ईसरसिंह होटलको कोठामा पसेपछि कुलवन्त कौर पलङबाट उठिन् । उनले ठुल्¬ठूला आखाले आºनी पत्नीलाई हेरे र ढोकाको छेस्किनी लगाए । रातको १२ बजे सहर पूर्णतः सुनसान भइसकेको थियो । कुलवन्त पलङमा पलेटी कसेर बसिरहेकी थिइन् । इसरसिंह दिमागमा चलिरहेको समस्याको समाधान खोज्नमै व्यस्त थिए । केही क्षण वातावरण शान्तै रह्यो । कुलवन्तले आसन परिवर्तन गरी खुट्टोलाई पलङको तलतिर झुन्ड्याइन् । तैपनि, इसरसिंहले कुलवन्ततर्फ ध्यान दिएनन् । कुलवन्त मोटी थिइन् । हात¬खुट्टा मोटा थिए । छाती असामान्य उचा थियो । ओठ पनि भद्दा । इसरसिंह पनि कम हट्टाकट्टा थिएनन् । कुलवन्तजस्ती महिलाका लागि उनी उपयुक्त पुरुष थिए । निकैबेर बित्दा पनि इसरसिंह आफूतिर नआएपछि कुलवन्तले आ“खा नचाएर लोग्नेलाई बोलाइन्– ¬इसरिया । इसरसिंहले गर्धन उठाएर कुलवन्ततर्फ हेरे । तैपनि वास्ता नहुँदा कुलवन्त फेरि चिच्याइन्– ¬इसरिया“ ! उनी एकछिनमा नरम हु“दै लोग्ने बसिरहेको तर्फ बढिन् र मायालु पाराले सोधिन्, ‘¬तिमी यत्तिका दिन कता हराएको ?’ इसरसिंहले ओठलाई जिब्रोले भिजाउ“दै जवाफ दिए, ‘मलाई थाहा छैन ।’ कुलवन्तले रिसाउदै भनिन्, ¬‘यो पनि कुनै जवाफ हो ?’ इसरसिंह हातले समाइराखेको तरबारलाई एकातिर ºया“केर पलङमा पल्टिए । इसरसिंहको शरीरले पलङ ढाकेको थियो । कुलवन्तलाई आºनो लोग्नेको अवस्था देखेर दया लाग्यो । उनको निधारमा हात राख्दै सोधिन्,¬ ‘बाबा † के भयो तिमीलाई ?’ छततर्फ एकोहोरो हेर्दै गरेका इसरसिंहले कुलवन्तको शरीर सुम्सुम्याउ“दै भने, ‘कुलवन्त !’ उनको आवाज दुःखले भरिएको थियो । यस्तो आवाज सुनेर कुलवन्त भावविह्वल भइन् । साडीलाई माथि सार्दै पलङमाथि उक्लिन् र ‘हजुर, ‘बाबा’ भन्दै दा“तले इसरसिंहको गाला टोक्न थालिन् । इसरसिंहले लगाइराखेको पगडी उतार्दै कुलवन्तलाई हेरे । उनले कुलवन्तको बोसोले भरिएको नितम्बमा धाप मार्दै भने, ‘यो आइमाईको दिमाग नै खराब छ ।’ झट्का लागेकाले इसरसिंहको कपाल खुल्यो । कुलवन्तले आनो आलाले खुलेको कपाललाई मिलाउ“दै फेरि सोधिन्, ‘यत्तिका दिन तिमी कता हरायौ भन न †’ इसरसिंहले तुरन्तै आºनो दुवै हात कुलवन्तको छातीमा पु¥याउ“दै भने, ‘वाहे गुरूको कसम, तिम्रो शरीर निकै तगडा छ ।’ कुलवन्तले हात पन्छाउ“दै प्रश्न गरिन्, ‘मेरो कसम खाऊ र भन के तिमी सहर गएका थियौ ?’ उनले जवाफ दिए, ‘होइन ।’ कुलवन्त रिसाउँदै भनिन्, ‘पक्कै तिमी सहर गएको हुनुपर्छ । तिमीले धेरै पैसा लुटेका छौ, लुकाएर राखेका छौ ।’ उनले फेरि भनिन्, ‘त्यो राति तिमीलाई के भा’को हो भन त, मसित रमाइलो गरिरहेका थियौ, तिमीले मलाई त्यो सबै गहना लगाउन दिइरहेका थियौ, जुन तिमीले सहरबाट लुटेर ल्याएका थियौ, मलाई म्वाइ खादै थियौ, तर एक्कासि कुन्नि के भयो, तिमी उठ्यौ र लुगा लगाएर बाहिर गयौ ।’ कुलवन्तको कुरा सुनेर इसरसिंहको अनुहारको रंग उड्यो । यो देखेर कुलवन्तले फेरि भनिन्, ‘हेर, तिम्रो अनुहारको रंग कसरी उड्यो ? पक्कै केही भएको हुनुपर्छ, इसरिया“ तिमी आज आठ दिनअघिको इसरिया“जस्तो लागिरहेका छैनौ ।’ यत्तिकैमा इसरसिंह जुरुक्क उठे । कुलवन्तको शरीरलाई ग्वाम्म अ“गालो हाल्दै भने, ‘प्यारी † म तिम्रो उही इसरिया“ हु“ ।’ यति भन्दै उनले लुगा फुकालेर फाले । कुलवन्तको मोटो ओठलाई आनो ओठले च्यापे । उनको आ“खा वासनामयी भइसकेको थियो । उनले भने, ‘आऊ प्यारी, एक बाजी तास खेलौ“ ।’ कुलवन्तले नखरा देखाउँदै भनिन्, ‘जाऊ, भाग !’ तर, इसरसिंहले उनलाई छाडेनन् । बोसोले भरिपूर्ण उनको नितम्बमा चिमोटिदिए । कुलवन्तको आ“खाबाट आ“सु झ¥यो । नितम्ब सुमसुम्याउ“दै भनिन्, ‘नगर न इसरिया“, मलाई दुख्छ क्या !’ तर, इसरिया“ किन चुप लाग्थे, उनले कुलवन्तको माथिल्लो ओठ आनो दातले टोक्दै भने, ‘ल ठीक छ त, त्यसोभए तुरूप चालौ“ !’ भन्दा¬भन्दै उनले कुलवन्तको लुगा फुकालेर फालिदिए र नांगो शरीरलाई हेर्दै भने, ‘वाह ! क्या शरीर पाएकी छ्यौ तिमीले !’ कुलवन्तले भनिन्, ‘कस्तो निर्दयी तिमी त ।’ ‘होस् आज मलाई निर्दयी नै बन्न देऊ !’ संवाद पनि चल्दै गयो । इसरिया“ कुलवन्तको शरीरमाथि खेल्न थाले । उता, कुलवन्तको शरीर छेडछाडबाट धपधपी बल्न थालिसकेको थियो । छेडछाडलाई टुंग्याउन उनले भनिन्, ‘इसरिया“, तिमीले तास धेरै फिटिसक्यौ, अब तास याक !’ कुलवन्तले यति के भनेकी थिइन्, इसरिया“को शरीर एकाएक शिथिल भयो । उनी पसिनाले भिजे । कुलवन्तले उनको शरीरलाई तताउने कोसिस गरिन्, तर सफल हुन सकिनन् । उनी ‘धत्’ भन्दै पलङबाट झरिन् । र, नाक फुलाउ“दै बर्बराइन्, ‘इसरिया“, त्यो को रण्डी हो, जसकहा“ तिमी त्यत्रो दिन बसेर आयौ, जसले तिमीलाई निचोर्नसम्म निचोरेर पठायो ।’ इसरियाले जवाफ दिए, ‘कोही होइन, कोही होइन ।’ तर, कुलवन्त चुप बसिनन्, चिच्याउदै भनिन्, ‘आज म सत्य कुरा पत्ता लगाएरै छाड्छु ।’ ...इसरियाले यताउताको कुरा गर्दै मनाउन खोजे । तर, कुलवन्त जंगि“दै कराइन्, ‘तिमी मतलबको कुरा गर ।’ इसरियाको केही लागेन । बल्ल उनले भने, ‘मान्छेको जात पनि अचम्मको हुदो रहेछ, सहरमा लुटपाट मच्चिएका वेला अरूले जस्तै मैले पनि भाग लिए“ । लुटेको गरगहना र पैसा सबै तिमीलाई दिए“, तर एउटा चिज तिमीलाई दिइन“ । त्यो के भने, जुन घरमा म लुट्न पुगेको थिए“, त्यहा“ सातजना मान्छे थिए । ६ जनालाई त मैले यही तरबारले मारे“ । बा“की रहेकी एउटी केटी थिई । ऊ अति सुन्दरी थिई । मैले उसलाई आफ“ैले ल्याए“ । प्यारी कुलवन्त † म के भनौ तिमीलाई, म उसलाई पनि मार्न चाहन्थे“, तर मैले विचार गरे“– ‘¬होइन इसरिया“, कुलवन्त कौरले त दिनैपिच्छे मजा लिन्छ, यो मेवा पनि चाखेर हेरौ“ ।’ कुलवन्तले मात्र ‘ह“ भनिन् । इसरिया“ले भन्दै गए, ‘म उनलाई बोकेर हि“डे“, नहरको पछाडि पुगेपछि भुइ“मा सुताए“ । पहिला सोचे“ कि तास फिटा“ । तर, पछि मैले सोचे“ कि...’ यति भन्दै उनी चुप लागे । कुलवन्तले घुटुक्क थुक निल्दै मलिन स्वरमा सोधिन्, ‘पछि के भो त ?’ इसरिया“ले मुस्किलले कुरा अघि बढाए, उनले भने, ‘मैले तासको पत्ता ºयाके तर...तर.... उनको आवाज दबियो । कुलवन्तले झकझकाउ“दै जिज्ञासा राखिन्, ‘फेरि के भयो ?’ इसरिया“ले बन्द आ“खा खोलेर थरर का“प्दै गरेको कुलवन्तको शरीरलाई नियाल्दै भने, ¬‘उनी मरिसकेकी थिइन्, लास बनिसकेकी थिइन्, विल्कुल चिसो मासुको डल्लो .....प्यारी, मलाई तिम्रो हात देऊ ....‘कुलवन्तले आºनो हात इसरिया“को हातमाथि राखिदिइन्, त्यतिवेला दुवैको हात बरफभन्दा पनि चिसो भइसकेको थियो । यो उर्दू साहित्यका महान् कथाकार सआदत हसन मन्टोको बहुचर्चित कथा ‘ठन्दा गोस्त’ को सारांश हो । ठन्दा गोस्त मन्टोको त्यो कथा हो, जुन कथामाथि पाकिस्तानी सरकारले बन्देज लगायो । सरकारले उनीमाथि कथामार्फत अश्लीलता थोपरेको आरोप लगाएर मुद्दा चलायो । मजिस्ट्रेटको अगाडि बयान दिने क्रममा उनले भने, ‘लुटपाट गर्नुमा अलिकति पनि लज्जा महसुस नगरेका कथाका पात्र इसरसिंह यौनतृप्तिका लागि जब चिसो भइसकेको लासतर्फ झुके उनको पुरुषत्व ‘छु¬मन्तर’ भयो । यो अश्लील कथा होइन, मानवीयताको पाठ हो ।’ यो बयानपछि मजिस्ट्रेटले लेखकको बयान नै अपराधीलाई सजाय दिन काफी छ भन्दै मन्टोलाई तीन महिनाको कठोर जेल सजाय सुनाए । तर, पछि उच्च न्यायालयमा दिएको अपिलपछि उनले माफी पाए । हिन्दी साहित्यकार कमलेश्वरले विश्वकै महान् साहित्यकारको सूचीमा राखेका मन्टोको ठन्दा गोस्त मात्र होइन उनले लेखेका ‘टोबा टेकसिंह,’ ‘खोल दो’ र ‘धुवा“’ माथि पनि प्रतिबन्ध लाग्यो । मन्टोले सेक्सको सूक्ष्म पक्षलाई कुनै न कुनै तरिकाले स्थान दिएका कथा हुन्– खुसिया, धुवा, ब्लाउज, काली सलवार, बू, नंगी आवाजें र ठन्डा गोस्त । समाज र व्यवस्थाविरुद्ध क्रोध र क्षोभ प्रकट गरेका उनका कथा हुन्, ¬टोबा टेकसिंह, टिथवालका कुत्ता, नया“ कानुन, सहिद साज, हटक, स्वराज्यके लिए, ममी, खोल दो र नारा । त्यसो त उनले बाबु गोपीनाथ, मन्त्र, मैडम, डिकास्टा, प्रगतिशील, डर्पोक र खुद्कुशीजस्ता मानव चरित्रको विविध पक्षलाई उद्घाटित गरेका कथा पनि नलेखेका होइनन् । उनले लघुकथा, चलचित्रका स्कृप्ट र पटकथा, नाटकसमेत लेखेका छन् । लुधियानामा जन्मिएका उनी भारतको विभाजनपछि पाकिस्तानको लाहौरमा गई बस्न थाले । उनी मेट्रिक परीक्षामा तीनपटकसम्म असफल भए, जब उत्तीर्ण भए त्यो पनि तेस्रो श्रेणीमा । उनीमाथि धेरैपटक अश्लील साहित्य सिर्जना गरेको आरोप लाग्यो, तर उनले त्यस्तै रचना रच्दै गए । राज्यले जब उनीमाथि मुद्दा चलायो, उनले कलाकारितामार्फत व्यवस्थाको झुट र अन्यायको पर्दाफास गरे । उनी भन्थे, ‘¬कथा मेरो दिमागमा होइन, खल्तीमा हुन्छ, जसको बारे मलाई केही थाहा हु“दैन ।’ त्यसैले उनी आफ“ै भन्थे¬, ‘म कथाकार होइन, पकेटमारा हु“ ।’ आºनो जीवनको अन्तिम दिनमा लगातार तीन सातासम्म लाहौरको एक प्रकाशनगृहका लागि उनले प्रत्येकदिन एउटा कथा लेखे, त्यो पनि एक बोत्तल रक्सीको मूल्यमा । यस्तो कथा उनले २० वटा लेखे । उनको साहित्यिक यात्रा रुसी साहित्यको अनुवादबाट सुरु भएको थियो । पछि भिक्टर ह्युगो र समरसेट मामबाट प्रभावित भए । उनको पहिलो मौलिक कथा ‘तमासा’ हो, जुन उनले जलियाँवालाबागको रक्तपातपूर्ण घटनाबाट प्रभावित भएर लेखेका थिए । पछि अलिगढ विश्वविद्यालयमा पढ्दै गर्दा उनको सम्पर्क अली सरदार जाफरीस“ग भयो । उनको संगतबाट मन्टो पनि प्रगतिशील साहित्यिक आन्दोलनमा लागे । यो प्रभाव उनको पछिल्लो रचनासम्म पनि पाइन्छ । कवि, नाटककार तथा समालोचक नरेन्द्रमोहनका अनुसार मन्टो उर्दू साहित्यका सर्वाधिक महŒवपूर्ण, चर्चित र विवादास्पद लेखक हुन् । साहित्यिक क्षेत्रमा उनको जति चर्चा–परिचर्चा भयो अरू कसैको भएन । मनलाई झकझकाइदिने, उकुसमुकुस पैदा गर्ने शक्ति उनको कथाको खास विशेषता हो । ४२ वर्षको छोटो आयुमा उनी १९ वर्ष साहित्यिक क्षेत्रमा लागे र कुल २३० कथा, ६७ रेडियो नाटक, २२ शब्दचित्र र ७० वटा लेख पारे । उनले आºनो चिहानमा लेख्ने वाक्यांश आफ“ैले तयार पारेका थिए । मर्नु ठीक ५ महिनाअघि उर्दू लिपिमा उनले लेखेका थिए, ‘यहा“ सआदत हसन मन्टो दफन है † उसके सिनेमें फने ¬अफसाना¬निगारीके सारे असरार व रमोज दफन है † वह अब भी मनों मिट्टीके नीचे सोच रहा है कि वह बडा अफसाना निगार है, या खुदा ! सन् १९५५ को जनवरी १८ को मध्यरात उनले आफू अस्वस्थ भएको महसुस गरे । खोकीले उनलाई च्याप्पै समाइसकेको थियो । खोक्दा रगत निस्कन सुरु भइसकेको थियो । उनले पत्नी साफियालाई उठाए । साफियाले घरका अरू सदस्यलाई । जीवनको अन्तिम समयमा उनको खल्तीमा मात्र साढे तीन रुपैया थियो । यो अवस्थामा पनि उनले सो पैसाबाट रक्सी किन्न पठाए । घरका सदस्यले पनि यो नै उनको अन्तिम इच्छा होला भन्ठानेर इच्छा पूरा गरिदिए । त्यस्तो वेलामा पनि उनले दुई पेग रक्सी हाल्न लगाए । तर, एक थोपा रक्सी मात्रै निल्न भ्याए । अरू सबै बाहिर पोखियो । एम्बुलेन्स आइपुग्यो । अस्पताल पुग्नेबित्तिकै डाक्टरले उनको नाडी छामे, नाडी चल्न छाडिसकेको थियो । उनी बीच बाटोमै दिवंगत भइसकेका रहेछन् । उनको लासलाई लाहौरकै मियासाहेब चिहानमा लगेर गाडियो । मन्टो र साफियाका तीन छोरी थिए–निगहत, नजहत र नुसरत ।
No comments:
Post a Comment