किङ्सले एमिस
उनका बीसवटा उपन्यासमध्येको पहिलो थियो– निकै हास्यपूर्ण ‘लकी जिम’ । यसपछि यी छुच्चा, अप्ठ्यारा र विरोधाभाषपूर्ण मानिसले कविता लेखे, रेडियोनाटकहरू लेखे, त्यति मात्र होइन वैज्ञानिक कल्पनामा आधारित कथाहरू, जासुुसी कथाहरू बेलाबेलामा राजनीतिक स्तम्भ र अरू कुरा पनि लेखे । उनका जीवनी लेखक एरिक जेकब्सका शब्दमा उनी एक पुराना महान् अङ्ग्रेजी विद्वान् थिए । उनी आफ्ना प्रतिभामा इमानदार रहे पनि आइमाईप्रति भने रहेनन् । चालीस वर्षभन्दा लामो अवधि उनी विवेकशील सम्भोगमार्गीका रूपमा रहे, हजारौँ–हजार शब्दहरू सिर्जना गर्दै । उनका औँला आफ्नो थोत्रो टाइपराइटर मेसिनमा कुद्न र गिलास समाउन उत्तिकै माहिर थिए । उनी ह्विस्की पानी मिसाएर पिउने गर्थे ।
दोस्रो विश्वयुद्धपछि आर्मीबाट अवकाश लिएपश्चात् आफ्नो पिउने बानीका कारण उनले कुनै किसिमको मोटर चलाएनन् । आर्मीमा सेवा गरेको समयभरि उनको अक्सफोर्डको पढाइ छुट्यो, पछि उनी फर्कनेबित्तिकै फेरि अक्सफोर्ड प्रवेश गरेर साम्यवादी विचारतिर झुकाव राख्ने थाले । तर, उनको यस्तो राजनीतिक संलग्नताका पछाडि उनको स्वार्थ प्रमुख कारण रहेको उनका साथीहरूको हावी थियो– ‘किङ्ग्सले त्यतिबेला बीस वर्षका थिए, केटीसँग सुत्न र कुमारित्व गुमाउन व्यग्र थिए र यस मामलामा साम्यवादी झुकाव भएका केटीहरूप्रति निकै उदार थिए ।’ उनले यस अनुभव अलि पछि लेखेका एउटा उपन्यास सिँगार्न प्रयोग गरे । वास्तवमा उनलाई काँचो मासुको स्वाद चखाउने महिला आफैँ पनि यसबाट प्रसस्त आनन्द उठाउन चाहन्थिन्, तसर्थ उनले लेखकलाई एउटा यौन पुस्तिकाको अध्ययन गर्न भनेकी थिइन्, फोहोरी काम गर्नुअघि । उनले आफ्नो पुस्तक ‘तिमीले दुवै गर्न सक्दैनौ’अग्रणी पात्रहरूलाई ठ्याक्कै त्यही अनुभव भएको उल्लेख गरेका छन् । त्यस पुस्तकमा यौनसम्पर्कअगाडिका क्रियाकलाप, अनैतिकता तथा यौन पुस्तकबाट सिकेका पुरुषले आइमाईका विभिन्न आवश्यकता बुझ्नुपर्ने आवश्यकतासम्बन्धी अध्यायहरू छन् । तथापि ती प्रेमीहरूको यौनसम्पर्कचाहिँ झन्डै–झन्डै बलात्कारजस्तै हुन्छ । त्यसमा लेखकले उल्लेख नगरेको आफ्नो एउटै अनुभव उनको औषधि पसलसम्म गर्भनिरोधका साधन किन्न जाने हिम्मत गर्न नसकेको घटना थियो । यसो गर्न उनलाई यति लाज लागेको थियो कि उनले त्यसका लागि आफ्ना साथी र अक्सफोर्डकै विद्यार्थी जर्ज ब्लन्डेनको सहयोग मागेका थिए । जब ब्लन्डेन पछि सर जर्ज हुँदै ब्याङ्क अफ इंग्ल्यान्डका सहायक गभर्नर भए, जर्ज र एमिस दुवै यो कथा रमाइलो मानी–मानी भन्ने गर्थे ।
