Sunday, April 7, 2013

छापामारहरूको यस्तो पो संसार - राजेन्द्र स्थापित


सन् १९७३ देखि १९७५ सम्म अमेरिकामा तहल्का मच्चाएको सिम्बोनियाज मुक्तिसेना (एसएलए) उग्रवामपन्थी सहरी छापामार संगठन हो । यो सोलेडाड जेलमा गठित 'अश्वेत सांस्कृतिक संगठन'को पछिल्लो रूप हो । दक्षिण अफि्रकामा सक्रिय सहरी वामपन्थी छापामार संगठन उरुग्वेको टुपामारोस, पेरुको टुपाक अमारुलाई पछ्याउँदै यसको गठन भएको हो । यसको निर्देशक सिद्धान्तका निर्माता बिली ओल्फ हुन्, जसले सहरी छापामार संघर्षका सिद्धान्तकार रेगिस डेब्रेलाई पछ्याएका थिए । सिम्बोनियाज जीवशास्त्रअन्तर्गतको शब्द हो, जसको अर्थ हुन्छ- सहजीवन अर्थात् दुई पृथक जातिको जीन एकअर्कामा आश्रति भएर जिउनु । संगठनको प्रतिक सात टाउके सर्प हो । जसलाई भारत र श्रीलंकामा सात टाउके नागको रूपमा पूजाआजा गरिन्छ । यो नागको इतिहास एक लाख ७० हजार वर्ष पुरानो भएको मानिन्छ । तथापि, संगठनको सातवटा सिद्धान्तको प्रतिनिधित्व सो प्रतीकले गरेको छ । अफि्रकी स्वाहिली सातवटा सिद्धान्त यसप्रकार छन्- उमोजा (एकता), कुजिचागुलिया (स्वशासन), उजिमा (सामूहिक भावना र दायित्व), उजामा (सहकारी अर्थतन्त्र), निया (लक्ष्य), कुम्बा -सिर्जनशीलता) र इमानी (निष्ठा) । संगठनले साम्यवादलाई सर्वहारावर्गको लक्ष्य मानेको थियो भने छापामार युद्ध र नववामपन्थको उत्थानलाई उद्देश्यको रूपमा लिएको थियो ।

संगठनका संस्थापक प्रमुख थिए- डोनाल्ड डेफि्रज । अमेरिकामा रहेका अफि्रकी जातिको (अश्वेत) शक्तिको रूपमा गठित संगठनमा डोनाल्ड एकजना मात्र अश्वेत थिए । सन् १९४३ मा ओहियो राज्यको क्लिभल्यान्डमा जन्मेका उनी १४ वर्षको उमेरमा घरबाट भागे र आपराधिक गतिविधिमा संलग्न भए । न्युयोर्कको सडके ग्याङ 'बुफालो'मा लागे । क्यालिफोर्नियामा हतियार लुटेपछि सन् १९७२ मा पक्राउ परे । यसअघि एकजना वेश्याको ब्यागबाट दस डलर लुटेर भाग्दा पनि पक्राउ परेका थिए । दोस्रोपटक भने पाँच वर्ष जेल सजाय पाए । सोलेडाड जेलमा वामपन्थी कैदीहसँग भेट भयो । उनीहकै संगतमा त्यहाँ गठित अश्वेत सांस्कृतिक संगठनको नाइके बने । पछि उनलाई भाकाभिल्ले जेलमा सारियो । सन् १९७३ को मार्च ५ मा जेल प्रशासनले 'ब्वाइलर रुम'मा खटायो, जुन जेलको काँडेतार बाहिर पर्दथ्यो । मौकाको फाइदा उठाएर भाग्न सफल भए । उनलाई रसेल लिटल र बिली ओल्फेले सोल्तिसिक बसिराखेको घरमा लुकाए । सोल्तिसिक पछि डोनाल्डको प्रेमिका बनिन् । दुवै मिलेर संगठन निर्माण गर्न आवश्यक घोषणापत्र तयार पारे । पेकिङ हाउसको नामले पछि प्रसिद्ध सानफ्रान्सिस्कोस्थित प्याटि्रसिसया सोल्तिसिकको घरमै सिम्बोनियाज मुक्ति सेना -एसएलए) गठन भयो । डोनाल्ड संगठनको फिल्डमार्सल सिन्के बने भने सोल्तिसिक जोया बनिन् । लगत्तै संगठनमा नान्सी लिङ पेरी -फाहिजा), एन्जिला एटवुड -गेलिना), क्यामिल्ला हल -गाबी), एमिली ह्यारिस -योलान्डा), बिल ह्यारिस -तेको), रसेल लिटल -ओसी), जोसेफ रेमिरो -बो) र विलियम ओल्फ -कुजो) पनि संगठित भए । पछि वेन्डी योसिमुरा, क्याथलिन सोलियाह, जिम किल्गोर, पैटी हस्र्ट -तानिया), स्टेभन सोलियाह, माइकल बोर्टिन, जोसेफिन सोलियाह, बोनी जिन विल्डर, सियना सेली, मिकी, जेम्स माइकल हैमिल्टन, ज्याक स्कट आदि पनि आबद्ध हुन पुगे । 'सिन्के' जोसेफ सिन्केको नामले प्रसिद्ध अफि्रकी दास सेंगबे पिह थिए । सियरालियोनमा जन्मेका सेंगबेलगायत ५१ जना दासलाई स्पेनले अवैध तरिकाले जहाजमा राखेर क्युबा लगेको थियो, जहाँ उनीहको बिक्री गरिएको थियो । पछि सर्वोच्च अदालतको आदेशमा सन् १८४० मा उनी स्वतन्त्र भए । दुई वर्षपछि २८ वर्षको हुँदा स्वदेश फर्के ।

