Sunday, April 7, 2013

दरबारभित्र देशी/विदेशीका अनेक दाउ


 - राजेन्द्र स्थापित
उन्नाइसौं शताब्दीको सुरुवातसंगै अंग्रेजहरुले अवधको चारैतर्फ व्यापार फैलाइसकेका थिए । कोलकातालाई आधारभूमि बनाएर बसेका उनीहरुसाग एकपछि अर्को सन्धि गर्दै जाादा त्यहााका शासक नाममात्रका बन्न पुगिसकेका थिए । राजा, सेना, जनता सबै अंग्रेजसाग डराउाथे । त्यहााका राजगुरु मुबासिर खाा दिल्लीका थिए । कान्छी छोरीको बिहे उनले नवाब धाजीउद्दीन हैदरसाग गरिदिए । नवाब परम्पराअनुरुप उनले बिहेपछिको करिब १९ वर्ष दरबारको जनाना-घरमा बिताइन् । नवाबको अनुमतिबेगर कोही महिला जनाना-घरबाट निस्कन पाउादैनथे । घरको रेखदेख महिला सैनिकले गर्थे । बेलायतको इस्टइन्डिया कम्पनीले तयार गरिदिएको खाकीरंगको सैनिक बर्दी लगाउाथे, बेल्टमा सेतो हाासको चिहृन हुन्थ्यो । घरभित्र पनि कााधमा बन्दुक झुन्ड्याएर हिाड्थे । पुरुष सेनाको जस्तै उनीहरुको फौजी दर्जा हुन्थ्यो । तालिमप्राप्त यी सेनाको कमान्डर थिइन्- राजगुरु मुबासिर खााकी छोरी अर्थात् नवाब हैदरकी पत्नी । सन् १८१४ को जुलाइमा नवाब सादत अलि खााको निधनपछि अंग्रेजले हैदरलाई अबधको राजा बनाइदिए । हैदर अब नवाब बाजिरुल मुमालिक धाजिउद्दीन हैदर खाा बहादुर शाहमत जंग र उनकी पत्नी बादशाह बेगम उर्फ मुर्याम उल असमत विल्किस उस सितवान महल-इ-खासको पदवीले विभूषित भए । हुन त हैदर शाह-इ जमान -युगका राजा) र वादशाह- इ धाजी -नैतिकताविरुद्ध विजय प्राप्त सम्राट्) बाट विभूषित हुन चाहन्थे तर उनको आग्रहलाई अंग्रेजले मानेनन् किनकि हैदर नाम मात्रका राजा थिए, राजकीय शक्ति अंग्रेजको हातमा थियो । हैदरको दरबार लखनउ नजिक फैजावादमा थियो । त्यहाा उनले गोमती नदीको किनारमा दौलत खाना निर्माण गरी राज्य चलाए । उनैले पछि त्यहाा मोती महल, शाह मञ्जिल, दिलकुशा, छत्तर मञ्जिल, डिलाराम र कैसर बाग बनाउन लगाए । यी सबै महल उनले आˆना दासी राख्ने जनाना-घरको रुपमा बनाएका थिए । पछि लखनउ मुस्लिम विद्वानहरुको गणित, दर्शन, न्याय प्रणालीको बहसको केन्द्र बन्यो । कविशाला बन्यो । दिनहुा गजल र मुशायरा गाउने थलो बन्यो । स्मरणीय छ, दुवै नवाब असद उद दौलाह र हैदर कवि थिए । हैदरले त अझ पर्सियन -इरानी) भाषाको सातवटा शब्दकोष तयार गरेका थिए । यसबाहेक अरु कुरामा भने उनी योग्य थिएनन् । मदिरा-सुरापान र गजल सुनेरै दिन बिताउाथे । बुद्धिचाल खेल्ने, चंगा उडाउने, कुखुराको भाले जुधाउने गर्थे । शासनकाल पूर्णतः न्यायरहित थियो । मन्त्रीहरु सबै भ्रष्टाचारी थिए । विलासी जीवन बिताउन आलिसान महल बनाएर ढुकुटी रित्याएका थिए । जमिन्दारहरुको बिगबिगी थियो । गरिब उनीहरुका दास थिए । उनकी रानी बादशाह बेगमले पहिलोपटक सिया सम्प्रदाय भित्र्याइन् । उक्त सम्प्रदायका १२ जना इमामलाई मस्जिदमा स्थापित गरिन् । नवाब हैदरका सयौं दासी -प्रेमिका) थिए । मन पर्ने सबैलाई उनले कैसर बागमा राख्ने व्यवस्था मिलाएका थिए । शुभादौलत तीमध्येकी सबैभन्दा पि्रय दासी थिइन् । नवाबसागको बढ्दो उठबसपछि शुभा गर्भवती बनिन् । छोरो जन्माइन् । निःसन्तान बादशाह बेगमलाई शुभाप्रति इष्र्या जाग्यो । गोप्य रुपमा पेशेवर हत्यारालाई आफूसित मिलाइन् र हत्या गर्न लगाइन् । लासलाई