इतिहास भन्नाले कुनै वितेका घटनाहरुको कहानी हो । कुनै पनि घटना कुनै एक समयमा त्यो इतिहास बन्छ । त्यो इतिहासबाट के सिक्ने ? त्यो इतिहास कस्तो थियो भन्ने कुरा प्रमुख त इतिहास खोज्ने कर्तामा भर पर्छ साथै त्यो इतिहासको बारेमा यथार्थ वा कति सत्य भन्ने कुरा खोजे इतिहास पढ्नेमा भर पर्ने कुरा हो । इतिहास खोजेर लेख्नु कठिन काम हो जति इतिहासको काल खण्डमा रहेर त्यो काल खण्डलाई ऐतिहासिक बनाउन कुनै इतिहास कारलाई चुनौतीपूर्ण हुन्छ । इतिहासलाई लेख्नु र बनाउनु धेरै फरक कुरा हो, जस्तै धेरै पढेर विद्वान बन्नु र महामुर्ख बन्नुमा फरक छ एउटै शिक्षा लिएर पनि । साथै बाद भन्नाले कुनै सिद्धान्त र दर्शनको प्रतिपादनसँग सम्बन्ध रहन्छ ।
इतिहास लेख्नु र बनाउनुमा फरक छ । के कुनै इतिहास खोजेर लेख्नु त्यो इतिहासकार हुनु हो ? यदि इतिहास खोजेर लेख्ने लेखकहरु इतिहासकार हो भने हामी मध्ये धेरै कथाकार, साहित्यकार, इतिहासकार किन भएनौं जसले विद्यालय देखि क्याम्पससम्म अरुले नै लेखेको भएपनि कथा, इतिहास, साहित्य आदिको प्रश्न उत्तरहरु लेख्दै आएका छन् । इतिहास लेखकहरुले पनि त्यही इतिहासका प्रश्नहरु खोज्ने हैन ? त्यसैले इतिहास लेख्नु भनेको इतिहासकार हुनु हैन, इतिहासकार भनेको वितेको कुनै काल खण्डमा कुनै घटना वा परिस्थितिको सिर्जना वा रचना गर्नेहरु हो । कथित इतिहास र लेखकहरुलाई कसरी लेखक भन्ने यदि सही इतिहास लेख्दैन भने । लेखकले आफ्नो लेख कुन तरिकाले लेख्छ त्यो त्यही लेखकको स्वतन्त्र र मौलिक अधिकार पनि हो । इतिहास लेख्नु कसैले रचना गरेर लेख्ने हैन नि † इतिहास लेख्नु वितेका घटना र देखेको यथार्थ कुरा लेख्नु हो । के नेपालका इतिहास खोजकर्ताहरुले यो गरेका होलान् ? आतंकद्वारा दौडेर राजा बन्यो भनेर इतिहासलाई दन्ते कथा जस्तो बनाउने सच्चा लेखक हो ? हिन्दु साम्राज्यवादी, विस्तारवादी सम्प्रदायिकक्ता, र अराष्ट्रिय तत्व पृथ्वी नारायण शाहलाई एकताको प्रतिक भनेर लेख्नु लेखकको परिचय हो ? सबै मंगोलहरु भोटतिरबाट आएको अनि सबै हिन्दू जातीहरु चाँह यहि देशको जस्तो सम्झनु मुर्खता हैन र ? यदि हामी भोट तिरैबाट आएको भए यो अहिलेको वर्तमान नेपालमा को बसेको थियो ? ब्उभतयmबल कुनचाहिँ हो प्रमाािण्त गर्नु प¥यो नि । शंखधरलाई शुद्र भनेर काठमाडौं उपत्यकामा आजभन्दा ११२५ वर्ष पहिले काठमाडौं खाल्डो हिन्दूहरुको जड थियो भन्ने दुश्प्रयास गर्नु कति सही होला ? नेपालमा हिन्दूहरु भित्रेको लगभग ५०० वर्ष किन हजारौं वर्ष बनाउँछ ? आफ्नै देश छैन बाहुनहरुको, लुट्, फुटा, शासन गर भन्दा अरु कुनै निम्ती छैन, आफैं देश नभएका आदिवासी र जनजाती बाहुनहरु हामीलाई तिनीहरुको अरौटे भरौटे, गोठाला, तिनीहरु पहिले हाम्रो बनाएर आफ्नै दाँतमा ढुंगा चपाउने काम किन गर्दैछ ? समय मात्रै यी गलत कुराहरु नसच्चयाए, हरेक षड्यन्त्रहरु बन्द नगरे यसको मूल्य महंगो हुनेछ, आदिवासी र जनजाति हिन्दुहरुलाई र यसलाई दासता स्वीकार्ने पाखडिहरुलाई । अव यि