प्याटि्रसिया सोल्तिसिक उर्फ जोया संगठनमा डोनाल्डपछिको मुखिया थिइन् । संगठनमा लाग्दा उनको उमेर २३ थियो । सन् १९६८ मा छात्रवृत्ति पाएकी उनी क्यालिफोर्नियामा घटेको घटना 'खुनी बिहीबार' पछि क्यामिला हलसँग पढाइ छाडेर संयुक्त कैदी समूहमा लागिन् । एसएलए गठनपछि सन् १९७३ को नोभेम्बर ६ मा ओकल्यान्डको स्कुलमा घटेको घटनामा उनी र एमिली ह्यारिसले डा. मार्कुस फोस्टरलाई गोली हानेर मारे । घटनामा संगठनका दुई कार्यकर्ताको पनि ज्यान गयो । सन् १९७४ को मे १७ मा प्रहरीसित भएको झडपमा उनी मारिइन् ।

उक्त घटनामा मारिएकी अर्की वामपन्थी छापामार हुन्- नान्सी लिंग पेरी उर्फ फाहिजा । सन् १९४७ मा सान फ्रान्सिस्कोमा जन्मिएकी फाहिजाले ज्याज संगीतकार गिल्बर्ट बेरीसँग बिहे गरिन् । तर, उनीहको दाम्पत्य जीवन ६ वर्षसम्म मात्र टिक्यो । दायाँ फोक्सो र पिठ्युँमा गोली लागेर उनको मृत्यु भएको थियो । प्रहरीले आफूह लुकेर बसेको घरलाई घेरा हालेर गोली बर्साएपछि क्यामिला हलसँगै पछाडिको ढोका खोलेर भाग्न खोज्दा गोली निधारमै परेको थियो । सन् १९४५ मा जन्मेकी हल कलाकार थिइन् । मिनेसोताकी उनका पिता चर्चका मन्त्री थिए । छात्रा छँदै विभिन्न संगठनमा लागिसकेकी उनी कविता पनि लेख्थिन् । सन् १९६८ देखि राजनीतिमा होमिइसकेकी उनको भेट सन् १९७१ मा सोल्तिसिकसँग भएपछि वामपन्थी बनिन् । पछि दुवै समलिंगी साथी बने । एसएलएमा लागे । सन् १९७४ को अपि्रलमा हाइबर्निया बैंक लुट्न जानेमा पैटी हस्र्ट र डोनाल्डसँग उनी पनि थिइन् । एमिली ह्यारिस पनि नान्सी जन्मेकै वर्ष जन्मेकी हुन् ।

मेरील्यान्डकी उनी संगठनको पहिलो हमला -मार्कुस फोस्टरको हत्या), पैरी हस्र्टको अपहरण र हाइबरनिया बैंक लुट्ने काममा संलग्न थिइन् । उनी र पति विलियम ह्यारिस गेरी एटबुड र एन्जिला एटबुडका मिल्ने साथी हुन् । १९७४ को मे १७ को घटनामा डोनाल्डलगायत ६ जना नेता मारिएपछि संगठनको कमान्ड उनैले सम्हाल्न पुगेकी थिइन् । उनले ८ वर्ष जेल जीवन बिताइन् र रिहा भएपछि कम्प्युटर प्रोग्रामरका रुपमा जीवन बिताउन थालिन् । अचेल उनी क्यालिफोर्नियाको अल्टाडेनामा बस्छिन् ।

