Sunday, April 7, 2013

२००७ सालयता को–को छिरे सिंहदरबार ?


 नेपालमा प्रजातन्त्र उदय भएपछि बनेका सरकार र त्यसका सदस्यहरू
नेपालबाट जहानियाँ राणशासन अत्यपछि प्रधानमन्त्री र मन्त्री बन्नेहरूको बाढी नै लागेको छ । २००७ सालयता राजा र राजनीतिक दल, पञ्चायत, राजनीतिक दल, राजा हुँदै अहिले फेरि राजनीनिक दलका नेताहरूले नै मुलुकको नेतृत्व गरिरहेका छन् । यसबीचमा पटकपटक मन्त्रिपरिषद् हेरफेर हुनुका साथै शासन व्यवस्थान नै फेरिएको छ । तर, प्रधानमन्त्री, मन्त्री बन्नेहरूमा बढी तिनै पुरानै अनुहार रहने गरेका छन् ।
२००७ देखि ०१७ सालसम्म अर्थात् नौ वर्षको अवधिमा राजा र तत्कालीन राजनीतिक दलको नेतृत्वमा आठवटा मिलिजुली सरकार बनेका थिए । तर, ती सरकारले भने धेरै मन्त्री बनाएका थिएनन् र जिम्मेवारी पनि हेरफेर गरिएको थिएन । त्यति बेला ८९ जना मन्त्री बनेका थिए ।
त्यस्तै, ०१७ साल देखि ०४७ सालसम्मको अवधिमा पाँच सय १७ जना मन्त्री बनेका छन् । तीस वर्षको अवधिमा चालीसपटक मन्त्रिमण्डल हेरफेर तथा पुनर्गठन भएको छ । तर, ती सबै सरकारको नेतृत्वमा कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, तुलसी गिरी, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्द र नगेन्द्रप्रसाद रिजाल रहेका थिए । तत्कालीन पञ्चायतले सरकारमा रहेको मन्त्रिमण्डल हेरफेर गरे पनि प्रधानमन्त्री भने विष्ट, थापा, गिरी, सिंह, चन्द र रिजाललाई पालैपालो बनाएका थिए । त्यस्तै मन्त्रीहरू पनि प्राय: पुरानै अनुहारलाई बनाएका थिए ।
त्यस्तै प्रजातन्त्र बहालीपछिको २२ वर्षे अवधि (०४७ देखि ०६९)को अधिकांश समयमा धेरै मन्त्री उत्पादन भएका छन् । २२ वर्षको अवधिमा २० वटा सरकार बनेको देखिन्छ भने यो अवधिमा एकचोटि पनि मन्त्री नभएका नेताहरू विरलै भेटिन्छन् ठूला राजनीतिक दलहरूमा । ०४७ देखि ०६९ सालसम्म ६ सय ८७ मन्त्री भएका छन् । जसमा चार सय २३ क्याबिनेटस्तरका मन्त्री भएका छन् । एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भएका छन् । ०४७ यता मन्त्री हुनेमा सबैभन्दा धेरै नेपाली काङ्ग्रेसका छन् । काङ्ग्रेसबाट मात्र दुई सयभन्दा बढी नेता मन्त्री भएका छन् । त्यस्तै एमालेबाट ८६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् ।
प्रजातन्त्र पुनस्र्थापना भएयता १० प्रधानमन्त्री र १५ उपप्रधानमन्त्री भए । काङ्ग्रेससले मात्र दशवटा सरकारको नेतृत्व गर्‍यो । सबैभन्दा बढी प्रधानमन्त्री भएजस्तै धेरैपटक मन्त्री हुने नेता पनि काङ्ग्रेसकै छन् भने ०४७ सालमा भट्टराई नेतृत्वको सरकारबाट सत्ता राजनीतिमा प्रवेश गरेको एमाले त्यसयता १३ वटा सरकारमा सहभागी भएको छ । एमालेको केन्द्रीय तहमा रहेका अधिकांश नेता मन्त्री बनेका छन् । ०६२/०६३ को जनआन्दोलनपछि सत्ता राजनीतिको केन्द्रमा पुगेको माओवादीले पाँच वर्षको अवधिमा दुईवटा सरकारको नेतृत्व गर्‍यो । २८ चैत ०६४ को संविधानसभा निर्वाचनपछि माओवादीका अध्यक्षसमेत रहेका दाहालले सरकारको नेतृत्व गरे । पछिल्लो समय मधेसी दलहरूको मन्त्री बन्ने क्रम ह्वात्तै बढेको छ । सत्ताको बार्गेनिङमा पोख्त मधेसी दलहरूले जुनसुकै सरकारमा पनि ठूलै हिस्सा ओगट्ने गरेका छन् ।
सातसालदेखि हालसम्म प्रधानमन्त्री र मन्त्रीका रूपमा देशको शासन सञ्चालनको केन्द्र सिंहदरवार प्रवेश गर्न को–को सफल भए भन्ने कुतूहल सबैमा जागेको हुनसक्छ । यही जिज्ञासा मेटाउने ध्येयका साथ ०७ सालयताका विभिन्न कालखण्डमा प्रधानमन्त्री र मन्त्री बन्नेहरूको नामावली प्रस्तुत गरिएको छ ।

२००७ साल फागुन ७
राणा–काङ्ग्रेस मन्त्रिमण्डल
प्रधानमन्त्री : श्री ३ महाराज मोहनसमशेर जबरा
मन्त्रीहरू : बबरशमशेर जबरा, विश्वेश्वरप्रसाद कोेइराला, सुवर्णशमशेर जबरा, चूडाराजशमशेर जबरा, गणेशमान सिंह, नृपजंग राणा, भद्रकाली मिश्र, यज्ञबहादुर बस्न्यात, भरतमणि शर्मा, सिंहशमशेर जबरा, सूर्यप्रसाद उपाध्याय

२००८ मङ्सिर १
प्रधानमन्त्री : मात्रिकाप्रसाद कोइराला
मन्त्रीहरू : मेजर जनरल सुवर्णशमशेर जबरा, सूर्यप्रसाद उपाध्याय, भद्रकाली मिश्र, गणेशमान सिंह, जनरल केशरशमशेर जबरा, महेन्द्रविक्रम शाह, महावीरशमशेर जबरा, खड्गमान सिंह, मेजर जनरल शारदाशमशेर जबरा, नारदमुनि थुलुङ, भगवतीप्रसाद सिंह, कप्तान नरबहादुर गुरुङ, धर्मरत्न यामी

२००९ मा परामर्शदात्री मन्त्रीहरू
केशरशमशेर जबरा, महावीरशमशेर जबरा, खड्गमान सिंह, सुरेन्द्रबहादुर बस्नेत, काजी मणिकालनल, शारदाशमशेर जबरा

