Sunday, April 7, 2013

मर्न पठाइएकाहरुले बनाएको महादेश



अस्ट्रेलिया ७६ लाख ८६ हजार ८ सय ५० वर्गकिमीमा फैलिएको र २ करोड ३० लाख जनसंख्या भएको विकसित राष्ट्र हो । नोरफोल्क, कोरल सी, कोकोज, क्रिसमस, आसोर, कार्टियर, हेराल्ड एन्ड मैकडोनाल्डलगायत टापु यसकै अधीनमा छन् । यी टापु र मूल भूमिमा ४२ देखि ४८ हजार वर्षअगावै मानवले बस्ती बसालिसकेका थिए ।
यहा“का मूलवासी विभिन्न जाति–समूहका आदिवासी हुन्, जो २ सय ५० बढी भाषा बोल्छन् । पहिले प्रायः सबै सिकारी पेशा अपनाउ“थे । कोही–कोही माछा मार्थे । युरोपका डचहरू व्यापारी थिए, डुंगा र जहाज चढेर व्यापार विस्तारका लागि नया“ ठाउ“ खोज्दै हि“ड्थे । यस क्रममा विलेम जान्सुजुन नाम गरेका डच नाविक केप योर्क प्रायद्वीपमा पुगे । सन् १६०६ मा उनी नै अस्टे«लियाई भूमिमा पाइला टेक्ने पहिलो युरोपेली हुन् । उनीपछि डचहरूको आवत–जावत बाक्लि“दै गयो । पश्चिम र उत्तरी तटीय क्षेत्रको नामकरण उनीहरूले ‘नया“ होल्यान्ड’ राखे तर बस्ती भने बसालेनन् । ६२ वर्षपछि बेलायती यात्री विलियम डाम्पिएर उत्तर–पश्चिम तटीय क्षेत्रमा पुगे र ११ वर्ष बिताएर सन् १६९९ मा स्वदेश फर्किए ।

सन् १७७० मा बेलायती नागरिक जेम्स कुक नक्सा बनाउ“दै सामुद्रिक मार्गबाट अस्ट्रेलियाको पूर्वीतटमा पुगे । ४२ वर्षीय कुक अन्वेषक, साहसी नाविक र नक्साकार थिए र बेलायती जलसेनामा क्याप्टेन थिए । युवावस्थामै सेनाको जागिर खाएका उनले हवाई द्वीपदेखि न्युजिल्यान्डसम्मको नक्सा तयार पारेका थिए । दशौ“ हजार किमी समुद्रमा यात्रा गरेका उनले आफूले पाइला टेकेको अस्टे«ेलियाको ‘न्यू साउथ वेल्स’ ब्रिटेनको अधीनमा गएको घोषणा गरे । क्याम्प खडा गरी बेलायतको झन्डा फहराए । त्यसबेला त्यहा“ आदिवासीहरूको जनसंख्या ७ लाख ५० देखि १० लाख थियो । कुकसन् १७७९ मा तेस्रोपटक पुगे र १ महिना ढुक्कैले बिताए । हवाईद्वीपसम्म आतेजाते भने गरिरहे ।

