Sunday, April 7, 2013

सर्वाङ्ग हुँदा जीवनदान पाएकी सुन्दरी


जिउस प्राचीन ग्रिसका राजा हुन् । आख्यानअनुसार उनी ईश्वरका पनि पिता हुन् । आकाश र चट्याङका पनि पिता मानिने उनले ओलम्पियामा शासन गरेका थिए । क्रोनर र रिह्याका पुत्र उनको बिहे आºनै बहिनी हेरास“ग भयो । आख्यानमा हेरालाई महिला र विवाहकी देवी मानिएको छ । जिउस उपद्रवी र कामुक थिए र थिए ६३ सन्तानका बाबु । रानी नेमेसिस तीमध्येकी एक हुन् । नेमेसिसलाई कसैले जिउस र उनकी पत्नी ओसियनासकी छोरी मानेका छन् भने कसैले इरेबक्स र निक्सकी छोरी ।

अन्धो ग्रिक महाकवि होमरद्वारा लिखित दुई महाकाव्य इलियाड र ओडिसीलगायत अन्य थुप्रै स्रोतमा स्पार्टा (प्राचीन ग्रिक नगर) की रानी हेलेन जिउस र राजा तिन्डारिउसकी पत्नी लेदाकी छोरी भएको उल्लेख छ । तर, कतिपयले हेलेनलाई जिउस र उनकी रानी नेमेसिसकी छोरी हुन् भनेका छन् । उनीहरूका अनुसार रानी नेमेसिसले दुइटा फुल पारेकी थिइन्, एउटाबाट हेलेन र ल्किटेम्नेस्त्रा तथा अर्कोबाट क्यास्तोर र पोलुक्सको जन्म भयो । हेलेन लेदाकी छोरी हुन् भन्नेहरूको तर्क छ, जिउस रानी नेमेसिसस“ग संसर्ग गर्न चाहन्थे तर रानी चाह“दैनथिन् । जिउसबाट बच्न उनले पशुपक्षीको भेष धारण गरिन् र भाग्दै हि“डिन् । अन्त्यमा हा“स बनिन् । पत्नी हा“स बनेको थाहा पाएपछि उनी पनि हास बने र संंसर्ग गरे । पछि उक्त संसर्गबाट नेमेसिसले दुइटा फुल पारिन् ।

एकजना गोठालोले ती फुल एतिकाको जंगलको एउटा बाटिकामा फेला पारे र लेदालाई दिए । तिनले अन्डा कोरल्ने समयसम्म हिफाजतसाथ छातीमा टा“सेर राखिन् । यसरी उनी हेलेनकी आमा कहलिइन् । उनी यसअघि नै तीन छोरी तिमान्द्रा, फोयबे र फिलोनिको आमा बनिसकेकी थिइन् । हेलेन सात वर्षको उमेरमा १० वर्षकी जस्ती देखिइसकेकी थिइन् । असाध्यै सुन्दरी थिइन् । तर, केटाकेटीसरह निर्वस्त्र बालुवामा कुस्ती खेल्थिन् । दाजुभाइस“ग सिकार खेल्न जान्थिन् । जुम्ल्याहा दाजुभाइ क्यास्टोर र पोलुक्सस“ग बक्सिङ र अन्यस“ग घोडादौडमा भाग लिएर जित्थिन् । रोमन लेखक स्टेसिकोरसका अनुसार निर्वस्त्र स्तन प्रदर्शन गरेर हतियार बोकी दौडिन्थिन् । आपूmलाई ईश्वरपुत्र ठान्ने एथेन्सका दुई युवक थेसियस र पिरिथोउस आºना पत्नी ईश्वरकै छोरी हुनुपर्ने ठान्थे । त्यसैले दुवै मिलेर जिउसकी दुइटी राजकुमारीलाई अपहरण गर्ने योजना बनाए । थेसियसले हेलेनलाई छाने भने पिरिथोउसले हाडेसकी पत्नी पर्सेफोनलाई ।