२०१० असार ४
प्रधानमन्त्री : मात्रिकाप्रसाद कोइराला
मन्त्रीहरू : मेजर जनरल महावीरशमशेर जबरा, नारदमुनि थुलुङ, त्रिपुरवरसिंह प्रधान, सूर्यनाथदास यादव, ज. केशरशमशेर जबरा, डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, भद्रकाली मिश्र

२०१२ माघ १३
प्रधानमन्त्री : टंकप्रसाद आचार्य
बालचन्द्र शर्मा, चूडाप्रसाद शर्मा, पशुपतिनाथ घोष, स. गुञ्जमान सिंह, सा. पुरेन्द्रविक्रम शाह, अनिरुद्रप्रसाद सिंह, अरुणशमशेर जबरा, किरणशमशेर जबरा, रंगनाथ शर्मा, नागेश्वर झा, सूर्यबहादुर भारद्वज, काशीराज उपाध्याय, पुष्करनाथ उप्रेती, देवमान आङदेम्बे, छिमानन्द महतो, रत्नप्रसाद खरेल, खगेन्द्रजंग गुरुङ

२०१४ साउन ११
प्रधानमन्त्री : कुँवर इन्द्रजित सिंह
मन्त्रीहरू : पुरेन्द्रविक्रम शाह, पर्शुरामभक्त माथेमा, सीबी शाह, डम्बरबहादुर सिंह, रामधीन महतो, जीवराज शर्मा, कुलबहादुर लिम्बू, भूपालमान सिंह, पद्मनरसिंह राणा, लक्ष्मीप्रसाद देवकोटा

२०१५ जेठ २
अध्यक्ष (प्रधानमन्त्री) सुर्वणशमशे जबरा
मन्त्रीहरू : रणधीर सुब्बा, डिल्लीरमण रेग्मी, चन्द्रभूषण पाण्डे, पुरेन्द्रविक्रम शाह, भूपालमानसिंह कार्की

२०१६ जेठ १३
प्रधानमन्त्री : विश्वेश्वरप्रसाद कोइराला
उपप्रधानमन्त्री : सुवर्णशमशेर जबरा
मन्त्रीहरू : गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, काशीनाथ गौतम, परशुनारायण चौधरी, शिवराज पन्त, प्रेमराज आङ्देम्बे, सूर्यनाथदास यादव, ललित चन्द, द्वारिकादेवी ठकुरानी, मीनबहादुर गुरुङ, जमानसिंह गुरुङ, योगेन्द्रमान शेरचन, नेवबहादुर मल्ल, डा. तुलसी गिरी, शिवपतिप्रताप शाह, जमानसिंह राई, होराप्रसाद जोशी, त्रिवेणीप्रसाद प्रधान

पञ्चायत कालपछि
२०१७ पुस १३
अध्यक्षता तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह
मन्त्रीहरू : डा. तुलसी गिरी, विश्वबन्धु थापा, ऋषिकेश शाह, सूर्यबहादुर थापा, अनिरुद्रप्रसाद सिंह
सहायकमन्त्री
नागेश्वरप्रकाश सिंह, खगेन्द्रजंग गुरुङ, काजीमान लिम्बू, भुवनलाल प्रधान

२०१८ मङ्सिर २९ गते नियुक्त थप मन्त्री
ललित चन्द, बेदानन्द झा, कीर्तिनिधि विष्ट

२०१९ असार १८ गते
डा. तुलसी गिरी, उपाध्यक्ष
मन्त्रीहरू : विश्वबन्धु थापा, ऋषिकेश शाह, सूर्यबहादुर थापा, अनिरुद्रप्रसाद सिंह, ललित चन्द, नागेश्वरप्रसाद सिंह, भुवनलाल प्रधान, कीर्तिनिधि विष्ट, बेदानन्द झा, नागेश्वरप्रसाद सिंह, खड्गबहादुर सिंह
सहायकमन्त्रीहरू : गिरिप्रसाद बुढाथोकी, खड्गबहादुर सिंह, काजीमान कन्दङ्वा, खगेन्द्रजंग गुरुङ, शैलेन्द्रकुमार उपाध्याय, पे्रमबहादुर शाक्य, दिलबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद रिजाल, शमशेरबहादुर तुम्बाहाम्फे, पुष्करनाथ उपे्रती, केदारमान व्यथित, राजेश्वर देवकोटा

२०२० फागुन १४
डा. तुलसी गिरी अध्यक्ष
सूर्यबहादुर थापा उपाध्यक्ष
मन्त्रीहरू : भुवनलाल प्रधान, नागेश्वरप्रसाद सिंह, कीर्तिनिधि विष्ट, बेदानन्दा झा, खड्कबहादुर सिंह
सहायकमन्त्रीहरू : शैलेन्द्रकुमार उपाध्याय, दिलबहादुर श्रेष्ठ, नगेन्द्र रिजाल, गिरिप्रसाद बुढाथोकी, शमशेरबहादुर तुम्बाहाम्फे, पुष्करनाथ उप्रेती, केदारमान व्यथित, राजेश्वर देवकोटा

२०२१ माघ १३
अध्यक्ष : सूर्यबहादुर थापा
उपाध्यक्ष : कीर्तिनिधि विष्ट
मन्त्री : भुवनलाल प्रधान, बेदानन्द झा, खड्गबहादुर सिंह, शैलेन्द्रकुमार उपाध्याय, गिरिप्रसाद बुढाथोकी, पुष्करनाथ उप्रेती, नगेन्द्रप्रसाद रिजाल, केदारमान व्यथित, शमशेरबहादुर तुम्बाहाम्फे, दिलबहादुर श्रेष्ठ, खड्गबहादुर सिंह

२०२२ माघ ८
उपाध्यक्ष : कीर्तिनिधि विष्ट
खड्गबहादुर सिंह, शैलेन्द्रकुमार उपाध्याय

२०२३ साउन १६
अध्यक्ष : सूर्यबहादुर थापा
उपाध्यक्ष : कीर्तिनिधि विष्ट
मन्त्री : बेदानन्द झा, गिरिप्रसाद बुढाथोकी, केदारमान व्यथित, नगेन्द्रप्रसाद रिजाल, त्रिवेणीप्रसाद प्रधान, राजेश्वर देवकोटा, सुरेन्द्रबहादुर बस्नेत, गेहेन्द्रबहादुर राजभण्डारी, रुद्रप्रसाद गिरी
सहायकमन्त्री : ज्ञनेन्द्रबहादुर कार्की, दयानिधि शर्मा, गुञ्जेश्वरीप्रसाद सिंह, जगतबहादुर सिंह, विष्णुकुमार तुम्बाहाम्फे, रुद्रप्रसाद गिरी, नरसिंहभक्त तुलाचन, नवराज सुवेदी, नेत्रविक्रम थापा, चन्द्रबहादुर पालुङवा, तेजेन्द्रबहादुर खड्का, विश्वनाथ अग्रवाल, वेदबहादुर पन्त, नरवीरजंग शाही, मोतीलाल राजभण्डारी, कर्णबहादुर राई, लोकप्रतापसिंह विष्ट, वासुदेव ढुंगाना, नेत्रविक्रम थापा, रवीन्द्रनाथ शर्मा, नैनबहादुर स्वाँर, सिंहध्वज खड्का

