Sunday, April 7, 2013

प्रधानमन्त्री र राजकुमारीको गोप्यप्रेम


कपुरथला, भारतको पन्जाब राज्यअन्तर्गतको नगर हो । भारत बेलायतको अधीनमा हु“दा यो छुट्टै राज्य थियो, जहा“ बेलायतले प्रत्यक्ष शासन चलाउ“थ्यो । निहाल सिंह त्यो जमानाका चर्चित राजा थिए । प्रधानमन्त्री थिए– नवाब गुलाम गिलानी । मन्त्री र सरकारी अधिकृत सबै उनीदेखि डराउ“थे । महाराजा आफै“ पनि प्रधानमन्त्रीसित सल्लाह नगरी कुनै काम गर्दैनथे । उनले जे गरे पनि त्यसमा कसैको रोकतोक ह“ुदैनथ्यो । उनी इटलीका बेनितो मुसोलिनी र भारतकै अर्को राज्य मैसुरका हैदर अलीले जत्तिकै जनतामाथि दबदबा कायम राख्थे ।

बेलायती शासनकालमा राजा–महाराजाहरू नाम मात्रका थिए । शासनमा हालिमुहाली प्रधानमन्त्रीको हुन्थ्यो । त्यसैले उनीहरू तानाशाह बन्थे । राजा­महाराजा लालमोहर लगाउनका लागि मात्र हुन्थे । अरू प्रधानमन्त्रीसरह गिलानी पनि सानदार तरिकाले बस्थे । उनी मन्त्रिमण्डलको बैठक दरबारको चोकमा राख्थे । बैठक दिनहु“ बस्थ्यो । चोक राजकुमारी गोविन्द कौरको दरबारनजिक थियो । राजकुमारी राम्री, मिलेको जिउडाल र स्त्रीसुलभ गुणका कारण चर्चित थिइन् । उनी महाराज निहाल सिंहकी छोरी र युवराज खरक सिंहकी बहिनी हुन् । यद्यपि, गुलाम गिलानीको आफ्नै हरम (दासी तथा रखैलका लागि व्यवस्था गरिएको भवन) थियो तर उनी राजकुमारी कौरको प्रेममा पागल भएका थिए । त्यो समय प्रायः हिन्दूहरूको राज्यमा मुसलमान प्रधानमन्त्री थिए ।

अदालतको काम­कारबाही पनि फारसी वा फारसी मिसिएको उर्दू भाषामा हुन्थ्यो । जसका कारण मन्त्री र सरकारी अधिकृतहरूले उर्दू र फारसी जानेकै हुन्थे । सबैले सबै धर्मप्रति आदरभाव देखाउ“थे । गिलानी अरबबाट भारत छिरेका मुसलमानका वंशज थिए । औरंगजेबको पालामा धर्म परिवर्तन गरी हिन्दूबाट मुसलमान भएकामा उनी पर्दैनथे । गिलानी विलासी स्वभावका थिए । उनका धेरै पत्नी थिए । धर्मअनुसार उनीहरू बुर्का लगाएर घरभित्रै बस्थे । मन्त्रिमण्डलको बैठक बस्ने चोकलाई दुई खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्ड गिलानी आफ“ैले प्रयोग गर्थे भने दोस्रो खण्डमा बैठक हुन्थ्यो । मन्त्रीहरू आ–आफ्नो विभागका फाइल पेस गर्थे र गिलानीबाट सदर गराएर लान्थे । चोकको पछाडि एउटा राम्रो बगै“चा थियो, जहा“ उनी आराम गर्थे । मन्त्रिमण्डलको बैठकका लागि एउटा भवन बनाइएको थियो । उनले त्यो भवनभित्रबाट एउटा सुरुङ बनाउन लगाए । सुरुङ सिधै दरबारभित्र राजकुमारीको कोठामा पुग्थ्यो ।

