Tuesday, March 26, 2013

लिम्बूहरुलाई ‘जनजाती’ को सूचिबाट हटाऊ -कुमार लिम्बू


“हामी लिम्बूहरु ‘इक्सा’ (पृथ्वी) खाम्बेक (माटो) का सन्तान हौं । हामी बलिहाङ (बलिराजा) का सन्तान हौं ।” यी वाक्यहरु हाम्रा पुर्खाहरुले मुखग्र पारेर भन्दै, सुनाउँदै ल्याएका कुराहरु हुन् । यद्यपी आज पनि लिम्बू लिम्बूनी बुढा-बुढीहरु रत्याली (एकप्रकारको गीत) गाउँदा यही वाक्यहरु बारम्बार दोहोर्‍याउँछन् । चाहे धाननाच नाच्दा होस्, बलिहाङ (तिहार) तङनाममा होस्, चाहे जन्म मृत्यु संस्कारमा नै किन नहोस् । लिम्बूहरु यही धर्तीबाट उत्पत्ति भएकाहरु हौं । हाम्रो आफ्नो भाषा, लिपी, संस्कृति, सामाजिक मूल्य-मान्यता संस्कृति भेषभूषा, चाडपर्व रहेको छ । ती कुराहरु हाम्रा पुर्खाले विद्धालय गएर सिकेका होइन विश्वविद्धालयमा पढेर बनाएका होइन । बरु कठिन युगबाट पाठ सिक्दै विकास गरेका कला र सभ्यता हो ।  यही ने हाम्रो सम्पत्ति पनि हो ।
जुन बेला विद्धालय, विश्वविद्धालयनै थिएन, जुन बेला मान्छेले मान्छेलाई चिन्नै गाह्रो थियो हाम्रा आदरणीय पुर्खाहरुले त्यही बेला नै उसले आफूलाई यही माटोको सन्तान हो भनेर दर सन्तानलाई भनाउँदै सुनाउँदै आए, त्यही पुर्खाको सन्तानहरु आज विद्धालय, विश्वविद्धालय पढेकै तुजुकमा इक्सा खाम्बेकका सन्तानहरुलाई अरुको नोकर भरौटे, अरौटे, कुरौटे, बनाएर आफूलाई महान ठानिरहेका छन्  हो पढ्नु पर्छ, आफू र आफ्नो समुदायलाई संसारको अगाडि चिनाउनु, देखाउनु पर्छ । पुर्खाको नाम इज्जत राख्नु पर्छ । बलिदानको गाथालाई बिर्सन हुन्न । यसमा कसैको दुई मत छैन । आफ्नो जमभूमि सबैलाई प्यारो लाग्छ । आफ्नो समुदायको नाम रेडियो, पत्रपत्रिकामा आउँदा गर्वले फुलिन्छ । तर के यी जेठा बाठाहरु साँच्चैनै सही बाटोमा छन् त ? हामीले उनीहरुको बारेमा मूल्यांकन गर्ने दिन आइसकेको छ । हाम्रा अधिकारका लागि भनेर लडिरहेकाहरु वास्तवमै हाम्रो अधिकारको लागि नै लडिरहेका छन् त ? शायद नपढेका र अलि पढेकाहरुलाई जसरी पनि बुझाउने, पछि लगाउने र  आफ्नो सिमित स्वार्थपूर्ति गर्ने मानसिकताबाट साँच्चै हामी हट्नु पर्छ । हिजो पद्म सुन्दर लावती गृहमन्त्री हुँदा परशुराम खापुङ मन्त्री भयो भनेर गर्वले फुल्ने धेरै लिम्बूहरु भेटेको छु, देखेको छु । मलाई पनि सानो छँदा त्यस्तै लाग्थ्यो । मन्त्री भनेपछि ठूलो मान्छे । त्यो पनि लिम्बू । मेरो खुट्टा भुईमा हुँदैन थियो पछि बुझ्दै जाँदा पद्म सुन्दर लावती त मन्त्री हुनको लागि शुद्र बन्न पनि तयार भएको लिम्बू पो रहेछ । कतिसम्म भने वीरेन्दैको राज्यविशेषकको बेला शुद्रलाई ओढाइदिने दोसोल्ला ओढेपछि पो मन्त्री भएको रहेछ । उहाँ कस्तो बिडम्बना । म चाहन्छु यस्तो नहोस । यस्तो कार्यले हामीहरुलाई इक्सा,खार्वकका सन्तान हो भन्ने पुर्खाको आत्माले सराप्नेछ ।
