Thursday, April 11, 2013

प्रेम दिवसमा अचम्मको प्रेम कथा

सन्दर्भ: प्रेम दिवस
मेरी एने इभान्सको जन्म इंग्ल्यान्डको युनिएटन गाउँमा भयो । उनी पाउरोटी बेच्ने मजदुरकी छोरी थिइन् । गाउँले उनलाई निकै सोझी र ‘मूर्ख’ मान्थे । उनी त्यति राम्री थिइनन् । भद्धा नाक, फुस्रो वर्ण र टाँसिएको कपाल थियोे । उनीसँगै खेल्दै हुर्केका लेखक हेनरी लिघ भन्थे, ‘मेरी अत्यन्त नराम्री, विरूप थिइन्, उनको अनुहार घोडाको जस्तो थियो ।’ सायद, नराम्री भएकैले होला हेनरी र मेरीबीच कहिल्यै प्रेम बसेन । हेनरीकी बहिनी एलिसिया पनि भन्थिन्, ‘मेरीको रूप ढुसी परेको च्याउजस्तो थियो ।’

स्वभाव पनि बिचित्रको । उनी कहिले खेतमा बसेर गीत गाउँथिन् भने कहिले भाइसँग कुस्ती खेल्थिन् । पुतलीको टाउकोमा निर्ममतापूर्वक किला ठोक्थिन् अनि एकछिनपछि त्यही पुतलीलाई छातीमा टँसाएर रुन्थिन् । किशोरावस्था कटेपछि उनले धार्मिक पुस्तक पढ्न थालिन् । विलियम वर्डस्वर्थको कविता र जर्मन संगीतको अध्ययन थालिन् । चर्च र धार्मिक सभामा भाग लिएर सामाजिक रूढिवाद र धार्मिक कट्टरपनको आलोचना गर्न थालिन् । उनी ठुल्ठूला दार्शनिकको तर्क र विचार प्रमाणका रूपमा प्रस्तुत गर्थिन् । सुरुमा उनको आकर्षण पुरुषतर्फ गएन । उनी आफूभन्दा ७ वर्षले जेठी लेखिका सारा हेन्नेलसँग नजिकिइन् । बिहेका लागि युवा डाक्टरको प्रस्ताव आएपछि उनले बिहे गरौँ कि नगरौँ भनेर सारासँगै सल्लाह मागिन् । २४ वर्षीया उनी र ३१ वर्षीया साराले सो मामिलालाई लिएर सन् १८४३ मा पत्र आदान–प्रदान गरे । पत्र लेख्दा मेरीले सारालाई श्रीमान् र साराले मेरीलाई श्रीमती भनि संबोधन गर्थे । उनीहरूको यो सम्बन्ध सन् १८४९ सम्म चल्यो । सन् १८५० मा मेरी लन्डन गएर पत्रकारिता सुरु गरिन् । उनले वामपन्थी पत्रिका ‘वेस्ट मिनिस्टर गजेट’ मा सहायक सम्पादिकाको जागिर पाइन् । चर्चित लेखक र तिनैका रचनाको तिखो आलोचना गर्न थालेपछि उनको नाउ“ सर्वत्र फैलियो । पत्रिकाका सम्पादक जोन च्यापम्यानसँग केही समय प्रेम पनि चल्यो । तर, प्रेमले स्थायी रूप लिएन । यसबीच उनको भेट लेखक तथा विचारक हर्बर्ट स्पेन्सरस“ग भयो । स्पेन्सरको स्वभाव बिचित्रकै थियो ।