२०२५ चैत २५
प्रधानमन्त्री : कीर्तिनिधि विष्ट
मन्त्रीहरू : खड्गबहादुर सिंह, रुद्रप्रसाद गिरी, गिरिप्रसाद बुढाथोकी, गेहेन्द्रबहादुर राजभण्डारी, नवराज सुवेदी, वासुदेवप्रसाद ढुंगाना, शैलेन्द्रकुमार उपाध्याय, नरेन्द्रकुमार प्रधान, ज्ञानेन्द्रबहादुर कार्की, चतुर्भुजप्रसाद सिंह, शम्भुप्रसाद ज्ञवाली, रवीन्द्रनाथ शर्मा, प्रयागराजसिंह सुवाल, हरिबहादुर बस्नेत
राज्यमन्त्री
होमबहादुर श्रेष्ठ, गुञ्जेश्वरीप्रसाद सिंह, विन्देश्वरीप्रसाद सिंह, लालबहादुर खडायत, खड्गबहादुर गुरुङ, हरिश्चन्द्र महत, डिल्लीशेर राई, भक्तिमान देवान, दीपबहादुर खड्का, केशवचन्द्र गौतम, जोगमेहर श्रेष्ठ, विष्णुप्रसाद लोहनी, गणेशबहादुर गुरुङ, डम्बरबहादुर बस्नेत, जनकबहादुर शाह, कृष्णराज अर्याल, लोकप्रतापसिंह विष्ट, होमबहादुर श्रेष्ठ, कृष्णराज अर्याल, जनकबहादुर शाह, हरिश्चन्द्र महत, उपेन्द्रबहादुर कार्की, पीताम्बरध्वज खाती, भोजराज घिमिरे, गणेशबहादुर गुरुङ, पद्वसुन्दर लावती
सहायकमन्त्री
गणेशबहादुर गुरुङ, जनकबहादुर शाह, कृष्णराज अर्याल, हरिश्चन्द्र महत, कर्णबहादुर राई, युवराजजंग शाह, शंकरमानसिंह अधिकारी, भोजराज घिमिरे, डिल्लीशेर राई, रामेश्वरप्रसाद शाह, श्रीमती कमल शाह, प्रकाशबहादुर सिंह, नारायणदत्त भट्ट

२०३० साउन १ गते
प्रधानमन्त्री : नगेन्द्रप्रसाद रिजाल
मन्त्रीहरू : ज्ञानेन्द्रबहादुर कार्की, चतुर्भुजप्रसाद सिंह, प्रयाजराजसिंह सुवाल, हरिबहादुर बस्नेत, होमबहादुर श्रेष्ठ, कृष्णराज अर्याल, लालबहादुर खडायत, दामोदरशमशेर राणा
राज्यमन्त्रीहरू : नारायणदत्त भट्ट, भुवनमान सिंह, श्रीमती कमल शाह, राधाप्रसाद घिमिरे
सहायकमन्त्रीहरू : प्रकाशचन्द्र मुखिया, बहादुरसिंह एकवाल, दयाविक्रम शाह, आनन्दसिंह कठायत, श्रीमती सुशीला थापा, हरिनारायण रजौरिया, दयाविक्रम शाह, वीरेन्द्रबहादुर सिंह, बालाराम घर्तीमगर, भोलानाथ झा, ध्यानबहादुर राई, भीमप्रसाद गौचन, वीरेन्द्रबहादुर सिंह, हरिनारायण रजौरिया, देवभारीप्रसाद कलावर, लवरु राना थारू, हिरालाल विश्वकर्मा

२०३२ मङ्सिर १५
प्रधानमन्त्री : डा. तुलसी गिरी
मन्त्रीहरू : खड्गबहादुर सिंह, कृष्णराज अर्याल, जोगमेहर श्रेष्ठ, भोजराज घिमिरे, डा. भेषबहादुर थापा, पीताम्बरध्वज खाती, हरिबहादुर बस्नेत
राज्यमन्त्रीहरू : पद्मसुन्दर लावती, पशुपतिशमशेर जबरा, हरिश्चन्द्र महत, श्रीमती सुशीला थापा, बालाराम घर्तीमगर, भोलानाथ झा, डा. रामप्रसाद राजवाहक, भीमप्रसाद गौचन, मानबहादुर जबेगु, डा. हर्कबहादुर गुरुङ
सहायकमन्त्रीहरू :
डिल्लीशमेर राई, भीमप्रसाद गौचन, लवरु राना थारू, हिरालाल विश्वकर्मा, डम्बरबहादुर मल्ल, मरिचमान सिंह, शमशूल हक, गोपालचन्द्रसिंह राजवंशी

२०३४ भदौ २७
प्रधानमन्त्री : कीर्तिनिधि विष्ट
मन्त्रीहरूहरू : खड्गबहादुर सिंह, रवीन्द्रनाथ शर्मा, वीरबहादुर बस्नेत, होमबहादुर श्रेष्ठ, कृष्णराज अर्याल, दामोदरप्रसाद जबरा, डा. भेषबहादुर थापा, पीताम्बरध्वज खाती, केदारमान व्यथित, लालबहादुर खडायत, हरिश्चन्द्र महत, पद्मसुन्दर लावती, पशुपतिशमशेर जबरा, श्रीभद्र शर्मा, डीपी अधिकारी
राज्यमन्त्रीहरू : जनकबहादुर शाह, बालाराम घर्तीमगर, डा. हर्कबहादुर गुरुङ, पशुपतिशमशेर जबरा, प्रकाशबहादुर सिंह, श्रीभद्र शर्मा, डीपी अधिकारी, रामप्रसाद राजवाहक, मरिचमान सिंह, श्रीधरशमशेर जबरा, कृष्णप्रसाद पन्त, जगदीश झा
सहायकमन्त्री : हिरालाल विश्वकर्मा, डम्बरबहादुर मल्ल, मरिचमान सिंह, समशूल हक, गोपालचन्द्रसिंह राजवंशी, श्रीधरशमशेर जबरा, राजदेव गोइत, भीमबहादुर बुढाथोकी, ध्यानबहादुर राई, श्रीमती सरस्वती राई, ओमप्रकाश गौचन, मदनबहादुर प्रधान, रामानन्दप्रसाद यादव, दूतप्रसाद गुरुङ, माधवप्रसाद कँडेल, शालिग्राम चौधरी, मकेश्वर सिंह

