८ मार्च सन २०१३, आज पुरै संसार अन्तराष्ट्रिय महिला दिवस मनाउँदैछ। यो वर्ष १०२ औं अन्तराष्ट्रिय महिला दिवस मनाइँदै छ। यो महिलाको दिवसको उपलक्ष्यमा नेपाली हेडलाइन्सका पाठकहरुलाई त्यस्ता महिलाहरुसंग चिनारी गराइँदै जसले इतिहास रचे। प्रतिकुल अवस्थाका बाबजुद यी महिलाहरुले त्यो गरेर देखाइ जो उक्त समयमा संभव मानिन्थेन्। यी महिलाको गरेको कामका कारण आज पनि उनिहरुलाई सम्झना गरिन्छ। प्रस्तुत ७ महिला जसले कठिन परिस्थितिका बाबजुद इतिहास रचे..
जेके रोलिङ
जेके रोकिङ यस्ती लेखिका हुन जसको कथाका लागि संसारका करौडौ बालबालिका मरिहत्ते गर्दछन्। उनले ह्यारि पोटरको आठवटा किताव लेखिन । तर उनको यो सफलता त्यसै आएको भने होइन्, यसको पछाडी उनको कडा महेनत र क्षमता रहेको छ। कुनै समयमा उनको उपन्यास छाप्ने पब्लिशर भेटेकी थिइनन् रोलिङले, तर आज प्रेरणादायी, चर्चित र धनी महिलाको सुचिमा उनको नाम सुनौलो अक्षरले लेखिएको छ।
मर्लिन मुनेरो
मर्लिन मुनेर अमेरिकी नायीका, गायीका तथा मोडल हुन्। उनले सन १९५० देखि १९६० को दशकमा अमेरिकमा धुम मच्चाएकी थिइन्। उनलाई अमेरिकीको पहिलो सेक्स सिम्वोलको रुपमा लिइन्छ। उनका कयौं चलचित्रहरुले दर्शका मन जितेका थिए। उनले अमेरिकामा नयाँ ट्रेन्डको शुरुवात गरेकी थिइन्।
एमिलिया एरहार्ट
एमलियाले पहिलो महिला थिइन् जसले एक्लै विमान उडाएर एटलान्टिक पार गरेकि थिइन। वास्तवमा उनको जिन्दगी सफलता र वियोगको समिश्रण थियो।सन १९३७ मा मात्र ३७ वर्षको उमेरमा उनी विमान सहित वेपत्ता भएकी थिइन्। त्यसको २ वर्षपछि उनलाई मृत घोषणा गरिएको थियो।
बिलि जिन
बिलि जिन यस्ति महिला टेलिन खेलाडी थिइन् जसले ३९ वटा ग्रान्ड इस्लाम जितेकी थिइन्। उनको विश्वकै महान टेनिस खेलाडीको रुपमा गणना हुन्छ।उनको नाममा कयौं इन्स्टिट्युट पनि चलाइएको छ भने उनले सधै लैंगिक समानताको वकालत गर्दथिइन्। उनले जितेका ३९ वटा ग्रान्ड स्लाममा १२ सिंगल, १६ डबल र ११ मिक्स डवलको टाइटल समावेश छन्।
रोजा पार्क्स
सन १९५५ मा एउटा बसमा कालो वर्णकी रोजा पार्क्सलाई एक गोरी माहिलाले सिट छोड्न आग्रह गरेकी थिइन् तर रोजाले मानिनन र रंगभेदको विरुद्धको आवाज उठाइन्। अमेरिकी बसको भएको उक्त घट्ना रंगविरोधी आन्दोलनको लागी महत्वपुर्ण कडी मानिन्छ। रोजाको एउटा पहलले लाखौ अमेरिकी अश्वेत महिलाको जिन्दगी बदलियो।
केली होम्सले त्यस्ती महिला हुन जसले घाइते भएको समयमा समेत ओलम्पिक स्वर्णपदक जितिन्। इन्जुरीका बाबजुत उनले १५ सय मिटरको दौड ३ मिनेट ५ सेकेण्डमा पुरा गरेकी थिइन् ।
No comments:
Post a Comment