Tuesday, March 26, 2013

मंगोल नेशनल अर्गनाइजेशनः ब्यालेटको राजनीति -कुमार लिम्बू


नेपालको इतिहास हिन्दु आर्य बाहुन क्षेत्रीले एकपक्षीय ढंगले लेखेको छ । ताकी नेपालमा प्राप्त सम्पूर्ण ऐतिहासिक तथ्यहरु प्रमाणहरु हिन्दू धर्म दर्शनबाट निर्देशित छैन । यहाँको पूरातात्विक प्रमाणहरु हिन्दू आर्यको नभएर मंगोलहरुको अवशेषहरु हुन् भनेर मानवशास्त्री तथा समाज शास्त्रीहरुले प्रमाणित गरिसकेको छ । यहाँको खोला नाला, वनजंगल, पहाडपर्वतको नाम यहाँकै मंगोलहरुको भाषाबाट राखिएकोले थप पुष्टि हुन्छ । नेपालको सबै मंगोलहरुको भाषा भोट बर्माजिम अन्तरगत पर्दछ । यो संख्या नेपालको कुल जनसंख्याको ८०% हुन आउन्ँछ । यो यथार्थलाई यहाँ रहस्यमय ढंगले लुकाइन्छ । डा. सुरेन्द्र केसीले त ‘नेपालको जातीय धरोहर र संस्कृतिको बचाउँ’ भने पुस्तकमा २०% मंगोल र ८०% आर्य भनेर लेखेको छ । के यो कुरा हो ? केसीले झुक्किएर लेखेको हो भने ठीक छ । नत्र भन्ने त्रि.वि.मा इतिहासका विद्यार्थीहरुलाई त्यही पढाइरहेको त छैन ? यस्तो हो भने सवधान हुनहोस् । केसीले प्रमाणित गरोस् नेपालको कुन गाउँमा कुन जिल्लामा बाहुन क्षेत्रीहरु ८०% अहिले हरेक गाउँ ठाउँ, शहर बजार, विद्यालय, संघसंस्थाको नाम संस्कृत कारण गरिदैछ न की संस्कृत मृत भाषा हो । संसारको एक घरमा पनि यो भाषा बोलिदैन । तर पनि संस्कृत पढ्ने विद्यार्थीका लागि सरकारले मासिक ५०००।– खर्च गर्छ तर मंगोलहरु यो देशका मूलबासीहरुले आफ्नो मातृ भाषा पढ्न सरकारले ५००।– पनि खर्च गर्दैन । के यही हो त न्यायको अर्थ , अधिकारको परिमाण ? बाहुन क्षेत्रीले हिन्दुहरुको महान चाड दशैं भनेर भन्दा साम्प्रदायिक नहुने तर मंगोलहरुले हाम्रो चाड होइन भन्दा चाँही सम्प्रदायिक हुने ? मंगोलहरुलाई कसरी दमान गरिएको छ ? शोषण गरिएको छ भन्ने प्रष्ट हुन्छ । 
आज एक्काइसौं शताव्दी अवश्य पनि हो तर हाम्रो लागि होइन । यो त विश्वका विकसित मुलुकहरुका मानिसहरुको लागि हो । जुन समाजमा सानोजात ठूलो जात, पानी चल्ने, नचल्ने, कालो सेतो भनेर भनिदैन, व्यवहार गरिदैन । तिनीहरुको लागि यहाँ त मान्छे मान्छेबीच ठूलो जात सानो जात बनाइएका छन् । पानी चल्ने, पानी नचल्ने भनेर मान्छेलाई व्यवहार गरिन्छ । बाहुन सर्वश्रेष्ठ । क्षेत्री सर्वश्रेष्ठ । अरु त तल्लो जातको मान्छे असभ्य भारी बोक्ने, नोकर गर्ने, जुत्ता सिउने भनेर दोस्रो दर्जाको नागरिक सरह व्यवहार हुन्छ । ताकी संयुक्त राष्ट्र संघ लगायत विभन्नि मानवअधिकार सम्बन्धी संघसंस्थाहरु यहाँ क्रियाशील छन् । गजवको कुरा त यहाँ एकजना बाहुनको छोराले क्।ी।ऋ पास गरेर जागिर पाउन सजिलो छ । त्यो भन्दा हजारौं गुणा एम.ए पढ्ने मंगोलको छोरालाई जागिर पाउन गाह्रो छ । यहीबाट पनि मंगोलहरुको एक्काइसौं शताव्दी कस्तो छ भनेर बुझ्न सकिन्छ । 