२०३६ जेठ १६
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्रीहरू : जोगमेहर श्रेष्ठ, नेत्रविक्रम थापा, बालाराम घर्तीमगर, हरिनारायण रजौरिया, मरिचमान सिंह, केबी शाही, नैनबहादुर स्वाँर, नवराज सुवेदी, हरिश्चन्द्र महत, हेमबहादुर मल्ल, विजयप्रकाश थेबे, मकेश्वरप्रसाद सिंह, रामानन्दप्रसाद यादव, नवराज सुवेदी, लालबहादुर खडायत, काशीनाथ गौतम, नारायणदत्त भट्ट, यादवप्रसाद पन्त, बखानसिंह गुरुङ, पद्मबहादुर खत्री
राज्यमन्त्रीहरू : डम्बरबहादुर बस्नेत, वीरेन्द्रबहादुर सिंह, डम्बरबहादुर मल्ल, हेमबहादुर मल्ल, डम्बरनारायण यादव, डा. रामप्रसाद राजवाहक, डा. यादवप्रकाश पन्त, हरिबहादुर थापा क्षेत्री, भीमप्रसाद गौचन, द्रोणशमशेर जबरा, सुश्री भद्रकुमारी घले, फत्तेसिंह थारू, विष्णु मादेन, तेजेन्द्रकुमार खड्का, ध्यानबहादुर राई, राघदेवप्रताप शाह, कृष्णचरण श्रेष्ठ, दीपक बोहरा, केशरबहादुर विष्ट, देवनारायण यादव, अर्जुननरसिंह केसी
सहायकमन्त्रीहरू : डिल्लीशेर राई, ओमकारप्रकाश गौचन, मदनबहादुर प्रधान, आङदण्डी लामा, कर्णबहादुर सिंह, शत्रुघ्नप्रकाशसिंह यादव, काशीनाथ जोशी, श्रीप्रसाद बुढाथोकी, जीतबहादुर नेपाली, नरबहादुर गुरुङ, शम्भुलाल श्रेष्ठ, राजबहादुर शाह, हरिहरप्रसाद यादव, सन्तकुमार चौधरी, श्रीमती कल्पना विष्ट, जयप्रकाश गुप्ता, भीमप्रकाश गौचन, मदनबहादुर प्रधान, राजबहादुर शाह, पूर्णबहादुर गुरुङ, ध्यानबहादुर राई, नरबहादुर गुरुङ, नारायण मल्ल, मोतीप्रसाद पहाडी, दीपबहादुर सिंह, सोमनाथ बास्तोला, राघवेन्द्रप्रताप शाह, कृष्णचरण श्रेष्ठ, बद्रीप्रसाद मण्डल, दीपक बोहरा, केशरबहादुर विष्ट, तिलकबहादुर नेगी लामा
सहायकमन्त्री : सोमनाथ बास्तोला, सूरवीर शाही, कृष्णप्रसाद उप्रेती, गोविन्दमानसिंह अधिकारी, रेगबहादुर सुवेदी, छिरिङतेन्जिङ लामा, उपेन्द्र दैवज्ञ, केशरबहादुर शाह, गगनजंगबहादुर सिंह, गणेशदत्त लेखक, गणेश शेरचन, गोपालजीजंग शाह, चन्द्रदेव चौधरी, तुलसी सुब्बा, पेमाछिरिङ गुरुङ, बुद्धिमान तामाङ, यदुप्रसाद भट्ट, लालसिंह गुरुङ, शेख शेरजुल

२०४० असार २९
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
मन्त्रीहरू : जोगमेहर श्रेष्ठ, पद्मसुन्दर लावती, पशुपतिशमशेर जबरा, हेमबहादुर मल्ल, नारायणदत्त भट्ट, बखानसिंह गुरुङ, पद्मबहादुर खत्री, डम्बरनारायण यादव, रुद्रप्रसाद गिरी, हरिशनन्द महत्त, हेमबहादुर मल्ल, पद्मबहादुर खत्री, डम्बरनारायण यादव, प्रकाशचन्द्र लोहनी, परशुनारायण चौधरी, रुद्रप्रसाद गिरी, रणधीर सुब्बा
राज्यमन्त्री : फत्तेसिंह थारू, विष्णु मादेन, दीपक बोहरा, श्रीप्रसाद बुढाथोकी, सूरवीर शाही, टंकबहादुर विष्ट, श्रीमती विद्यादेवी देवकोटा, केदार राई, निरञ्जन थापा, भोलामानसिंह थापा, मुकुन्दबहादुर बस्नेत, लवरराना थारू, हिरालाल विश्वकर्मा, बद्रीप्रसाद मण्डल, राधेश्याम कमारो, लीलाराज विष्ट, केदार राई, निरञ्जन थापा, रामध्यान राय, नरबहादुर हिराचन, मोहनलालप्रसाद चौधरी, श्रीप्रसाद बुढाथोकी
सहायकमन्त्रीहरू : श्रीमती विद्यादेवी देवकोटा, केदार राई, निरञ्जन थापा, मुकुन्दबहादुर बस्नेत, नरबहादुर हिराचन, मोहनलालप्रसाद चौधरी, सत्यमान लामा, दमनध्वज चन्द

२०४२ चैत ८
प्रधानमन्त्री : नगेन्द्रप्रसाद रिजाल
मन्त्रीहरू : वेदानन्द झा, रुद्रप्रसाद गिरी, कृष्णराज अर्याल, डीपी अधिकारी, रणधीर सुब्बा
राज्यमन्त्रीहरू : लीलाराज भट्ट, अच्युत रेग्मी, नरेन्द्रनाथ बास्तोला, भरतबहादुर प्रधान

