Thursday, April 11, 2013

साम्राज्ञी सँगै सबै जन्तीको सफाया

डोमिसिया लेपिडा रोमन सम्राट निरोकी फुपु हुन् । रुपसी उनले जीवनमा ३ पटक बिहे गरिन् । पहिलो बिहे १५ वर्षकै उमेरमा आºनै मामाका छोरो मार्कुस बार्बाटुससँग भयो । सन् २० मा जन्मेकी भ्यालेरिया मेसालिना उनीहरुका छोरी हुन् । डोमिसिया रोमकी सबैभन्दा बदनाम र ऐøयास महिला हुन् । आºनै सहोदर दाजु (निरोका बाबु) जिनस अहेनोबार्बुससँग सम्भोग गर्न समेत चुकिनन् । मेसालिना आमा जतिको सुन्दरी थिइनन्, तर बानी–ब्यहोरा ठ्याक्कै उस्तै । चरित्रहिनताको आरोप सानैमा खपिसकेकी थिइन् । १३ वर्षकै उमेरमा एक सैनिकद्वारा कुमारित्व भंग गराइन् । राज्यका प्रशासक, सैन्य अधिकृत, नेता तथा नोकर–चाकरसँग यौन सम्बन्ध राख्न थालिन् ।


डोमिसिया महत्वाकांक्षी थिइन् । आफ्नो उद्देश्य पूर्ति गर्न १८ वर्षकी छोरी मेसालिनाको बिहे ४८ वर्षीय बूढो क्लाउडियससँग गराइ दिइन् । क्लाउडियस सिंहासनका उत्तराधिकारी थिए । बिहेलगत्तै सम्राट क्यालिगुलाको हत्या भयो । संसदको बैठकले कमजोर र बिलासी क्लाउडियसलाई सम्राटको रुपमा स्वीका¥यो । मेसालिना क्लाउडियसकी चौथी पत्नी थिइन् तर, जुलियस सिजर जस्ताको वंशज भएको कारण उनी नै सम्राटको सल्लाहकार बनिन् । पछि एक छोरा र एउटी छोरीको आमा बनिन् । सन् ३९ मा जन्मेकी छोरी क्लाउडियस अक्टोभिया पछि सम्राट निरोको प्रथम पत्नी बनिन् । नातामा निरो पनि अक्टोभियाका मामा हुन् । मेसालिना क्लाउडियस वंशलाई नष्ट हुनबाट बचाएपछि (छोरो ब्रितानिकसको जन्म पछि) झन शक्तिशाली बनिन् । शासन सत्ता मेसालिनाको हातमा गएको सबैलाई थाहा थियो, तर शासन सुचारु र स्वच्छन्द भएका कारण कसैले विरोध गर्नु आवश्यक ठानेनन् । राज्यमा एकपछि अर्को परिवर्तन भयो । पुराना सबै कर्मचारी पद्च्यूत भए । युवा कर्मचारीहरु नियुक्त भए । मेसालिनाका पे्रमी नार्सिसस् सल्लाहकारमा नियुक्त भए ।

पूर्वसम्राट क्यालिगुलाद्वारा देशनिकाला गरिएकी एग्रिपिना र जुलिया लिभिल्लालाई क्लाउडियसले आममाफी दिई स्वदेश फर्र्काए । नातामा क्लाउडियसको दिदी पर्ने जुलियालाई डोमिसियाले आफ्नो लागि खतरा महसुस गरिन् । उनले सम्राटलाई प्रेमजालमा फसाएको आरोप जुलियामाथि लगाइन् र फेरि देश बाहिर धपाइदिइन् । निर्वासनबाट फर्केकी २६ वर्षीया एग्रिपिना सम्राटकी भतिजी थिइन्, उनी पनि सत्ताको निम्ति जे गर्न पनि तयार हुन्थिन् । सम्राटसँग सुत्न पनि तयार थिइन् । तर सम्राटका सासू डोमिसिया उनको मार्ग रोकेर बस्थिन् । छोरीलाई भित्र कोठामा सम्राटसँग ऐøयासी गर्न लगाउँथिन् र बाहिर ढोकामा आफूृ पहरा दिएर बस्थिन् । भतिजी भएकी कारण एग्रिपिना दरबारभित्र विना रोकतोक हिंड्न पाए पनि डोमिसियाका कारण सम्राटको कोठामा पस्न असफल थिइन् । एग्रिपिना पनि हार्न जान्ने महिला थिइनन् । धनी र प्रतिष्ठित ब्यक्तिसँग बिहे गरी अतिथि गृहमा रहन थालिन् । त्यहाँ प्रतिष्ठित र साहित्यकारहरु भेला हुनेलाई शरीर सुम्पन्थिन् ।र, मेसालिनाको ऐøयासीको बढाई–चढाईं चर्चा गर्थिन् ।