यहाँ एक्काइसौं शताव्दीको मन्त्र जपेर मनुस्मृति लागू गरिन्छ । कम्यूनिष्टको क्रान्तिकारी नारा घन्काउने नेताहरु पुशपति, गुहेश्वरी मनकामनामा गएर त्यहाँका पूजारीहरुबाट आर्शिवाद थापी आउँछ । यहाँ २० जना बाहुन क्षेत्रीले ८० जना मंगोलहरुलाई औलामा घुमाइरहेको छ । बाघ जस्तो बलियो मंगोलहरु तर विरालो जस्तो मंगोलहरु गरुडका छायाँमा परेको सर्प हो । मंगोल पुर्खाहरुले विश्वमा वीरताको लगि लडेका थिए । वीर गोर्खालीको उपाधी पाएको थिए । तर, यसको राम्रा जस मुलवासीहरुले पाउन सकेन भरमग्धुर पाइदैन त्यही बाहुन क्षेत्रीले लिएको छ । हाम्रा पुर्खाले दासत्वको लडाई लडेका थिए । बाध्यताका लडाई लडेका थिए । त्यसैले होला आज ती वीर गोर्खाली भीषी तुलबहदुर पुनले न्यायका लडाई लड्नु परेको छ, वृद्धा उमेरमा पनि अधिकार प्राप्तिको निम्ति । तर, पनि मंगोलहरु अनभिज्ञ छन् । मंगोल युवाहरु अनभिज्ञै छ । मंगोलका घरहरुमा बत्ती बालेर पनि अन्धकार छ । अन्धकार बनाइएका छन् । सरकारी सुविधाहरु ९५% भन्दा बढी बाहुन क्षेत्रीले प्रयोग गरिरहेका छन् । मंगोलहरुलाई भूमिविहिन घरबार विहिन शिक्षा विहिन बनाए पछि नेपालको हुने खाने निश्चित वर्गमा बाहुन क्षेत्री पर्दछन् । उनीहरुका अधिकांश छोराछोरीहरु महङ्गो बोर्डिङ स्कुलमा पढ्छ । अझ भएन विदेश पढ्न पठाउँन थालेका छन् । मुलवासी मंगोललाई फुटाउन जनजाति महासंघ दरबारको इसारामा खोलियो । माओवादीले अधिकारको नाममा जातीय मोर्चाहरु खोले । क्षणिक स्वार्थपूर्तिका लागि एकातिर यसले बाहुन क्षेत्रीको राजनैतिक रणनीतिलाई १०० वर्ष अगाडि बढाएको छ । मंगोलहरु बीचका दुरी फट्किलो पारिएको छ । अझ पनि नेपालका मंगोलहरु दास नै बन्ने स्थिति छ । केही वर्ष मंगोलहरु दास नै बन्ने स्थिति छ । राजनीति शक्तिमा आउन केही वर्ष लाग्छ । यदी मंगोलहरुले राजनीति बुझ्न सकेको खण्डमा सामन्तवाद सहितको बाहुनवाद, बाहुन जातीय पार्टी एमाले, कांग्रेस, माओवादी लगायतका पार्टीहरुले चाहेर आज लोकतन्त्र, गणतन्त्र स्थापना भएको पक्कै होइन । लोकतन्त्र, गणतन्त्र त नेपाली जनताको माग थियो । सन् १५५९ मा घलेराजाको टाउको ठू¥याउन सम्पूर्ण मंगोलहरुको अधिकार विहिन बनाइसके पछि जन्मजात मंगोलहरुको सत्रु बनेका शाह राजाहरुको वर्वर दमन र बाहुनहरुको एकाधिकारात्मक राज्यसत्ताको कारण बाध्य भए संघीय लोकतन्त्र गणतन्त्रको घोषणा भएको हो । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको हो । यद्यपी हिन्दुको प्रतीक गार्ड राष्ट्रिय जनावर अन्तरिम संविधानमा बलजफत राखिने काम भएको छ । अर्को यथार्थ के हो भने यहाँको शासक वर्गले नेपालका ८०% मूलवासीहरु राजनीतिमा सक्रिय हुदैछ भने कुरा छिटो बुझे र आत्तिएर लोकतन्त्र गणतन्त्रको घोषणा गर्न बाध्य भएका हुन् । भोलिको यथार्थ यही हुन्थ्यो । ःल्इ ले ३६ वर्ष अघि देखि भन्दै आएको कुरा यही थियो । अझ पनि सामन्तीका खम्वाहरु छँदैछ । मंगोलहरुलाई शैक्षिक रुपमा पछि पार्ने महेन्द्र संस्कृत विद्यालय हाम्रो अगाडि हुदैछ तवकी लुम्बिनी विश्वविद्यालय अलपत्र रुपमा नाम मात्रको छाडीएको ६ । जसरी शिरिजङ्गको इतिहास विर्सिए । 
अव के हुन्छ ? कथित संविधानसभाले के गर्छ ? हेर्न बाँकी नै छ । सधैं बुलेटको रुपमा प्रयोग गरिएका मंगोलहरुले भलेटमा कस्तो भूमिका खेल्छ ? मंगोलहरु त्यति विश्वास्त हुन् सकेको छैन । तर पनि सम्भव छ मंगोल नेशनल अर्गनाइजेशनले यहाँ बाहुन क्षेत्रीहरुको ४५० वर्षदेखिका राजतन्त्रले गर्दै आएको जालसाझी राजनीति, छुट्ट विद्वतालाई व्यक्तिहरुको राजनीतिक जवाफ दिने नै छ । मंगोल पूर्खाहरुले कहिल्यै पनि बुलेटमा विश्वास गरेन । एक एक हरफ, गोपाल गुरुङको पुस्तकहरु पढ्नुहोस् । कही कतै पनि हिंसाको राजनीतिक सिकाएको छैन । तर कसैले दमान गर्छ, अन्याय गर्छ घाँटीमा खुकुरी तेस्याउँछ भने डटेर लड्नु सिकाएको छ । बुलेटको जवाफ बुलेटले नै दिनुपर्छ, व्यालेटको व्यालेटले नै हुन्छ । यसका निम्ति मंगोलहरुको अस्तित्व सहित बाँच्न शिर ठाँडो पारेर हिड । मालिक बनेर बाँच्न सिकाएको छ । संसारमै जात जाति दलित भते कुरा हिन्दु समाजमा मात्र छ । यस्ता शब्दहरु संविधानमै लेखिनु हुँदैन । ःल्इ (मंगोल नेशनल अर्गनाइजेशनको राजनीतिक दृष्टिकोण नै जातजाति विरुद्धको हो । हामी जात जाति भन्दैनौं । हिन्दू चाड मान्दैनौं । मान्छेले मान्छेलाई मान्छेको दृष्टिकोणले हेरिनुपर्छ । व्यवहार गरिनु पर्छ । सञ्चार पत्रपत्रिका कागजमा जातिय भेदभाव छैन भने व्यवहारमा चाँही किन नी ? यही भदौं ६ गते पनि डोल्पाको विद्यालयमै दलित छात्र छात्रहरुलाई पुरस्कार वितरणमा विभेद गरिएको छ ।

No comments:

Post a Comment