मिर्जा घियास बेग इरानको राजधानी तेहरानका बासिन्दा हुन् । उनका बाबु साह ताहमास्प (प्रथम) का सेवक थिए । उनको मृत्युपछि परिवार आर्थिक संकटमा प¥यो । उनले दक्षिण एसिया जाने अठोट गरे । केही दिनपछि भारत जान लागेको एउटा टोलीमा परिवारसगै सम्मिलित भए । गर्भवती पत्नी र तीन सन्तानसहित यात्रा सुरु भयो । उनीहरूको टोलीका नेता थिए–व्यापारी मलिक मसुद । इरानी क्षेत्रमै हुँदा बाटामा डाँकाले सबै सम्पत्ति लुटे । टोलीसित दुईवटा ऊट मात्र बाकी रहे । मिर्जा, पत्नी अस्मत बेगम, छोरा मोहम्मद सरिफ, अब्दुल हसन असफ खान र छोरी ऊटको पछाडि बसेर अफगानिस्तानको कान्दाहार पुगे । त्यही अस्मत बेगमले अर्की छोरी जन्माइन् । बच्चीको नाउ“ राखियो, मेहरून्निसा (नारी जातिको सूर्य) तर, निर्धन मिर्जाका निम्ति बच्चा थप भार बन्यो । त्यसैले उनले बच्चीलाई त्यागे । तर, टोलीनेता मलिक मसुदले बच्चीलाई पाल्ने निर्णय गरे । बच्चीको हेरचाहका निम्ति एउटी महिलाको टोलीभित्रै खोजी भयो । यस क्रममा आमा अस्मन बेगम रु“दै आइपुगिन् । परिवारको दयनीय अवस्था देखेर मलिक मसुदको मनमा दया–भाव पलायो । मलिक मसुदको मुगल सम्राट् अकबरको दरबारमा पहुच थियो । त्यसैले उनले मिर्जा र उनका छोरा मोहम्मद सरिफलाई दरबारको काममा लगाइदिए । बालिका मेहरून्निसा दरबारभित्रै हुर्कन थालिन् । अलि ठूली भएपछि सामन्ती महिलाहरू बजार जाने ठाउ“ दिल्लीको मीना बजार पनि जान थालिन् । वसन्त महोत्सवका दिन बजार जाने क्रममा उनी हराइन् । बीचमा युवराज सलिमस“ग भेट भयो । त्यसवेला सलिमको हातमा एकजोडी परेवा थियो । उनी परेवा मेहरुन्निसालाई दिएर फूल टिप्न बगै“चातर्फ लागे । एकछिनपछि फर्किए । तर, मेहरून्निसाको हातमा एउटा मात्र परेवा देखेपछि रुखो स्वरमा सोधे–‘बेबकुफ कसरी हातबाट फुत्कायौ परेवा ?’ यसरी, सरकार भन्दै अर्काे परेवा पनि उडाएर उनले सोझो तरिकाले जवाफ फर्काइन् । मेहरून्निसाले यसो गर्दा दुइटै परेवा उडेर गएको रिसभन्दा सलिमलाई उनको सोझोपना मन प¥यो । मेहरून्निसा अब ठूली भइन् । उनको सुन्दरताबाट सलिमलगायत दरबारका सबै पुरुष लठ्ठिए । सलिम दासी मेहरून्निसाप्रति नजिकि“दै जान थालेको सूचना सम्राट् अकबरले पाए । उनले मेहरून्निसाको बिहे इरानी योद्धा अली कुली खानस“ग गराइदिने निधो गरे । निकै साहसी भएका कारण सम्राट् अकबरबाट ‘शेर–अफगान’ को उपाधि प्राप्त गरेका उनलाई अकबरले बंगालको सुबेदार बनाइदिए । कुली खान र मेहरून्निसाको बिहे सन् १५९४ मा भयो । त्यसवेला मेहरून्निसाको उमेर १७ वर्षको थियो । कुली खान मेहरून्निसालाई लिएर बंगाल गए । ११ वर्षपछि सन् १६०५ मा मेहरून्निसा एक छोरीको आमा बनिन् । सोही वर्ष अकबरको मृत्युपश्चात् सलिम गद्दीमा बसे । उनले जहागिर (विश्वरक्षक) पद पनि धारण गरे । सन् १६०७ मा सम्राट्का सेनाविरुद्ध भएको एउटा लडाइमा कुली खानको मृत्यु रहस्यमय तरिकाबाट भयो । ३१ वर्षीया मेहरून्निसा फेरि दरबारको शरणमा पुगिन् । उनले त्यहा सम्राट् अकबरकी विधवा रानीमध्येकी एक बेगम रुकैया सलिमाको सेविकाको काम पाइन् । चार वर्ष दरबारमा यसरी नै बित्यो । यस अवधिमा उनले चित्र कोर्ने काम पनि गरिन् । तर, सन् १६०७ उनका निम्ति अभिषाप बन्यो । बाबु मिर्जा आर्थिक हिनामिनाको आरोपमा जागिरबाट निष्कासित भए । दाजु मोहम्मद सरिफ र मामा पर्ने एकजनाले मृत्युदण्ड पाए । एकदिन सदाझै“ उनी सेविकासग गफ गर्दै थिइन् । अचानक सम्राट् सलिम त्यहा“ आइपुगे । साधारण लुगामा सजिएकी उनले शिर झुकाएर ‘सलाम’ गरिन् । सलिमले सबैतिर नजर डुलाए । अन्य सबै दासी तडक–भडक खालको लुगामा थिए । उनले मेहरून्निसासग यसको कारण सोधे । मेहरून्निसाले नम्र भएर जवाफ फर्काइन्– ‘नोकर–नोकर्नीको लुगा उनलाई राम्रो लाग्नुपर्छ जसको सेवा उनीहरूले गरिरहेका हुन्छन् । उनको खुसीलाई नै हामीले आफ्नो खुसी ठान्नुपर्छ । विश्वरक्षक (जहागिर) मालिक म तपार्इंकी सेविका हु“ । यसकारण मैले तपाईंलाई मन पर्ने वस्त्र लगाउनुपर्छ, मलाई पन पर्ने होइन ।’ मेहरून्निसाको यो जवाफबाट सलिम निकै प्रभावित भए । उनले मेहरून्निसासित विगतमा बिताएको क्षण सम्झन थाले । यसपछिका दिनमा दुवैको भेटघाट बाक्लिदै गयो । सन् १६११ को मे २५ मा जहा“गिर सलिमले उनीसग बिहे गरे । त्यसवेला मेहरून्निसा ३५ वर्षकी थिइन् भने सलिम ४३ वर्षका । उनी अब सम्राट् जहागिरका २० रानीमध्येकी कान्छी बनिन् । मेहरून्निसा निकै राम्री थिइन् । उनलाई रानी बनाएपछि जहा“गिर उनकै अघि–पछि घुम्न थाले । मेहरून्निसाले पनि सम्राट्को कमजोरीबाट फाइदा उठाउ“दै राजकीय शक्तिमाथि प्रभाव जमाउन थालिन् । मेहरून्निसाको लवाइ–खवाई, कुरा गर्ने शैली सबैबाट प्रभावित जहा“गिरले उनलाई ‘नूरजहा’ अर्थात् विश्वप्रकाश सम्मानबाट विभूषित गरिदिए । बिहेको एक वर्षपछि नै मेहरून्निसा उर्फ नूरजहाले आफ्नो भाइ असफ खानलाई वरिष्ठ मन्त्री बनाइन् भने असफकी छोरी अञ्जुमन बानु बेगमको बिहे राजकुमार खुर्रमसग गराइदिइन् । खुर्रम पछि साहजहाको नाउ“बाट गद्दीसीन भए भने उनकी रानी खुर्रम मुमताज महलको नाउ“बाट प्रसिद्ध भइन् । स्मरणीय छ, आफ्नो प्रिय रानी मुमताज महलकै संस्मरणमा सम्राट् साहजहाले ताजमहल बनाइदिएका थिए । नूरजहा असाधारण शारीरिक र मानसिक शक्ति भएकी महिला थिइन् । जहागिरले अफिम र मदिरामा लठ्ठिएर धेरैजसो समय उनी र नूरजहाको शयनकक्षमा बिताउन थालेपछि पर्दापछाडि बसेर शासन उनैले चलाउन थालिन् । मन्त्रिमण्डलका सदस्य पनि आवश्यक सल्लाह र आदेश लिन उनीकहा“ नै धाउन थाले । सम्राट्को भूमिका अब नूरजहा“ले गरेको निर्णयमा लालमोहोर लगाउने काममा मात्र सीमित हुन थाल्यो । खुर्रम जहा“गिर र रानी जगत् गोसाइनीका पुत्र थिए । नूरजहाले आफ्ना ज्वाइ खुर्रमलाई जहागिरको उत्तराधिकारी घोषित गरेपछि जहागिरका ज्येष्ठ पुत्र खुसरौले सम्राट्विरुद्ध विद्रोह गरे । विद्रोहलाई नूरजहा“कै आदेशमा दबाइयो । यो घटनामा खुसरौले आखा गुमाए । सम्राट्का माइला छोरा पर्वेज ज“ड्याहा र शक्तिहीन थिए । खुर्रम उत्तराधिकारी घोषित भए पनि गद्दीमा बस्न उनले हतार गरे । उनले पनि जहा“गिरविरुद्ध विद्रोह गरे । यो घटनापछि नूरजहा“ खुर्रमको पछि लाग्न छाडिन् र सम्राट्का चौथो पुत्र साह¥यारलाई समर्थन दिन थालिन् । उनले आफ्नी छोरी (कुली खानतर्फकी) लाडली बेगमको बिहे उनैसित गराइदिइन् । खुर्रमको विद्रोह दमन र साह¥यारलाई ज्वाइ“ बनाएपछि दरबारभित्र उनी झन् शक्तिशाली भइन् । त्यसो त जहागिर मात्र होइन, नूरजहा आफै पनि मदिरापान र नाचगानमा रमाउने विलासी नारी थिइन् । एकदिन मात चढेपछि दुवै झगडा गर्न थाले । नूरजहा“ले आफ्ना पतिले खुट्टा समाएर आफूसित माफी माग्नुपर्ने अन्यथा कुरा नगर्ने र मुखै नहेर्ने ढिपी कसिन् । तर, जहागिर सम्राट् थिए, उनले पनि पत्नीको खुट्टा ढोगेर माफी नमाग्ने अडान लिए । यो झगडाले राजकीय कामकाजमा समेत असर प¥यो । दरबारियाहरू दुवैबीच सुलह गराउन लागिपरे, तर दुवै आ–आफ्नो अडान छाड्न तयार भएनन् । अन्तिममा उनीहरूले समाधानको उपाय निकाले । योजनाअनुरूप जहा“गिर दरबारको छतमा चढे । उनको छाया बगै“चामा प¥यो । तब रानी बाहिर निस्केर बगैंचामा गइन् र सम्राट्को छायालाई कुल्चदै अगाडि बढिन् । रानीलाई सम्बोधन गर्दै अकबरले भने, ‘हेर, हिन्दूस्तानको बादशाहले आफ्नी प्रिय रानीको पैताला चुम्यो ।’ अकबरको यो भनाइपछि नूरजहा“को रिस साम्य भयो । त्यसपछि उनीहरूको सम्बन्ध सामान्य बन्यो । जहा“गिरलाई कुनै सन्तान दिन नसके पनि अन्तिम समयसम्म पनि जहागिर नूरजहा“बाट सन्तुष्ट थिए । सन् १६२६ मा उनी काबुल हुदै कास्मिरबाट फर्कंदै थिए । लाहोर पुगेपछि खोकीले समात्यो । तैपनि, उनी दिल्ली फर्कन थाले । तर, साराई साअदावाद आइपुग्दानपुग्दै ५९ वर्षको उमेरमा सन् १९२७ अक्टोबर २८ मा उनको निधन भयो । इतिहासकार कसै–कसैले काबुलबाट कास्मिरतर्फ फर्कंदै गर्दा विद्रोहीहरूको कब्जामा परेको र नूरजहाले छुटाएर ल्याएको, तैपनि बाटैमा उनको मृत्यु भएको उल्लेख गरेका छन् । जेहोस्, उनको निधनपछि खुर्रम गद्दीसीन भए । असफ खानले आफ्नी दिदी नूरजहा“लाई धोखा दिएपछि खुर्रम गद्दीमा बस्न सफल भए । नूरजहाले पनि बाकी जीवन जहागिरकै सम्झनामा बिताउन थालिन् । उनी लाहोर गइन् । लाहोर जहागिरको मन पर्ने ठाउ थियो । उनी त्यहा जहागिरको चिहान निर्माणमा लागिन् । चिहानको डिजाइनसमेत आफै“ले गरिन् । उनले पतिको चिहानसगै आफ्ना लागि पनि चिहान बनाउन लगाइन् । फुर्सदको समय अत्तर बनाउने काममा लगाइन् । उनले राजकीय सत्तामाथि कुनै किसिमबाट पनि हस्तक्षेप गरिनन् । जीवनको पछिल्लो काल एकान्त उनको प्रिय ठाउ बन्यो । दोस्रो पति सलिम उर्फ जहा“गिरको निधन भएको १८ वर्षपछि सन् १६४५ मा उनको पनि निधन भयो ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment