काठमाडौं । देशमा संविधानसभाको चुनावका नाममा करोडांै डलर भिœयाएर मालामाल बन्न खोजेका छन् नेपालस्थित कार्टर सेन्टरका मानिसहरू । ती मानिसहरूमाथि सीआईएको गतिविधिलाई सहयोग पु-याएको समेत आरोप लाग्ने गरेको छ । यस्ता विवादास्पद छवि बनाएका व्यक्तिहरू देशमा संविधानसभाको निर्वाचन भए चुनावी पर्यवेक्षणका नाममा करोडौं रकम ल्याउन सकिने दाउमा छन् । यसका लागि उनीहरू तयारी पनि गरेका छन् । तर, अहिले कार्टर सेन्टरको वैद्यानिकतामाथि नै प्रश्न उठ्न थालेको छ । नउठोस् पनि किन ? नेपालमा दर्ता नभएको संस्थाले आफूखुसी काम गरेकोमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू रुष्ट देखिएका छन् । उनीहरूले अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर जस्तो व्यक्ति अध्यक्ष रहेको संस्थाले गैरकानुनी तरिकाले काम गर्न नुसुहाउने बताएका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन आठ राजनीतिक दलको आमन्त्रणमा कार्टर सेन्टर चुनाव पर्यवेक्षणका लागि नेपाल आएको थियो । तर, यसपालि भने कार्टरले दलहरूको आमन्त्रण कुरेनन् बरु १७ गते काठमाडौं आएर सबै तहका व्यक्तिहरूलाई भेटेर फर्केका छन् । नेपालस्थित कार्टर सेन्टरमा आबद्ध व्यक्तिहरू कार्टरको भ्रमण गराउनुको पछाडि आफ्नो निहित स्वार्थ देखेका छन् । उनीहरूले कार्टरलाई नेपाल भ्रमण गराएपछि अब चुनाव पर्यवेक्षणका लागि डलर भिœयाउन सजिलो हुने विश्वासमा छन् ।
कार्टर सेन्टरका प्रमुख जिमी कार्टर पहिलो संविधानसभाको निर्वाचनमा मतदान भएको दिन काठमाडौं आएका थिए । अहिलेको भ्रमणमा उनले विभिन्न राजनीति दलका शीर्ष नेताहरू, चुनावी मन्त्रिपरिषद्का अध्यक्ष, निर्वाचन आयुक्तहरू, सुरक्षा अधिकारीहरू र नेपालमा बसेर सीआईएका लागि काम गरिरहेका नेपाली बुद्धिजीवीहरूलाई भेटेका छन् । उनले सीआईएस“ग नजिक रहेकाहरूस“ग भेटघाट गरेर खास निर्देशन दिएको बताइन्छ । कार्टर नेपाल आउन थालेको सूचनास“गै नेपालस्थित कार्टर सेन्टरस“ग जोडिएकाहरूको गतिविधि ह्वात्तै बढाएका थिए । उनीहरूले कार्टर आउ“दै छन्, तपाईंहरूले सहयोग गर्नुप¥यो भन्दै विभिन्न ठाउ“मा सहयोग समेत मागेका सूचना बाहिर आएका थिए । कार्टर सेन्टरस“ग जोडिएका, आफूलाई बुद्धिजीवी भन्न रुचाउने र केही समयअगाडि एमाले प्रवेश गरेका डा.दुमन थापा अहिले यस्तो सहयोगको खोजीमा लागिरहेको थिए । उनले कार्टरलाई नेपाल भ्रमण गराएर लाखांै रुपैया“ हात पार्ने र आफ्नो चुनावी प्रचार गर्ने खेल रचिरहेको स्रोत बताउ“छ । उनी अर्धाखा“ची–२ बाट चुनाव लड्न एमाले प्रवेश गरेको समाचार केही दिनअगाडि मात्र सार्वजनिक भएको थियो । पत्रिका, चुनाढुंगा, बैंक र कार्टर सेन्टरलगायतमा उनको संलग्नता देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले पनि उनीमाथि आ“खा लगाउन थालेको बताइन्छ ।
यसैबीच, चुनाव हुने भनेपछि कार्टर सेन्टरका मानिसहरूले जासुसीको काम समेत सुरु गरेका छन् । उनीहरूले माओवादी, कांग्रेस, एमालेलगायतका चुनाव लड्ने तयारीमा रहेका दलका साथै चुनाव बहिष्कारको नीति लिएको वैद्य माओवादीको कार्यालयमा समेत निगरानी बढाएका छन् । त्यसबाहेक शीर्ष नेताहरूको गतिविधि, चुनावी अभियानमा पनि कार्टर सेन्टरका व्यक्तिहरूले चासो दिइरहेको भेटिएको छ । चुनाव अनुगमनका नाममा करोडांै रुपैया“ हात पार्ने दाउमा लागेका नेपालस्थित कार्टर सेन्टरका व्यक्तिहरू राजनीति दलका दस्तावेज, घोषणा पत्रलाई अंगे्रजीमा उल्था गर्ने तयारीमा छन् । उनीहरूले दलका नेताहरूको बायोडाटासमेत संकलन गरिरहरेको छन् । कार्टर सेन्टरका मानिसहरूले अहिले नेकपा–माओवादीको मुख्यालयमा समेत आफ्नो निगरानी बढाएका छन् । वैद्य कार्यलयमा कार्टर सेन्टरबाट भन्दै फोन आउने गरेका छन् । कार्टर सेन्टरमा रहेका नेपाली व्यक्तिहरू सीआईएको सहयोगी हुने गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए । कार्टर सेन्टरका व्यक्तिहरूका गतिविधि अस्वाभाविक हुने गरेको एक सुरक्षा अधिकारीले बताए । अरूका गतिविधि निगरानी गने कार्टर सेन्टर अहिले नेपालमा आफंै निगरानीमा परेको छ । उसका गतिविधिमाथि सुरक्षा अधिकारी र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले चासोसाथ हेरिरहेका छन् ।
No comments:
Post a Comment