Sunday, April 7, 2013

कमलो प्रेमको अमर कहानी

सु ग्वाङपिङको जन्म ग्वाङडोङ प्रान्तको पान्यु काउन्टीस्थित जमिन्दार परिवारमा भएको हो । त्यसवेला चीनमा केटी मान्छेलाई पाइतालाको साइजभन्दा सानो जुत्ता लगाइदिने चलन थियो । यस्तो जुत्ताले उनीहरूलाई पीडा हुन्थ्यो, तर पाइताला ठूलो र भद्दा हुनेगरी नबढोस् भन्ने हेतुले त्यस्तो जुत्ता लगाउन दिइन्थ्यो । जनवादी गणतन्त्रमा परिणत हुनुअघिसम्म पनि चीनमा ठूलो पाइताला भएका स्त्रीलाई राम्रो मानिादैनथ्यो । यिनै जुत्ताका कारण चीनमा धेरै महिला अपांग बनेका छन् । आधुनिक चीनमा समेत कतिपय प्रौढ महिलाले पाइतालाभन्दा सानो जुत्ता लगाएको देख्न पाइन्छ । त्यहाा समय-समयमा यो कुप्रथाविरुद्ध ठुल्ठूला अभियानसमेत चलेको इतिहास छ । सुका बाबु यो कुप्रथालाई मन पराउादैनथे । त्यसैले छोरीलाई खुट्टाको साइजअनुरूपकै जुत्ता लगाउन दिएर स्कुल पठाए । तर, एकदिन जााड खाएको सुरमा भर्खर स्कुल जान थालेकी छोरीको बिहे एउटा नराम्रो बानी-व्यहोरा भएको परिवारमा गरिदिने वचन दिए । हुन त उनले पछि आफ्नो निर्णयप्रति पश्चाताप पनि गरे, तर समाज र धर्मको डरका कारण दिइसकेको वचन तोड्नचाहिा सकेनन् । यसबीच सु १९ वर्षकी भइन् । सोही वर्ष -सन् १९१७) मा बाबुको निधन भयो । सुलाई बुहारी बनाउने सपना सााचेर बसेको परिवारले स्वयम्बरको तिथि तय गर्न दबाब दियो । सुले ठाडै अस्वीकार गरिन् । उनको यो निर्णयलाई दाजुले पनि साथ दिए । परिवार अब सुका लागि नयाा केटो खोज्नतर्फ लाग्यो । तर, सु फेरि पनि बिहे गर्न चाहँदैनथिन् । त्यसैले ग्वाङडोङबाट उनी तियानजिन गइन् र छात्रा-विद्यालयमा भर्ना भइन् । यसबीच, प्रथम विश्वयुद्धको समाप्तिसागै सन् १९१९ को मार्चमा जर्मनी नियन्त्रित सानतुङ प्रान्त जर्मनीले जापानलाई हस्तान्तरण गर्‍यो । साम्राज्यवादी दुई शक्तिबीचको यो सम्झौतालाई लिएर चिनियाँ युवाहरू आक्रोशित बने । रुसमा सम्पन्न अक्टोबर क्रान्तिको प्रभावले चीनमा माक्र्सवादको व्यापक प्रचार-प्रसार भइसकेको थियो । माक्र्सवादबाट दीक्षित केही युवाको अगुवाइमा ४ मेमा बेइजिङ विश्वविद्यालयमा पढ्ने ३ हजार विद्यार्थी तियानमेन चोकमा भेला भएर साम्राज्यवादी शक्तिविरुद्ध प्रदर्शन गरे । यसले ठूलो आन्दोलनको रूप लियो र देशभरि फैलियो । तियानमा अध्ययनरत सु पनि आन्दोलनमा सरिक भइन् । उनले देशभक्त महिला समूहले निकाल्न थालेको पत्रिका 'विश्व जाग्दै छ साप्ताहिक' को सम्पादनमा सहयोग पुर्‍याइन् र समूहको सदस्यता लिइन् । सन् १९२२ मा स्नातक उत्तीर्ण उनको बेइजिङ विश्वविद्यालयमा पढिरहेका विद्यार्थी ली सियादुइसाग माया बस्यो । तर, १९२४ मा त्यहाा फैलिएको विषम ज्वरोेले लिको मृत्यु भयो । सु पनि निकै दिन थला परिन् । उनी प्रेमीको अकालमृत्युले विक्षिप्त बनिन् । र, आत्महत्याको कोसिस गरिन् । चीनमा मात्र होइन, विश्व साहित्यमै आफ्नोेेेेेेेे पृथक् पहिचान