सुन ठगीमा मेगा बैंक शक्रिय
काठमाडौं, चैत २३– विवादास्पद गतिविधिमा सक्रिय हुँदै आएको बैगा बैंक र यसका सिईओ अनिल केसरी शाह पछिल्लो पटक नयाँ धन्दामा शक्रिय हुन थालेको खुलासा भएको छ । एकपछि अर्को योजना असफल भएपछि शाह नयाँ धन्दामा लागेका हुन् ।
कहिले पार्टीहरुलाई तह लगाउने भन्दै नयाँ दल खोल्ने असफल प्रयास गर्ने त कहिले बैंकभित्रैबाट ठगिको धन्दा गर्न पछि नपर्ने शाह पछिल्लो पटक सुन तस्करीमा संलग्न भएका छन् ।
स्रोतका अनुसार शाह नेतृत्वको मेघा बैंक अहिले राष्ट्र बैंकलाई समेत जिप्ट्उँदै सुन ठगिमा संलग्न हुन थालेको छ । ग्रटवेअनलाइनलाई प्राप्त विवरण अनुसार मेघाको सुन ठगि धन्दापनि अचम्मकै छ । सरसर्ति हेर्दा वैधानिक जस्तो देखिने मेघाको कारोबार भने अवैधानिक छ । प्रसंग बैंकहरुले गर्ने सुन आयातको हो । नेपालमा सुन आयात गर्न बाणिज्य बैंकबाहेक अन्यले नपाइने कानुनी प्रावधान छ । त्यसका लागि देशभरका ३२ ओटा वाणिज्य बैंकहरुले इजाजतपत्र लिएका छन् । सो बैंकहरुले एलसी खोलेर राष्ट्रबैंकको इजाजत लिनुपर्छ । यि सबै प्रक्रिया मेघाले पुरा गरेको पनि छ तर आयातित सुन विक्रि गर्दा भने ठगि गर्ने गरेको बताइन्छ । स्रोतका अनुसार मेघाले एलसी मार्फत मासिक १ सय ५ किलो सुन आयात गर्दै आएको छ । मेघाले १ किलो सुन विक्रि गर्दा ३ सय देखि ६ सय मिलिग्राम सम्म कम सुन दिने गरेको छ । जवकी खरिद गर्दा भने १ किलो बराबर २ सय मिलिग्राम बढि सुन पाउँछ । यसरी यर्दा सरासर प्रतिकिलो ८ सय मिलिग्रामसम्म ठगि मेघाले गर्ने गरेको छ । मेघाको यसखालको ठगि धन्दाले व्यापारीहरु नै पिडीत गरेका छन् । राजधानीका एक सुनचाँदी व्यावसायी मेघाको यस्तो हर्कले आफूहरु आजित भएको बताउँछन् । अन्यत्र सुन अभाव हुँदा समेत मेघाले दिने तर कम परिणम हुने उनको दाबी छ । मेघाले यसरी करोडौं ठगि गर्ने गरेको हो ।
हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ तामझामका साथ संचालित बैंकको एकपछि अर्को विवादित कामहरुले गर्दा ग्राहकहरु भने सशंकित हुन थालेका छन् । उनीहरुले आफ्नो खानाको नगद नै अन्यत्र सार्न थालेका छन् । स्रोत भन्छ, ‘मेघाको पुँजी अहिले धरासयी हुँदै गएको छ । जुनसुकै बेला बैंक डुब्न सक्ने खतरा रहेको छ । बैंक धरासायी हुनुको प्रमुख कारण भनेकै अनिल शाहको अपादर्शी कार्य हो ।’
यसोत, मेघा व्यावसायिक प्रतिष्ठान भन्दापनि संकास्पद गतिविधी गर्ने थलो भएको भन्ने भनाई नौलो भने होइन । यसअघि पनि मेघाको संकास्पद गतिविधिहरु सार्वजनिक भैसकेको छ । अनिल त अनेक संकाश्पद गतिविधि गर्ने व्याक्ति भएको छर्लंग छदैछ । यसका बोर्ड डाइरेक्टर दुमन थापा समेत त्यस्तै संकास्पद ब्याक्ति हुन् । उनी अमेरिकी संस्था कार्टर सेन्टर मार्फत संकास्पद गतिविधि आएका छन् ।
No comments:
Post a Comment