उता, मेसालिनाको ऐøयासी चरम उत्कर्षमा पुगिसकेको थियो । बूढा सम्राट उनको शारीरिक भोक मेटाउन अक्षम थिए । त्यसैले दरबारकै सिपाहीहरुलाई जालमा फँसाउन थालिन् । यसक्रममा दर्जनौं सैनिक उनको शिकार बने र पछि मारिए । प्रसिद्ध जीवनी लेखक जुवेनालका अनुसार एकदिन मध्यरातीसम्म साम्राज्ञीको ठूलो कोठामा बत्ती बलिरहेको थियो । कोठामा राखिएको ठूलो ऐनाको अगाडि साम्राज्ञी उभिरहेकी थिइन् । अर्धनग्न अवस्थाकी उनी ऐनामा आफैं शरीर हेर्दै थिइन् । एकछिनपछि गाउन लगाइन्, झ्यालको सबै पर्दा खोलिन् र पालेलाई बोलाइन् । साम्राज्ञीको स्वर सुनेर पाले दौडेर भ¥याङ चढी माथि उक्ले र कोठाभित्र पसे । भित्र रत्नजडित मखमलको तन्ना ओछ्याइएको पलंगमा अन्दाजी २० वर्षको हृष्टपुष्ट सैनिक जवानको मृत शरीर थियो । पालेले ‘आज्ञा म्याडम’ भने । साम्राज्ञीले कुटिल हाँसो हाँसेर आदेश दिइन्, ‘यसलाई उठाएर लानु र दरबारको पछाडि ºयाँकिदिनु ।’ । पालेको लागि उक्त आदेश नौलो थिएन । दुई÷चार दिनको बीचमा तिनले हरेक पटक यस्तो काम गर्दै आइरहेका थिए । उनले तुरुन्तै आदेशको पालना गरे ।

दयाका लागि लोकप्रिय सम्राटलाई दरबारकै एउटा कोठालाई सम्राज्ञीले कोठी (बेश्यालय) बनाइराखेको सुईंको समेत थिएन । मेसालिना कोइसियाको छद्म नाउँले बेश्यावृत्ति गर्थिन् । यहाँसम्म कि कोठाको बाहिर बकाइदा नेमप्लेट झुण्डिएको हुन्थ्यो । सम्राटको उक्त कोठातर्फ आउने कामै हुन्नथ्यो । कोठाको ढोका दरबारको पछाडितर्फ थियो । शहरका धनी र प्रतिष्ठित ब्यक्ति आउँथे, पैसा लुटाउँथे, र फर्कन्थे । कतिपय मन पर्नेलाई साम्राज्ञी आफैं बोलाउँथिन् । साम्राज्ञीलाई विभिन्न रंग र उमेरका पुरुषसित सम्भोग गर्ने चस्का लागिसकेको थियो । एग्रिपिनाले खटाएका जासुसहरुका कारण खतरा बढेपछि बेश्यालय बनाएको कोठाकै ढोकाबाट मध्यरातमा बाहिर जान थालिन् । शहरको प्रसिद्ध बेश्यालयमा गई शारीरिक भोक शान्त गर्न थालिन् । कहिले कुन त कहिले कुन भेष धारण गरी बेश्यालय जान थालेकी उनले एकदिन अन्य बेश्यालाई चुनौति दिइन् । बिना विश्राम रातभरिमा कतिजना पुरुषसँग सम्भोग गर्न सकिन्छ भनेर प्रतिस्पर्धामा उत्रेकी उनले झिसमिसेसम्ममा २५ जनासँग सम्भोग गरेको लेखक जुबेनाल बताउँछन् ।