बनाउन सफल साहित्यकार चाओ सुरेन त्यसवेलासम्ममा लु सुनको साहित्यिक नाउाले प्रसिद्ध भइसकेका थिए । सन् १९०४ देखि साहित्य सिर्जना थालेका उनले सन् १९१८ मा 'एक बहुलाको डायरी' कथा लेखेपछि आफ्नो नाउा 'लु सुन' राखेका हुन््् । लु उनकी आमाको पारिवारिक नाउा हो । उनीद्वारा लिखित र पछि विश्वप्रसिद्ध बनेको कथा 'आह क्युको सााचो कथा' यसबेलासम्म प्रकाशित भइसकेको थियो । सु प्रेमीको निधनले शोकमा डुबिरहेको बेला लु सुन भने बेइजिङ छात्रा कलेजमा प्राचार्यका रूपमा कार्यरत थिए । सु उनले पढाउने गरेको साहित्य विषयक कक्षाकी छात्रा थिइन् । कक्षामा सु सधैँ अघिल्लो बेन्चमा हुन्थिन् । सु त्यसवेला स्थानीय युद्ध सरदार याङ यिनायुविरुद्धको प्रदर्शनमा पनि सरिक भइरहेकी थिइन् । कक्षा र विरोध प्रदर्शनमा देखादेख भएपछि दुवै नजिकिँदै गए । त्यसवेला सुको उमेर २६ थियो भने २२ वर्षकै उमेरमा अशिक्षित र स्थानीय युवती झु आनसाग बिहे गरिसकेका लुको उमेर ४३ । सुले लुलाई पहिलो प्रेमपत्र सन् १९२५ को नोभेम्बर ३ मा लेखिन् । उनले चुरोटको अम्मली लुलाई लेखेकी थिइन् '.....जतिखेर पनि म तपाईंको अनुहार चुरोटको धुवााभित्र देख्छु । के तपाइर्ं यो लतलाई कम गर्नर्र्े वा बिच्छीको यो गुाडबाट निस्कने उपाय सोच्न सक्नुहुन्न ?' पत्रको जवाफ लुले सोही दिन दिए । त्यसो त लुले सुले उठाएको प्रसंगको जवाफ आफ्नो पहिलो लघुकथासंग्रह 'नाहान' को भूमिकामा पनि दिने कोसिस गरेका छन् । प्रेमपत्रको आदान-प्रदानपछि सुले पहिलोपटक लुको घरमा पाइला टेकिन् । यसैबीच, सु र उनकी एकजना साथी -लेखक सु खिनवेनकी बहिनी) सु सियानसु छात्रावासबाट निकालिए । छात्राबासबाट उठिवास भएपछि सु लुको घरमा बस्न थालिन् । एउटै घरमा परिवारकै हिस्सा बन्न पुगेपछि सुले लुको लवाइ-खवाइ र स्व्ाास्थ्यमा ध्यान दिने नै भइन् । यस क्रममा उनले धेरै नपिउन र चुरोटको लत छाड्न लुलाई आग्रह गरिरहिन् । सन् १९२५ को डिसेम्बर र १९२६ को फेब्रुअरीबीच सुको ३ वटा रचना आग्रह प्रकाशित भए । ती लेखमा उनले लुप्रति जागेको आकर्षणलाई अप्रत्यक्ष रूपमा व्यक्त गरेकी थिइन् । तीमध्येको एउटा थियो, 'फेंगजी मेरा प्रेम हुन्' । गद्यमा लेखिएको यो कवितामा सुले आफ्नो भावना यसरी पोखेकी थिइन्, 'अपितु फेंगसाग उनको महानता छ, उनको दर्जा छ, उनी मसित हातेमालो गर्न विनम्र भएर निहुरिन्छन् भने, म आफैँ ठगिएकै रहेछु भने पनि के फरक पर्छ ? हामी एक समान छैनौँ भने पनि के फरक पर्छ ? हामी बराबरका छैनौँ भने पनि के फरक पर्छ ? यो बैध होस् वा अबैध के फरक पर्छ ? ती सबै हाम्रालागि असंगत कुरा हुन्, उता होस् वा यता, मुख्य कुरा फेंगजी मेरो प्रेम हो..... ओह, फेंगजी !' सन् १९२६ को मार्च १२ मा जापानी सेनाको हवाईजहाजले ग्वामिन्जुन सेनामाथि गोलाबारी गर्‍यो । ग्वामिन्जुन सेनाले पनि जवाफी हमला गर्‍यो । ४ दिनपछि ८ वटा मुलुकका राजदूतले डुआन