पछिल्लो समय द्वीपबाट फर्कने क्रममा जहाजमा समस्या उत्पन्न भयो । मर्मतका लागि केलाकेकवा खाडीमा रोकिए । त्यसबेलासम्ममा हवाईद्वीपका आदिवासी र युरोपेलीबीच तनाव उत्पन्न भइसकेको थियो । फेब्रुअरी १४ को दिन आदिवासीहरूले कुकको जहाजलाई नियन्त्रणमा लिए । झगडा भयो । आदिवासीका नाइके कालनिमानेका हुवाहाले कुकको टाउकोमा प्रहार गरे । भुइ“मा ढलेपछि अरूले छातीमा भाला रोपे । लासलाई घिसारेर समुद्रमा ºया“किदिए । झडपमा कुकका चार जना साथीको पनि ज्यान गयो । म्याथ्यु जेम्स एभरिंगम लन्डन निवासी थिए । उनी १५ वर्षकै उमेरमा एकजना वकिलको कार्यालय सहायक भए ।
तर, केही समयपछि पक्राउ परे र मुद्दा खेपे । उनको अपराध थियो–५÷५ सिलिङ (२० सिलिङको बेलायती मुद्रा १ पाउन्ड हुन्छ) मूल्यका २ वटा कानुनी पुस्तक चोरी गरेको । सन् १७८४ को जुलाईमा लन्डनस्थित ओल्डवेली अदालतमा मुद्दा पेस भयो । मिसिल नं. थियो–७७५ । सामुन्ने १४÷१५ वर्षको ठिटोलाई देखेपछि न्यायाधीश पनि आश्चर्यमा परे । डरले थरथर का“पिरहेका म्याथ्थुस“ग सोधे, ‘बचाउमा केही भन्नु छ ? तिमीमाथि २ वटा किताब चोरेको आरोप छ ।’ ‘म ठूलो समस्यामा थिए“...’ म्याथ्थुको यो पहिलो वाक्य नै न्यायाधीशका निम्ति पर्याप्त प्रमाण सावित भयो । दोषी सावित गरी ७ वर्ष निर्जन टापुमा कैद भुक्तान गर्न लगाउने (मातृभूमिबाट टाढा पठाउने) फैसला सुनाइयो । सन् १७७६ मा भएको अमेरिकी क्रान्तिमा पराजय भोगेपछि बेलायत समुद्रपारि अर्को नया“ बस्तीको खोजीमा थियो । जहा“ देशबाट निष्कासित कैदीलाई राख्न सकियोस् । उता, टेम्स नदीकिनारमा भएका पुराना जहाज, जसमा कैदी टनाटन भरिइसकेको थियो, सरकारलाई त्यो खाली गर्नुपरिरहेको थियो ।

यही समय जेम्स कुकको माध्यमबाट नियन्त्रण कायम गरिएको अस्टे«लियामाथि सरकारको ध्यान गयो । सन् १७८७ को मे १३ मा बेलायतको पोर्टस्माउथ बन्दरगाहबाट ११ वटा ठूला जहाज हि“डे । क्याप्टेन आर्थर फिलिपको कमान्डमा हि“डेका सबै जहाजमा गरी ७ सय ७६ कैदी थिए । पहिलो जहाज ‘स्कारबरो’मा म्याथ्थु पनि सवार थिए । जहाज हि“डेपछि मुलुक र परिवारजन सम्झी सबैले आ“सु झारे । सामुद्रिक यात्राका क्रममा बाटामा कैदीहरूले ठूलो कष्ट व्यहोरे । आठ महिना लामो यात्रापछि अस्ट्रेलियाको न्यू साउथवेल्सको बोर्टन खाडी (वर्तमानमा त्यहा““को सबैभन्दा ठूलो सहर सिड्नी यही“ छ) पुगे । सन् १७८८ को जनवरी १८ मा म्याथ्थुलगायत बेयायती अपराधीले पाइला टेक्दा सो स्थान सुनसान थियो । पहिलो टोली गन्तव्यमा पुगेपछि बेलायती सरकारले क्याप्टेन फिलिपलाई नै उक्त क्षेत्रको पहिलो गभर्नर नियुक्त ग¥यो । उनले पुगेको नवौ“ दिन औपचारिक तवरमा सो महादेशको सम्पूर्ण पूर्वीभागको व्यवस्थापन सम्हाले । सो भू–भागमा न्यू साउथवेल्स र तास्मानिया सम्मिलित थिए ।