त्यहा“ सुरुङ बनेको गिलानी र कौरबाहेक कसैलाई थाहा थिएन । सुरुङको द्वार एउटा ठूलो कक्षमा थियो, जुन कक्षमा गिलानी फाइल हेर्थे र मुद्दाको सुनुवाइ पनि हुन्थ्यो । उक्त कक्षको ठीक अगाडि एउटा ठूलो सभा भवन थियो, जहा“ मन्त्रीहरू भेला हुन्थे । बैठक जाडोयाममा दिउ“सो २ बजे र गर्मी याममा बिहान ९ बजे हुन्थ्यो । सभा भवन र त्यसैसित जोडिएको सानो अध्ययन कक्षबीच गिलानीले ठूलो पर्दा हाल्न लगाएका थिए । बैठकको समयमा इरानी गलै“चा बिछ्याइएको सानो कोठामा पल्टेर गिलानी लामो नलीको सहयोगले हुक्का (तमाखु) तानिरहेका हुन्थे । बा“की मन्त्री ठूलो कोठामा बिछ्याइएको गलै“चामा बसेर कुरा राख्थे । हुक्का तान्ने अनुमति उनीहरूलाई हुन्नथ्यो । पर्दापछाडि बसेर प्रधानमन्त्री के गरिरहेका छन् भन्नेसम्मको जानकारी कसैलाई हुन्नथ्यो । मन लागेका बेला उनी खुसुक्क सुरुङमार्ग भएर राजकुमारी कौरको कोठामा जान्थे । बाहिर बसिराखेका मन्त्रीलाई यो कुरा थाहा हुन्नथ्यो । उनीहरू ठान्थे– गिलानी भित्र उनीहरूले पेस गरेको फाइल हेर्दै छन् । बैठकमा मन्त्रीका अलावा उच्च पदका कर्मचारी गरी २० जनाजति हुन्थे । मन्त्रीहरू अर्थ, कानुन तथा न्याय, राजस्व, गृह, स्वास्थ्य, सार्वजनिक निर्माण, तालिमलगायत अस्तबल, हात्ती, तोषाखाना, संग्रहालय, फर्रासखाना (दरबारको गलै“चा, बत्ती, मैनबत्ती आदि हेर्ने मन्त्रालय), रेकर्ड र पाण्डुलिपि मन्त्री हुन्थे ।

बैठकमा मुख्यसचिव र मन्त्रिमण्डलको सचिव हुन्थे । मन्त्रीहरू आ–आºनो मन्त्रालयसित सम्बन्धित एजेन्डालाई छुट्टै फाइल तयार गरी त्यसमा आºनो राय लेखेर प्रधानमन्त्रीलाई पेस गर्थे । प्रधानमन्त्रीलाई उनीहरूले दिएको राय मान्ने बाध्यता हुन्नथ्यो । उनी आºनै विवेक प्रयोग गर्थे र निर्णय दिन्थे । मुद्दा–मामिलाको सवालमा नागरिक, फौजदारी र हत्या, कर र कूतसम्बन्धी मुद्दामा मन्त्रीहरू आºनो राय लेखेर पेस गर्थे र प्रधानमन्त्रीले फैसला गर्थे । प्रधानमन्त्री गिलानीले मन्त्रिमण्डलको बैठक सञ्चालन अनौठो तरिकाले गर्थे । उनी पर्दापछाडि बस्थे । मन्त्रीहरू उनलाई देख्न पाउ“दैनथे । तर, जब मन हुन्थ्यो उनी अरूसित कुरा गर्न थाल्थे । मन्त्रीहरूलाई उनले पहिल्यै सम्झाइराखेका हुन्थे कि मन्त्रीले आºनो कुरा राखिसकेपछि यदि पर्दापछाडिबाट कुनै जवाफ आएन भने त्यो मुद्दा खारेज भएको सम्झनू । त्यस्तै ‘ल ठीक छ’ वा ‘तपाईंको रायमा सहमति जनाउ“छु’ भन्ने जवाफ आए सम्बन्धित मन्त्रीको राय मानेको बुझिन्थ्यो । तर, प्रायः मन्त्रिमण्डलको बैठक चल्दै गर्दा प्रधानमन्त्री गिलानी कसैले थाहा नपाउनेगरी सुरुङमार्ग भएर राजकुमारी कौरको शयनकक्षमा पुग्थे । यता, मन्त्रीहरू आ–आफ्नो मन्त्रालय र मुद्दाका फाइल पढेर सुनाइराखेका हुन्थे । भित्रबाट कुनै प्रतिक्रिया नआउ“दा मुद्दा खारेज भएको मानिन्थ्यो । कहिलेकाही“ गोविन्द कौर नै त्यहा“ आउ“थिन् र दुवै रमाइलो गरिरहेका हुन्थे । त्यस्तोबेला पनि भित्रबाट कुनै जवाफ आउ“दैनथ्यो र पेस गरिएको मुद्दा खारेज हुन्थ्यो । पर्दापछाडि भने हुक्का तान्ने, खानपिन र मदिरापान चलिरहन्थ्यो ।

