काठमाण्डूः÷गिरीजा प्रसाद कोइराला भन्ने गर्नु हुन्छ; मलाइ माओबादीले धोका दियो । जनता गिरीजा प्रसाद कोइरालालाइ प्रशन्याउने गर्छ गिरीजा प्रसादकोइरालाले जनतालाइ लामो समयसम्म धोका दिए; कसो गिरीजा बाबु ? यसैकारण गिरीजाको ग्य्राण्ड डिजाइन गर्लाम गुरलुम ढल्यो । गिरीजा प्रसाद कोइराला पुरानो हिन्दुबादी संस्कारमा जन्मेका हुर्केकाले ढुंगालाइ दूध मान्छेलाइ मुत खुवाउने र जनतालाइ संधै नै ढांट छल गर्ने—त मत्कारीका हल्लाहरु फिंजाउने डर र त्रास पैदा गरेर विभिन्न नाममा पुजा गराउने देवी देवताको सृजना गरेर जनतालाइ अन्धो भक्त बनाइ ठग्ने विश्व ह्न्दिू परिषद, रासस, बाहुन जातीय पार्टी (विजेपी) हरु जस्ताको चाकरी गर्ने र निर्देशनमा हिडने जमर्को गर्ने दुस्प्रयास गर्नु भयो र नै यो हविगत भएको हो; माओबादीलाइ खेलाउने सपनामा आफू रमेको र गुमेको पतै भएन । कंग्रेस भनेको नै गिरीजा परिवारको—त्यसमा पनि बाबु छोरीको भन्ठान्ने तल्लो तहसम्म पुगेका थिए । वरीपरी जता हेरे पनि कोइराला परिवार कै मोजमस्ती—ज्ञानेन्द्र शाहाको परिवारमा शाहा परिवारको र अलिपर नातेदारहरुको मोजमस्ती धाक धम्की भए जस्तो र राणाहरुको परिवारमा ‘क’ श्रेणी—‘ख’ श्रेणीकाहरु भएका र राखिएका जस्तै । नेपालीको निम्ती दुइ देशको नागरीक्ता हुनु पर्नेमा उहां उदार हुनु भयो । लौ मैले भने पछि भैगो नेपालीको दोहोरो नागरिक्ता भन्नु भयो किनभने उहांको एकलौती छोरी सुजाताले सुजाता कोइराला भएर र सुजाता जोष्ट दुवै भएर भोग चलन गर्नु पाउने भइन ।
गिरीजा प्रसाद कोइरालालाइ केही अडको फटको परेको खण्डमा र राजनैतिक समस्यमा साह्रो गाह्रो परेको खण्डमा उहां विराटनगर उडिहाल्नु हुन्थ्यो; भारतका हिन्दुबादी त्यसमा पनि अतिबादी नेताहरुको निती निर्देशन लिनको निम्ती । केही बोल्नु हुन्थ्यो त त्यस पछि मात्र बोल्नु हुन्थ्यो । राजस्थानी पोसाक दौरा सुरुवाल (डोरा—सरवाल) जस जसलाइ प्यारो छ तिनीहरु लिली फूल जस्तै हुन । बाहिर हेर्दा राम्रो बोली सुन्दा मीठो तर छात्ति भित्र अफिम जस्तै बिसालु यस्ताहरु जति सुकै राष्ट्रबादी गफ हांके पनि अराष्ट्रीय तत्वहरु्र हुन —ज्ञानेन्द्र र उनका परिवारजस्तै । यसैकारण सपथ गराएकै समयमा ज्ञानेन्द्रले कान फुकिदिएका थिए—बाहुन—छेत्री हातमा कांड धनु लिएर धोती पहिरनमा कान फुकिए जस्तै ।
विश्व हिन्दु परिषद, रासस र अशोक सिंहल, लालकृष्णा आडवाणीले लोभ र धम्की दिएकै भरमा कहिले कमाण्डलु लिएका भिख मंगा मगन्तेहरु नारा जुलुस निकाल्ने काम गर्ने त कहिले सोसक र सामन्त राणाहरु जस्तै काखे बालकलाइ गद्धीमा राखिदिउं भन्ने म्याजिक सोमा जस्तै कुरा गर्ने गर्थे । यी चटके बोली पनि गिरीजाको ग्य्राण्ड डिजाइन भित्रकै मिनी डिजाइन हुनुपर्छ । कत्रो ठूलो स्वामी भक्ती राजस्थानबाट खेदिएर यस मुलकमा सरनार्थी देखि सत्ता धारीसम्म बन्न पुगेका शाहावंश ढल्न ढल्न लाग्दा पनि । माओबादीले आंटिलो र दरिलो पाइलो नचालिदिएको भए कंग्रेसी मोह र तथाकथित एमाले मोहले ज्ञानेन्द्र र यी दुइ दल त नङ र मासु जस्तै भइसकेका थिए । तथाकथित एमाले त पुच्छर हो पुच्छर । कहिले बीरेन्द्रको पुच्छर त कहिले