मेसालिनाका बाबु मार्कुसको मृत्यु उनी सानी छँदै भएको थियो । लोग्नेको मृत्युपछि डोमिसियाले एप्पिअस सालिनेससँग बिहे गरिन् । सालिनेस अग्लो उचाइ भएको हृष्टपुष्ट पुरुष थियो । मेसालिना उनीप्रति मोहित थिइन् । तर सेलिनास मेसालिनालाई छोरी मान्थे । छोरीको यौन चाहनालाई महत्व दिंदैनथे । साम्राज्ञी बनिसकेपछि पनि सेलिनासलाई पाउन अनेक प्रयास गरिन् । जब असफल भइन्, क्रोधित भएर उनीमाथि सम्राटको हत्याको षड्यन्त्र गरेको आरोप लगाइन् । सेलिनास छुरा हातमा लिएर सम्राटको हत्या गर्न अघि बढेको दृष्य सपनामा देखेको सुनाइन् । क्लाउडियसले ठाने कि, सेलिनास यथार्थमा मेसालिनाका सौतेनी बाबु हुन् । मेसालिनाले सपनामा उनलाई देख्नुमा पक्का कुनै अर्थ हुनुपर्छ । क्लाउडियसलाई यो तनाबले केही दिन नराम्रोसँग सतायो । अन्त्यमा, उनको गर्धन छिनाल्ने आदेश सेनालाई दिए । यो घटनापछि मेसालिनाको स्वच्छन्दता झन बढ्यो । उनले शाही परिवारका अन्य महिला र राज्यका अधिकृतहरुका पत्नीहरुलाई पनि ब्यभिचारमा लाग्न दबाब दिन थालिन् । कुरा नमान्ने महिलाहरुमाथि सेनाद्वारा बलात्कार गर्न लगाइन् । साम्राज्ञीको स्वेच्छाचारिताबाट प्रताडित कर्मचारी तथा सैनिक अधिकारीहरुले कठपुतली बनेका सम्राट क्लाउडियसलाई सत्ताच्युत गर्न डाल्मासियाको सम्राटलाई रोममाथि कब्जा जमाउन आग्रह गर्न पुगे । तर, जासुसहरुको माध्यमबाट समयमै षड्यन्त्रको सूचना मेसालिनाले पाइन् । उनलाई शत्रुको सफाया गर्ने ठूलो मौका मिल्यो । षड्यन्त्रमा लागेका सबैलाई दरबारमा भेला हुन आदेश दिइन् । अत्यन्त क्रुर तरिकाले यातना दिएर सबैलाई मार्न लगाइन् ।

यसवीच मेसालिनाको नजर केयस सिलियस नाउँको युवकमाथि प¥यो । सिलियस सिनेटर थिए । उनले जनताको तिर्नुपर्ने करको भारबारे कुरो उठाएका थिए र कर वृद्धिको दोष मेसालिनामाथि थोपरेका थिए । तर, लगत्तै मेसालिनाले उनीप्रति कृपा देखाउन थालिन् । पूर्व सम्राट क्यालिगुलाकी साली जुनिया सिलानाससँग बिहे गरेका उनलाई प्रेमजालमा फँसाइन् । चरित्रहिन बनाइदिइन् । उनको घरमा धनको वर्षा गराइदिइन् । योजनाअनुरुप पूर्णरुपमा फँसाइसकेपछि पत्नीलाई त्याग्न लगाइन् । सम्राट क्लाउडियसको हत्या गर्ने योजना बनाइन्, र त्यसमा सिलियसलाई पनि सामेल गरिन् । सम्राटको हत्यापछि बिहे गर्ने र सम्राट बनाउने आश्वासन दिइन् । सिलियस सजिलै उनको जालमा फँसे । तर मेसालिना चतुर थिइन् । क्लाउडियस स्वदेश फर्केपछि उनलाई पनि जालमा फसाइन् । एकजना ज्योतिषले आफ्नो लोग्नेको निधन एक महिनाभित्र हुने भविष्यवाणी गरेको झुटो खबर सुनाइन् । र, ज्यान बचाउन आफूलाई त्याग्न सम्राटसँग आग्रह गरिन् । उनको भनाई थियो, ग्रहदशा उनको नयाँ लोग्नेले भोगुन् । उनले सम्राटलाई आश्वस्त पारिन् कि नयाँ लोग्नेको निधनपश्चात् पुनः सम्राटसँग पुनर्विवाह गर्छु । सोझा क्लाउडियस तुरुन्तै राजी भए । पत्नीबाट छुट्टिने आदेश जारी गरेर समुद्रीतटीय इलाकामा घुम्न निस्के सम्राटको अनुपस्थितिमा मेसालिनाले सिलियससँग बिहे गर्ने घोषण गरिन् । साम्राज्ञीको यो घोषणाले राज्यमा तहल्का मच्चियो । रोममा त्यसबेला बहुविवाह बर्जित थियो । तर सर्वशक्तिमान साम्राज्ञीको लागि कानून ठूलो कुरो थिएन ।