यौनक्रीडा गरिसकेपछि एमिसको यौनशक्ति अझ विकसित भयो, र उनी धेरै विवाहित र अविवाहित आइमाईहरूसँग सुते । ती धेरै अनुभवलाई उनले आफ्ना पछिल्ला उपन्यासमा उल्लेख गरेका छन् । उनलाई विद्यार्थी जीवनमा चिनेकाहरूलाई थाहा थियो । उनको उपन्यास ‘लक्की जिम’ आफैँमाथिको व्यङ्ग्य थियो, जुन पुस्तकका कम महत्वपूर्ण पात्रहरू पनि लेखकजस्तै व्यवहार गर्छन् । पछि उपन्यासमा आधारित चलचित्र भने धेरै सफल भयो र लेखकले लामो समयसम्म ख्याति कमाए ।
उनको समयमा विश्वविद्यालयमा पढ्ने आइमाई निकै कम थिए, त्यसरी जानेहरूमा धेरैजसो तालिम लिइरहेका नर्स र कार्यालय सचिवहरू हुने गर्थे । तसर्थ अक्सफोर्डवरिपरि निकै मौलाएका विद्यालयमा अध्ययन गर्ने ११ हजार पुरुष महिलासँग भेट गर्न एउटै उपाय अपनाउँथे । उनीहरू एलिस्टन र क्याभेलका चिया पसल जान्थे, जहाँ नचिनेका व्यक्तिसँग नाम र ठेगाना साट्नु सामान्य मानिन्थ्यो । आर्ट कलेजमा पढ्ने एउटी अति हिलारी बाड्वेलले एक दिन चिया पसलमा तीनवटा सन्देश पाइन् । ती तीनबाट उनले किङ्सलेको चाहिँ छनोट गरिन्, जसबाट उनको जिन्दगीको स्वरूप नै बदलियो ।
हिलारीलाई फकाउन एमिसलाई चार महिना लाग्यो, र बिहे गर्र्न दुई वर्ष । त्यतिबेला उनी गर्भवती भइसकेकी थिइन् । एक वर्ष नबित्दै समलिङ्गी जवान श्रीमतीले श्रीमान्को व्याभिचार थाम्नै नसक्ने गरी बढेको उनका डायरीबाट थाहा पाउँथिन् । तथापि उनीहरूको विवाह पन्ध्र वर्षसम्म कायम रह्यो । आफ्नो लेखनीलाई बढावा दिन एमिसले स्वान्सिया, क्याम्ब्रिज, प्रिन्सटन र न्यासभिलीजस्ता कलेजमा लेक्चरर भएर काम गरे, र ती कजेलबाट आउने हरेक किसिमका अवसरको उनले पूर्ण सदुपयोग गरे । सन् १९५० को दशकको अन्त्यतिर उनी आफ्ना साथी रोबर्ट कन्क्वेस्टको फ्लाट सापटी लिएर आफैँ पनि अमेरिकी कवि र जोकर भएकोले एमिसलाई ‘भाग्यमानी स्वाँठ’ भन्ने सन्देश छोडेर फ्ल्याटबाट निस्कन्थे । यो प्रसङ्ग राखेर एमिसले कविता नै लेखेपछि उनले भाग्यमानी स्वाँठ टेपरेकर्डरमा रेकर्ड गरेर छोड्ने गर्थे ता कि एमिस फ्ल्याट छिरेर बत्ती बाल्नेबित्तिकै ठूलो स्वरमा ‘भाग्यमानी स्वाँठ’ बज्ने गथ्र्यो । अमेरिकामा एकजना मानिसको घरमा सप्ताहन्तको भोजमा जाँदा एमिसले रक्सीको प्रभावमा आफ्नी श्रीमती छोडेर अर्को पाहुनासँग सुतेका थिए । भोलिपल्ट बिहान दिउँसोपछि ब्रेकफास्ट खाँदा कुनचाहिँ पाहुनासँग सुतेको उनलाई पत्तो भएन । आफ्नी श्रीमतीसँगै स्वान्तसियामा गएको एउटा डिनर पार्टीमा उनले पार्टीको आयोजकलाई सुताएर तेस्रो महिलासँग पनि कुरा मिलाए, तर ती महिलाचाहिँ पुरुषलाई यातना दिएर यौन आनन्द लिने स्वभाव भएकी परिछन् । ‘उनले धेरै पिटिन्’ पछि एमिसले स्वीकारेका थिए ।