अस्टे«ेलिया पुगेपछि कैदीहरू निराश भए । आºनो देशको उब्जाउ र घा“सले भरिएको समथर भूमि सम्झे । किनकि उनीहरूले टेकेको नया“ भूमिमा जता हेरे पनि ढुंगोबाहेक केही थिएन । उब्जाउ भूमिको नामोनिसान थिएन । का“डा र विषालु झरपात मात्रै थिए । मौसम पनि अनुकूल थिएन । कैदीहरूले ठूलो मिहिनेत गरी ढुंगा, फोडी जमिनलाई समथर बनाए । झारपात हटाई बस्ती बस्न योग्य बनाए । तर, अन्न उब्जनी भएन । टिक्न नसकेर धेरैजना भागे । यद्यपि, त्यहा“का आदिवासी आगन्तुकहरूस“ग मित्रवत् व्यवहार गर्थे तर मौका मिल्दा भाला र तरबार प्रहार गरेर मार्न पछि पर्दैनथे । कैदीहरू दुई वर्षका लागि खाद्यान्न बोकी निस्केका थिए । दुई वर्ष बित्यो, खाद्यान्न सकियो । तर, बेलायतले थप खाद्यान्न पठाएन न परिवारजनको खबर पु¥याइदिने कामै ग¥यो । सबै राहतको प्रतीक्षामा थिए । अन्त्यमा सिड्नीको बन्दरगाहमा पा“चवटा जहाज आइपुगे । सबै राहत पाउने लालसामा उतैतिर दौडे ।

एउटा जहाजमा खाद्यपदार्थ थियो, बा“की सबैमा थप ७ सय ३९ जना अपराधी । तीमध्ये एउटा जहाज ‘नेप्च्युन’मा महिला कैदी थिए । जहाजबाट महिला कैदी उतार्ने क्रममा भित्रको दृश्य देखेर सबै अचम्भित बने । खान नपाएर कति कैदीको ज्यानै गइसकेको रहेछ । बा“की पनि मरेतुल्य । १ सय ६० वटा लासलाई समुद्रमा फ्या“कियो, बा“की ३ सय ४१ महिलामा एउटी १६ वर्षीया एलिजाबेथ राइम्स लन्डनकै । केही थान तन्ना र सिरक चोरेबापत उनले पनि देश त्यागेर जाने सजाय पाइन् ।

२१ वर्षीय म्याथ्थुले राइम्सप्रति ठूलो अभिरुचि देखाए । मन बहलाउन मीठो–रमाइलो कुरा गरे । उपचार गरिदिए । खानाको व्यवस्था गरे । स्वस्थ भएपछि दुवै स“गै बस्न र घुम्न जान थाले । म्याथ्थुले आफ्नो साथीलाई पत्र लेख्दै भने, ‘राइम्स असल केटी हुन् । यहा“को बस्तीमा उनीस“ग तुलना गर्नयोग्य कोही छ“दै छैन । अरू त सबै महिलाको नाउ“मा कलंक मात्र हुन् ।’ राइम्स न्यु साउथ वेल्स पुगेको नवौ“ महिनामा सन् १७९१ मार्च १३ को दिन सेन्ट जोन्स चर्चमा म्याथ्थुले उनीस“ग बिहे गरे । २६ वर्षको दाम्पत्य जीवनमा राइम्स ५ छोरा र ५ छोरीका आमा बनिन् । म्याथ्थु अस्ट्रेलिया पुगेको ८ वर्षपछि गभर्नर फिलिपले एउटा प्रस्ताव अघि सार्दै भने, ‘म्याथ्थु, तिमी स्वदेश फर्कन चाहन्छौ भने जाऊ, होइन भने ५० एकड जमिन दिन्छु यतै बस ।’

म्याथ्थु स्वदेश फर्कन चाहन्थे तर पत्नी राइम्सको कैद भुक्तान हुन बा“की थियो त्यसैले त्यतै बस्ने मनस्थिति बनाए । सिड्नीको उत्तरमा अवस्थित हक्सबरी नदीकिनारको जमिन पाए । जमिन उब्जाउ त थियो तर त्यहा“ पुग्ने बाटो बडो कठिन । सिड्नीको तटीय मैदानमा ठडिएको ढुंगाको विशाल पहाड पार गर्नु सजिलो थिएन तर दुई जना साथीको सहयोगमा अथक प्रयासपछि नया“ वैकल्पिक बाटो पत्ता लगाउनसफल भए । चर्को घाम, धुले ढुंगे बाटो पार गरेर म्याथ्थु र राइम्स गन्तव्यमा पुग्न सफल भए । म्याथ्थुको अगाडि विशाल भूमि थियो । पछि यो भूमि १ सय ४० एकड क्षेत्रसम्म फैलियो । पति–पत्नीले ठूलो मिहिनेत गरे, जमिनलाई खेतीयोग्य बनाए । घर बनाए । परिवार बनाए र फैलाए । विस्तारै आर्थिक रूपले सम्पन्न हु“दै गए ।