योजनाअनुरूप थेसियसले हेलेनलाई उठाएर लगे र आºनी आमा ऐथ्राकोमा छाडे । अनि दुवै दाजुभाइ मिलेर हाडेस नियन्त्रित क्षेत्रमा पुगे । योजना थाहा नपाएका हाडेसले दुवैलाई आदर, सत्कार र भोजसमेत ख्वाउने तयारीमा लागे । तर, खान बस्नेबित्तिकै दुवैको खुट्टामा सर्प बेरिए । योजना विफल भयो । अपहरित हु“दाताका हेलेन भर्खरकी थिइन् । तैपनि, उनले थेसियसको तर्फबाट छोरी ल्फिगेनियालाई जन्म दिइन् । पछि क्यास्टोर र पोलुक्सले एथेन्समा आक्रमण गरी बहिनी हेलेनलाई स्पार्टा फर्काए । उनीहरूले ऐथ्रालाई पनि बन्दी बनाए । हेलेनसँग विश्वभरिका राजा, महाराजा र राजकुमारहरू बिहे गर्न इच्छुक देखिए । उनीहरू मह“गा–मह“गा उपहार बोकेर ओलम्पिया पुगे । इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराउ“दा क्यास्टोर र पोलुक्सले महŒवपूर्ण भूमिका निभाए भने अन्तिम निर्णय गर्ने अधिकार हेलेनको सौतेनी पिता तिन्डामरेउसले राखे ।

पछि हेलेनका लोग्ने बनेका मेनेलाउस भने त्यहा“ उपस्थित थिएनन्, प्रतिनिधित्व उनका दाजु तथा मिसेनियनका राजा आगामेमनोनले गरेका थिए । प्रतिस्पर्धामा कुल ४५ जनाको सहभागिता थियो । राजा तिन्डारेउस छोरी गलत व्यक्तिको हातमा पर्ने त्रासमा थिए, त्यसैले उनले नियतवश नै प्रतिस्पर्धीबीच झगडा गर्न लगाए । तीमध्येका एकजना ओडिसिउस पनि थिए, उनी छनोट हुने कम सम्भावना देखेर उपहार नबोकीकनै पुगेका थिए । राजाले इकारियुसकी छोरी पेनेलोप दिने शर्तमा उनलाई हातमा लिए । सल्लाहमुताविक ओडिसिउसले प्रतिस्पर्धीलाई सोलोमनको शपथ खान भने । तर, प्रतिस्पर्धीहरू शपथ खान असफल भएपछि हेलेनको बिहे मेनेलाउसस“ग गरिदिने घोषणा राजाबाट भयो । यो खुशीमा राजाले एउटा घोडा बलि चढाए । पछि तिन्डारेउस गद्दीच्युत भएपछि हेलेन र मेनेलाउस स्पार्टाका राजा–रानी बने । यसैबीच, हेलेन ट्रोई (वर्तमान टर्कीमा पर्छ) को यात्रामा हि“डे । फ्रान्सिस्को प्रिमाटिकोबाट यात्राकै दौरान हेलेन बलात्कृत भइन् । केही वर्षपछि ट्रोइको युवराज घोषित पेरिसले हात समातेर हेलेनलाई ट्रोई पु¥याए । केही समयअघि मात्र राजा जिउसले सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी पेरिसलाई सुम्पिसकेका थिए । एकजना प्रतियोगी एफ्रोडितेको प्रभावमा परी उनले उनैलाई देवीहरूमध्येकी सुन्दरी घोषणा गरिदिए । अर्का दुई प्रतियोगी एथेना र हेरा उनीदेखि खुबै रिसाए ।

