Sunday, April 7, 2013

के मतदाता र कार्यकर्ताहरु चुनाबको लागि तयार छन् त ? साझा सवाल


तीन महिनाभित्र चुनाव गर्ने भनेर चुनावी सरकार बनाएको तीन हप्ता वितिसक्यो तर अहिलेसम्म चुनावको प्रक्रिया त के चुनावको मिति समेत घोषणा हुन सकेको छैन ।
प्रमुख राजनीतिक दलका नेताहरूले आउँदो असारभित्र चुनाव गर्ने भनी तत्कालीन प्रधानन्यायाधीसको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । अव भने तिनै दलमध्येका केही नेताहरूले मंसीरसम्म भएपनि चुनाव गर्नुपर्ने भनिरहेका छन् ।
नेताहरूले राजधानीमा चुनावको बारेमा कुरा गरिरहदाँ मतदाताहरू के सोचिरहेका छन् त? चुनावका बारेमा सर्वसाधारणको मत बुझ्न साझा सवाल टोली मध्यपश्चिमको सल्यान, दाङ र बाँके पुगेको छ ।
यो साझा सवालमा सल्यानको खलङ्गा, दाङको तुल्सीपुर र बाँकेको नेपालगञ्जका मतदातासहित नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँगको छलफल समेटिएको छ ।

No comments:

Post a Comment