२०४३ असार २
प्रधानमन्त्री : मरिचमानसिंह श्रेष्ठ
मन्त्रीहरू : शैलेन्द्रकुमार उपाध्याय, हरिबहादुर बस्नेत, पशुपतिशमशेर जबरा, हरिनारायण रजैरिया, हेमबहादुर मल्ल, विजयप्रकाश थेबे, यादवप्रकाश मल्ल, पर्शुनारायण चौधरी, गुञ्जेश्वरीप्रसाद सिंह, दिलबहादुर श्रेष्ठ, पद्मसुन्दर लावती, बालाराम धर्तीमगर, यादवप्रकाश पन्त, डा. प्रकाशचन्द्र लोहनी, श्रीमती सुशीला थापा, केशरबहादुर विष्ट, भरतबहादुर प्रधान, डा. मोहम्मद मोहसिन, रवीन्द्रनाथ शर्मा, प्रकाशबहादुर सिंह, कृष्णचरण श्रेष्ठ, दीपक बोहरा, बद्रीप्रसाद मण्डल, लीलाराज विष्ट, प्रकाशबहादुर सिंह, भरतबहादुर प्रधान, हरिबहादुर बस्नेत, फत्तेसिंह थारू, रमेशनाथ पाण्डे, गुञ्जेश्वरीप्रसाद सिंह, शैलेन्द्रकुमार उपाध्याय
राज्यमन्त्रीहरू : प्रकाशबहादुर सिंह, केशरबहादुर विष्ट, भरतबहादुर प्रधान, रमेशनाथ पाण्डे, कृष्णचरण श्रेष्ठ, बद्रीप्रसाद मण्डल, गगनजंगबहादुर सिंह, बुद्धिमान तामाङ, निरञ्जन थापा, जयप्रकाश, जीतसिंह खड्का, ओमकारप्रकाश गौचन, नरबहादुर बुढाथेकी, शरत्सिंह भण्डारी, कमल थापा, निरञ्जन थापा, लक्ष्यबहादुर गुरुङ
सहायकमन्त्रीहरू : नरबहादुर बुढाथोकी, चन्दा शाह, कृष्णकुमार राई, कृष्णकुमार भण्डारी, शरत्सिंह भण्डारी, आङछिरिङ लामा, उत्तमबहादुर पुन, केशरकुमार बुढाथोकी, गणेशप्रसाद भट्ट, जनकबहादुर शाह, प्रेमबहादुर शाही, विश्वेरप्रसाद मरवैता यादव, क्षेत्रप्रताप अधिकारी, क्षेत्रबहादुर गुरुङ, तेजविक्रम शाह, धर्मबहादुर गुरुङ, पर्शुराम खापुङ, विमलमान सिंह, बेनुपराज प्रसाईं, मृगेन्द्रकुमारसिंह यादव

२०४६ चैत २४
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
नैनबहादुर स्वाँर, पशुपतिशमशेर जबरा, अच्युतराज रेग्मी

०४७ सालयता गठन गरिएका मन्त्रिपरिषद्का सदस्यहरू

६ वैशाख २०४७
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई
मन्त्रीहरू : सहाना प्रधान, झलनाथ खनाल, केशरजंग रायमाझी, अच्युतराज रेग्मी, महेन्द्रनारायण निधि, योगप्रसाद उपाध्याय, मार्शलजुलुम शाक्य, नीलामबर आचार्य, देवेन्द्रराज पाण्डे, मथुराप्रसाद श्रेष्ठ

१५ जेठ २०४८
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
मन्त्रीहरू : वासुदेव रिजाल, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, बलबहादुर राई, जगन्नाथ आचार्य, रामहरि जोशी, शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महेश्वरप्रसाद सिंह, खुमबहादुर खड्का, गोविन्दराज जोशी, शेख इद्रिश
राज्यमन्त्रीहरू : डा. रामवरण यादव, महेश आचार्य, ऐश्वर्यलाल प्रधानाङ्ग, रामकृष्ण ताम्राकार, वीरमणि ढकाल, विजयकुमार गच्छदार, लक्ष्मणप्रसाद घिमिरे
सहायकमन्त्रीहरू : सिद्धराज ओझा, दिनबन्धु अर्याल, शिवराज जोशी, सुरेन्द्रप्रताप चौधरी, हस्तबहादुर मल्ल, दिलेन्द्रप्रसाद बडू, दिवकरमान शेरचन

१४ मङ्सिर २०५१
प्रधानमत्री : मनमोहन अधिकारी
उपप्रधानमन्त्री : माधवकुमार नेपाल
मन्त्रीहरू : केपी शर्मा ओली, सीपी मैनाली, भरतमोहन अधिकारी, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, पद्मरत्न तुलाधर
राज्यमन्त्रीहरू : अशोक राई, सलिम मिया अन्सारी, प्रेमसिंह धामी, सुवासचन्द्र नेम्वाङ, भीमबहादुर रावल, हरिप्रसाद पाण्डे

२७ भदौ २०५२
प्रधानमन्त्री : शेरबहादुर देउवा
मन्त्रीहरू : बलबहादुर राई, शेख इद्रिश, ढुण्डीराज शास्त्री, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, डा. रामशरण महत, विजयकुमार गच्छदार, अजुननरसिंह केसी, भीमबहादुर तामाङ, लीला कोइराला, बलबहादुर केसी, विमलेन्द्र निधि, प्रकाशमान सिंह, नरहरि आचार्य, रामकृष्ण आचार्य, शरत्सिंह भण्डारी, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, बालाराम घर्तीमगर, बुद्धिमान तामाङ, फत्तेसिंह थारू, कमल थापा, गजेन्द्रनारायण सिंह, मोतीप्रसाद पण्डित, पद्मसुन्दर लावती
राज्यमन्त्रीहरू : शान्तिशमशेर राणा, प्रेमबहादुर भण्डारी, महेन्द्र राय, राजीव पराजुली, चिनकाजी श्रेष्ठ, गोपालजीजंग शाह, हस्तबहादुर मल्ल, दीपक बास्कोटा, छविप्रसाद देवकोटा, पाल्तेन गुरुङ, अनिश अन्सारी, विष्णुविक्रम थापा, भक्तबहादुर रोकाया, शरत्सिंह भण्डारी, मोतीप्रसाद पहाडी, सर्वेन्द्रनाथ शुक्ल, खोवारी राय
सहायकमन्त्री : गणेशबहादुर खड्का, दुर्योधन चौधरी, रामचन्द्र कुसवाह, सुरेशचन्द्रदास यादव, मीनबहादुर खत्री, मिर्जादिल शाह वेग, ज्योतेन्द्रमोहन चौधरी, नरेशबहादुर सिंह