एफ्रोडितेले आफूलाई जिताइदिएमा विश्वकै सबैभन्दा सुन्दरी उनलाई दिलाइदिने वचन दिएकी थिइन् । परिणामतः पेरिसले हेलेनमाथि अधिकारको दाबी गरे । उता, हेलेन पनि पेरिसलाई मन पराउ“थिन् । पति मेनेलाउस र ९ वर्षीया छोरी हेर्मिनोयनीलाई छोडेर उनैस“ग भाग्न चाहन्थिन् । इतिहासकारत्रय युरिपिडेस, स्टेसिकोरस र हेबोडोतुसका अनुसार पेरिस र हेलेन ट्रोय जाने क्रममा बीच बाटोमै आ“धीबेहरी चलेपछि इजिप्टको मेम्फिसमा बास बसे । पाहुना बन्न आएकी हेलेनको सतीत्वमाथि धावा बोलेपछि इजिप्टका राजा प्रोतेउसले पेरिसलाई तर्साए । उता पत्नी हराएका मेनेलाउसले हेलेनको अपहरण पेरिसले गरेको बुझे । उनले हेलेनस“ग बिहे गर्न ओलम्पिया पुगेका सबै राजा, महाराजा र राजकुमारस“ग सहायता मागे र ट्रोई राज्यविरुद्ध युद्धको घोषणा गरे । तर, राजा–महाराजा युद्ध चाह“दैनथे । तैपनि, युद्धका लागि गएको ग्रिक जहाज मिसिया पुग्यो । हेलेनलाई तेउथ्रानियनमा राखेको आशंका मेनेलाउसको थियो । तर, त्यहा“का राजा तेलेफसले अस्वीकार गरेपछि जहाज ग्रिस फर्कियो । बेकारमा तेलेफस घाइते मात्र भए ।

यसपछि मेनेलाउसले ट्रोइमा राजदूत पठाए । राजदूतले हेलेन र लुटेर लगेको धन फिर्ता गर्न माग गरे । तर, ग्रिकदूतको मागलाई स्विकारिएन । त्यसपछि युद्ध गर्न ग्रिक जहाज अगलिसतर्फ बढ्यो । यस क्रममा ट्रोईलाई खाद्यान्नलगायत सामान उपलब्ध गराउ“दै आएका छिमेकी देशस“ग पनि ग्रिक सेना भिड्न पुग्यो । युद्धमा ग्रिकका ब्रिसियस, तेक्रमेसा, क्रिसियसलगायत थुप्रै वीरांगना मारिए । ग्रिक सेना ९ वर्षसम्म ट्रोय नगरलाई घेरा हालेर लड्यो तर अग्लो र बलियो पर्खाल नाघेर नगरभित्र पस्न सकेन । अन्त्यमा, ग्रिक सेनापति ओडिसियसले चाल चले । एउटा ठूलो काठेघोडा तयार पार्न लगाए, जसभित्र सय योद्धा अटे । त्यो नक्कली घोडालाई नगरको ढोकामा छाडेर सबै सेना पछि हट्यो र लुकेर बस्यो । ओडिसियसको चाल सफल भयो । शत्रुले उपहारस्वरूप ठूलो काष्ठघोडा आफूहरूका निम्ति छाडेर भागेको ट्रोयका सेना र जनताले सम्झे । त्यसैले सबै मिलेर घोडालाई तानी नगरभित्र ल्याए । उनीहरूले युद्ध जितेको सम्झी हर्षोल्लास मनाए ।

हतियार सिलखानामा बिसाएर मदिरा सेवन गर्दै विजयोत्सव मनाए र सुत्न गए । मध्यरात काठेघोडा (ट्रोजन हर्स) भित्र लुकेर बसेका ग्रिक सेना बाहिर निस्किए । नगरको ढोका खोले । बाहिर लुकी बसेका अन्य सेना पनि नगरभित्र पसे । घमासान युद्ध भयो । युद्धमा राजा मारिए भने उनका छोरा हेलेनस बन्दी बने । क्यासान्ड्रा बलात्कृत भइन् । यसबीच हेलेनले पेरिसको कमजोरी थाहा पाएर हेक्टरको पक्षमा आफूलाई उभ्याइन् । हेक्टर बहादुर राजकुमार थिए । हेलेनस“ग अवैध सम्बन्ध राख्ने गरेका उनले हेलेनका दाजु पोलुक्सलाई मारे । एकिलिस आºना साथी पोलुक्सको हत्याको बदला लिन हेक्टरस“ग जुधे । दुवैबीच घमासान युद्ध भयो । हेक्टर घाइते भए । ट्रोयवासी हेक्टरलाई देउतासरह पूजा गर्थे । एकिलिसले घाइते हेक्टरलाई डोरीले रथको पछाडि बा“धे र बेगले दौडाए । हेक्टर घिस्रिंदै रगतपच्छे भए । ट्रोयवासीले यस्तो दृश्य हेर्न सकेनन् । बूढी आमा हेकुबा छाती पिट्दै रोइन्–कराइन् । उनको मृत्युमा ट्रोयवासी शोकमा डुबे । महिलाहरू सबै राँको बाल्दै घरबाट निस्के । युद्ध चर्कियो । पछि एकिलिस पेरिसको हातबाट मारिए भने घाइते पेरिस इदा पहाडतर्फ लुक्न गए ।

