Monday, April 8, 2013

छोरा बोकेर दाहाल बेइजिङ तिर, सिर्जना नआए नातिलाई डेढ करोड


काठमाडौं, चैत्र २६ । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री पदबाट हटेको ठीक एक महिनापछि अध्यक्ष पुष्पकमल दाहाल चीनको राजधानी बेइजिङ टेक्दैछन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एमाओवादी अध्यक्ष दाहाल आगामी वैशाख १ गते छोरा प्रकाशलाई लिएर बेइजिङ प्रस्थान गर्न लागेका हुन्।

चुनावको मुखमा दक्षिण एसियाका नेताहरूमध्ये ग्रेटहलमा पहिलो भेट पाउने दाहाल यतिबेला न त सत्तामा छन्, न त प्रतिपक्षमै। तैपनि महत्वका साथ विश्वको दोस्रो शक्तिशाली व्यक्ति चिनियाँ राष्ट्रपति सि जिनपिङले दाहाललाई दिएको भेटले अर्को छिमेकी मुलुक भारतका लागि मात्र नभएर देशभित्रका कांग्रेस र एमालेका नेताहरूलाई पनि शान्ति मिल्ने अवस्था छैन। कतिपयले भारतको खुफिया एजेन्सीको सल्लाहविना उनी चीन भ्रमण गएका हुन् भने त्यसको परिणाम एमाओवादीले आगामी चुनावमा चुकाउनुपर्ने अनुमान पनि गरेका छन् भने अर्काथरीले पार्टीका सिनियर नेतालाई नलिई चीन जानु उनको चुनावी साधनस्रोत जुटाउने गोप्य रणनीतिका रूपमा पनि हल्का व्याख्या गर्न थालेका छन्।
बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले अध्यक्ष दाहाललाई ग्रेटहलमा ‘दर्शनभेट’ दिने दाबी एमाओवादीले गरेको छ। नेपालको राष्ट्रप्रमुख या सरकार प्रमख पदमा नरहेको व्यक्तिले चिनियाँ राष्ट्रपतिसँग भेट गर्न त्यति सजिलो छैन। निवर्तमान प्रधानमन्त्री भट्टराईले चिनियाँ राष्ट्रपतिसँग ‘दर्शनभेट’ पाउने अवस्था नरहेपछि चीन भ्रमण गर्न सकेका थिएनन्। राष्ट्रपतिसँग भेट्ने साइत आगामी असारमा मात्र जुरेको भन्दै फागुनको पहिलो साता चिनियाँ दूतावासले भट्टराईलाई पत्राचार गरेको थियो।
समाचार स्रोतका अनुसार मधेसवादी दलहरूसँगको चारबुँदे सम्झौता र भारतसँग गरिएको बिप्पा सम्झौतापछि तत्कालीन प्रधानमन्त्री भट्टराई चीनको ‘कालोसूचीमा’ परेका थिए। प्रधानमन्त्री भट्टराईसँगै अध्यक्ष दाहाल पनि शंकाको घेरामा थिए। तर कसरी कुरा मिलाएर उनी चीन भ्रमण जान लागे? भन्ने स्पष्ट छैन। चीन भ्रमणमा उनले आफ्नो पार्टीका कुनै पनि नेतालाई नलैजाने भएका छन्। गोपनीयताको सवाल भएकाले निजी सहायकको रूपमा छोरा प्रकाश जानेछन्। श्रीमती सीता र छोरा प्रकाशसहित तीनजनाको आवत–जावत टिकट खर्च र बसोवासको व्यवस्था चीन सरकारले नै मिलाइदिएको बुझिएको छ। चीनले भ्रमणको निम्ता दिएपछि दाहालले आफ्नो छोरा प्रकाशमाथि गरिएको बहुविवाहको कारबाही फिर्ता लिएका छन्। पदाधिकारी बैठक बोलाएरै दाहालले छोरामाथिको कारबाही फिर्ता लिएका हुन्।

सिर्जना नआए नातिलाई डेढ करोड
काठमाडौं। अर्काकी श्रीमती बिना मगर लिएर नौ महिनाअघि घरबाट बेपत्ता भएका पुष्पकमल दाहालका छोरा प्रकाश तीन सातादेखि लाजिम्पाटस्थित आफ्नै घरमा बस्न थालेका छन्। उनकी माइली दिदी रेणुका दाहालको विशेष पहलमा प्रकाश भगाएर लगेकी तेस्री श्रीमती बिना मगरलाई अन्यत्रै राखेर आमाबाबुसँगै बस्न थालेका हुन्। दोस्री श्रीमती सिर्जना भने कास्कीस्थित हेम्जा माइतीमै बस्दै आएकी छन्।
प्रकाशकी आमा सीता बाहुनी र आफैंले मागेर बिहे गरिदिएकाले सकेसम्म सिर्जनालाई नै फिर्ता ल्याउनुपर्ने पक्षमा छन् भने सिर्जना चाहिँ उचित अंश पाए कहिल्यै नफर्किने सोचमा रहेको पारिवारिक स्रोतले बताएको छ। ‘टुटेको सम्बन्ध अब जोडिदैन होला’ सिर्जनाले आफ्ना सहपाठीसँग भन्ने गरेककी छन्, ‘हरेक साँझ रक्सीले उन्मत्त भएर आउने र नमात्तिएकै बेलामा पनि मानवीय स्वभाव नदेखाउने भएकाले प्रकाशसँग बस्न सक्दिनँ।’ एमाओवादी अध्यक्ष दाहाल भने बुहारी सिर्जना घर नफर्किने नै हो भने नातिका नाममा डेढ करोडसम्मको सम्पत्ति दिएर प्रकाशको अर्को विवाह गरिदिने सोचमा पुगेको स्रोतले बताएको छ।
यता, नौ महिनासम्म बिनासँग मस्ती मारेर आएका प्रकाश ‘उनीसँग सँगै बसिएको मात्र हो, विवाह भएको छैन’ भन्न थालेका छन्। हुन पनि यतिबेला बिना बहिनी र आमासँग अलग्गै बस्दै आएकी छन्। करिब नौ महिनाको बीचमा आमा सीताले पठाएको २० लाख रुपैयाँ सकेपछि प्रकाश काठमाडौं फर्किएको समाचार स्रोतले बताएको छ।
बिनासँग तेस्रो विवाह गरेपछि नौ महिनाअघि प्रकाशलाई बाबु दाहालकै प्रस्तावमा कारबाही गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको थियो। प्रकाशको पहिलो श्रीमती प्रभासँग डिभोर्स भइसकेको छ। उनी एमाओवादी महासचिव पोष्टबहादुर बोगटीकी छोरी हुन्। प्रभा अहिले हिमालय टेलिभिजनमा कार्यरत छिन्। प्रकाशकी तेस्री श्रीमती बिनाको भने निलम्बन फुकुवा गरिएको छैन। पार्टीको वैशाख पहिलो साता बस्ने बैठकले बिनामाथिको कारबाही पनि फुकुवा गर्ने बताइएको छ।

No comments:

Post a Comment