प्रधानमन्त्री गिलानीका लागि भनेर कडा नशा लाग्ने विशेषखालको रक्सी बनाउन लगाइयो । यो रक्सी बनाउन बहुमूल्य धातु, सुन, चा“दी र मोती प्रयोग गरिन्थ्यो । एक प्याला रक्सीको लागत हजारा“ै रूपैया“ पथ्र्याे । गिलानी र गोविन्द कौर यसखालको रक्सी पनि थपी–थपी पिउँथे । मन्त्रीहरू ठानिरहेका हुन्थे– गिलानी उनीहरूले पेस गरेको मुद्दा ध्यानपूर्वक सुनिरहेका छन् । बैठक घन्टौ“ चल्थ्यो । तर, बैठकको प्रायः समय प्रधानमन्त्री गिलानी या त राजकुमारीको कोठामा हुन्थे या गोविन्द कौरलाई त्यही“ ल्याएर रमाइलो गरिरहेका हुन्थे । प्रधानमन्त्रीको गतिविधिबाट बेखबर मन्त्रीहरू आफूहरूले पेस गरेका प्रायः मुद्दा खारेज भएकामा निरास मानिरहेका हुन्थे तर धेरै समयपछि मन्त्रीहरूले पर्दापछाडि हुने गतिविधिबारे चाल पाए । उनीहरूले विलासी प्रधानमन्त्रीबाट छुट्कारा पाउने उपाय खोजे । अन्य सरकारी अधिकृत र सामान्य जनता पनि गिलानीले गर्ने न्यायबाट असन्तुष्ट थिए । किनभने उनको मौनताका कारण मुद्दा खारेज हुने, निर्दोषले फा“सीमा झुन्डिनुपर्ने र क्रूर हत्यारा निर्दोष सावित हुने क्रम बढ्न थालेको थियो । राज्यको आम्दानी घट्दै गइसकेको थियो भने ढुकुटी रित्ति“दै थियो । पछि धेरैले राजकुमारी गोविन्द कौरको विलासी जीवनीबारे पनि थाहा पाए । गोविन्द कौर ‘भारतकी क्लियोपेट्रा’को नामबाट चिनिन थालिन् । प्रधानमन्त्री र राजकुमारीको कारण राज्य कमजोर र बद्नाम हु“दै जान थालेपछि सबैतिर विद्रोहको भावना बढ्यो ।

