Thursday, April 11, 2013

फलामसँग जुध्नेको फेहरिस्त

त्यहाँ संगीतकार, कवि, गद्य लेखक तथा कलाकारको आउजाऊ भइरहन्थ्यो । त्यसैले सानो छादै बोरिसले चित्रकारितासम्बन्धी कौशल प्रदर्शन गरे भने संगीत रचनातर्फ अग्रसर भए तर सन् १९०९ मा संगीतकार बन्ने सपना त्यागेर दर्शनको अध्ययनमा लागे । मस्को विश्वविद्यालयमा इतिहास र दर्शन पढे । त्यहीा उनको भेट इदा भ्योसोत्स्कायासाग भयो । इदा चिया बगान मालिककी छोरी थिइन् । दुवैबीच प्रेम बस्यो । इदालाई सम्झेर कविता ँमार्बग' रचना गरे । यसबीच सन् १९१२ मा विश्वविद्यालयका प्रोफेसर हर्मन कोहेनले उनलाई जर्मनी लिएर गए तर त्यहाँ उनको मन बसेन । पढाइलाई बीचैमा छाडेर दुई वर्षपछि स्वदेश फर्के । ँबादलमा जुम्ल्याहा' कविता संग्रह प्रकाशित गरे । लगत्तै इदासमक्ष बिहेको प्रस्ताव राखे तर इदाको परिवार बिहेको विपक्षमा रहृयो । भनिन्छ, पछि इदाको निधन गरिबीको कारण भयो । विछोडपछि बोरिसले अर्की एउटी केटीसाग प्रेम गरे तर यो प्रेम पनि सफल भएन । पछिल्लो प्रेमबाटै प्रभावित भएर सन् १९१७ मा ँमेरी बहिनीको जिन्दगी' लेखे । कवितामा परम्परागत वाक्य रचनासम्बन्धी नियमलाई चुनौती दिादै भावावेगात्मक विम्ब र चक्रवातसरहको लयको उपयोग गरेका कारण तुरुन्तै लोकपि्रय बन्यो । यद्यपि, गृहयुद्धका कारण पााच वर्षसम्म प्रकाशित हुन सकेन र बल्ल सन् १९२२ मा छापियो । विश्वयुद्धताका सन् १९१७ मा भ्सेभोलोदोभोस्थित केमिकल कारखानामा काम गरे । उनको विश्वचर्चित उपन्यास ँडाक्टर झिभागो' का मुख्य पात्र युरी झिभागो सोही कारखानामा काम गर्ने व्यक्ति हुन् । सोही वर्ष अक्टोबर क्रान्ति भयो । धेरै लेखक भयभित भएर भागे तर बोरिस मस्कोमै बसे । उनी क्रान्तिनायक लेनिनबाट प्रभावित थिए । क्रान्तिमा सहभागी नभए पनि गृहयुद्धकाल -सन् १९१८-१९२०) मा अन्य कवि अन्ना आख्मातोभा र ओसिम मेन्डलस्ताभसागै मस्कोस्थित कम्युन घरमा बसे । परिवारका अन्य सदस्य भने जर्मनी गए । सन् १९२१ मा सम्पन्न सोभियतहरूको नवौं सम्मेलन हेरे । वर्ष दिनपछि येभ्गेनिया लुर्येसाग बिहे गरे । येभ्गेनिया आर्ट इन्स्िटच्युटको छात्रा थिइन् । क्रान्तिपछिको सरकारद्वारा चलाइएका ँलालआतंक' र खाद्यान्न तथा इन्धनको अभाव सिर्जना भएपछि दुवै जर्मनी गए । आमा-बाबुसागै बसे । सन् १९२३ मा छोरा जन्म्यो- येभ्गेनी । यसबीच काव्य र गद्य दुवैमा लेखन जारी रहृयो । सन् १९२४ मा लेनिनको निधन भयो । स्टालिन र ट्राटस्कीबीचको वैचारिक संघर्ष उत्कर्षमा पुग्यो । चार वर्षपछि ट्राटस्की निर्वासनमा जान बाध्य भए । स्टालिन सर्वशक्तिमान बने । विरोधीहरूलाई दबाउन थाले । लेखनसम्बन्धी समाजवादी यथार्थवादको सिद्धान्त अघि सारे । लेखक संघमाथि नियन्त्रण जमाउन थाले । कृषिमा सामुहिकीकरण लागू गरे । धेरैभन्दा धेरै लेखक तथा बुद्धिजीवीलाई श्रम गर्न बाध्य पारे । कतिपय लेखकले आत्महत्या गरे । बोरिस लेखकीय स्वतन्त्रताका पक्षधर थिए । स्टालिनद्वारा चलाइएको शासन र लादिएको ँसमाजवादी यथार्थवाद'प्रति उनको बिमति थियो । यसैको सेरोफेरोमा कवितासंग्रह निस्क्यो- 'दोस्रोजन्म' । यसबीच सन् १९३० मा