कसैले थाहा नपाउने गरी झन्कार बागपछाडिको जमिनमा गाड्न लगाइन् । उनी नवजात शिशुको पनि हत्या गर्न चाहन्थिन् तर विश्वासपात्र नोकर्नी फैज उन निसाले उक्त पाप गर्नबाट उनलाई रोकिन् । पछि बालकप्रति बेगमलाई असाध्यै माया लाग्यो । आमाको माया दिएर हुर्काइन् । हैदरको १३ वर्षे राजकाजमा असली शासक बादशाह बेगम नै थिइन् । राज्यको ढुकुटीको सााचो उनैसित थियो । मन्त्रीहरु नियुक्त र बर्खास्त उनैले गर्थिन् । ठूलो ओहोदाका सबै उनकै चाकडी गर्थे । उनैका कारण नवाब र बेलायती आवासीय प्रतिनिधिबीच फाटो बढ्यो । आˆना पति नवाबलाई युरोपका अन्य राजासरह जिउन उचालिन् । दरबार पस्दा बेलायती दूतले अनुमति माग्नुपर्ने नियम बनाउन लगाइन् । आˆनो व्यक्तित्व र हैसियत गुमाएर नबस्न आग्रह गर्दै गइन् तर जब बेलायती दूत कर्नेल जोहन लोले स्पष्ट भाषामा नवाब आˆनो मालिक नभएको बताए, हैदरले उत्नीखेरै माफी मागे । नवाब र बेलायती दूत मिलेर बादशाह बेगमका सौतेनी छोरो नसिरुद्दिनलाई राज्यको उत्तराधिकारी बनाउन नचाहेपछि बेगमले विद्रोह गरिन् । विद्रोहलाई दबाउन नवाब र जोहन लो असमर्थ रहे । यो घटनाको केही समयपछि नवाब बिरामी परे । सन् १८२७ को अक्टोबर २० मा निधन भयो । २३ वषर्ीय नसिरुद्दिन नवाब घोषित भए । नयाा नवाब बाबुजस्तै राजपाठप्रति लापरवाह थिए । उनका हजाम -कपाल काट्ने) डे रुसेट युरोपेली थिए । उनैसाग खान्थे, उनैसाग मदिरा पिएर दिन बिताउाथे । गजल सुन्थे, नाच हेर्थे, भोजभतेर गर्थे । राजकाज राजमाता बादशाह बेगमले चलाउाथिन् । नवाब बनेको केही समयपछि आफैाले रोजेकी केटी बेगम अफजल महलसाग उनको बिहे गराइदिइन् । उनी चाहन्थिन्, उनैको सन्तान भविष्यको नवाब बनुन् तर नसिरुद्दिन नपुंसक भएको थाहा पाएपछि २५ महिनासम्म बेगम अफजललाई गोप्य थुनामा राखिन् र गर्भवती भएको हल्ला चलाइन् । अमानी खानुम नाम भएकी महिलाको सहयोगमा १७ वर्षको पिरा धोबीकी नवजात शिशुलाई ल्याएर राजकुमार जन्मेको घोषणा गरिन् । धोबी बालकको नाउा राखिन्- रफिउद्दिन हैदर उर्फ मुन्ना जान । लगत्तै बेगम अफजलको हत्या कैदखानामै भयो तर नवाब मुन्नालाई छोरो मान्न तयार भएनन् । त्यसबेला उनको र बिस्मिल्लाह बेगमबीचको प्रेम चरम अवस्थामा पुगिसकेको थियो र छोरा जन्माए उनैलाई नवाब बनाउने आश्वासन बिस्मिल्लाहलाई दिए । बिस्मिल्लाहले नवाबका अन्य दासीहरुसागको मिलिभगतमा आफू गर्भवती बनेको सूचना दिएकी थिइन् तर बादशाह बेगमको अगाडि टिक्न सकिनन् र सत्य कुरो बाहिर आयो । रुष्ट नवाबले आइन्दा हेर्नसम्म पनि नहेर्ने बताएपछि विक्षिप्त बनेकी विस्मिल्लाह सन् १८३४ को अगस्ट २१ मा विष सेवन गरेर मरिन् तर नवाब उनलाई असाध्यै माया गर्थे । बिस्मिल्लाहको आत्महत्याले उनी निकै दुःखी बने । सात दिनसम्म कालो वस्त्र लगाएर बसे । बादशाह बेगमले दुःखी नवाबलाई सान्त्वना दिादै भनिन्, ँकैसर बागमा अरु पनि सयौा सुन्दरी स्त्री छन्, किन बिस्मिल्लाहको सम्झनामा दुःखी हुन्छौ ?' जवाफमा ँप्रेमको अर्थ तपाईंलाई के थाहा ?' भनेपछि राजमाता जंगिइन् । कसको कति अधिकार छ भन्ने प्रसंग उठेपछि दुवैबीच झगडा भयो । नवाबले आफूलाई विष दिएर मार्न खोजेको, राज्यलाई कंगाल बनाएको आरोप लगाउादै राजमातालाई देश छाडेर जान आदेश दिए । राजमाता बादशाह