काठमाडौं । संविधानसभाको चुनावको मिति तय नभए पनि एकीकृत माओवादी जनजगागरण अभियनमा लागेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान बनाउनुपर्ने एजेन्डालाई लिएर माओवादी जनताकहा“ जान लागेको हो । उसले राजधानी नजिकै धादिङबाट आफ्नो जनजागरण अभियान सुरु गर्दैछ । पार्टीको महाधिवेशन सकिएपछि सुरु हुन थालेको यो जनजागणरमा पार्टीका नेता÷कार्यकर्तालाई पनि प्रशिक्षण दिइने बताइएको छ । कांग्रेस–एमालेलगायतका पार्टीहरू असारमा चुनाव हु“दैन भनेर कराइरहेका बेला माअोवादीले चुनाव हुन÷नहुने अवस्थाबारे जानकारी गराउन तथा पहिलो संविधानसभामा जस्तै दोस्रो चुनावमा पनि किन माओवादीलाई नै जिताउनुपर्छ भन्ने विषय ब्रिफिङ गर्न जनताकहा“ जान थालेको हो ।
एकमहिने जागरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू आफंै जानेछन् । जनआन्दोलन दिवस चैत २४ लाई केन्द्रमा राखेर माओवादीले यस्ता कार्यक्रमहरू बनाएको हो । यसले पार्टीलाई नया“ उचाइमा पु¥याउने माओवादी विश्वास छ ।
माओवादीको १८ चैतमा सकिएको केन्द्रीय समिति बैठकले २४ गते धादिङको धार्केमा केन्द्रीय ब्युरोको आयोजनामा जनसभा गरेको छ भने त्यसको अर्को दिन २६ गते सोही ठाउ“मा पार्टीपंक्तिको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । त्यसलगत्तै माओवादीले पश्चिम ब्युरोको आयोजनामा बागलुङमा २७ गते जनसभा र त्यसको अर्को दिन सोही ठाउ“मा ब्युरोस्तरीय प्रशिक्षण आयोजना गरेको छ । त्यसैगरी…..

यस्ता कार्यक्रमको उद्देश्य संविधानसभाको निर्वाचन भए जनतालाई त्यसमा होम्ने र चुनाव गन आलटाल भए जनतालाई सडकमा उतार्ने बताइएको छ । रेग्मी नेतृत्वको सरकारलाई असारमा चुनाव नगराउन राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब परेको बताइरहेका बेला माओवादीले काउन्टर रणनीति तयार पारेको हो । माओवादीले जनताकहा“ जाने कार्यक्रम बनाएपछि कांग्रेस–एमाले चुनावमा जान डराएका छन् । वैद्य नेतृत्वको नेकपा–माओवादीलाई चुनावमा भाग लिने गरि फकाउन पाए एकीकृत माओवादीलाई साइजमा ल्याउन सकिने कांग्रेस–एमालेको जोडघटाउ छ । त्यसै कारण उनीहरू असारमा चुनाव हु“दैन भन्दै हि“डेका छन् ।
माओवादी असारमा चुनाव गराउने सर्तमा आफ्ना नेतृत्वको सरकार छाड्न तयार भएको हो । असारमा चुनवा नभए आफ्नै नेता÷कार्यकर्ताबाट रेग्मी सरकारको औचित्यमाथि प्रश्न उठ्ने भएकाले माओवादी नेतृत्वले बारम्बार चुनावका लागि सरकारलाइ दबाब दिइरहेका छन् । २१ गते मात्र प्रचण्डले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर अविलम्ब चुनावको मिति तोक्न तथा यसको तयारीमा लाग्न सुझाव दिएका छन् ।
विभिन्न बहानाबाजी गरेर चुनाव सारे देश र जनताको हितमा नहुने माओवादी बुझाइ छ । प्रचण्डले ‘एउटा शक्ति जो परिवर्तन, प्रगति र कतिपय स्थितिमा भन्दा संघीयताको पक्षमा छैन, त्यो असारमा निर्वाचन गराउन चाह“दैन ।’ भन्दै आएका छन् । परिवर्तनका विपक्षीहरूको कांग्रेस–एमालेभित्र बलियो मत छ । केन्द्रीय समिति बैठकमा प्रचण्डले नेताहरूलाई चुनावी तयारीमा लाग्न समेत निर्देशन दिएका थिए । दलहरूबीच असार पहिलो साता चुनाव गर्ने गरी ११ बु“दे सहमति भएको थियो । तर, सहमति भएकै अर्को दिनदेखि नै कांग्रेस–एमालेभित्रका परिवर्तनका विपक्षमा लागेका नेताहरूले चुनाव हुन सक्दैन, असारमा मौसम प्रतिकूल हुन्छ भन्दै हि“डन थालेका छन् । उनीहरूको यस्तो रवैयाका कारण कांग्रेस–एमालेभित्र बबन्डर मच्चिएको छ । आफ्ना पार्टीभित्र बबन्डर मच्चिएपछि कांग्रेस–एमालेका नेताहरू चुनवाबाट भागेको बताइन्छ ।

No comments:
Post a Comment