प्याट्रिसिया क्याम्पवेल हस्र्ट उर्फ पैटी हस्र्टको जन्म अमेरिकाको सानफ्रान्सिस्कोमा सन् १९५४ को फेब्रुअरी २० मा भयो । बाबु रान्डोल्फ हस्र्ट ‘सानफ्रान्सिस्को एक्जामिनर’ पत्रिका चलाउ“थे । बाजे विलियम रान्डोल्फ हस्र्ट ‘न्युयोर्क जर्नल’का प्रकाशक थिए भने जिजुबाजे जर्ज हस्र्ट धनी व्यापारी थिए । रान्डोल्फ र क्याथरिनका पा“च छोरीमध्ये साइली हुन्, पैटी । स्कुले शिक्षापछि उनी सान्ता क्याटालिनाको कलेजमा भर्ना भइन् । कलेजमा गणितका शिक्षक थिए–स्टेभेन विड । पछि शिक्षक र छात्रा दुवै प्रेमी–प्रेमिका बने ।
सन् १९७४ को फेब्रुअरी ४ को सा“झ उनीहरू क्यालिफोर्नियाको बर्कर्लीस्थित अपार्टमेन्टमा बसिरहेका थिए । अचानक कोठामा तीनजना अपरिचित व्यक्तिको प्रवेश भयो । त्यसबेला १९ वर्षीया पैटी नुहाइसकेपछि लगाउने लुगामा थिइन् । अपरिचित मानिसले विडलाई केही नगरी पैटीलाई समाते । आखामा पट्टी बा“धे । बोकेर तल पुयाए । गाडीमा राखे र अज्ञातस्थलतर्फ हुइ“किए । अर्को एउटा गाडीले सेतो गाडीलाई पछ्यायो । यो अपहरणले अमेरिकाभरि सनसनी फैलायो । यसअघि अमेरिकी अर्बपति पाल गेटीका नातिको इटलीमा अपहरण भएको थियो । अपहरणकारीले पाल गेटीस“ग करोडौ“ डलर मागे र अपहरित युवकको एउटा कान काटेर घर पठाइदिए । फिरौती रकम नदिए अपहरित युवकलाई यसरी नै काटेर किस्ताबन्दीमा घर पु¥याइदिने धम्की दिए । पछि करोडौ“ डलरको लेनदेनमा सम्झौता भयो र युवक मुक्त भए । अमेरिकीहरूले पैटी अपहरण काण्ड पनि यसरी नै टुंगिने अनुमान लगाए । अपहरणको जिम्मेवारी वामपन्थी सहरी छापामार संगठन ‘सिम्बियोनिज मुक्ति सेना (एसएलए)’ ले लियो र तत्कालै प्रेस विज्ञप्ति जारी गर्दै भन्यो– ‘यो अपहरण जेलमा मारिएका कमरेडहरूको सम्झनामा गरिएको हो ।’ विज्ञप्तिमा एक ठाउ“ ठूलो अक्षरले लेखिएको थियो, ‘जनताको जीवनस“ग खेलवाड गर्ने फासीवादी कीराको मृत्यु निश्चित छ ।’
अपहरणको आठौ“ दिन अपहरणकर्ता संगठनको रेडियो ‘केपिएफए’मार्फत अर्को सन्देश जारी भयो । जनरल फिल्ड मार्सल सिन्खे (वास्तविक नाउ डोनाल्ड डेफ्रिज, अश्वेत) को स्वरमा जारी सन्देशमा पैटीको रिहाइको बदलामा २० लाख डलरबराबरको खाद्यान्न पश्चिमी ओकल्यान्डका गरिब जनतालाई वितरण गर्न रान्डोल्फ हस्र्टलाई आदेश थियो । सन्देशमा सन् १९७३ मा क्यालिफोर्नियाको जेल तोडेर भाग्न सफल सिन्खेले आºनो संगठनको उद्देश्य जेल बन्द गर्न लगाउने, एकपटक मात्र बिहे गर्ने चलनको अन्त्य गर्ने र पजीवादलाई टिकाउन बनाइएको सम्पूर्ण संघसंस्था ध्वस्त पार्ने रहेको प्रस्ट पारे ।