उनी महिलालाई गणितको हिसाबले सोच्थे । दुवैको स्वभावमा आकाश–जमिनको फरक थियो । तैपनि, एकल जीवन बिताउँदै आएका दुवैजना चाँडै नजिकिए । रात स“गै बिताउन थाले । तर, छिट्टै बाँकी जीवन साथसाथै बिताउन नसक्ने महसुस गरे । एक साँझ स्पेन्सरले भने, ‘तिमी बिचित्रकी छ्यौ, तिमीसित कोही असल मान्छेले जीवन बिताउन सक्दैन ।’ मेरीले उनीसित कुनै विवाद गरिनन् । भनिन्, ‘ठीक छ, बाइ–बाई ’ मेरी अब अर्को पुरुष साथीको खोजीमा लागिन् । उनी ३२ वर्षको भइसकेकी थिइन् । स्पेन्सरबाट अलग्गिएपछि फायरबाखले लेखेका र अन्य पुस्तकको अनुवाद गरेर जीविकोपार्जन गर्न थालिन् । यसबीच, सन् १८५१ मा जर्ज हेनरी लेवेससँग भेट भयो । मेरीभन्दा दुई वर्षले जेठो साहित्यकार÷समालोचक उनका दर्शनशास्त्रसम्बन्धी एउटा र अर्को उपन्यास बजारमा आइसकेको थियो । रूपरंगमा मेरी जत्तिकै नराम्रा उनी विवाहित र चार सन्तानका पिता थिए । उनकी पत्नी आग्नेस जेभिर्सका थोर्टन लिघ हन्टबाट पनि ३ सन्तान थिए । यसबाहेक आग्नेसको सम्बन्ध रेनार्डसँग थियो । लेवेसको पत्रिकाका साझेदार थिए– रेनार्ड । रेनार्ड धनी थिए । लेवेस पत्रिकामा तन, मन र दिमाग लगाएर काम गर्न थाले । तर, उनको उपस्थितिमा रेनार्ड लेवेसकै घरमा गई आग्नेससँग सम्बन्ध राख्न थाले । आग्नेस पनि रेनार्डजस्तै धनी परिवारकी विलासी महिला थिइन् । फेरि रेनार्ड लेवेसजस्तो कुरूप पनि थिएनन् । एकदिन लेवेस घर पुग्दा आग्नेस थिइनन् । उनी रेनार्डसँग भागिसकेकी थिइन् । यो घटनाबाट लेवेस महिला भन्ने बित्तिकै त्रसित हुन थाले ।

यसबीच नै उनको भेट मेरीसँग भएको हो । पहिलो भेटमै मेरीले आफ्नो रचनाको प्रशंसा गर्नुको सट्टा अनेकन तर्क अघि सारेर आलोचना गरेपछि लेवेस रन्थनिए । तर, पछि उनले मेरीलाई श्रद्धा गर्न थाले । उता, मेरीले पनि अनाहकमा आलोचना गरेर लेवेसलाई दुःखी पारेकोमा पछुतो गरिन् । यसपछिको भेटमा दुवै सामान्य बने । एकले अर्कालाई आदर गरे । आदर विस्तारै प्रेममा परिणत भयो । मेरीले लेवेसलाई जीवनसाथी बनाउने निधो गरिन्, तर लेवेसले आफ्नी पत्नीलाई रेनार्डले भगाए पनि उनलाई त्याग्न नसक्ने र आर्थिक स्थितिसमेत राम्रो नभएको तर्क अघि सारी बिहे गर्न मानेनन् । मेरी लेवेसको कुरामा सहमत भइन् । उनी विवाह नगरीकनै पत्नीसरह लेवेसस“ग जिन्दगी बिताउन राजी भइन् । सन् १८५४ मा लन्डनका बुद्धिजीवीमाझ हल्ला फि“जियो, ‘कुरूप लेवेसले बूढी मेरीलाई भगाए ।’ तर, उनीहरूले कुनै पर्वाह गरेनन् । र, हनिमुन मनाउन जर्मनी पुगे । बर्लिन, वाइमर, फ्र्यांकफर्ट घुम्दै रमाए । महिनौँ घुमेर इंग्ल्यान्ड फर्किए । र, एउटा फ्ल्याट लिई बस्न थाले । मेरी अब मरियन इभान्स लेवेस बनिसकेकी थिइन् । तर, बूढाबूढीको यो प्रेमलाई धेरैले मन पराएनन् । मेरी आफ्ना पिता र भाइहरूबाट अपमानित भइन् । लेवेस पनि साथीभाइबाट तिरस्कृत भए ।

तर, उनीहरूलाई यो अपमान र तिरस्कारले केही असर गरेन । दुवै राजीखुसीसाथ जिउन थाले । यसबीच मेरीले उपन्यास लेखिन्– ‘एडम बिड’ । यो उपन्यास सन् १८५९ मा प्रकाशित भयो । उनले उपन्यास जर्ज इलियटको नाउँबाट लेखेकी थिइन् । जर्ज इलियट पुरुष नाउ“ हो । सामाजिक बहिष्कारमा परेको र लेवेससँग (विनाविवाह) जीवन बिताउँदै गरेको कारण लेखनले आलोचना खप्न नपरोस् भन्ने हेतुले उनले यो नाउ“ छानेकी थिइन् । उपन्यास ‘एडम बिड’ले बेलायतमा तहल्का मच्चायो । पहिलोपटक उपन्यासकारका रूपमा देखा परेका जर्ज इलियटको सर्वत्र चर्चा हुन थाल्यो । नया“–नया“ लेखकले उनलाई आदर्श मान्न थाले । धेरैपछि जर्ज इलियट न्युनिएटनको बासिन्दा भएको पाठकले थाहा पाए । उनलाई हेर्न र भेट्न न्युनिएटनमा भीड लाग्न थाल्यो । तर, गाउँलेको नजरमा ‘मूर्ख’ देखिएका जर्ज इलियट उर्फ मेरी त्यहाँ थिइनन् । सबै निराश भई फर्के । ‘एडम बिड’ ले चर्चाको शिखर छोए पनि यो पुस्तकले गरिब मेरीलाई धनी बनाएन । किनभने बैंक वुड नाउ“ गरेको पत्रिकाको प्रकाशकले मेरीलाई सुको नदिईकन सो पुस्तक छापेका थिए । तर, पछि कसैले मेरी ऐन इभान्स नै जर्ज इलियट भएको थाहा पाए । पाठक उनलाई हेर्न घर पुगे । त्यहाँ मेरी लुगा धोइरहेकी थिइन् । मेरीको दयनीय अवस्था देखेर सबैजना द्रविभूत भए ।