सन् १७९६ मा वकिल स्यामुयल सेफर्ड (जसकहा“ काम गर्दागर्दै उनैको पुस्तक चोर्न पुगेका थिए) लाई पत्र लेखे ‘यहा“ सुखको साधन जति पनि छ, प्रयोग गर्नयोग्य थिएनौ“ र युरोपको बारेमा नराम्रो र निराशाजनक जति पनि समाचार आउ“छ, यदि यो सत्य हो भने हामीलाई यहा“ पठाउने ती परम पिताप्रति कृतज्ञता जाहेर गर्नैपर्छ हामीले ।’ आदिवासीको बहुल र निर्जन स्थान भनेर कैद भुक्तान गर्न पठाइएको अस्ट्रेलियाले गरेको विकासको समाचारले बेलायती ईष्र्यालु बने । अस्ट्रेलिया पुग्ने निहु“मै साना–ठूला अपराध गर्न थाले । यसरी सन् १८२० सम्ममा धेरैभन्दा धेरै अपराधी त्यहा“ पुगे । केही समयपछि विश्वमा जताततै यातायातको विकास भयो । परिवहनको सुविधा मिलेपछि त्यता पुग्नेहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भयो । आदिवासी र गोरा आप्रवासीबीच संघर्ष सुरु भयो । दिनहु“जसो झडप हुँदा आर्थिक रूपले सम्पन्न गोराहरूले बन्दुकको सहारा लिन थाले । हु“दा–हु“दा पिठोमा विष मिसाएर राख्न थाले ।

आदिवासीहरू राति गोराहरूको घरमा आक्रमण गर्थे, लुकाएर राखेको पिठो लुटेर लान्थे अनि खाएर परिवारजन समाप्त गर्थे । यसप्रकार एक दशकसम्ममा आदिवासी कमजोर बन्न पुगे । गोराहरूको आश्रय, दया–मायामा बा“च्नुपर्ने अवस्थामा पुगे । यहा“सम्म कि उनीहरूका छोरी–चेली पनि गोराहरूकै अधीनमा गए । आदिवासी महिला गोराको ऐश–आरामको साधन बने । म्याथ्थुका छोरा जोनले पनि आदिवासी केटी मिलड्रेडलाई गर्भवती बनाइदिए । गोराहरूले यसप्रकारले त्यहा“ नया“ नश्ल र जातिको स्थापना गरे । आदिवासीहरू विस्तारै अल्पसंख्यक बन्दै गए । म्याथ्थुको निधन सन् १८१७ मा डुंगा पल्टेर भयो । उनको मृत्युको १० वर्षपछि राइम्सले प्याट्रिक मैकगाहेस“ग बिहे गरिन् तर म्याथ्थु वंशका ७ हजार जना अस्ट्रेलियाभरि फैलिएका छन् । कोही सांसद त कोही मन्त्री, डाक्टर, इन्जिनियर, उद्योगपति, वकिल, जमिनदार छन् । गोराको संख्या यतिबिघ्न बढिसकेको छ कि आदिवासी कुल जनसंख्याको एक प्रतिशतमा सीमित हुन पुगेका छन् । सबै उत्तरी क्षेत्रमा धकेलिएका छन् ।

अस्ट्रेलिया आज एउटा सम्पन्न राष्ट्र बनिसकेको छ, जनताको प्रतिव्यक्ति आय ४० हजार अमेरिकी डलरभन्दा बढी छ तर उत्तरी खण्डका आदिवासीमाझ राष्ट्रले गरेको उन्नति र विकासको फल नगन्य रूपमा मात्र पुग्ने गरेको छ । यो क्षेत्र आज पनि आर्थिक रूपले सबैभन्दा पिछडिएको अस्ट्रेलियाली भूभाग हो ।

No comments:

Post a Comment