गिलानी र गोविन्द कौरको खबर महाराजासम्म पुग्यो तर प्रष्ट प्रमाण नभेट्टाएपछि पदबाट हटाउन सकिएन । प्रधानमन्त्रीको रवैयाबाट रुष्ट मन्त्रीहरू दुवैलाई रंगेहात पक्रने कोसिसमा लागे । जालन्धर गइरहेको मौका छोपेर समात्ने योजना बनाए । योजनाअनुरूप राज्यको सिमानामा एक टुकडी सेना तैनाथ गरे । दुवैजना सधै“ जसरी बग्गीमा बसेर जालन्धर जान निस्किए । योजनाबारे उनीहरूलाई पत्ता थिएन । जब सीमा पार गरे, गिलानी पक्राउ परे भने राजकुमारीलाई दरबारमा ल्याएर राखियो । महिनौ“सम्म बाहिर निस्कने अनुमति दिइएन । राजकुमारी कौरले गिलानी पक्राउ परेकामा कुनै पछुतो मानिनन्, किनभने गिलानीलाई उनले प्रेम गरेकै थिइनन् । उनका लागि गिलानी विलासिताका साधन मात्र थिए । राजकुमारी असाधारण रूपले विलासी र पुरुषलम्पट थिइन् । उनको बिहे भइसकेको थियो तर लोग्नेलाई पनि दरबारमै बस्न बाध्य पारेकी थिइन् । लोग्ने नराम्रा थिए, सुस्त थिए । राजकुमारी दरबारको छतमा बसेर सडकमा हि“डिरहेका युवालाई दरबारमा बोलाउ“थिन् र रमाइलो गर्थिन् । सुरुमा गिलानीलाई राजकुमारीलाई पाउन निकै गाह्रो भएको थियो । राजकुमारी व्यभिचारी भएको सूचना उनले पाइसकेका थिए । नुहाइसकेपछि दरबारको छतमा बसेर कपाल घाममा सुकाइराखेकी राजकुमारीलाई देखेपछि उनले मन थाम्नै सकेनन् । तर, राजकुमारीसम्म पुग्न निकै कोसिस गरे । राजकुमारी हरेक बिहान दुईवटा घोडा लिएर बाहिर निस्कन्थिन् । गिलानीले त्यसबेला पनि भेट्ने प्रयत्न गरे तर सकेनन् । उनले मन्त्रिमण्डलको बैठक बस्ने कोठामा रात बिताउन थाले ।

उनले राजकुमारीकी एक दासी मौलोलाई पैसा दिएर हातमा लिए र उनीमार्फत भेट्न चाहेको सन्देश पु¥याउन सफल भए । राजकुमारी खुसी भइन् र भेट्न राजी भइन् तर भेट्ने कसरी भन्ने समस्या उत्पन्न भएपछि दुवैको योजनामा सुरुङ बनाउन लगाइयो । गिलानी जालन्धरका थिए । कपुरथलाबाट १२ माइल टाढा । समय मिलाएर त्यहा“ गइरहन्थे र दुई–तीन दिन बसेर फर्कन्थे । उनी राजकुमारीलाई जालन्धर लान चाहन्थे । उनको बग्गी राजकुमारीकै जस्तो थियो, फरक यति कि राजकुमारीकोमा हीरा–जवाहरात जडिएको हुन्थ्यो भने उनकोमा हुन्नथ्यो । दुवै मिलेर एउटा योजना बनाए । राजकुमारीले कुचिकारको भेष धारण गरिन् । घुम्टोले मुख छोपेर घोडालाई ख्वाउने दाना राख्ने बाकसमा गएर लुकिन् । बग्गीमा बस्नुअघि कसैले शंका नगरोस् भनेर घोडाको लिती सफा गरिन् । उनले त्यो बाकसमा तीन घन्टा लुक्नुप¥यो, गिलानीलाई महाराजाले खास कामका लागि बोलाएका कारण । बग्गीले सहर नाघेपछि राजकुमारी बाकस खोलेर बाहिर निस्किइन् । जालन्धर पुगेपछि दुई घन्टा दुवैले मोजमज्जा गरे । मीठो खाना खाए र मदिरापान गरे । राजकुमारीलाई सहरबाहिर लैजान पहिलोपटकमै सफल भएपछि गिलानीको हौसला बुलन्द भयो । त्यसपछि महिनामै दुई÷तीनपटक उनीहरू जालन्धर जान थाले तर एकदिन एकजना वरिष्ठ मन्त्री दिवान रामजसले सुइ“को पाए । त्यस्तै, राजकुमारीकी दासी मौलोको महाराजाको भान्छाघरमा काम गर्ने एकजनास“ग प्रेम थियो । प्रेमालापकै क्रममा उनले पनि भान्छे अमानत खानसमक्ष रहस्य खोलिदिइन् । अमानत खानले अर्का वरिष्ठ मन्त्री दोस्त अली मोहम्मदलाई बताइदिएपछि गिलानीलाई समातेर दण्ड दिने योजना बनेको हो ।
– राजेन्द्र स्थापित

No comments:

Post a Comment