श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि उनले एलिजावेथ जेन होवार्डसँग बिहे गरे, तर उनीप्रति पनि समर्पित रहेनन् । आफूलाई मन लाग्ने जो–कोही आइमाई देख्नासाथ उनी त्यतै सल्किहाल्थे । यसबाट उनका पुस्तकलाई झन् बढी सामग्री मिल्थ्यो । ५६ वर्षको उमेरमा उनी यौनक्रीडा गर्न नसक्ने भए र डाक्टरको सल्लाहमा यौनसम्पर्कमा सहभागी हुन छाडे । तथापि उनी पूरै निराश भएनन् । ‘ज्याक्स थिङ्ग’ भन्ने पुस्तकमा उनले त्यसपछि पनि आफ्नो लिङ्ग राति कतिचोटि उत्तेजित हुन्छ भनेर नाप्ने गरेको बताएका छन् ।
उनको दोस्रो विवाह पनि पन्ध्र वर्ष नै टिक्यो । संयोग पनि एउटा समारोहमा यौन सम्बन्धमा प्रवचन दिन दुवैले पहिलोचोटि भेटेका थिए । एलिजावेथले उनलाई छोडिसकेपछि उनले फेरि एमिसलाई प्रेम नभए पनि दया गरिन् र आफ्ना नयाँ श्रीमान्लाई लिएर लन्डनको घरमा उनीसँग बस्न लागिन् । त्यही घरमा ७४ वर्षको उमेरमा मृत्यु नहुन्जेल एमिसले साहित्य सिर्जना गरिरहे ।
नाटली बार्नी
उन्नाइसौँ र अठारौँ शताब्दीमा प्रख्यात समलिङ्गी महिला लेखकहरूमध्ये जो पेरिस सहरतिर आकर्षित भएका थिए, बार्नी सबैभन्दा कुख्यात थिइन् । बार्नी अमेरिकाको धनाढ्य परिवारमा जन्मेकी थिइन् र सिन्सिनाटीमा हुर्किएकी थिइन् । उनको घर र मावल दुवैतर्फका हजुरबाहरू ठूला उद्योगपति थिए र जब यी उद्योगपतिका परिवारले विवाहमार्फत साइनो गाँसे, दुवै परिवारतर्फका मानिस विशाल धनराशिका मालिक बने । तसर्थ नाटलीलाई अति महँगो विद्यालयमा पढाइयो । उनी बाह्र वर्ष हुँदै उनलाई पेरिसको आवासीय विद्यालय पठाइयो । तर, उनलाई यही उमेरदेखि नै आफ्नो शृङ्गारभन्दा अरू कुरामा ध्यान थिएन । ‘मेरा किताब भन्नु नै आइमाईहरूको शृङ्गार थियो ।’
अमेरिकामा युरोपका धेरै कुनाबाट शिक्षा पूरा गरेर फर्केपछि उनलाई पट्याउने कुनै पनि पुरुषको मतलब नगरी उनले वासिङ्टन र न्युयोर्कमा सामाजिक कामहरू गरिन् । तर, उनी गोप्यरूपमा समलिङ्गी सम्बन्धका लागि आइमाईहरूको अनवरत रूपले खोजी गरिरहेकी थिइन् । तीस वर्ष पुगेपछि उनले त्यतिखेर कसैले गर्न हिम्मत नगरेको यो गोप्य राखिएको अस्वाभाविक यौन सम्बन्धलाई खुला गर्ने निर्णय गरिन् । आफ्नो पूरै परिवारलाई लाजमर्दो हुनबाट रोक्न उनले यसलाई प्रकाशनमा ल्याउने कामचाहिँ फ्रान्सको पेरिसमा एउटा घर किनेपछि गरिन् । पेरिसमा उनको घर त्यतिखेरकी प्रख्यात फ्रान्सेली वेश्या नितो डी लेन्क्लोसको घरनजिकै थियो । आफ्नो लेखनीबाट मात्र पैसा नपुग्ने बुझेर नाटलीले अरू काम पनि गर्ने विचार गरिन् । वास्तवमा भन्ने हो भने उनको ख्याति कलमबाट मात्र प्राप्त भएन उनी व्यङ्ग्यात्मक कविता लेख्ने गर्थिन् र पछिपछि उनले संस्मरणात्मक कृतिहरू प्नि लेखिन् ।