यहाँ उठाउन खोजिएको प्रसङ्ग के हो भने हामीले जति पढ्यौं उति-उति पुर्खालाई विर्सन थाल्यौं वीर काङसोरेको सन्तानहरु गोर्खाली भर्तीमा भर्ती हुन पाउँदा खुशी हुन थाल्यौं । जनजाती (lower cast_)  भन्दा उफ्री-उफ्री रमाएर कराउन थाल्यौं । केलाङ्ग (च्याबुङ नाच) नाच्दा, बिहे गर्दा वा भनौं हाम्रा गन्य मान्यहरु आफूलाई मैहु भन्नेहरु जो आफूलाई लिम्बू इतिहासका नेता ठान्छन्, बुद्धिजीवी ठान्छन्, आशुवाद गर्न रुचाउँछन् उनीहरु नै दौरा सुरुवालमा सजिएको देख्दा कता-कता मन चस्स हुन्छ । भाषणमा बाहुन छेत्रीले यसो गर्‍यो उसो गर्‍यो भन्ने । अर्कोतिर लिम्बूहरुको अत्यन्त विशिष्ट नाच धान नाच नाच्दा दौरा सुरुवाल लगाएर उभिने, ढाका टोपीमा सजिन्छ भने यस्ताले के संस्कृतिको कुरा गर्नु के लिम्बूको कुरा गर्नु ? यस्तो मानसिकताबाट अघि बढेका लिम्बू अगुवाहरुबाट लिम्बू समुदायको मुक्ति, उत्थान, विकास सम्भव छैन । यसबाट सबै लिम्बू समुदाय सचेत हुने  दिन आइसकेको छ।
कित स्वामी प्रपन्नचार्यले भनेझैं लिम्बू राईहरु पनि आर्चकै सन्ता हुन् र हिन्दुहरु धर्मलम्बी नै हौं भनेर सपष्टसंग भनिदेऊ । कि त जनजाती (gypsy)  प्रतिष्ठान, जनजाती (gypsy)  महासंघले भने झैं लिम्बूहरु जनजाती नै हो भनिरहनु । विश्वको इतिहास जान्ने विद्वान अति विद्वानहरुलाई सोध्नु यो जनजाति भनेको के हो भनेर ? मैले थाहा पाएसम्मा ठूलो जात, सानो जात भने कुरा हिन्दू समाजमा मात्र पाइन्छ । हाम्रा पुर्खाहरुको बोलीचाली व्यवहार, क्रियाकलाप देख्दा हिन्दू जस्तो त लाग्दैन । केही लिम्बू समुदायमा ठूलो सानो छूत अछूत चलन पनि त छैन नि । हाम्र पुर्खाले दौरा सरवाल लगाएको ढाका टोपी ओढेको पनि मैले पाइन । यी सबै कुराहरु कसरी आए ? मलाई त्यसै त्यसै खुल्दुली लाग्छ । बरु नेवार समुदायमा ठूलो सानो छुवाछूत प्रथा छ यद्यमी उनीहरु हिन्दू चाहिं होइन । नेवारहरु यसर्थ उनीहरुमा जनजाती जमात हुनु पर्ने हो यद्यपी उनीहरु हिन्दू होइन बरु नेवारहरुले उनीहरुलाई जनजती सूचीबाट हटाउ भनेर भनिरहेका छन । वास्तवमा यो बुद्धिमानी कुरा हो वा ठूला जात भन्नेहरुको आडम्बरीको कारण । यो बुझ्नु पर्ने विषय हो । नोवार अगुवाहरुले किन जनजाती सूचीमा बस्न मानेन त्यो आफ्नो ठाउँमा छ त्यसमा पनि लेख्दा एउटा ठूलो विषय वस्तु बन्छ होला तर म लिम्बूहरलाई जनजातीको सुचिबाट हटाउन भन्छु । यसमा मेरो अर्कै तर्क छ मेरो अर्कै विचार छ । यसबारे अलिकति गहिरियौं ।