भोलिपल्ट प्रायः सबै पत्रिकामा उनीबारे समाचार छापियो, ‘जर्ज इलियट उर्फ मेरी भोकले मर्दैछन् ।’ एड्म बिडका स्रष्टा गरिबीको जीवन बिताउँदै छिन् । समाचार छापिएपछि उनलाई सहयोग गर्नेहरूको ताँती लाग्यो । तर, मेरी यो चाहन्नथिन् । त्यसैले उनी त्यहाँबाट गायब भइन् । र, केही समय चुप लागी बसिन् । उनलाई त्यहाँका मानिस, समाज, सबै नक्कली लागे । उनीहरू अन्तै गएर बस्न थाले । गरिब भए पनि मेरी र लेवेस सुखी थिए । ४०–४५ वर्षका उनीहरूको दाम्पत्य जीवन सुखद थियो । यौनको मामिलामा पनि मेरी लेवेसबाट पूर्णतः सन्तुष्ट थिइन् । मेरीले पछि भनेकी छन्, ‘मेरो दिमागमा नयाँ–नयाँ विचार रातको रमाइलोपछि फुर्ने गरेको छ ।’ मेरीले लेवेसस“ग २४ वर्ष बिताइन्, तर उनी एकचोटि पनि आमा बनिनन् । पछि मेरीले यसको रहस्य खोलिन्, ‘हामीले परिवार नियोजनको प्राकृतिक विधि अपनाउने गरेका थियौँ ।’ जर्ज इलियटकै नाउँबाट सन् १८६० मा मेरीको दोस्रो उपन्यास ‘दि मिल अफ दि ºलोस’ निस्कियो । अब उनको पुस्तक हातै हात बिक्ने भइसकेको थियो । यसैगरी सन् १८६१ म ‘सिलास मार्नर’ १८७१ मा ‘ड्यानियल डेरोन्डा’ लगायत एकपछि अर्को गर्दै ७ वटा उपन्यास निस्कियो । उनले ‘दि स्पेनिस जिप्सी’, ‘अगाथा’, ‘अ मिरर प्रोफेट’ ‘दि डेथ अफ मोजेज’ ‘लिजेन्ड अफ जुबाल’ लगायत १३ वटा कवितासंग्रह निकालिन् । मेरीले अब जर्ज इलियटको नाउ“बाट विगतमा गुमाएको प्रतिष्ठा, समाजले दिएको तिरस्कार र अपमान सबै फिर्ता पाउन थालेकी थिइन् । अब उनी सबैको श्रद्धेय र आदरणीय बनिन् । उनले इज्जतको साथमा धन पनि कमाइन् । घर–बंगला, नोकर–चाकर, गाडी, बग्गी सबै उनीसितै भयो । तर, लेवेस दुःखी थिए । उनी अब जर्ज इलियटको नाठोका रूपमा मात्र समाजमा चिनिन थालेका थिए । यस्तैमा सन् १८७८ को नोभेम्बर २८ को एक बिहान लेवेस कोठाबाट निस्केनन् । स“गै नास्ता गर्न टेबुलको कुर्सीमा पर्खिरहेकी मेरी दिक्क भइन् । उनी लेवेसलाई उठाउन कोठामा गइन् । उठाउन खोज्दा लेवेस चिरनिद्रामा थिए । मेरी मर्माहत भइन् । तर, रोइनन् । यसपछि अधिकांश समय मेरीले घरमै एक्लै बिताइन् । उनले कविता, निबन्ध तथा अन्य रचना सिर्जना गर्दै गइन् । उनले लेखनबाट अपार धन कमाइन् ।

यसबीच, उनले एडिथ सिमकोक्सस“ग समलिंगी सम्बन्ध गा“सिन् । एडिथ उनकी साथी थिइन् । उनको र एडिथको सम्बन्ध लेवेस जीवित हु“दै सुरु भएको मानिन्छ । यसको बाबजुद सबैलाई अचम्ममा पारेर मेरीले लेवेसको निधन भएको २ वर्षपछि एकजना बैंकर जोन वाल्टर क्रसस“ग कानुनी बिहे गरिन् । साहित्यानुरागी क्रस उनीभन्दा २० वर्ष कान्छो थिए । मेरी अब मेरी ऐन क्रस बनिन् । उनी फेरि समाजबाट आलोचित बनिन् । उनी चरित्रहीन बूढी कहलिइन् । तर, ६१ वर्षीया मेरी ४० वर्षीया क्रसबाट सन्तुष्ट थिइन् । क्रसले उनलाई फेरि जवानीतर्फ फर्काएका थिए । आलोचना र टीका–टिप्पणीेको पर्वाह नगरी दुवै हनिमुन मनाउन इटली गए । भेनिसमा होटलको बाल्कोनीबाट जोन अचानक खसे । तर, उनलाई सामान्य चोटपटक मात्र लाग्यो । उनीहरू इंग्ल्यान्ड फर्के र चेल्सीमा घर किनेर बस्न थाले । यसको केही समयपछि नै मेरी बिरामी भइन् ।

उनी पहिल्यैदेखि किड्नीको समस्याबाट पीडित थिइन् । त्यसपछि घाँटीको संक्रमणले थला पा¥यो । क्रसले उनको भरपुर सेवा गरे । तैपनि, मेरीलाई बचाउन सकेनन् । ६१ वर्षको उमेरमा सन् १८८० को डिसेम्बर २२ मा उनको निधन भयो । उनको निधन क्रससित बिहे गरेको ७ महिनापछि नै भएको हो । स्मरणीय छ, जर्ज इलियट भिक्टोरिया कालका सर्वाधिक लोकप्रिय लेखक हुन् ।

No comments:

Post a Comment