सव प्रश्नको उत्तर खोज्ने काम मंगोलबादले गर्छ । मंगोलबाद त्यो वाद हो जसले गुम्न लागेका र गुमाउन लागि परेकाहरुको षडयन्त्रको चिराफार गर्नु हो । मंगोलबादले नलेखिएको इतिहास, लकाइएको इतिहास, फुटाइएको एकता, भित्राइएको असभ्य हिन्दुत्व, सद्भावको नाममा लादिएको सम्प्रदायिक्ता अनि हाम्रो बास्तविक शत्रुलाई चिनाउनेछ । मंगोलबादका प्रणेता वा अगुवा गोपाल गुरुङको यात्रा चिनिया यात्री फाहियान (कुंग) को तत्कालिन पिटकमा रहेको अधुरा र क्रमभ्रष्टको पूर्णता र समाधानको निम्ति कठिन गोवि मरु भूमिको यात्रा जस्तै हाम्रो पुर्खाको अधुरो र अस्पष्ट बनाइएको इतिहासको पूर्णता र यथार्थको निम्ति पञ्चायत कालको कालो कोठरीदेखि तथाकथित बहुदलिय दासतन्त्रको भूमिगत जीवनदेखि आजको अलि खुल्ला, कठीन, चुनौतिपूर्ण र निश्चित यात्राहरु तय गर्दै र पूरा गर्दै हुनुहुन्छ अनि हामी मध्ये धेरै मुकदर्शक भएर हेरिरहका छौ त कति त्यही यात्रामा छन् । मंगोलबादको दर्शन र ति यात्रीहरुको यात्रा एउटा महान लक्ष्यको साथ अगाडि बढीरहेको छ या की मंगोलबाद नत दासी रातो सिन्दुर न त भिखरी सेतो खरानीको निम्ति लडिरहेको छ । मंगोलवादलाई आदर्श र सिद्धान्त मान्दै ति महान् यात्रीहरु राजनैतिक रुपमा लोकतान्त्रिक समाजवादसम्मको यात्रा र अमूल्य अस्तित्वका निम्ति यात्रारत छन् र हुनेछ ।
मंगोलबादका निम्ति केही अप्ठ्यारा बाटाहरु चुनौतिपूर्ण यात्राहरु छन् तर निश्चित र स्पष्ट पनि छन् । मंगोलबाद भित्रका विचारहरु व्यापक, शान्तिपूर्ण, सर्वश्रेष्ठ र सबै मानवको निम्ति छ तर आकाश जस्तो व्यापक, शान्तिपूर्ण र सबैभन्दा माथि भएर पनि अनिश्चित भने छैन । मंगोलबाद निरंकुश व्यक्तिवाद, आदर्शवाद, साम्यवादहरुलाई चिर्दै २१ औं शताव्दीको श्रेष्ठबाद लोकतान्त्रिक समाजवादलाई परिमार्जन समयानुकुल परिवर्तन गर्दै र कमजोर पक्षहरुलाई न्यूनिकरण गर्दै यात्रा तय गर्नेछ । मंगोलबाद घोषित विदेशी मृत्यु र अघोषित स्वदेशी मृत्युका कारणहरु खोतल्दछ । बाहुनको गोरुलाई झै गाली र क्षेत्रीको बाहुनहरुलाई तालिको निम्ति हाम्रो शरिर र छर्रा र जिन्दगीमा भोगिरहेको अपराधविनाको सजायको अन्त गराउन युवालाई निडर, जोसिला बनाउने मंगोलवादको कदमहरु हुन् ।
समग्रमा लुकाइएको पुर्खाको इतिहास, शिक्षितको नाममा जन्मेका महामुर्खहरु, लेखकको नाममा जन्मेका नालायक इतिहासकार भनाउँदाहरु, राष्ट्रविहिन बनाइरहेको षडयन्त्रहरु, मुक्तिको नाममा सयौं वर्ष पछाडि धकेल्ने दुस्प्रयासहरु, आफू भन्न नदिएर गरेका अपमानहरु, हाम्रा वितेका काला र भविष्यका सुनौलो दिनहरुको निम्ति यात्राहरु सद्भावको नाममा फैलिएका राष्ट्रघातीहरु अधिकारको नाममा हिडेका भिखारीहरु मान्छेको रुपमा जन्मे पनि पसु जीवन जिउन बाध्य गराउनेहरु, बाघ भएर विरालो र विरालो भएर बाघका अनुहार आदि सामाजिक यथार्थतालाई भोलिको कर्णाधारहरु युवा पीडितलाई देखाउँदै र सहभागी हुनाका लागि पनि मंगोलबादको अतुलिनिय भूमिका रहेको छ ।
No comments:
Post a Comment