नाटलीलाई ख्याति त्यतिखेर प्राप्त भयो, जब उनले पेरिसमा सबैभन्दा सनसनी मच्चाउने सैलुन खोलिन् । जुन प्रत्येक शुक्रबार दिउँसो सुरु भएर भोलिपल्ट बिहानसम्म चल्थ्यो । त्यहाँ कलाकारहरू, लेखकहरू, कविहरू, नाटककारहरू, नायक र नायिकाहरू तथा पेरिसका गिनेचुनेका जोसुकै नाटली र उनका अचम्मका साथीबाट मनोरञ्जन लिन पुग्ने गर्थे । उनलाई एल–एमेजन भन्ने उपमा दिइएको थियो तर त्यो उनको अग्लो, पुष्ट शरीर र लामो कपालका लागि होइन । एकजना उपन्यासकारले लेखेको Letters a l’ Amazone भन्ने उपन्यास, जुन नाटलीले काल्पनिक पार्टनरलाई लेखेका पत्रहरूको परिकल्पनामा आधारित भएर लेखिएको थियो, त्यसकी पात्र L’ Amazone को व्यवहार उनीसँग ठ्याक्कै मिलेका आधारमा त्यो उपमा दिइएको थियो । उपन्यासका लेखक रेमी डी गुर्मोन्ट थिए ।
वासिङ्टनमा देशद्रोहको आरोप खेपेका कवि एज्रा पाउण्ड नाटलीका प्रिय मित्र र सल्लाहकार बने । पछि फ्रान्सले जर्मनीकी गुप्तचर भनेर फाँसी दिएकी माता हारीलाई पाउण्डले एक शुक्रबार नाटलीको सेलुनमा निम्ता गरे । घोडाका सम्पूर्ण लगाम र अरू ढाडमाथिका सामग्रीहरू गहनाले सजाएर माता हारी सेतो घोडा चढेर सर्वाङ्ग नाङ्गै आइन्, मानौँ सैलुनमा सम्पूर्ण आगन्तुकले उनलाई सुताउनु आवश्यक थियो ।
ओस्कार वाइल्डकी भतिजी डली वाइल्ड पनि नाटलीसँगै आएर बसिन् तर जब नाटलीले उनलाई निकालिदिइन्, उनी लागूऔषध सेवन गर्न लागिन् र आफ्नो नाडी ब्लेडले काटेर आत्महत्या गर्ने कोसिस गरिन् । एउटी सुसारेले उनलाई मृत्युबाट जोगाइन्, त्यसपछि डली नाटलीसँग सुत्नका लागि पर्खन राजी भइन् । नाटली जहाँसुकै यौनक्रीडा गर्थिन्, जुनसुकै समयमा, खुला स्थानमा र सार्वजनिक स्थानमा पनि ।
नाटली आफू र दुईजना आइमाईलाई लिएर सँगै सुत्ने गर्थिन् । जब उनका प्रेमीहरू नाटलीसँग भन्दा पुरुषसँग मजा आउने कुरा गर्थे, उनी त्यसलाई चुनौतीको रूपमा लिएर तिनलाई सन्तुष्ट पारेर पठाउँथिन् । उनकी एउटी प्रेमिका होर्डर बिहे गर्न गइन्, तर पछि फर्किन पाउँदा खुसी भएकी थिइन् । ‘मैले उनको स्पर्शको वशमा पर्ने पाप गरेकी थिएँ । उनी यस काममा अति निपुण छिन् ।’
प्रख्यात लेखक कोलेट नाटलीकी प्रेमिका बनिन् । प्रथम विश्वयुद्ध सकिनेबित्तिकै अमेरिकी पेन्टर रोमेन ब्रुक्स फ्रान्स आएर पेरिस जाने विचार गर्न लागिन् । उनीहरू कहिले सँगै त कहिले छिमेकीका रूपमा पचास वर्षसम्म सँगसँगै बसे । तर, त्यति नै बेला नाटलीको अरू अफेअर पनि चलिरहेको थियो । ८२ वर्षको उमेरमा उनले २० वर्ष कान्छी समलिङ्गी सम्बन्धको अनुभव नभएकी एउटा विदेशी राजदूतकी श्रीमतीलाई फकाइन् । त्यो सम्बन्ध ११ वर्ष टिक्यो, जसका कारण रोमेन त्रूmद्ध बनेर उनीसँगको सम्बन्ध तोडिन् । ९० वर्ष काटेपछि रोमेन र नाटली दुवैको मृत्यु भयो । उनको इच्छाअनुसार नै नाटलीको अन्त्येष्टि शुक्रबार दिउँसो गरियो, सन् १९७२ मा किनकि उनको सैलुन उही दिन खुल्ने गथ्र्यो । (11)
No comments:
Post a Comment