बेन्डी मासाको योसिमुरा पनि एमिली ह्यारिसजस्तै आजकल ओकल्यान्डमा बस्छिन् । उनले चित्रकारिता पेसा अपनाएकी छन् । योसिमुराका आमाबाबु जापानीमूलका अमेरिकी हुन् । दोस्रो विश्वयुद्धकाल सन् १९४३ मा शरणार्थी शिविरमा जन्मिएकी थिइन् उनी । युद्धको अन्त्यपछि हिरोसिमा गएर बस्न थाले । तर, १० वर्षपछि अमेरिका फर्के । १३ वर्षको हुँदासम्म पनि योसिमुरा अंग्रेजी बोल्न जान्दैनथिइन् । पछि उनले क्यालिफोर्नियाको कलेजमा कला विषय लिएर पढ्न थालिन् । सोही क्रममा 'क्रान्तिकारी सेना'का संस्थापक बिली ब्रान्टसँग उनको सम्पर्क भयो र ब्रान्टकै पछि लागिन् । भियतनाम युद्ध चर्केको समय १९७०-७२ मा प्रेमी ब्रान्डटसँग मिलेर क्रान्तिकारी सेनामार्फत् युद्धको विरोधमा निकै सक्रिय भइन् । पछि प्रहरीले उनको घरबाट हतियार र बम फेला पार्‍यो । प्रहरीले उनको घर बम बनाउने कारखाना नै भएको प्रमाण फेला पार्‍यो । उनले बर्कर्लीको क्याम्पस र नौसैनिक कलाकृति भवनमा बम राखिन् । विश्व बैंकका अध्यक्ष र रक्षामन्त्री रोबर्ट म्याकनमारालाई अपहरण गरी मार्ने योजनासमेत बनाइन् । १९७४ मा एसएलएमा लागिन् । ६ जना नेता मारिएपछि ज्याक स्कटसँग मिलेर संगठनलाई अघि बढाइन् । पछि संगठन छाडेर साक्रोमन्टोमा गई बस्न थालिन् तर प्रहरी खोज्दै त्यहाँ पुगिसकेको थाहा पाएपछि क्यालिफोर्निया फर्किइन् र पुनः संगठनमा आबद्ध भइन् । सन् १९७५ को सेप्टेम्बरमा पैटी हस्र्टसँगै पक्राउ परिन् । सन् १९९१ मा अदालतबाट सफाइ पाइन् ।

सिम्बोनियाज मुक्तिसेनाको पहिलो सशस्त्र कारबाही नै मार्कुस फोस्टरको हत्या थियो । ओकल्यान्ड स्कुलका सुपरिटेन्डेन्ट फोस्टरलाई संगठनले फासिस्टको आरोप लगाएको थियो । सो घटना घटेको एक महिनापछि सन् १९७४ को जनवरीमा हत्या अभियोगमा जोसेफ रेमिरो र रसेल लिटल समातिए । सन् १९७४ को फेबु्रअरी ४ मा पैटी हस्र्टको अपहरणपछि संगठनको चर्चा शिखरमा पुगेको हो । हाइबरनिया बैंक डकैती र स्पोर्ट्स डिपार्टमेन्टल स्टोरमा गोलाबारीपछि प्रहरी र संघीय गुप्तचर विभाग निकै सक्रिय भयो । फलस्वरूप मे १७ मा संगठनको मुख्यालयमा प्रहरीले घेरा हाल्यो र गोली बर्सायो । संगठनका मुख्य नेता डोनाल्डलगायत ६ जना प्रमुख व्यक्ति मारिएपछि संगठन कमजोर सावित भयो । उक्त घटनाबाट बच्न सफल छापामार सान फ्रान्सिस्कोको खाडी क्षेत्रमा गई बस्न थाले । उनीहरुले त्यहाँ रहेका वामपन्थी विद्यार्थीको सहयोग पाए । कमजोर संगठनको बाबजुद सन् १९७५ को अपि्रल १८ मा क्यालिफोर्नियास्थित क्रोकर नेशनल बैंक लुटियो । लुटपाटमा मारिएकी बैंककी ग्राहक मेरिना आपसलको हत्याको आरोपमा एमिली मोन्तागले ८, माइकल बोर्टिनले ६, क्याथलिन सोलियाहले १४ र विलियम ह्यारिसले ७ वर्ष जेल सजाय पाए । उस्तै १९७५ देखि प्रहरीको आँखाबाट बचेर भाग्न सफल जेम्स किल्गोर सन् २००२ मा दक्षिण अफि्रकामा पक्राउ परे । उनलाई अमेरिकासमक्ष सुपुर्दगी गरियो । विष्फोटक पदार्थ बोकेको र नक्कली पासपोर्ट भिरेको अभियोगमा उनले पनि साढे ४ वर्षको जेल सजाय भोगेर सन् २००९ मा छुटे । त्यस्तै सो संगठनका एक संस्थापक नेता जोसेफ रेमिरो पनि सन् २००९ सम्म जेलमै बसे । किल्गोर पक्राउ परेका संगठनका अन्तिम सदस्य हुन् ।

सिम्बोनियाज मुक्ति सेनाको विषयलाई लिएर अमेरिकालगायत विश्वभरि चलचित्र, डकुमेन्ट्री, टेलिसिरियल, पुस्तक, गीत बनेका छन् । यसले साहित्यमा समेत स्थान पाएको छ । क्रिस्टोफर सोरेन्टिनोको उपन्यास 'ट्रान्स' सोही संगठनको सेरोफेरोमा घुमेको छ । रोबर्ट स्टोनले 'गुरिल्ला' वृत्तचित्र बनाएका छन् । पेरी स्मिथको 'हे जोए', रामोनोसको 'जुडी इज अ पंक', ओइंगो बोइंगोको 'यु गट योर बेबी ब्याक', मिसफिटको 'सि', क्याम्पर भान बेथोभेनको 'तानिया', फोयल्स ब्यान्डको 'यु आर दि सिम्बोनियाज लिवरेशन आर्मी, एन्ड वी आर फोयल्स' आदि सोही संगठनमा आधारित गीत हुन् ।

No comments:

Post a Comment