Friday, April 5, 2013

मधेसमा एमालेको यसरी पत्तासाप

uml office
काठमाडौं । एमालेलाई राजीनामा पत्र बुझाएर बसेका मधेसका प्रभावशाली नेता रामचन्द्र झा अन्ततः एमाओवादीमा आउने निश्चित भएको छ । माओवादी अध्यक्ष प्रचण्डस“ग नियमित सम्पर्कमा रहेका झा केही प्राविधिक कुरा हल हु“दाबित्तिकै एमाओवादीमा प्रवेश गर्नेछन् । उनी माओवादीमा आएलगत्तै महत्वपूर्ण जिम्मेवारी दिने माओवादी तयारी छ ।
राजीनामा पत्र बुझाएपछि झालाई पार्टीमै फिर्ता गराउन एमाले अध्यक्ष झलनाथ खनालदेखि सबै नेता लागेका छन् तर, झाले पनि उनीहरू कसैका कुरा सुनेका छैनन् । मधेसमा रामचन्द्र झा माओवादीमा आउने तयारी भएपछि एमालेमा भयानक विग्रह सुरु भएको छ । एमालेले मधेसी जनता, संघीयताको विरोधी पहिचान बनाएका कारण मधेस एमालेप्रति रुष्ट छ । बेला–बेलामा परिवर्तनको एजेन्डालाई समात्नेहरूको केन्द्र पनि हो मधेस । यस्तो परिवर्तनको केन्द्रका जनताको मनोविज्ञान नबुझेका कारण एमालेमा समस्या देखा परेको बताइन्छ । रामचन्द्र झा माओवादीमा आउने पक्का भएपछि मधेसमा एमालेभित्र तनाव सिर्जना भएको छ । पार्टीको युवा संघभित्र गुन्डाहरू मात्र हावी भएकोमा एमालेमा मधेसी नेताहरू रुष्ट छन् ।
अहिले झाको घरमा उनलाई भेट्न आउनेहरूको भीड हुन थालेको छ । दैनिक सय जनाभन्दा बढी कार्यकर्ता गएर छिटो माओवादीमा जान सुझाव दिएका छन् झालाई । उनले आफ्ना कार्यकर्तालाई भेटेर कार्यकर्ताको सुझावअनुसार अगाडि बढ्ने विश्वास दिलाएका छन् । झा प्रचण्डस“ग नियमित कुराकानीमा छन् । प्रचण्डले आफ्नो चीन भ्रमणपूर्व झालाई पार्टीमा प्रवेश गराउन चाहेका छन् ।
झा माओवादीमा आउने भएपछि एमाले निटक पत्रपत्रिकाले हावादारी समाचार लेखेका थिए । उनीहरूले झा माओवादीमा गए मधेसका माओवादी नेताहरूले अलग्गै पार्टी बनाउने समाचार पनि लेखेका थिए । झा माओवादीमा आउने कुराले उनीहरू खुसी छन् । झा माओवादीमा आएपछि मधेसमा सबैभन्दा बढी बलियो माओवादी हुने सबैको विश्वास छ । एकातिर रामचन्द्रहरू माओवादीम प्रवेश गर्ने अर्कोतिर माओवादी अध्यक्ष प्रचण्ड स्वयं मधेसबाट चुनाव लड्ने कुराले एमाले नेताहरूको निदहराम भएको छ । उनीहरू अब मधेसमा आफूहरूको पत्तासाप हुने निश्चित भएको देखेका छन् । माओवादीलाई तह लगाउन चुनाव जाने दाउ खेलेका कांगे्रस–एमालेलाई माओवादीप्रतिको बढ्दो जनआर्कषण टाउको दुखाइको विषय बनेको छ ।
यसअघि एमाले उपाध्यक्ष अशोक राईलगयातका दर्जनौं नेताहरूले पार्टी छाडिसकेका छन् । जनजाति नेताहरू अब एमालेमा थोरै मात्र छन् । एकातिर जनजाति नेता÷कार्यकर्ताले पार्टी छाडेको अवस्था र अर्कोतिर मधेसी नेताहरूले पनि पार्टी छाडेपछि एमाले अब बाहुन क्षत्रीको मात्र पार्टी हुने निश्चित छ । एमालेका अरू जनजाति नेताहरूले पनि पार्टी छाड्ने तयारीमा रहेको स्रोत बताउ“छ । उनीहरूबीच नया“ पार्टी गठन गर्ने वा परिवर्तनको पक्षमा लडेको कुनै दलमा प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको छ । उनीहरूमध्ये धेरैको मत पहिचानसहितको संघीयताको पक्षधर शक्ति माओवादीमा जाने पक्षमा रहेका छन् ।

No comments:

Post a Comment