सासूको निधन भयो । बिरामीको कारण पत्नी येभ्गेनिया पनि माइतमै बस्न गइन् । निवेदन दिएको निकै समयपछि बल्ल स्वास्थ्य उपचारार्थ विदेश जाने अनुमति पाइन् र जर्मनी गइन् । उपचारपछि बोरिस चाहन्थे- येभ्गेनिया पढ्न पेरिस जाउन् तर तिनी मस्को फर्किइन् । त्यसबेलासम्ममा बोरिस विवाहिता महिला जिनैदा नेउहौसको प्रेममा परिसकेका थिए । सन् १९३४ मा दुवैबीच बिहे पनि भयो । स्टालिनको स्पाती शासन सागसागै बोरिसहरू सरकारविरोधी बने । अप्ठ्यारो पर्ने खालका लेखहरू प्रकाशित हुन थालेपछि सरकारले कविता मात्र सिर्जना गर्न र गद्य नलेख्न दबाव दियो । लेखकीय स्वतन्त्रताको कुरो उठाएका लेखहरूमाथि प्रतिबन्ध लाग्यो । यसको बाबजुद दुईवटा खुल्ला कार्यक्रममा विवादास्पद भाषण दिएपछि लेखक संघले उनलाई ँदेशद्रोही' घोषणा गर्‍यो । सन् १९३४ को मेमा अर्का कवि ओसिम मेन्डलस्टाम पक्राउ परे । यो घटनाबाट बोरिस झन् रुष्ट बने । ओसिपलाई छुटाउन इज्भेसिया पत्रिकाको कार्यालयमा गए । निकोलाइ बुखारिनलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगे । बुखारिनसाग भेटेको केही दिनपछि बोरिसको घरमा क्रेमलिनबाट फोन आयो । ँकमरेड स्टालिनले कुरा गर्न चाहनुभएको छ,' भनियो । बोरिस एक्कासी हड्बडाए । उताबाट स्टालिनको गह्रुागो स्वर आयो । ँमेन्डलस्टामको गिरफ्तारीलाई लिएर लेखकहरूबीच के छलफल गरियो ?' बोरिसले छलफल नभएको जवाफ फर्काए । ँतपाईंको विचार के त ?' फेरि उताको प्रश्न । बोरिसले त्यसघटनापछि कोही लेखक साथीसाग भेट नभएको जवाफ दिए । स्टालिनले अलि रुखो स्वरमा भने, ँथाहा भो, तपाईं कमरेडहरूको हित चाहनु हुन्न ।' यति भन्दै फोन काटियो । यो वार्तापछि बोरिस डराए । उनले फेरि सम्पर्कका लागि पटक-पटक टेलिफोन गरे तर हरेकपटक ँकमरेड व्यस्त हुनुहुन्छ' भन्ने जवाफ पाए । सन् १९३७ मा सरकारको तर्फबाट विरोधी दबाउ अभियान सुरु भयो । जनरल इयोना याकिर र मार्शल मिखाइल तुखाचेभ्स्कीलाई मृत्युदण्ड दिइनुपर्ने पक्षमा लेखक संघले हस्ताक्षर संकलन गर्‍यो । बोरिसले हस्ताक्षर गर्न मानेनन् । यहाासम्म कि लेखक संघका अध्यक्ष भ्लादिमिर स्ताभ्स्की बोरिसको हस्ताक्षर लिन नसकेकोमा आफैं दण्डित हुनसक्ने डरले भयभित भए । लेखक संघका पदाधिकारीहरू एकपछि अर्को गर्दै पेरेडोल्किनो पुगे र हस्ताक्षर गर्न बोरिसमाथि दबाव दिए । हस्ताक्षर गर्न नमानेपछि धम्क्याएर र्फके । उनीहरू फर्केपछि गर्भवती जिनैदा आफैं भूइामा पछारिादै रोइन् । हस्ताक्षर नगरेकै कारण परिवारमाथि विपत्ती आउनसक्ने भन्दै लोग्ने बोरिसलाई दोष दिइन् तर पनि बोरिस टसमस भएनन् । परिवारले सोही सााझ बोरिस पक्राउ पर्ने आशंका गरेर बस्यो । हुन पनि गुप्तचर विभाग एनकेभिडीका एजेन्ट घरवरिपरि लुकेर भित्रको सूचना लिइरहेका थिए । यति भइसकेपछि बोरिसले सिधै स्टालिनलाई सम्बोधन गरेर अपिल लेखे । पत्रमा आˆना परिवार तोल्सतोयले भोगेको दुर्दशाप्रति पूर्ण परिचित रहेको, आफू पनि त्यसैको पक्षधर भएको उद्गार व्यक्त गरे । पत्रमा ँजीवन स्टालिनले मिल्काइएको फोहोरसरहको भइसकेको तर पनि आफू जीवन र मृत्युको फैसला गर्ने स्वनियुक्त न्यायाधीश