रेडियोमा उनको सन्देशसहित अपहरणमा परेकी युवती पैटीको स्वर पनि सुनियो । पैटी भन्दै थिइन्, ‘मम, ड्याड, म विल्कुल ठीक छु । म मेसिनगनले सुसज्जित सशस्त्र टोलीको घेराउमा छु । यिनीहरूलाई सुपारीको झुप्पा नठान्नुस्.....म त्यसबेलामा मात्र यहा“बाट छुट्न सक्छु जब तपाईंं यिनीहरूले भनेअनुसार काम गर्नुहुनेछ । ड्याड, छिटो गर्नू.... ।’ रेडियो वक्तव्यपछि पैटीको फोटो पनि सार्वजनिक भयो । उनी सात टाउका भएको सर्प(कोब्रा)अंकित झन्डामुनि थिइन् । स“गै टोपी लगाएकी एउटी युवती थिइन्, जसको हातमा राइफल थियो । पैटीका बाबु रान्डोल्फले अपहरणकर्ताको मागबमोजिम खाद्यान्न गरिब जनतालाई वितरण गरे । खाद्यान्न वितरणमा झगडा हु“दा सयौ“ घाइते भए । छापामार संगठनले वितरण गरिएको खाद्यान्न निम्न गुणस्तरको भएको आरोप लगाउ“दै थप ४० लाख डलरको वितरण गर्न आदेश दियो । यसबीच, पैटीले पनि खाद्यान्न वितरणको शैली र गुणस्तरलाई लिएर आºना बाबुको निन्दा गरिन् । सिम्बियोनिज मुक्ति सेनाले यसबीच पैटीको रिहाइको बदलामा सानक्वेन्तिनको जेलमा रहेका संगठनका सदस्यद्वय जोए रेमिरो र रसेल लिटनको रिहाइको माग ग¥यो । सुरुमा रान्डोल्फले अपहरणकर्ताको थप माग पूरा गर्न असमर्थता प्रकट गरे तर लगत्तै जारी विज्ञप्तिमा ‘पैटीलाई मृत्युदण्ड दिइने’ धम्कीपछि उनले पुनः ४० लाख डलर खर्च गरे । पैटी तैपनि रिहा भइनन् ।
उनलाई खोज्न अमेरिकी गुप्तचर विभाग एफबिआई कम्मर कसेर लाग्यो, तर सकेन । एफबिआई पैटीलाई बन्दी बनाइराखेको स्थान डाली नगरसम्म पुग्न सकेन । बरु, अपहरण भएको ५९औ“ दिन अडियो टेप सार्वजनिक भयो । टेपमा पैटीको स्वर थियो । उनको भनाइ थियो, ‘उनीहरूले मलाई रिहा हुने वा संगठनमा लाग्ने, आºनो मुक्तिका लागि लड्ने वा अन्याय सहेर बसेका जनताको मुक्तिका लागि लड्ने छान्न लगाए । मैले उनीहरूको संगठनमा बसेर जनताका लागि लड्ने बाटो रोज“े । र, आफ्नो नाउ“ तानिया राखे“ ।’ स्मरणीय छ, तमारा बुन्के बाइडर उर्फ तानिया चे ग्वेभारासित मिलेर बोलिभियामा छापामार युद्ध लड्ने केटी हुन् । उनी चेकी प्रेमिका थिइन्, जो लड्दा–लड्दै मारिइन् । पैटीले प्रेमीको नाउ“मा पनि एउटा सन्देश पठाइन्, जसमा लेखिएको थियो, ‘अब मेरा लागि प्रेमको ‘त्यो’ अर्थ रहेन, जुन पहिला थियो । अनुभवले मेरो प्रेमको अर्थलाई विशाल बनाइदिएको छ । अब मेरो प्रेम सबैका लागि हो ।’ यी सन्देशले रान्डोल्फ परिवार मात्र होइन, सबै अमेरिकीलाई आश्चर्यमा पारिदियो । पछिल्लो सन्देश जारी भएको १२ दिनपछि अप्रिल १५ को दिन सानफ्रान्सिस्कोस्थित हाइबरनिया बैंक लुटियो ।