२९ फागुन २०५३
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
उपप्र्रधानमन्त्री : वामदेव गौतम
मन्त्रीहरू : सहाना प्रधान, झलनाथ खनाल, अमृत बोहोरा, भरतमोहन अधिकारी, राधाकृण मैनाली, सिद्धिलाल सिंह, मकुन्द न्यौपाने, अशोककुमार राई, केशवप्रसाद बडाल, विष्णुप्रसाद पौडेल, सलिममिया अन्सारी, भीमबहादुर कठायात, देवीप्रसाद ओझा, विद्यादेवी भण्डारी, रवीन्द्रनाथ शर्मा, प्रकाशचन्द्र लोहनी, कमल थापा, बुद्धिमान तामाङ, प्रेमबहादुर सिंह, रामकृष्ण आचार्य, गजेन्द्रनारायण सिंह, रामेश्वर राय, सर्वेन्दनाथ शुक्ल, बालाराम घर्तीमगर, डा. भरतकुमार प्रधान, रामेश्वर राय यादव, मिर्जा दिल शाह, मोती पहाडी
राज्यमन्त्री : रकम चेम्जोङ, तुलबहादुर गुरुङ, भोजराज जोशी, प्रेमबहादुर भण्डारी, राजीव पराजुली, महेन्द्रराय यादव, खोबारीराय यादव, महेश चौधरी, पाल्तेन गुरुङ, नरेशबहादुर सिंह, ज्योतेन्द्रमान चौधरी

२१ साउन २०५४
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्रीहरू : खुमबहादुर खड्का, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, महन्थ ठाकुर, सिद्धराज ओझा, केबी गुरुङ, विपिन कोइराला, रवीन्द्रनाथ शर्मा, बालाराम घर्तीमगर, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, फत्तेसिंह थारू, कमल थापा, बुद्धिमान तामाङ, रामकृष्ण आचार्य, सर्वेन्द्रनाथ शुक्ल, प्रेमबहादुर भण्डारी, राजीव पराजुली, रामविलाश यादव, शान्तिशमशेर राणा, महेन्द्र राय, मिर्जा दिल वेग, शरत्सिंह भण्डारी, मोतीप्रसाद पहाडी, पाल्तेन गुरुङ, नरेशबहादुर सिंह, गजेन्द्रनारायण सिंह, हृदयेश त्रिपाठी
राज्यमन्त्रीहरू : शिवराज सुवेदी, मीना पाण्डे, रेवतीप्रसाद भुसाल, मीना लामा, राजेन्द्रबहादुर शाह, महेन्द्र यादव, कमलेशकुमार शर्मा, रामबहादुर गुरुङ, विराजकिशोर सिंह, जयप्रकाशप्रसाद गुप्ता, रामजनम चौधरी, सुरेन्द्र हमाल, मोहमद आफताव आलम, सुशीलमान शेरचन, केशवबहादुर चन्द, विष्णुविक्रम थापा, भक्तबहादुर रोकाय, मिर्जादिल शाह वेग, नरेशबहादुर सिंह, पद्मनारायण चौधरी
सहायक मन्त्रीहरू : रामजनम चौधरी, सुरेन्द्र हमाल, मोहमद अफताव आलम, सुशीलमान शेरचन, केशवबहादुर चन्द

२ वैशाख २०५५
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : शैलजा आचार्य
मन्त्रीहरू : भरतमोहन अधिकारी, गजेन्द्रनारायण सिंह, रमेशनाथ पाण्डे, गोविन्दराज जोशी, अमृतकुमार बोहरा, प्रदीप नेपाल, भीमबहादुर रावल, केबी गुरुङ, पूर्णबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, डा. रामशरण महत, चक्रप्रसाद बास्तोला, प्रकाशमान सिंह, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, विमलेन्द्र निधि, केबी गुरुङ, ओमकार श्रेष्ठ, आनन्दप्रसाद ढुङ्गाना, पूर्णबहादुर खड्का, राधाकृष्ण मैनाली, सीतानन्द राय, त्रिलोचन ढकाल, महन्त ठाकुर, सिद्धराज ओझा, केशवलाल श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, यमलाल कँडेल, हेमराज राई, अम्बिका साँवा
राज्यमन्त्रीहरू : मीना पाण्डे, भक्तबहादुर रोकाय, रामबहादुर गुरुङ, दीपकुमार उपाध्यक्ष, देवेन्दराज कँडेल, राजदेव गोइत, भक्तबहादुर बलायर, रामचन्द्र अधिकारी, देवबहादुर पौडेल क्षेत्री, गोविन्दनाथ उप्रेती, जगतबहादुर बोगटी, अमरराज कैनी
सहायकमन्त्रीहरू : कमला पन्त, रामजनम चौधरी, योगराज न्यौपाने, झलकनाथ वाग्ले, लक्ष्मीनाराण चौधरी, मोहमद अफताव आलम

१७ जेठ २०५६
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई
उपप्रधानमन्त्री : रामचन्द्र पौडेल
मन्त्रीहरू : योगप्रसाद उपाध्याय, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, विजयकुमार गच्छदार, बलबहादुर केसी, प्रकाशमान सिंह, शरत्सिंह भण्डारी, महन्थ ठाकुर, ओमप्रकाश श्रेष्ठ, पूर्णबहादुर खड्का, डा. रामवरण यादव, महेश आचार्य, डा. रामशरण महत, सिद्धराज ओझा, ओमकारप्रसाद श्रेष्ठ, पूर्णबहादुर खड्का, रामकृष्ण ताम्राकार, तारणीदत्त चटौत
राज्यमन्त्री : सुरेन्द्रप्रसाद चौधरी, रामबहादुर गुरुङ, भक्तबहादुर बलायर, मोहमद अफताफ आलम, कमला पन्त, राजेन्द्र खरेल, डा. गंगाधर लम्साल, गोविन्दबहादुर शाह
सहायकमन्त्री : सुरेन्द्र हमाल, अर्जुनजंगबहादुर सिंह, नरेन्द्रविक्रम नेम्वाङ, सर्वधन राई, नारायणसिंह पुन

८ चैत्त २०५६
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : रामचन्द्र पौडेल
मन्त्रीहरू : खुमबहादुर खड्का, गोविन्दराज जोशी, चक्रप्रसाद बास्तोला, डा. रामशरण महत, महन्त ठाकुर, जयप्रकाशप्रसाद गुप्ता, सिद्धराज ओझा, ओमकारप्रसाद श्रेष्ठ, डा. रामवरण यादव, पाल्तेन गुरुङ, महेश आचार्य, रामकृष्ण ताम्राकार, तारणीदत्त चटौत, आमोदप्रसाद उपाध्याय, सुरेन्द्रप्रसाद चौधरी, बलदेव शर्मा मजगैया, शिवराज जोशी, प्रकाश कोइराला
राज्यमन्त्रीहरू : मोहमद आफताफ आलम, रामबहादुर गुरुङ, दिलेन्द्रप्रसाद बडू, कमला पन्त, नरेन्द्रविक्रम नेम्वाङ, दिलेन्द्रप्रसाद बडू, सुरेन्द्र हमाल, गोपाल राई, सुरेश मल्ल, तीर्थराम डङ्गोल, कृष्णप्रसाद सिटौला, हरिप्रसाद सापकोटा, बेनुपराज प्रसाईं, शिवकुमार बस्नेत, महादेव गुरुङ, पुष्कर ओझा
सहायकमन्त्री : रोमी गौचन, महेन्द्रकुमार राय, जनकराज गिरी, केशरमान रोका, रामहरि ढुङ्गेल

