोफेसर छनलाई विचारको क्षेत्रमा विश्वका एक उज्ज्वल तारा भनेका थिए ।
सन् १९१९ मा सोभियत संघको नया सरकारको सक्रियतामा कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय संगठन कोमिन्टर्नको जन्म भयो । सो संगठनको गठनपश्चात सोभियत सरकारको प्रभाव संसारभरि फैलियो । सोही वर्षको अगस्तमा सोभियत सरकारले चीनमा माक्र्सवादी विचार फैलाउन एउटा छुट्टै तर गोप्य योजना बनायो । चिनियाहरुलाई पैसा आवश्यक हतियार तथा सेनासमेत दिने आश्वासन दिइयो । यसबीच सन् १९२० को जनवरीमा बोल्सेभिकहरुले मध्य साइबेरियालाई आºनो नियन्त्रणमा लिए । अब उसले यो क्षेत्रमार्फत चिनियाहरुसित सम्पर्क बढाउन थाल्यो । उसले कोमिन्टर्नलाई यो कामको निम्ति प्रयोग ग¥यो । कोमिन्टर्नले ग्रिगोरी भोइतिन्स्कीलाई संगठनको राजदूत नियुक्त ग¥यो र अप्रिलमा चीन पठायो । उनले त्यहाका माक्र्सवादी नेताहरु हु सिह, छन तुस्युलगायत राष्ट्रवादी तथा सुधारवादीहरुलाई भेटेर चिनिया कम्युनिष्ट पार्टी गठनको लागि घच्घचाए । छन् तुस्यु कम्युनिष्ट पार्टी गठनको निन्ति सहर्ष तयार भए । कम्युनिष्ट पार्टी गठनमा भएको प्रगति लिएर ग्रिगोरीले तुरुन्तै कोमिन्टर्नको सचिवालयलाई एउटा पत्र पठाए । पत्रमा भनिएको थियो– चीनमा कम्युनिष्ट पार्टीको गठन छिट्टै हुन गैरहेको छ र सम्भवतः तुस्यु यसको सचिव बन्नेछन् ।
भर्खर गठित समाजवादी युवा समूह को अब सांघाइमा सम्मेलन हुने भयो । सम्मेलनमा ५३ जना प्रतिनिधि सहभागी थिए । सन् १९२१ को जुलाईमा सम्पन्न यो भेलाले नै चुगो कोङसानदान अर्थात चिनिया कम्युनिष्ट पार्टी गठन ग¥यो । यसको औपचारिक घोषणा भने अगष्टमा मात्र गरियो । यसका संस्थापक नेताको रुपमा हु सिह र छन तुस्यु नै दर्ज भए । वामपन्थी र कम्युनिष्टको नाउमा देशभरि गठित साना–ठूला सबै संगठन यसैमा विलय भएको घोषणा भयो । कम्युनिष्ट पार्टी गठनमा कम्मर कसेर लागिपरेका अन्य नेता थिए– तोंग पिउ, लि हान्जुन, लि ता, छन तान्खिउ, लिउ रेन्जिन, चाओ फोहाइ, हे सुहेंग, देंग इन्मिङ । यसमा कोमिन्टर्नका २ जना प्रतिनिधि पनि बसेका थिए । दुईमध्येका एक थिए– हेन्क स्निभिलिट । गठनको लगत्तै पार्टीमा अर्का दुईजना माक्र्सवादी लि लिसान बर छ्यु छ्युपाइ पनि सहभागी भए । सम्मेलनमा माओको पनि उपस्थिति थियो हुनान प्रान्तको प्रतिनिधिका रुपमा । तर, पहिलो कार्यकारी समितिमा उनको नाम परेन । बरु उनले पार्टी सचिव छन तुस्युको सुझावअनुरुप चांगसामा पार्टीको मुखपत्र तथा पुस्तक बेच्ने किताब पसल सम्हाल्ने जिम्मेवारी पाए । पार्टी गठनको लगत्तै मासिक पत्रिका नव युवा प्रकाशित हुन थालेको थियो ।
उनले पुस्तक, पत्रपत्रिका बेच्ने, लेख लेख्ने, प्रकाशन गृहसित सम्पर्क राख्ने, कलेज तथा विश्वविद्यालयका पुस्तकालयमा पुस्तक राख्न लगाउने काम गर्न थाले । तर हुनान प्रान्तमा पार्टी संगठन विस्तार गर्ने जिम्मा समाजवादी युवा समूहले पाएपछि उनी पनि कम्युनिष्ट पार्टीको काममा जुट्न थाले । उनले त्यतिबेला भनेका थिए– चीन र विश्वका अन्य मुलुकमा रुसी मोडलको सुधार गर्ने कम्युनिष्ट ध्येयप्रति मेरो पनि समर्थन रह्यो । माओलाई कम्युनिष्ट पार्टीले समातेको लक्ष्यमा सहमत गराउने काममा उनका एकजना मिल्ने साथी सियाओ यु को ठूलो हात छ । यसका लागि उनले माओलाई एउटा लामै पत्र लेखेका थिए । सियाओको निधन सन् १९७६ मा दक्षिण अमेरिकी मुलुक उरुग्वेमा भयो । चिनिया कम्युनिष्ट पार्टीले पछि माओलाई अध्यक्षको रुपमा मात्र मानेन माओ विचारधारालाई समेत अंगिकार ग¥यो र पार्टीको मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद सगसँगै माओ विचारधारालाई जोड्यो । सन् १९४९ मा जब सोही पार्टीको नेतृत्वमा त्यहा जनवादी क्रान्ति भई कम्युनिष्ट पार्टीको नेतृत्वमा नया सरकारको गठन गरियो, त्यही बेलादेखि नेतृत्व सम्हाल्दै आएका माओ सन् १९७६ को सेप्टेम्बरमा निधन नहुन्जेलसम्म पदमा रहे । चिनिया कम्युनिष्ट पार्टीको नेतृत्व सन् १९२१ देखि १९२२ र १९२५ देखि १९२७ सम्म छन् तुस्युले गरेका हुन् । उनीपछि सन् १९२७ देखि १९२८ सम्म छ्यु छ्युपाइले, १९२८ देखि १९३१ सम्म सियांग झोंगफाले १९२९ देखि १९३० सम्म लि लिसान र वांग मिंग सन् १९३१ मा कार्यवाहक महासचिव थिए), १९३२ देखि १९३५ सम्म पो कु (कार्यवाहक महासचिव) र झांग वेन्सियानले सन् १९३५ देखि १९४३ सम्म कार्यवाहक महासचिवकै रुपमा पार्टीको नेतृत्व गरे । सन् १९४३ मा अध्यक्ष पदको व्यवस्था गरियो । माओले यो पद १९७६ सम्म धारण गरे । उनको निधनपछि ह्वा कोफोङ अध्यक्ष भए । उनीपछि हु याओबाङ पार्टी अध्यक्ष बने । उनी सो पदमा सन् १९८१ देखि १९८२ सम्म बसे । १९८२ मा पार्टी अध्यक्ष पद हटेर पुनः महासचिवको पद खडा गरियो । यसरी माओको निधनपश्चात पहिलो महासचिव बने–हु याओबाङ । उनी यो पदमा सन् १९८७ सम्म बसे । त्यसपछि १९८७ देखि १९८९ सम्म झाओ जियाङ, १९८९ देखि २००२ सम्म जियाङ जेमिन महासचिव भए । सन् २००२ मा सम्पन्न पार्टीको सोह्रौं महाधिवेशनबाट हु जिन्ताओ महासचिवको रुपमा कार्यरत छन् ।
सन् २००७ मा सन् १९४९ देखि नै लगातार सत्तारुढ हुदै आएको चिनिया कम्युनिष्ट पार्टीले १७ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । पछिल्लो महाधिवेशनले उपराष्ट्रपति तथा पार्टीका सचिवालय सचिव चेंग छिन्होंग, भ्रष्टाचार विरोधी समितिका प्रमुख वु ग्वान्झेंग, राजनीतिक तथा संसदीय मामिला समिति सचिव लुओ गान, उपप्रधानमन्त्री तथा फलामे महिलाको उपनामबाट चर्चित वु यी, अर्का उपप्रधानमन्त्री जेंग पेइमान र रक्षामन्त्री झाओ गांगचुवानलाई उमेरको हद देखाउदै अवकास दिएको छ । अवसास पाउनेमा चेंग छिन्होंग पोलिटब्यूरो स्थायी समितिका पा“चौ वरिष्ठ नेता थिए भने वु ग्वानझेंग सातौं प्रमुख नेता, लुओ नवौं, यु यी सोह्रौं, जेंग पेइमान तेश्रो प्रमुख नेता थिए । पछिल्लो महाधिवेशनले गठन गरेको वर्तमान पोलिटब्यूरो स्थायी कमिटीमा महासचिव हु जिन्ताओ, उनी जनवादी गणतन्त्र चीनका राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन्, जनराष्ट्रिय कंग्रेस संसदका अध्यक्ष वु बांगगुओ, प्रधानमन्त्री वेन जियाबाओ, पार्टीको जन राजनीतिक परामर्श समितिका प्रमुख जिया छिंगलिन, प्रचार प्रमुख लि चांगचुन, उपराष्ट्रपति तथा सांघाइ पार्टी कमिटी प्रमुख सि जिनपिंग, प्रथम उपप्रधानमन्त्री लि केखियांग, संगठन विभाग तथा अनुशासन विभाग प्रमुख हे गोखियांग र आन्तरिक सुरक्षा मन्त्री तथा राजनीतिक तथा संसदीय विभाग प्रमुख चाओ योंगकांग छन् । सत्तारुढ कम्युनिष्ट पार्टी र सरकारका बर्तमान प्रमुख नेता यिनै हुन् । यिनीहरुमध्ये सि, लि, हे र चाओ पार्टी पोलिटब्यूरोको स्थायी समितिका नया सदस्य हुन । पोलिटब्यूरोमा यिनीहरु समेत २५ जना छन् । लगातार ७१ वर्षसम्म सत्तारुढ र देंग सियाओ पिंगको पुनःउदयपश्चात द्रुत गतिमा आधुनिकीकरण र आर्थिकरुपमा सम्पन्न तथा विकासको बाटोमा चीनलाई डो¥याउन सफल चिनिया कम्युनिष्ट पार्टीको वर्तमान सदस्य संख्या ७ करोड ३३ लाख ६० हजार छ । मुलुकभरि यो पार्टीका ३५ लाख संगठन छन् । पार्टीले आफ्नो अठारौं महाधिवेशन सन् २०१२ मा गरेको थियो ।
-राजेन्द्र स्थापित

No comments:

Post a Comment