बन्न नसक्ने' ठोकुवा गरे । पत्र लेखिसकेपछि पक्राउ पर्ने कुरोबाट उनी अझ बढी ढुक्क भए तर पक्राउ भने परेनन् । भनिन्छ, स्टालिनद्वारा चलाइएको ँमहान् शुद्धीकरण अभियान'मा मृत्युदण्ड दिन बनाइएको सूचीमा बोरिस पास्तरनाकको पनि नाउा थियो तर स्टालिन स्वयंले उनको नाउामा क्रस चिहृन लगाइदिए । पास्तरनाककै भनाइमा स्टालिनको भनाइ थियो, ँयो आाधी तुफानलाई नछुनू ।' पास्तरनाकका जीवनी लेखक सिमोन सेबाग मोन्टेफियोरेका अनुसार मेन्डलस्टाम्प, पास्तरनाक र बुल्गाकोभको प्रतिभादेखि स्टालिन हैरान थिए । उनी व्यक्तिलाई होइन, लेखनलाई मात्र दबाउन चाहन्थे । हुन पनि ती तीनजनामध्ये बुल्गाकोभ र पास्तरनाकले स्टालिनमाथि कहिल्यै सीधा प्रहार गरेनन् । फलस्वरुप दुवैलाई पक्राउ गरिएन । पास्तरनाककी पछिल्ला प्रेमिका ओल्गा इभिन्स्कायाको भनाइ पनि उस्तै छ, ँस्टालिन र पास्तरनाकबीच पत्याउनै गाह्रो एक खालको मौन द्वन्द्व थियो ।' दोस्रो विश्वयुद्धसागै हिटलरको जर्मनी र स्टालिनको सोभियत संघबीच युद्ध सुरु भएपछि पास्तरनाक उत्साहित भए । जर्मन हवाई सेनाको एउटा इकाइ ँलुˆतवाफे'ले जब मस्कोमा बमबारी गर्‍यो, पास्तरनाक दगुरेर लाभ्रुसिनिस्कीस्थित लेखक संघको भवनको कौसीमा पुगे र युद्धकालमा हवाइ आक्रमण हुादा जनतालाई मद्दत गर्न आगो निभाउने सरकारी कर्मचारीसरह खटिए । पड्किन नसकेको बमलाई निस्त्रिmय तुल्याए । उनले देखाएको सो तत्परताबाट प्रभावित भएर सन् १९४३ मा युद्धमा खटिएका सेनासित भेट्ने अनुमति दिइयो । भेटमा उनले सेनालाई हौसला प्रदान गरे । आफूलाई पनि खतरनाक मोर्चामा खटाउन आग्रहसमेत गरे । परिवारबाट टाढिएर मोर्चामा खटिएका र घाइते सिपाहीसमक्ष देशभक्तिपूर्ण कविता वाचन गरेर हौसला दिए । विश्वयुद्ध सकिन लागेको समय सन् १९४५ मा रुसी जनताले नाजी सत्ता भएको जर्मनीको पराजय सागसागै स्टालिनले देशभित्र चलाएको महान् शुद्धीकरण रुपी विरोधी उन्मूलन अभियानको पनि अन्त्य होस् भन्ने चाहना गरेका थिए तर झन् सयौं कैदी बन्दीगृहमा ओसारिए । तीमध्ये कति त जर्मनीसाग मिलेका भ्लासोभ नेतृत्वको रुसी सेना थिए भने धेरै साधारण सैनिक अधिकृत तथा जवानहरू थिए । यसबाहेक जर्मनीको नियन्त्रणमा रहेका यातनागृहका धेरै बन्दी पनि थिए । युद्धकालमा मैदान छाडी विदेश भागेका र युद्धको समाप्तिपछि माफी पाउने आशामा स्वदेश फर्केकालाई पनि सीधै बन्दीगृह पठाइयो । यसरी बन्दीगृह पठाइएकामा फासीवादविरोधी संगठनका यहुदीहरूसमेत थिए । लेनिनग्राद काण्ड र 'डाक्टर्स षड्यन्त्र'को नाउामा निर्दोष जनता पनि थुनिए, रुसी र जर्जियालीबाहेक अन्य जातिका धेरै मानिस साइबेरियाको निर्वासनमा पठाइएपछि पास्तरनाकको सिर्जनशील मन कुाडियो । उनले लेखे, ँयुद्धपछि अनेकखालका सन्त्रास हामीले देख्नुपर्‍यो, हिटलरसागै स्टालिनको पतन भएको भए यी डरलाग्दा दृश्य हेर्नुपर्दैनथ्यो । युद्धपछि मुलुक सभ्य बन्छ, लोकतान्त्रिक अभ्यास सुरु हुन्छ भन्ने आशा हाम्रो थियो, युद्धको विजय उल्लास मनाउनुपर्ने जनता फेरि पनि कष्टको जीवन जिउन बाध्य भएका छन्, माफ गर्नुस्, यो हाम्रो चाहना थिएन ।'

No comments:

Post a Comment