केइरिइको सरकारमाथि तान्गु बन्दरगाहस्थित ताकु किल्लामा राखिएका सबै हतियार नष्ट गर्न दबाब दिए । विदेशी राजदूतहरूको दबाब र जापानी आक्रमणविरुद्ध बेइजिङको तियामेनमा मार्च १८ मा ठूलो प्रदर्शन भयो । कम्युनिस्ट पार्टीका नेता ली ताचाओको नेतृत्वमा भएको उक्त प्रदर्शन दबाउन सरकारले सेना परिचालन गर्‍यो । घटनामा ४७ जनाले ज्यान गुमाए भने २ सयजना घाइते भए । यो घटनालाई लु सुनले आफ्नो-रचनामा मार्च १८ को नरसंहार भनेका छन् । अब अकस्मात् सु र लु छुट्टएिर बस्ने निर्णयमा पुगे । लु सुन त्यसपछि सियामेन गए, सु ग्वाङझाउ गइन्, लुले विश्वविद्यालयमा पूर्णकालीन प्राचार्य भएर काम गर्न थाले । उता, सु ग्वाङझाउ गइन् र छात्रा विद्यालयमा शिक्षिकाको काम पाइन् । मार्च १८ को घटनाले गर्दा निर्वासित लु र सु यसबीच पत्र आदान-प्रदान भए । तर, ६ महिनापछि विश्वविद्यालयका अन्य प्राचार्य र प्रशासकसाग लुको झगडा भयो । सुसागको सम्बन्धले अनेक हल्ला फिँजिसकेका कारण लु केही समय सियामेनमै बस्न चाहन्थे, तर झगडाको कारण उनी ग्वाङझाउ जान बाध्य भए । अब उनीहरू एउटै घरमा रहन थाले । लु सुनको जीवनी लेखक पोलार्डका अनुसार एउटै घरमा भए पनि दुवै छुट्टाछुट्टै कोठामा सुत्थे । यसपछि सुले लुको सहायिका भएर काम गर्न थालिन्् । उनको काम पाण्डुलिपि लेख्नु र लुको भाषण क्यान्टन भाषामा अनुवाद गर्नु थियो । सन् १९२७ मा सांघाई, पेकिङलगायत जताततै कोमिन्ताङ सेनाले कम्युनिस्टहरूको हत्या गर्न थाले । लु र सु ज्यान बचाउादै सांघाई पुगे र सागै रहन थाले । लुले आफ्ना साथी वेइ सुयानलाई सन् १९२९ को मार्च २२ मा लेखेको पत्रमा आफू र सु अक्टोबरदेखि सागै रहन थालेको, पेकिङ र सांघाईमा उनीहरूबारे अनेकौँ हल्ला फिँजाइएको, आफू यो हल्लाबाट निकै असन्तुष्ट भएको, पछि सुसितको प्रेमले आफू हौसिँदै ग्वाङझाउ गएको र सुलाई ल्याएर सांघाईको एउटा घरमा सागै बस्न थालेको बयान गरेका छन् । उनले पत्रमा आफ्नो लेख, रचना र भाषणको कपीमा गर्नुपर्ने सम्पादनमा सुले सघाउन थालेको, सांघाईमा अझै पनि आफूहरूबारे अनेक हल्ला फैलिने गरेको तर अब यी हल्लाबाट आफूहरूलाई कुनै फरक पर्न छाडेको उल्लेख गरेका छन् । औपचारिक तबरमा सागै बस्न थालेपछि लु र सु हनिमुन मनाउन हाङचाउ गए । र, साथी सु किनवेनको घरमा एउटै कोठामा बसे । जुलाई १२ देखि १७ सम्म -सन् १९२८को) बसेर सांघाई फर्केपछि सुले आफू गर्भवती भएको थाहा पाइन्, तर दुवैका परिवारले सुको पेट निकै ठूलो भएपछि बल्ल लु र सुको नाता थाहा पाए । सुले सेप्टेम्बरमा छोरा हाइयिङलाई जन्म दिइन् । सुको समय छोराको स्याहार सुसारमै बित्न थाल्यो । दुवैको लेखनमा केही समयका लागि कमी आयो । यसका बाबजुद सु 'क्रान्तिकारी महिला' नामक पत्रिका निकाल्न अग्रसर भइन् । तर, लुको हस्तक्षेपपछि योजना त्यत्तिकै तुहियो । अब दुबै केही समय चार्ली च्यापलिन र लरेल एन्ड हार्डीका हास्यफिल्म