लिम्बूहरु हिन्दू होइन त्यसैमा जात (caste),   जाति (subcaste)  र जनजाती (lower caste)  पनि होइनौं । जात, जाति, जनजाति हिन्दू समाजमा मात्र  हुन्छ जस्तै ४ जात बाहुन छेत्री, बैश्य र सुद्र जाति शुद्र (कामी, दमाई, सार्की), जानजाती गाइने पोडे, च्यामे, धोवी, हादि हुन् । के लिम्बूहरु यी जात जाति , जनजाति भित्रैको हौं त जबकी हाम्रा ती महान पुर्खाहरुले भनेको इक्सा/खामबेक भनेको त्यही जनजाति शुद्रबाट खसाइएको जनजाति नै हौं कि अथवा यहुदीहरु जस्तो संसारकै बन्न र भनाउन तल्लिन छन् । तिनीहरुको लागि प्रश्न यसो होइन लिम्बूहरु हिन्दू होइन , लिम्बूहरुको पोशाक दौरा-सुरवाल होइन ‘टोपी’ त्यो ढाका टोपी पनि होइन काङसोरेका सन्तान हौं । इक्सा खाम्बेकका सन्तान हौं भनेर भन्छन् भने एकपल्ट आफूलाई आफैले छाम्नै पर्छ, नत्र भोली तपाईको सन्तानले तपाईलाई नै धिकार्नेछ । विद्यालय , विश्वविद्यालय नै नदेख्ने ती अति दूरदर्शी पुर्खाहरुको अनुभव बुझाइलाई तपाईको कान र विज्ञानले सुसज्जित युगसंग दाँज्दा तपाईको विद्वतामा प्रश्न चिन्ह नलागोस । हाम्रा पुर्खालाई ढुंगेयुगीन भनेर आफूलाई उच्च विद्वान भद्र र भनाउन इच्छुकहरुले साँच्चै   लिम्बु र लिम्बूहरुको मुक्ति चाहन्छ भने एकपल्ट सोच्नै पर्छ ।
यसो भन्दा मेरा कुराहरु हावामा  हाँकै होला, व्यर्थ होला ता पनि ममा एउटा दृढता जागिसकेको छ म लिम्बूहरुलाई अहिन्दू (Non Hindu) मूलबासी (indigenos) मंगोलको दृष्टिकोण बाट हेर्न खोजेको छु । र मलाई पूर्ण विश्वास छ । तपाईहरुको धेरै उत्कृष्ट विचारहरु होलान । बिश्व विद्यालयको ज्ञानलाई अन्तिम तससिलु होला । यहाँ भित्र धेरै भ्रम नै भ्रम लुकेको  हुँदोरहेछ । कतिसम्म भने नेपालका मानव शास्त्री समाजशास्त्रका विद्यार्थीहरु जात (caste), वर्ण-रङ (race) मा पनि कन्फ्युज भएको प्रसस्त उदाहरण पाइयो कतिले त race भनेको पनि जातै हो  caste  भनेको पनि जातै हो भने सम्मकाहरु भेट्टयो । यस्तोलाई हचुवा शिक्षा र यस्ता शिक्षा आर्जन गर्नेलाई हचुवावादी भनेर किन नभन्ने । हामी लिम्बूहरु पनि यस्तै अग्रहरुको निर्देशनबाट अगाडि बढीरह्यो । लिम्बूहरु कुन वर्णको र समुदायको भन्दा पनि जाति (caste)  के हो भनेर डोरबहादुर विष्ट, कहिले विभिन्न विज्ञहरु कहिले डा. हर्क गुरुङ, कहिले जनजाती ओम गुरुङ कहिले जनजाती कृष्ण भट्टचनकहाँ गयौं । यसैको बाबजूद नै सन् १९९० मा मोहन विक्रम सिंहले ओकलेको जनजाति शब्दले लिम्बू समुदायलाई बाध्यो । हामी यही लहडमा छौं । वासतवमा जनजाति हिन्दू समाजको अति शुद्र ‘जाति’ जो बाहुनको पैतालाबाट जन्मिएको हो । त्यसलाई ‘जनजाति’ भनिन्छ । यस्तो अर्थ लाग्ने शब्दको पछि लगाएर लिम्बूहरुलाई हिन्दू बनाउन खोजेको हो वा देशै नभएका समूल बनाउन खोजेको हो ? यसलाई सोच्ने दिन आएको छ ।

No comments:

Post a Comment