बेगमले नवाबको आदेश नमान्ने जिकिर गरेपछि राजमातालाई कारबाही चलाउन अंग्रेज दूत लोलाई पत्र लेखे तर लोले विवाद आमाछोराबीचको व्यक्तिगत भएकाले केही गर्न नसकिने जवाफ फर्काए । रिसले आगो भएका नवाबले ४८ घन्टाभित्र दरबार छाड्न अर्को आदेश जारी गरे । बादशाह बेगमले धैर्यता गुमाइसकेकी थिइन् । त्यसैले राजा मान्न अझै तयार भइनन् । अन्त्यमा नवाबले सेनालाई दरबार पस्ने आदेश दिए । नवाब समर्थक र राजमाता समर्थक सेनाबीच भिषण युद्ध भयो । दरबारका भित्ताहरु रगताम्य भए । अन्त्यमा नवाबको आज्ञा मान्न राजमाता तयार भइन् । यसपछि उनलाई पााच किमी टाढाको इल्मास बागमा लगेर राखियो । राजमाता शक्तिहीन र गरिब जीवन बिताउन बाध्य भइन् । उता राजमातालाई दरबारबाट धपाएपछि नवाब हजाम रुसेटमाथि पूर्णतः निर्भर बने । यसबाट दरबारियाहरु रुष्ट भए र रुसेटको हत्या गरिदिए । षड्यन्त्रका योजनाकार राजमाता नै थिइन् । घटनाको ठीक चार महिनापछि सन् १८३७ को जुलाइमा नवाब नसिरुद्दिनको रहस्यमय मृत्यु भयो । उनलाई विष सेवन गराइएको थियो । नवाबको निधनपछि राजमाता १६ वषर्ीय नाती मुन्ना जानलाई राजा बनाउन पुनः सक्रिय बनिन् तर अंग्रेज दूत लोले राजमाताको प्रस्ताव अस्वीकार गरे र नवाब धाजीका एकमात्र जीवित भाइ नासिर उद दौलाह मोहम्मद अली खाालाई अघि सारे । लोको निर्णयबाट क्षुब्ध राजमाताले अंग्रेजलाई पाठ सिकाउने दृढ संकल्प लिइन् । इल्मास बागको दुई वर्षे बसाइमा राजमाताले ९ हजार सेना र हात्तीको बन्दोबस्त गरिसकेकी थिइन् । जुलाई ७ को ठीक ११ः३० बजे सेनाको नेतृत्व गर्दै अघि बढिन् । त्यसबेला नयाा नवाब सुतिरहेका थिए तर लाल बार्दरीमा अंग्रेज सेनासिन जम्काभेट भयो । गोला, बारुद, गोली हानाहान भयो । आधुनिक हतियारले सुसज्जित अंग्रेजको सेनासामु तालिमविहीन सेनाको केही लागेन । राजमातातर्फका सबै सेना या त मारिए या घाइते भए । राजमाता बादशाह बेगम र राजगद्दीका दाबेदार मुन्ना जान पक्राउ परे । दुवैलाई जर्द कोठीमा लगेर नजरबन्द गरियो । नजरबन्द गरिएको स्थानमा कर्नेल लो राजमातासाग भेट्न गइरहन्थे । एक दिन मुन्ना जान नवाब नसिरुद्दिनका सक्कली छोरा हुन्-होइनन् भन्ने विषयलाई लिएर राजमाता र कर्नेल लोबीच ठूलो बहस चल्यो । दुई दिनपछि राजमाता र मुन्ना जानलाई चुनरगढस्थित बंगलामा सारियो । त्यहाा पनि उनीहरुको सेवार्थ १८ जना नोकर/नोकर्नीको सुविधा दिइयो । वाराणसीनजिकको चुनरगढ बेलायत अधिनस्थ क्षेत्र थियो । लखनउबाट ३ सय २४ किमी टाढाको चुनरगढमा राजमाता एकान्त जीवन व्यतित गर्न थालिन् । उनी दिनभरि बार्दलीमा उभिएर नजिकको गंगा नदीमा बगिरहेको पानी नियालिरहन्थिन् । एकदिन आˆनी पुरानी नोकर्नी फइज उन निस्सालाई गंगा नदी देखाउादै भनिन्- ँहेर, त्यो डुंगा किनारमा पुग्न संघर्ष गर्दै छ । मेरो जीवन पनि त्यो डुंगाजस्तै हो, संघर्षै संघर्षले भरिएको । मैले जीवनमा कहिल्यै सुखभोग गर्न पाइन, जबकि म यहााका एकजना नवाबकी बुहारी, अर्को नवाबकी महारानी र अर्को नवाबकी आमा थिएा । सायद मैले मृत्युपछि मात्र शान्ति पाउाछु होला ।' उक्त उद्गारको केही दिनपछि नै ६९ वर्षको उमेरमा सन् १८४६ को फेबु्रअरीमा चुनरगढ किल्लाभित्रको सानो दरबारमा उनको निधन भयो ।

No comments:

Post a Comment