हेरेर दिन बिताउन थाले । यसको अलावा लुले विगतमा भएका घटनाको रामकहानी सुनाउन थाले । एकजना माक्र्सवादी पाठकमार्फत सुले जापानी भाषा पनि सिक्न थालिन् । सन् १९३६ सम्म पुग्दानपुग्दै लु सुनका कविता, कथा, निबन्ध, विचार प्रकाशित भइसकेका थिए । उनी अन्तर्राष्ट्रिय रूपमै आधुनिक साहित्यका अग्रज कहलिइसकेका थिए । उनले ठाउा-ठाउामा दिएका भाषण, उनले गरेका समालोचना चर्चाको विषय बन्दै गए । यसबीच लुको स्वास्थ्य प्रतिदिन कमजोर बन्दै गयो । उनलाई क्षयरोगले गााजिसकेको थियो । मार्चमा आइपुग्दा नपुग्दै उनलाई लहरे खोकी र ज्वरोले समात्यो । दम बढ्यो । उपचारका क्रममा फोक्सोबाट ३ सय ग्राम पानी निकालियो । जुन र अगस्टमा फेरि सिकिस्त बिरामी भए । तौल ८३ पौन्ड -३८ केजी) मा झर्‍यो । यसको बाबजुद उनले 'मृत्यु' र 'यो पनि जीवन' शीर्षकको २ वटा निबन्ध लेखे । अक्टोबर १८ को बिहान निद्राबाट ब्युँझादा उनलाई स्वास फेर्न हम्मे-हम्मे पर्‍यो । खबर गरेपछि डा. सुतो दौडिएर आइपुगे । उनले हत्तपत्त दुखाइ कम गर्ने एउटा इन्जेक्सन दिए । त्यो रात पूरै सु ननिदाएर लुको छेउमै बसिरहिन् । तैपनि, अक्टोबर १९ को बिहान ५ बजेर ११ सेकेन्ड जाादा ५५ वषर्ीय लुको नाडीको धड्कन ठ्याक्कै रोकियो । लुको अन्त्येष्टि सांघाई पार्कमा गरियो । उनको चिहानमा माओ त्सेतुङ स्वयंले आफ्नो भावना क्यालिग्राफीमार्फत पोखे । जीवनभरि कम्युनिस्ट पार्टीको सदस्यता नलिए पनि प्रसिद्ध मे ४ को आन्दोलनलाई उनले दिएको योगदानको कदरस्वरूप मृत्युपश्चात् चिनियाा कम्युनिस्ट पार्टीले उनलाई सदस्यता प्रदान गर्‍यो । अध्यक्ष माओको भनाइ थियो, 'लु सुन चिनियाा सांस्कृतिक क्रान्तिका प्रमुख कमान्डर हुन् ।' लुको निधनपश्चात् सुले आफ्नो सम्पूर्ण शक्ति उनको योगदान र रचना प्रकाशन तथा उनले प्रयोगमा ल्याएका भौतिक वस्तुको संरक्षणमा लगाइन् । उनले लु सुन चीनका आत्मा हुन् भन्दै जीवनभर लुलाई आदर र कदर गर्दै गइन् । कमजोर आर्थिक अवस्थाको बाबजुद 'लु सुनको सम्पूर्ण रचना' प्रकाशित गर्न लागिपरिन् । फलस्वरूप सन् १९३८ मा चिनियाा भाषामा सो ग्रन्थ प्रकाशित भयो । उनले अरू प्रकाशनगृहसित सम्बन्ध बढाएर लु सुनका अन्य रचना पनि प्रकाशित गरिन् । प्रकाशित पुस्तक बिक्रीबाट प्राप्त रोयल्टीले आफ्नो र लुका एक मात्र छोरा हाइयिङको पालनपोषण गरिन् । उनले प्राप्त रोयल्टीको केही अंश लुको पालनपोषण गरेकी धाइआमा आह साङ र पत्नी झु आनलाई पनि दिइन् । सन् १९४१ मा सु जापानी सेनाको कब्जामा परेर दुई वर्ष जेल बसिन् । त्यहाा उनले शारीरिक यातनासमेत पाइन् । सन् १९४९ मा चीन जनवादी गणतन्त्र बनेपछि लु सुनको योगदानको कदर सरकारी तवरबाटै भयो । कम्युनिष्ट पार्टीको सत्ता स्थापना भएपछि सु महिला गतिविधिमा सरिक भइन् । सुको निधन ७० वर्षको उमेरमा हृदयाघातबाट सन् १९६८ मा भयो
- राजेन्द्र स्थापित

No comments:

Post a Comment