हेलेनले पेरिसकी जेठीपत्नी केनोनलाई घाइते पतिको औषधोपचारको आग्रह गरिन् । तर, केनोनले नमानेपछि केहीदिनमै पेरिसको मृत्यु भयो । पेरिस र हेक्टरको मृत्युपछि हेलेन उनीहरूका कान्छो भाइ देइफोबुसको पत्नी बनिन् । तर, पछि मेनेलाउसबाट माफी पाउने आशामा उनले देइफोबुसको तरबार लुकाइदिइन् । उनकै कारण देइफोबुस मारिएपछि क्रुद्ध जनताले उनलाई लखेटे र ढुंगाले हानेर मार्न खोजे । उनी भाग्दै लुक्न पुगिन् । युद्धमा ट्रोयको पराजयपछि मेनेलाउस त्यहा“ पुगे र उनले पत्नी हेलेनलाई खोजेर निकाले । तर, फेला पर्ने बित्तिकै आपूmलाई धोका दिएको रिसमा तरबारले टाउको छिनाल्न खोजे । तर, चलाख हेलेनले लगाइराखेको लुगा भुइ“मा खसालिदिइन् । सौन्दर्यले भरपुर पत्नीको नांगो शरीर देखेपछि उनी टक्क रोकिए । युद्ध सकिएपछि राजकुमारी पोलिसेना र हेक्टरको छोरो अस्त्यानाक्सलाई फा“सी दिइयो । मारिनबाट बचेका एक मात्र राजकुमार एनियास भाग्न सफल भए । बा“चेका ट्रोयका सबै महिला ग्रिक सेनाले बा“डेर लिए । नगरको सबै घरमा आगो लगाइयो । मेनेलाउस हेलेनलाई लिएर स्पार्टा फर्के ।

उनीहरू केही समय स“गै बसे । महाकाव्य ओडिसीमा उल्लेख भएअनुसार पछि उनी तेलेमाचुसबाट मारिइन् । तर, कसै–कसैले मेनेलाउसको निधनपछि उनले ह्रोडसका राजा तेलेमोलेमसस“ग बिहे गरेर त्यहा“की रानी बनेको र लोग्ने खोसेको रिसमा रानी पोलिक्सोले नुहाइराखेकी उनलाई कब्जामा लिएर रूखमा झुन्ड्याई मारेको भनाइ राखेका छन् । उनीहरूको भनाइमा –ह्रोडसको गिर्जाघरनजिक पहिला ‘हेलेनको रूख’ थियो । इतिहासकारले रानी हेलेनको कारण भएको भनिएको ‘ट्रोयको युद्ध’ लाई महाकवि होमरको काल्पनिक घटना र मिथक मात्र भएको बताउने गरेका थिए । तर, जर्मन पुरातŒवविद हेनरिक स्लिमैनले होमरद्वारा वर्णित सो युद्ध इ.पू. ११९४ देखि ११८४ सम्म भएको सन् १८७० मा सिद्ध गरिसकेका छन् । उनले विद्वान्हरूले पौराणिक र काल्पनिक नगर मानिएको ट्रोय वर्तमान टर्कीको नगर रहेको पुष्टि गरिसकेका छन् ।
- राजेन्द्र स्थापित

No comments:

Post a Comment