काठमाडौं, चैत्र २३ – हालै निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचन तर्फ एक प्रतिशत भन्दा कम मत ल्याउने राजनीतिक दलले समानुपातिक सिट नपाउने भनी गरेको प्रस्ताव प्रति ताम्सालिङ नेपाल राष्ट्रिय दलले गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ ।
दलको विज्ञप्तिमा “अब हुने निर्वाचन संविधान सभाकै निर्वाचन हुने र सिद्धान्ततः संविधान निर्माणमा सबै तहका लिङ्ग, क्षेत्र, समुदाय र जनताको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने भएकोले एक प्रतिशत मतको सीमा राख्दा संविधानसभा समानुपातिक र समावेशी हुन नसक्ने देखिएकोले निर्वाचन आयोगको प्रस्तावप्रति दलको असहमति भएको” बताइएको छ ।
No comments:
Post a Comment