जनताको विरोधको वावजूद विहेको तयारी भब्यरुपमा हुन थाल्यो । भावी पतिलाई हिरा–जवाहरात उपहार दिइन् । घर धनबाट भरिदिइन् । उनको सुरक्षा र सेवार्थ एउटा ठूलै सैनिक पल्टन खटाई दिइन् । ठीक समयमा दुबैको बिहे भयो । विवाह उत्सवमा सजिएकी मेसालिनालाई दुई हातले उठाइ सिलियस दरबारबाट बाहिरिए । विवाहको जुलुसले प्रायः सबै प्रमुख सहर परिक्रमा ग¥यो । दरबारिया र जनता मूकदर्शक बने । एग्रिपिना र उनकी प्रेमी पलासले मौकाको फाइदा उठाए । मेसालिनाले मनाएको ऐøयासीको खबर सम्राट क्लाउडियससम्म पु¥याए । खबर पाउनेबित्तिकै सम्राट रोम फर्के । उता, मेसालिनाले नै सल्लाहकारमा नियुक्त गरेका नार्सिससले पनि सम्राटलाई साम्राज्ञी विरुद्ध उक्साए । नयाँ लोग्नेसँग मिलेर राज्यविरुद्ध षड्यन्त्र गरिरहेको कुरो सुनाए । यद्यपि, सम्राट यसपटक पनि निश्क्रिय बसे, तर नार्सिसस भने साम्राज्ञीविरुद्ध लागिसकेका थिए । यसवीच पलासद्वारा सेवन गर्न लगाएको औषधीले सम्राटलाई असर गर्न थालिसकेको थियो । अर्ध बेहोशीकै अवस्थामा साम्राज्ञीलाई मार्ने आदेश जारी भयो । आदेशमुताविक नार्सिससले हत्या गर्ने जिम्मेवारी सेनाको सर्वोच्च अधिकारीलाई सुम्पे ।

आदेश पाएपछि सैनिक अधिकृत मेसालिनालाई खोज्दै दरबारभित्र प्रवेश गरे । त्यसबेला मेसालिना आफ्नी आमा डोमिसियासँगै शाही बगैंचामा टहल्दै थिइन् । डोमिसिया तरबार लिएर आउँदै गरेका सैन्य अधिकृतलाई देखेपछि तर्सिन् । खतरा महसुस गरेपछि लुगाभित्र लुकाइराखेको ठूलो चक्कु मेसालिनालाई दिइन्, ताकि अरुको हातबाट मारिनुअघि आफैं मर्न सकियोस् । तर मेसालिना कायर सावित भइन् । उनको हत्या सन् ४८ मा ती सैनिक अधिकारीबाट भयो । हत्या हँुदा उनी मात्र २८ वर्षकी थिइन् । पछि सिलियसको हत्या मात्र होइन उनको विहेको जन्तीमा सहभागी सबै सेनाद्वारा मारिए । मेसालिनाको पतनपछि एग्रिपिना जुर्मुराइन् । साम्राज्ञी बन्न प्रेमी पलासको हत्या गरिदिइन् । कानुनमा संशोधन गराई काकासँग बिहे गरिन् । र साम्राज्ञी बनिन् । फोटोः स्विडेन गोथेनवर्ग कला संग्रहालयमा राखिएको कलाकार पेडेर सेभेरिन क्रोयरले सन् १८८१ मा तयार पारेको मेसालिनाको चित्र ।

No comments:

Post a Comment