Tuesday, March 26, 2013

लाप्पा खेलेरै डक्टर बन्ने कि कामरेड ?


काठमाण्डू÷ केही दिन अघि मात्रको कुरा हो माओबादी नेता राम कार्कीको एउटा गजबको घत लाग्दो समाचार बहिर आएको छ । राम कार्कीको शैक्षिक योग्यता कति हो त्यो त धेरैलाइ थाहा नहोला तर कार्कीजी सिकिमे मुख्यामंत्री पवन चामलिङका राजनैतिक सल्लाहकार हुन र चामलिङकै आर्शिरबादले ‘र’ का सुचना दाता हुन सिलीगुडी नजदिकमा कार्कीको एउटा विशाल भवन पनि छ र उनकी श्रीमती चामलिङ कै अन्तर्गतमा नोकरी गर्छिन भन्ने कुार चाहिं धेरैलाइ नै थाहा छ । कार्की धेरै शैक्षिक योग्यता नभएको राजनैतिक नेता हुनु सक्छ र उहांलाइ कमसेकम एमए सम्म पडने धोको चाहिं प्रबल रुपमा भएको हुन सक्ने मोटो मोटो अन्दाज चाहि. लगाउन सकिन्छ । पवन चामलिङ आइए पनि पास नगरी आबकारी हवल्दारबाट मुख्या मंत्री बने त्यसपछि डक्टर पनि भइहाले । तर डक्टर पेट दुख्ता, जिउमा खटिरा आउंदा औषधी दिने र साररीक अंगलाइ चिरफार गर्ने डक्टर चाहिं होइन । पडेर ठूलै रकम र परिश्रम गरेर बन्ने डक्टर चाहिं होइन । के आइसिंह जस्तो कमपाउण्डर बाट डक्टर भनिएको पनि होइन ।
माओबादी नेता राम कार्की पनि     ‘र’को नजदिकमा र पवन चामलिङको नजदिकमा रहेर उठबस गरेकाले हुनुसक्छ कार्की जीलाइ पनि एम ए पास गरेर नै डक्टर बन्ने सनक चडेको छ । राम कार्कीजीले भन्नु भएको छ, माओबादीको सिपाही भएर नेपाली सेनाको सिपाहीसंग ज्ञघ वर्षसम्म जस जसले लाप्पा खेलेर बांचेको छ; तिनीहरुलाइ सर्कारले एमए सरहको मान्यता दिनु पर्छ । यसैबाट थाहा हुन्छ राम कार्कीको शैक्षिक योग्यताको उमेर पुगेको छैन । न भने कार्कीजीलाइ थाहा हुनु पर्ने हो की स्कूल भर्ना भएको दश वर्ष पछि एसएलसी पास गर्छ । त्यस पछि आइए, बीए, हुदै एमए पास गर्न ट वर्ष लाग्छ, अर्थात स्कूल भर्ना भएर लगातार पास हुंदै गए पछि ज्ञट वर्ष पछि मात्रएमए मा पुग्छ भनेर । तर एक  कक्षा पनि नपडी र स्कूलमा भर्ना नै नभइ लाप्पा खेलेकै भरमा एमए सरह मानिनु पर्ने मौलिक विचारका माओबादी नेता—जननायक र नयां नेपाल—नयां नेपाल फलाक्ने यस्ता नेताहरुलाइ डक्टर पद नै दिएर सम्मान गरिए झनै रामंो हुंदोहो । लाप्पा खेलेकै भरमा एमए सरहको मान्यता दिनु पर्ने हो भने त अलि वडता लाप्पा खेलेर डक्टर उपाधी किन नपाउने र त्यसको हकदार किन नहुने ?
भिसी तक्मा पाउनेहरुलाइ—पहलवान भएर र मुक्केबाज भएर जिवीकोपार्जन गर्नेहरु लाइ त्यसै पनि डक्टर उपाधी दिनु पर्ने हो—होइन र कामरेड ? अहिले नेपालमा एउटा फेशन कै रुपमा प्रयोग भइरहेको छ, सुतिरहेको ठाउंमा डाकाको गोली लाग्यो इहलिला शेष भयो—शहिद घोसना गर । हिंडदा हिडदै बसले ठक्कर दियो मरयो सहिद घोसना गर । भाग्दा भाग्दै प्रहरी वा सेनाको गोलीले ठहरै भयो सहिद घोसना गर । त्रिभुवन बीरबिक्रम शाहा सजिलै संग सहिदको पनि टाउके सहिद भएर सहिदहरुको टाउकोमा ठाउं ओगट्न पाए जस्तै भो सहिदको फेसन भने अब रामकार्कीको पहिलो खुडकिलो एमए पछिको अर्को खुडकिलो डक्टर बन्ने रहर लहड हो की । माओबादी भने पछि जसलाइ जति बेला जे भने पनि हुन्छ जे गरे पनि हुन्छ भन्ने सिक्षा पाएका छन की कामरेडहरुले ? यो त जसको सक्ती उसको भक्ति भने जस्तै भएको छ र सक्ति आर्जनको निम्ती लाप्पा खेलेर जित्नु पर्ने नाम कमाउनु पर्ने । आखिर मल्ल पेसा पनि त्यस्तै लाप्पा खेल्ने पेसा न थियो । मल्ल युद्ध हेरयो दिन काटयो । मल्ल युद्ध गरयो मल्ल पद नै पाएर बांच्यो भने एमएको डिग्री पाउनु पनी एमएसम्म पडेको प्रमाण पाउनु र पद पाउनु सरह न हो । यसकारण राम कार्की कै मौलिक विचारले नयां नेपाल सृजना गर्नुको निम्ती यत्ति वर्ष लाप्पा खेल्नेलाइ एसएलसी सरह मान्ने यत्ति वर्षसम्म लाप्पा खेल्नेलाइ आइए सरह र यत्ति वर्ष सम्म लाप्पा खेल्नेलाइ बीए सरह किन नमान्नु ? ज्ञघ वर्ष लाप्पा खेल्नेले एमए सरहको मान्यता पाए तलब पनि त्यहीनुसार पाउनु पर्छ भने बण्डलको बण्डल पुस्तक च्यापेर बुर्जुवा शिक्षा खर्च किन गर्ने होइन कामरेड ? ज्यादै राम्रो विचार ।
 

No comments:

Post a Comment