सिसिटिभीमार्फत प्रहरीले बैंक लुट्दाको फोटो सार्वजनिक ग¥यो । फोटोमा पैटी हातमा मेसिनगन लिएर ड्रिलले भित्ता प्वाल पार्दै थिइन् । उनी सैन्य पोसाकमा थिइन् र लुगामा उही सातटाउके सर्पको चिह्न थियो । पैटीको यो नया“ रूप देखेर सबै छक्क परे तर अमेरिकाभरि उनका प्रशंसक पनि उत्तिकै बढे । स्नातक उत्तीर्ण विद्यार्थीले उनको पोस्टर ठाउ“–ठाउ“मा टा“से । पोस्टरमा लेखिएको हुन्थ्यो, ‘तानिया, हामी तिमीलाई प्रेम गर्छौं ।’ पैटी रातारात अमेरिकी सरकारको दृष्टिमा आतंकवादी र अपराधी घोषित भइन् भने सर्वसाधारणमाझ क्रान्तिकारी नायिका बनिन् । उनले एउटा सन्देशमार्फत आºना प्रशंसकलाई भनिन्, ‘क्रान्तिलाई सहयोग पु¥याउन बैंक लुटेका हौ“, तपाईंंहरूको तानिया ‘जनसेनाको सैनिक हु“ ।’ एक महिनापछि क्यालिफोर्नियाको इंग्लेवुडस्थित मेल्स खेलकुद सामान पसलमा उनीहरू पुगे । एकजना कर्मचारीले सो संगठनका एक सदस्य विलियम ह्यारिस र उनकी पत्नी एमिलीलाई चिने । यो कुरा थाहा पाएकी पैटीले ह्यारिसलाई बचाउन पसलबाहिर पार्किङ गरिराखेको गाडीपछाडि लुकेर पसलमा मेसिनगनले गोली प्रहार गरिन् । प्रहरीले गोली प्रहार गर्ने पैटी भएको सूचना पायो । भोलिपल्ट मे १७ को दिन, लस एन्जलसको १४६६ ५४ सडकस्थित उनीहरू बसेको घरलाई चार सय प्रहरीले घेरा हाले ।
टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको यो घटनामा प्रहरीले सबैलाई आत्मसमर्पण गर्न भने । आत्मसमर्पण गर्नुको बदला सो घरबाट प्रहरीलाई लक्षित गरी गोलाबारी हुन थाल्यो । भिडन्त भयो, धेरै प्रहरी हताहत भए । प्रहरीले टियर ग्यास छाड्यो । घरमा ग्रिनेड प्रहार ग¥यो । घर ध्वस्त भयो । घटनामा संगठनका ६ लडाकु मारिए । मारिनेमा पैटीको अपहरण गर्ने तीनजना र अपहरणकारी पनि थिए । तिनीहरूमध्ये कुजो पैटीका प्रेमी थिए । मारिनेमा संगठन प्रमुख सिन्खे उर्फ ३० वर्षीय डोनाल्ड डिफ्रिज, सिद्धान्तशास्त्री २४ वर्षीया प्याट्रिसिया मिजमुन सोल्तयासिक, २६ वर्षीया नान्सी लिङ, २५ वर्षीया एन्जिला एटवुड र २९ वर्र्षीया केमिला हल थिए । पैटी र विलियम ह्यारिस सोही स्थानमा रहेको एउटा होटलमा बसेर भिडन्तका दृश्य हेर्दै थिए । पैटीले तत्कालै वक्तव्य जारी गरिन् । वक्तव्यमा मिडियाको फासीवादी चरित्रको आलोचना गरिन् र उद्घोष गरिन्– सुन्दर दाजुभाइ, दिदीबहिनीको खरानीबाट नया“ क्रान्तिको जन्म हुनेछ । पैटी खेलकुद पत्रकार ज्याक स्कट र उनकी पत्नी मिकीको सहयोगमा भागेर पेन्सिलभानिया पुग्न सफल भइन् । त्यहा“ उनले जापानीमूलकी वेन्डी योसिमुराको साथ पाइन् । पैटीले आºनो संगठनमा घरमा रङ–रोगन गर्ने मजदुर स्टिभ सोलियाहलाई पनि संगठित गरिन् । स्टिभ पैटीका नया“ प्रेमी थिए । उनी संगठन विस्तार गर्नतर्फ लागिन्, साथसाथै बम पड्काउने, बैंक लुट्ने काम पनि गर्दै गइन् । झन्डै एक वर्षपछि गुप्तचर प्रहरी एफबिआई ज्याक स्कटका भाइलाई समाउन सफल भयो ।
उनैको सूचनाका आधारमा प्रहरीले सानफ्रान्सिस्कोमा पैटीलाई खोज्न थाल्यो । अन्त्यमा सन् १९७५ को सेप्टेम्बर १९ मा छुट्टाछुट्टै घरमा बसिरहेका ह्यारिस र उनकी पत्नी एमिली पक्राउ परे । उनीहरू बिहान मर्निङवाकबाट फर्कंदै थिए । त्यो बेला पैटी र योसीमुरा मोर्स सडकमा गाडी कुदाउदै थिए । पत्रकारले देखेपछि घेराउमा परे । एकैछिनमा प्रहरी आइपुग्यो र दुवै समातिए । पैटीलगायत विरुद्धको अदालती कारबाही सन् १९७६ को फेबु्रअरी ४ देखि सुरु भयो । उनका वकिल एफ ली बैलीले एसएलए संगठनभित्र १९ महिनाको पैटीको यात्रा स्वयंसेवक स्तरको मात्र भएको दलील पेस गरे । अपहरणपछिको दुई महिनासम्म आ“खामा पट्टी बा“धेर अ“ध्यारो कोठामा राखिएको, कुजोद्वारा बलात्कृत भएको र संगठनमा लाग्न जबर्जस्ती गरेको कुरा उठाए । पैटीले मानसिक सन्तुलन बिग्रेको अभिनय गरिन् । अदालतभित्रै रोएर देखाइन् । तर, सरकारी वकिलले बैंक लुट्नेलगायत आतंककारी गतिविधिमा उनको प्रत्यक्ष संलग्नता देखिएको र उनले संगठनबाट भाग्ने कोसिस कहिल्यै नगरेको प्रस्तुत प्रमाणका आधारमा मुख्य न्यायाधीश रोबर्ट डब्लु ब्राउनिङले पैटीलाई ३५ वर्ष काराबासको सजाय सुनाए । पछि राष्ट्रपति जिम्मी कार्टरले सजायलाई कम गरेर सात वर्षमा झारे । जुरीमा सात पुरुष र पाच महिला न्यायाधीश थिए ।
पैटी २२ महिना जेल बसेपछि १२ लाख ५० हजार डलर धरौटी राखेर सन् १९७९ फेब्रुअरी १ मा छुटिन् । र, बिल क्लिन्टनले सन् २००१ को जनवरी २० मा बा“की सजाय माफी दिए । जेलबाट निस्किएपछि आºनो अंगरक्षक बर्नाड शास“ग बिहे गरिन् । पछि उनका दुई छोरी भए । कान्छी छोरी लिडिया हस्र्ट शा पत्रकार हुन् । पैटीको जीवनीलाई लिएर अमेरिकामा दर्जनौ“ फिल्म, पुस्तक, टिभी सिरियल निर्माण भएका छन् । पैटी आफै“ले ‘इभ्री सिक्रेट थिंग’ जस्ता पुस्तक निकालेकी छन् । उनी अपहरणमा परेको विषयलाई लिएर छुट्टै फिल्म निर्माण भएको छ, पुस्तक प्रकाशित भएको छ । पैटीले पछिल्लो समय क्राइबेबी, सिरियल मोम, पेकर र डर्टी सेभ जस्ता चलचित्रमा अभिनयसमेत गरिन् । टिभी शृंखलामा पनि देखा परिन् ।
– राजेन्द्र स्थापित
No comments:
Post a Comment