Monday, April 8, 2013

प्रचण्ड र बाबुरामले चुनाव लडन नपाउने भएपछि कानुन परिवर्तन


काठमाडौं, चैत्र २६ । एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामले समानुपातिक निर्वाचन प्रणलीका बारेमा बढि चासो लिनुको रहस्य खुल्न थालेको छ ।

सो पार्टीका धेरै नेताहरुको सार्बजनिक मुद्धा रहेको र प्रत्यक्ष निर्वाचनबाट जित्ने संभाबना नभएकाले त्यसरी समानुपातिकमा ज्यान फालिएको बताइएको छ ।
निर्वाचन आयोगले यसैसाता तयार पारेको संविधानसभा चुनावसम्बन्धी अध्यादेशको दफा २३ (ख) मा उम्मेदबारले आफ्नो मनोनयत्र पेशगर्दा निजउपर सरकारवादी हुने मुद्दा कुनै अदालत या निकायमा मुद्धा नचलेको विवरण पेश गरिनुपर्ने नयाँ प्रावधान राखिएको ५ । अभियोग पूरा गरेको वा मुद्दा फिर्ता लिएकाले यसअघि निर्वाचनमा भाग लिन नपाउने भएपछि अब उनीहरुको इच्दा मुताविक कानुन नै परिवर्तन समेत भएको छ ।
यो प्रावधान स्वीकृत भएमा प्रचण्ड र बाबुराम स्वयंले उमेदबार बन्न नपाउने जानकारहरुको भनाई छ। पाटन पुनरावेदन अदालतमा बाबुराम र प्रचण्डसहित ५८६ जनाविरुद्ध फौजदारी मुद्दा रहेको बिबरण फेरी फेलापरेको छ। सिन्धुलीको भिमान प्रहरी चौकीमाथि आक्रमण गरी ४९ जना विभिन्नतहका प्रहरी कर्मचारीको हत्यागरेको र ५ लाख २२ हजार रुपैयाँको क्षति पुर्‍याइएको आरोपसहित पुनरावेदन अदालतमा यो मुद्दा चलेपछि तत्कालीन न्यायाधीश मिनेन्द्रबहादुर कार्की र केशरमान पतीले हेरेको यो मुद्दा यस अघिको सरकारले पनि फिर्ता लिएको देखिंदैन।
एमाओवादी नेता प्रचण्ड र बाबुरामलगायत प्राय सबै केन्द्रीय नेताहरुका नाममा देशैभरि अदालत या प्रहरी कार्यालयमा कुनै न कुनै फौजदारी मुद्दाहरुको रेकर्ड रहेको छ ।

No comments:

Post a Comment