कंग्रेस—माओबादीको पुच्छर । सिद्धान्तहीन—अडानहीन र जत्ता मल्कु उत्तै ढल्कु भएको जुलिया चाङले ल्याङ फ्याङ बनाइदिएको भ्रष्ट पार्टी हो । तथाकथित एमाले भनेको नौ महिने सासन सत्तामा छंदा नै अरबौको मालिक बनेको पार्टी हो । यी सब पार्टी र नेताहरुलाइ पोल्टामा कसेर सकिंजेल ज्ञानेन्द्र शाहाका परिवारलाइ दीर्घ जिवी बनाइ आफ्नो स्वर्थ चरम सीमामा पुरा गरी आफ्नो छोरीलाइ आफू पछिको प्रधानमंत्री बनाउने थियो ।
गिरीजाको यसै ग्य्राण्ड डिजाइन कै कारणले निर्मल निवास र ज्ञानेन्द्र भए ठाउं तिर ज्यानको बाजी लगाएर ज्ञानेन्द्र बाबु छोरालाइ जेल चलान गर्न तम्सेको उत्तेजित भिडलाइ अघि बडन नदिएर जनतालाइ अघि अघि झै धोका दिए गिरीजाले आफ्नो डिजाइन पूर्ति गर्नको निम्ती । दर्बार हत्या काण्डमा कंग्रेस भित्रकै रानाभाटले औटो मेटिक हतियार आफै चलेर बीरेन्द्र र अरुहरुलाइ स्वाहा पारेको भन्ने मूर्खतापूर्ण रिपोर्ट सदर भयो । गिरीजा प्रसाद कोइरालाले आफ्नो ग्य्राण्ड डिजायन सफल पार्ने र सफल हुने सुन्दर सपना बोकेकै कारण ब्ल्याक लिस्टमा परेका ज्ञानेन्द्र सहित अरुलाइ जोगाउने काम मात्र गरेनन तर ज्ञानेन्द्रलाई करोडौ रुपिया अग्रिम भुक्तानी र अरबौको सुनचांदी हिरा मोती सजिलै संग सुरक्षित ठाउंमा पुराउने मौका पनि दिए । उसको महान डिजायन भित्रकै सुमधुर सपनाले उनलाइ नेपालका पहिलो राष्ट्रपती बनाए । त्यो सपना चक्नाचुर भएर गर्लाम गुर्लुम ढले पछि फेरी लोकतांत्रिक गणतंत्रको पहिलो प्रधानमंत्री बन्ने अठोट गरेर भगिरथ प्रयास पनि गरे तर त्यो समेत गर्लम गुर्लुम भएपछि विरहले छटपटाउर्दै वकवकाएर गालिको छर्रा—पर्रामा पठाउन थालेका छन । गिरीजा बाबुको नाम अनुसार परिवार काम त बल्ल भएको छ र जनतालाइ ठग्ने—धोका दिने र आफ्नो कोइराला परिवार त्यसपछि आफ्ना नाता गोताको स्वर्थमा मात्र लिप्त भएकाको फल पनि कस्तो हुंदो रहेछ; त्यो देख्नु भएको छ । आखिर गिरीजा बाबुको नाम अनुसार ग्य्राण्ड डिजायनले साथ दिएको छ । यो योजनामा ज्ञानेन्द्रको कुनै पनि देवी देवता र भाकलले काम गर्न सकेन न त ज्योतिसीहरुको मनोबैज्ञानिक भविष्य बानीले नै काम गर्न सक्यो न सक्छ नै ।
कतिपयले भन्ने गर्छन राजनितीमा धुरन्धर गनिएका गिरीजाबाबु कुटनीतिमा पनि त्यति कै ससक्त हुनुहुन्छ । किनकी उहांको जीवन नै राजनीति र कुटनीतिमा बितेको छ र उहांको जीवन शैली नै त्यसै ढांचामा ढालिएको छ । यी दुइवटै गुणको संगम सक्ती कै कारण उहांले गणेशमान सिंह र कृष्णा प्रसाद भट्टराइ जस्तालाइ किनारा लगाउंदै छाल बनेर अघि बडिरहनु भएको बेला ज्ञानेन्द्र र ज्ञानेन्द्र परिवारलाइ कहिले हात समातेर तोतेबालक बनाउंदै कहिले काखी च्यापेर श्रदालु भक्ती देखाउंदै त कहिले टाउकोको श्रीपेच जस्तै बनाएर ज्ञानेन्द्रलाइ जोगाउंदै अघि बडिरहेका गिरीजा बाबुको एकपछि अर्को र अर्को पछि अर्को गर्दै छुटदै गयो । आखिरमा उहां आफै छालले किनारा लगाइदिए जस्तै बनेर फत्फताउन लाग्नु भएको छ । अब गिरीजा बाबुले अर्को ग्य्राण्ड डिजाइनको गोटी चाल्दै हुनुहुन्छ कि पुन सक्तीशाली राष्ट्रपती अथवा प्रधानमंत्री बन्न ।
No comments:
Post a Comment