बोलिभियाली सरकारले ग्याँस, पानी जस्ता क्षेत्रहरु निजीकरण गरेपनि त्यसविरुद्ध मूलबासी समुदाय लगायतले विशाल प्रदर्शन, बन्द र हडताल गरे । ती आन्दोलनहरु पानीको लडाइँ, ग्याँसको लडाइँ नामले चर्चित भएका छन । सन २००१ को त्यही ‘पानीको लडाइँ’मा संलग्न एकजना प्रदर्शनकारीले भनेको थिए, ‘आन्दोलनले हामीलाई जवान बनाउँछ ।’
हो, बोलिभियाका मूलबासीहरु पनि अहिले आन्दोलनको उचाइको दृष्टिकोणले जवान अवस्थामा पुगेका छन । सरकार उनीहरुको कुरा सुन्न बाध्य भएको छ । विशाल प्रदर्शनका कारण १७ अक्टोबर २००३ मा राष्ट्रपति सान्चेज डि लोजाडाले राजधानीमा नै दिनुप¥यो भने त्यसपछि राष्ट्रपति बनेका कार्लोस मेसा गिस्बर्टले संविधानसभा मार्फत संविधान सच्याउने बाचा गर्नुप¥यो । देशको प्राकृतिक ग्याँसको भण्डारबारे जनमतसंग्रह गर्न बाध्य हुनुप¥यो । तर १८ जुलाई २००४ मा भएको जनमतस्रग्रहले सामाजिक हलचल नरोकिएकाले मेसाले पनि राजीनामा दिनुप¥यो । त्यसपछि १८ डिसेम्बर २००५ मा भएको आमचुनावमा मुभमेन्ट टुवार्ड सोसलिज्मका नेता इभो मोरालेज ५४ प्रतिशत मत प्राप्त गरेर राष्ट्रपति भएका हुन । उनले ग्याँस तथा तेलखानीहरु राष्ट्रीयकरण गर्ने र मूलबासी विरुद्धको विभेद समाप्त गर्ने बाचा गरेका थिए । तयस अुनरुप उनले काम अघि बढाइसकेका छन । राष्ट्रीयकरणको खुल्लामखुल्ला विरोध गर्न नसके पनि ला पाजमा रहेका अमेरिकी अधिकारीहरु चाभेजको यो कदमलाइ मूलबासीहरुको आन्दोलनलाई आफ्ना पकडमा ल्याउने दाउ हो भनेर कुरा काटिरहेका छन तर मूलबासीहरु अमेरिकी अधिकारीहरुको कुरा पत्याउने वालामा छैनन ।
बोलिभियाका मूलबासीहरुको आन्दोलनको समीक्षा गर्दै ओस्कार एभिलले गरेको टिप्पणी एकदमै मननीय छ । उनको टिप्पणी छ—‘बहुमतमा रहेका मूलबासीहरु फेरि जागेका छन ।’ मूलबासीहरुले नब्बेको दशकयता गरेका सशक्त आन्दोलनहरुलाई हेरेर उनले यो निष्कर्ष निकालेका हुन । हुन पनि नब्बेयता मूलबासीले राष्ट्रिय जीवनमा प्रभाव पार्ने आन्दोलनहरु गरे । जस्ता कि भूमिमाथिको अधिकार माग गर्दै अमेजन सहरमा बस्ने आठ सयजना जति मूलबासीहरु सन १९९० मा ‘लङ मार्च’ गरेर ला पाज सहर आइपुगेका थिए । त्यही लङ मार्चक कारण १५ लाख हेक्टर भूमिलाई राज्यले मूलबासी प्रदेशको रुपमा स्वीकार ग¥यो । त्यस्तै गरेर बोलिभियाका गोरा अभिजातहरुलाई फाइदा पुग्ने गरी राष्ट्रिय निगमहरु धमाधम बेच्न थालेपछि मूलबासी अमारा गोठाला, किसान तथा अन्यहरुले विशाल ¥याली निकालेका थिए भने कोका खेती गर्ने मूलबासी इन्डियनहरुले किसान, मजदुर संगठन र ग्याँस कारखानाका मजदुरहरुसँग मिलेर ला पाज सहर ठप्प पारे, जसलाइ ग्याँस युद्ध (सन २००३) भनिन्छ । यसरी बोलिभियाका मूलबासीहरुले आफूलाई जवान बनाइ राखेका छन ।
No comments:
Post a Comment