११ साउन २०५८
प्रधानमन्त्री : शेरबहादुर देउवा
मन्त्रीहरू : चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, विजयकुमार गच्छदार, बलबहादुर केसी, शरत्सिंह भण्डारी, पाल्तेन गुरुङ, पूर्णबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, महेश आचार्य, आमोदप्रसाद उपाध्याय, प्रेमलाल सिंह, ऋषीकेश गौतम, राजेन्द्र खरेल, खेमराज भट्ट मायालु, नरेन्द्रविक्रम नेम्वाङ
राज्यमन्त्रीहरू : भक्तबहादुर बलायर, रामजनम चौधरी, देवेन्द्रराज कँडेल, दुर्योधन सिंह, सुरेन्द्र हमाल, शिवराज जोशी, नारायण शर्मा पौड्याल, अर्जुनजंगबहादुर सिंह, लक्ष्मणप्रसाद महत, सुशीला स्वाँर, हरिनारायण चौधरी, नारायणप्रसाद साउद, केशरी थापा, सर्वधन राई, मोहनबहादुर बस्नेत, भरतकुमार शाह
सहायकमन्त्रीहरू : प्रकाशबहादुर गुरुङ, डिल्लीराज शर्मा, नगेन्द्रकुमार राय, सावित्री बोगटी, दिलबहादुर लामा, वीरेन्द्रकुमार कन्दङ्वा, अजयकुमार चौरसिया

२५ असोज २०५९
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
उपप्रधानमन्त्री : बद्रीप्रसाद मण्डल
मन्त्रीहरू : नरेन्द्रविक्रम शाह, रमेशनाथ पाण्डे, देवीप्रसाद ओझा, डा. बद्रीप्रसाद श्रेष्ठ, नरेन्द्रविक्रम शाह, धर्मबहादुर थापा, गोरेबहादुर खपाङ्गी, डा. उपेन्द्र देवकोटा, नारायणसिंह पुन, बद्रीनारायण बस्नेत, कमलप्रसाद चौलागाईं, कुवेरप्रसाद शर्मा, महेशलाल प्रधान, दीपक ज्ञवाली
सहायकमन्त्री : गोपाल दहित, अनुराधा कोइराला, रविभक्त श्रेष्ठ, जगतबहादुर गुरुङ, रवीन्द्र खनाल, डा. असर्फी शाह, प्रकाश परियार

२१ जेठ २०६०
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्रीहरू : प्रकाशचन्द्र लोहनी, कमल थापा, हरिबहादुर बस्नेत, बुद्धिमान गुरुङ, सर्वेन्द्रनाथ शुक्ल
राज्यमन्त्री : रेणुकुमारी यादव

२० जेठ २०६१
प्रधानमन्त्री : शेरबहादुर देउवा
उपप्रधानमन्त्री : भारतमोहन अधिकारी
मन्त्रीहरू : विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्याय, मोहमद मोहसिन, बद्रीप्रसाद मण्डल, बालाराम घर्तीमगर, जोगमेहर श्रेष्ठ, होमनाथ दाहाल, टेकबहादुर चोख्याल, कृष्णलाल थकाली, अशोक राई, ईश्वर पोखरेल, युवराज ज्ञवाली, रघुजी पन्त, वाचस्पति देवकोटा, अष्टलक्ष्मी शाक्य
राज्यमन्त्रीहरू : ठाकुरप्रसाद शर्मा, प्रकाशशरण महत, कृष्णगोपाल श्रेष्ठ, बालकृष्ण खाँण, उर्वादत्त पन्त, वंशीधर मिश्र, प्रतिभा राणा, रामचन्द्र राय
सहायकमन्त्री : उमाकान्त चौधरी, लालबहादुर विश्वकर्मा, हरिशंकर परियार, भीमकुमारी बुढामगर

२० माघ २०६१
तत्कालीन राजा ज्ञानेन्द्रवीरविक्रम शाहको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्
उपाध्यक्ष : डा. तुल्सी गिरी र कीर्तिनिधि विष्ट
मन्त्रीहरू : रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, कृष्णलाल थकाली, बुद्धिराज बज्राचार्य, दुर्गा श्रेष्ठ, टंक ढकाल, दानबहादुर शाही, खड्गबहादुर जीसी, रामनारायाण सिंह, बद्रीप्रसाद मण्डल, सलिममिया अन्सारी, प्रकाश कोइराला, मधुकरशमशेर जबरा, निरञ्जन थापा, केशरबहादुर विष्ट, कमल थापा, बुद्धिमान तामाङ, नारायणसिंह पुन
राज्यमन्त्रीहरू : डा. रूप ज्योति, याङकिला शेर्पा, वृजेशकुमार गुप्ता, डा. दुर्गा पोखरेल, डा. रवीन्द्र खरेल, मीना लामा, श्रीषशमशेर राणा
सहायकमन्त्रीहरू : छक्कबहादुर लामा, गोल्छे सार्की, जगत गौचन, निक्षशमशेर जबरा, सिनेट श्रेष्ठ, हरिशंकर परियार, विनोदकुमार शाह, गोविन्द चौधरी, योगेशबहादुर बुढाथोकी, तोरणबहादुर गुरुङ, रोशन कार्की, भुवन पाठक, राजेशकाजी श्रेष्ठ, टेकनारायण राजवंशी, प्रतापराम लोहार, सोनीलाल यादव

१३ वैशाख २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : अमिक शेरचन, केपी ओली
मन्त्रीहरू
गोपालमान श्रेष्ठ, डा. रामशरण महत, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, नरेन्द्रविक्रम नेम्वाङ, राजेन्द्रप्रसाद पाण्डे, प्रदीपकुमार ज्ञवाली, कृष्णप्रसाद सिटौला, प्रभुनारायण चौधरी
राज्यमन्त्री
गोपाल राई, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, उर्मिला अर्याल, मानबहादुर विश्वकर्मा, धर्मनाथप्रसाद शाह

१८ चैत २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
मन्त्रीहरू : रामचन्द्र पौडेल, सहाना प्रधान, प्रदीप नेपाल, महन्त ठाकुर, सुजाता कोइराला, डा. रामशरण महत, नेत्रविक्रम नेम्वाङ, कृष्णप्रसाद सिटौला, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, जगतबहादुर बोगटी, मातृकाप्रसाद यादव, हिसिला यमी, खड्गबहादुर विश्वकर्मा, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता, रामचन्द्र यादव
राज्यमन्त्रीहरू : महालक्ष्मी उपाध्याय ‘डिना’, इन्द्रबहादुर गुरुङ, शशि श्रेष्ठ, रामचन्द्र यावद, मोहनसिंह राठौर, सुरेन्द्र चौधरी

