Tuesday, March 19, 2013

मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे ?

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघमा कति धेरै गैरराजनीतिक चरित्र हावी हु“दै गुन्डाहरूको बोलवाला चलेको रहेछ भन्ने स्पष्ट संकेत संघको बुटवल महाधिवेशनबाट प्रस्ट भएको छ । संघमा राजनीतिक चरित्र भएका नेताहरूले चुनाव हारेका छन् भने डन र गुन्डाको छवि बनाएकाहरू सबैले चुनाव जितेका छन् । युवा संघको चुनावमा अध्यक्ष झलनाथ खनाल पक्षको लबिङवाट पूर्वमहासचिव निरज आर्चाय र केपी ओली–माधव नेपालको पक्षबाट पूर्वअध्यक्ष महेश बस्नेतले अध्यक्षका लागि भिडन्त गरेका थिए । दुवै पक्षका तलदेखि माथिसम्म आ–आफ्ना प्यानल थिए । चुनावमा झिनो मतले आर्चाय पराजित भएका छन् । महेश बस्नेतको प्यानलबाट उठेका अधिकांशले चुनाव जितेका छन् । युवा संघको चुनाव पैसा र शक्तिका भरमा जिते पनि राजनीतिक चेतना शून्य भएकाहरूको बोलवाला भएको छ ।
महााधिवेशनपूर्व बागबजारस्थित युवा संघको कार्यालयमा झुन्ड्याइएका माक्र्स, लेनिन, माओ र चे ग्वेभाराका फोटोहरू नचिन्ने र उनीहरूको फोटोलाई ठमेलका ट्यापे केटाहरूको जस्तो भन्नेहरू अहिले युवा संघको नेतृत्वमा आएका छन् । आफूलाई कम्युनिस्ट पार्टीका सदस्यहरू बताउने युवा संघका नेताहरूको राजनीतिक चरित्र कस्तो रहेछ भन्ने कुरा माक्र्स, लेनिन, माओको फोटोलाई ठमेलका ट्यापे भनेर सम्बोधन गरेबाट पनि आ“कलन गर्न सकिन्छ । युवा संघको चुनावमा गुन्डाहरू कति हावी भए भन्ने अर्को उदाहरण राजु गुरुङको जितले पनि पुष्टि गर्छ । हुन त उनी निरज आर्चायको प्यालनबाट चुनाव लडेका थिए तर उनले आर्चाय प्यानलबाट सबै बढारि“दा पनि गुरुङले उपाध्यक्षमा चुनाव जिते । बुटवल निवासी गुरुङको छवि राजनीतिज्ञको भन्दा पनि गुन्डा र डनकै रूपमा चित्रित छ ।
युवा संघको महाधिवेशनका लागि बुटवलका अधिकांश होटलहरूमा रात्रीकालीन रंगीन पार्टीसमेत सुरु भएका थिए । गुन्डा र ठेकेदारहरूको हालीमुहाली रहेको युवा संघलाई पुरानै शैलीमा राख्ने वा राजनीतिक–वैचारिक संगठन बनाउने भन्ने नै महाधिवेशनको लडाइ“ थियो । तर, गुन्डाहरूको हावी भएपछि एमाले नेतृत्व चिन्तित भएको छ । प्रहरीका मोस्ट वान्टेड सूचीमा परेका डनहरू पनि युवा संघको महाधिवेशनमा चुरीफुरी गरिरहेका थिए ।
युवा संघको महाधिवेशनमा अर्को रोचक तथ्थ पनि बाहिर आएको छ । उपाध्यक्ष बनेकी निरु पालले नागरिकतामा जन्ममिति सच्याएर चुनाव लडेको चर्चा युवा संघभित्र व्यापक छ । यसअघि उनी उमेरहदका कारण युवा संघमा उम्मेदवार नबन्ने समाचारहरू प्रकाशमा आएका थिए । तर, अचानक महेन्द्रनगरमा पुगेर उनले पुरानो नागरिकताको ठाउ“मा नया“ नागरिकता बनाएको र नया“ नागरिकतामा उमेर घटाएर युवा संघको चुनाव लडेको संघकै कार्यकर्ताहरूको दाबी छ ।
उता, चुनाव जितेपछि युवा संघका अध्यक्ष महेश बस्नेतले नौटंकीपूर्ण अभिव्यक्ति दिएका छन् । संघभित्र गुन्डा र डनहरूको हालीमुहाली रहेको बेला उनले युवा संघलाई एमालेको पुलिस भने । उनले युवा संघले एमालेलाई बचाउने पनि दाबी गरे । गुन्डाहरू पालेर आफूलाई पुलिस भनेकोमा युवा संघकै नेता कार्यकर्ताहरू लज्जित भएको एक केन्द्रीय सदस्यले बताए ।

No comments:

Post a Comment