२ भदौ २०६५
प्रधानमन्त्री : पुष्पकमल दाहाल
उपप्रधानमन्त्री : वामदेव गौतम, बाबुराम भट्टराई
मन्त्रीहरू : रामबहादुर थापा, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृका यादव, पम्फा भुसाल, हिसिला यामी, जनार्दन शर्मा, गोपाल किराती, महेन्द्र पासवान, रामचन्द्र चौधरी थारू, गिरिराजमणि पोखरेल, गणेश शाह, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, गोपाल शाक्य, किरण गुरुङ, रामचन्द्र झा, उपेन्द्र यादव, विजयकुमार गच्छदार, जयप्रकाशप्रसाद गुप्ता, रेणुकुमारी यादव, राजेन्द्र महतो

११ जेठ २०६६
प्रधानमन्त्री : माधवकुमार नेपाल
उपप्रधानमन्त्री : विजयकुमार गच्छदार, सुजाता कोइराला
मन्त्रीहरू : विद्यादेवी भण्डारी, शरत्सिंह भण्डारी, भीमबहादुर रावल, राजेन्द्र महतो, सुरेन्द्र पाण्डे, प्रेमबहादुर सिंह, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, शंकर पोखरेल, डा. मीनेन्द्र रिजाल, रकम चेम्जोङ, पूर्णकुमार शेर्मा, उमाकान्त चौधरी, मो. आफताव आलम, प्रभाकर प्रधानाङ्ग (रवीन्द्र श्रेष्ठ), डम्बर श्रेष्ठ, रामचन्द्र कुशवाह, दीपक बोहरा, महेन्द्रप्रसाद यादव, मृगेन्द्रकुमार सिंह, गणेश तिवारी नेपाली, ठाकुरप्रसाद शर्मा, लक्ष्मणलाल कर्ण, सर्वदेवप्रसाद ओझा, राजेन्द्र महतो
राज्यमन्त्रीहरू : गणेशबहादुर खड्का, डिल्लीबहादुर महत, जीतबहादुर दर्जी गौतम, चन्द्रसिंह भट्टराई, मोहम्मद रिजवान, खड्गबहादुर बस्याल सार्की, दानबहादुर कुर्मी चौधरी, मानबहादुर शाही, इन्द्रप्रसाद ढुङ्गेल, सञ्जयकुमार शाह, रामबच्चन अहिर यादव, करिमा बेगम, शत्रुघ्नप्रसादसिंह कोइरी, सरोजकुमार यादव, गोविन्द चौधरी
सहायकमन्त्री : कलावतीदेवी दुसाध, चन्दा चौधरी

२० माघ ०६७
प्रधानमन्त्री : झलनाथ खनाल
उपप्रधानमन्त्री : भरतमोहन अधिकारी, कृष्णबहादुर महरा, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ
मन्त्रीहरू : विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, खड्गबहादुर विश्वकर्मा, उर्मिला अर्याल, गंगालाल तुलाधर, रघुवीर महासेठ, गोकर्ण विष्ट, भानुभक्त जोशी, घनश्याम भुसाल, युवराज कार्की, विश्वनाथ शाह, जयपुरी घर्ती, रामचरण चौधरी, महेन्द्र पासवान, प्रभु साह, हितबहादुर तामाङ, हरिनारायण यादव, मोहम्मद इस्तियाक राइन, सुनीलकुमार मानन्धर, खगेन्द्रप्रसाद प्रसाईं
राज्यमन्त्रीहरू : शत्रुघ्न महतो, दलबहादुर सुनार, रामजी शर्मा, डम्बर सम्बाहाम्फे, भगवती चौधरी, हकिकुल्लाह खाँ, देवी खड्का, धर्मशिला चापागाईं, धु्रव आङदम्बे लिम्बू, नन्दकुमार दत्त

१२ भदौ २०६८
प्रधानमन्त्री : बाबुराम भट्टराई
उपप्रधानमन्त्री : विजयकुमार गच्छदार, नारायणकाजी श्रेष्ठ,
मन्त्रीहरू : हृदयेश त्रिपाठी, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, वर्षमान पुन, दीनानाथ शर्मा, लोकेन्द्र विष्टमगर, गोपाल किराँती, लेखराज भट्ट, भीमप्रसाद गौतम, रामकुमार यादव, अनिलकुमार झा, वृजेशकुमार गुप्ता, हेमरात तातेड, कमला रोका, राजकिशोर यादव, जयप्रकाशप्रसाद गुप्ता, राजलाल यादव, सरिता गिरी, मुहमद वकिल मुसलमान, दानबहादुर कुर्मी चौधरी, कल्पना धमला, सत्य पहाडी, मालबरसिंह थापा, अकवल अहमद साह
राष्ट्रिय सहमतिका नाममा सरकार गठन गर्र्ने नाममा पुराना मन्त्री हटाउँदै प्रधानमन्त्रीद्वारा थप गरिएका नयाँ मन्त्रीहरू
उपप्रधानमन्त्री : विजयकुमार गच्छदार, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद सिटौला, ईश्वर पोखरेल
मन्त्रीहरू : वर्षमान पुन, दीनानाथ शर्मा, राधा ज्ञवाली, कृष्ण सिटौला, सूर्यमान गुरुङ, विजयकुमार गच्छदार, राजकिशोर यादव, राजेन्द्र महतो, टोपबहादुर रायमाझी, पोष्टबहादुर बोगटी, एकराज भण्डारी, परशुराम खापुङ, चन्द्रदेव जोशी, केशवमान शाक्य, कृष्ण बेलबासे, यदुवंश झा, बन्द्री न्यौपाने । 
राज्यमन्त्रीहरू : खोभारी राय, रामबच्चन अहिर, दिलीप प्रजापति, सूर्यमान दोङ, लीला भण्डारी, गोपी अछामी, घनश्याम यादव, ज्वाला शाह, सुषमा शर्मा, हरिराज लिम्बू, सुनिताकुमारी महतो, भीमप्रसाद चौधरी, लक्ष्मण महतो, दुर्गादेवी महतो, काशीदेवी झा, ईश्वरदयाल मिश्र, अरविन्द शाह, ओमप्रकाश यादव । 
अहिले नेपालमा खिल तन्त्र सुरु भईरहेको छ, जस्को नेतृत्वमा पनि अधिकाँस बाहुनहरुनै छन् । यो ब्यवस्थाको अन्त्य कसरी हुन्छ पुरा  लेख हेर्नको निम्ती यहाँ क्लिक गर्नु होला । 

No comments:

Post a Comment