Tuesday, March 19, 2013

लोकसेवा प्रकरणले उब्जाएका गम्भीर प्र

 -अमरदिप मोक्तान
रामस्वरुप सिन्हा र सुर्य प्रसाद गौतमद्धारा आफ्नो छोरी र श्रीमतीको कापी आफै जाँच गरी पास गराइएको प्रकरणले नेपाल निजामती सेवा परीक्षा कलंकीत मात्रै नभई नेपाल भ्रष्टाचारी देशको सुचीमा राम्रो स्थान ओगट्न किन सफल भयो भन्ने कुराको खुलासा भएको छ । विगतदेखि हालसम्म आफ्नोलाई मात्र लोक सेवामा पास गराउने परम्पराको निरन्तरताको कारणले गर्दा निजामती सेवामा कुनै जाती विशेष वर्गको मात्र प्रतिनिधित्व हुन गएको प्रमाणित भएको छ । वर्तमान परिवर्तनको लहरमा रहेको नेपालमा यस्ता कार्य निर्धक्क रुपमा हुने गर्दछ भने विगतमा कस्तो प्रकारको पुर्वाग्रही परीक्षा भयो होला निजामती सेवामा उतीर्ण जातीय प्रतिशतले सहजै अनुमान गर्न सकिन्छ ।
राजनितीमा विगतदेखि हालसम्म जस्तो कोटा प्रणाली अनुशरण गरीदैछ त्यस्तै कोटा प्रणाली अन्तर्गत लोकसेवामा उतीर्ण गराउने परम्परा चली रहेको कारणले गर्दा खास गरी नेपालका मूलबासीहरुको उतीर्ण प्रतीशत कम भएको हो । लोक सेवा जस्तो पारदर्शी भनीने परीक्षामा यस्तो पुर्वाग्रही कार्य हुनेगर्दछ भने अब नेपालमा विश्वास गरीने लायकको कुनै निकायको परीक्षा रहेन भन्दा सायद गलत नहोला 
निजामती लगायत नेपालमा हुने विभिन्न सरकारी परीक्षा  प्रकृया  पुर्‍याएको देखाउनका लागि मात्र हो भन्ने कुरा खुलस्त भएको छ । छिमेकी भारत वर्षको प्रान्तीय र लोक सेवा आयोगको परीक्षामा भारतका विभिन्न जातीसंग प्रतिस्पर्धा गर्दै आदिवासीले स्थान प्राप्त गर्न सफल हुन्छन् भने नेपालमा उतीर्ण किन हुन नसकेको हो भन्ने कुराको कुरा जगजाहेर भएको छ । नेपालको राजनिती जस्तै लोक सेवा परीक्षा पुर्वनियोजित तरीकाद्धारा भागबण्डामा परीणत भएको छ लोकसेवा परीक्षा पारदर्शी निष्पक्ष नभएकाले गर्दा कारण हालसम्म कस्ता प्रकारका निजामती सेवकको उत्पादन भयो र हुनेवाला छ सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा भ्रष्ट राजनैतिज्ञलाई प्रशय दिनु र लोक सेवा आयोगद्धारा गलत तथा भ्रष्ट आचरण भएकालाई जानी जानी र छानी छानी उतीर्ण गराउनुको कारणनै नेपालमा भ्रष्टाचारको बोलबाला व्याप्त भएको हो ।
आश्चार्यलाग्दो कुरा के छ भने केही परीवार, केहि विशेष जाती, केहि जिल्ला र क्षेत्रका व्यक्ति मात्रै लोक सेवा कसरी उतीर्ण हुन्छन् भन्ने जिज्ञासा आम नेपालीमा उब्जिने गर्दथ्यो तर यथार्थमा लोक सेवा कापी जाँच प्रकरणले भागबण्डा मिलेमतो प्रकरण र भाई भतीजावादको जरो कति गहिरो रहेछ भन्ने कुरा प्रमाणित भएको छ । निजामती सेवाको तथ्यांकलाई हेर्दा पहाडि बाहुन, नेवार मध्येका उच्च जाती र तराई मुलका राजपुत बाहुन, कायस्थ, बनिया र हाल आएर यादवबीच भागबण्डा भए अनुसारको उतीर्ण प्रतिशतले लोक सेवा परीक्षाको विश्वस्नीयतामाथि सन्देह मात्रै हैन नेपालमा भ्रष्टाचारी उत्पादन गर्ने संस्थानै लोक सेवानै हो भनी किटान गर्दा उपयुक्त देखिन्छ ।
नेपाली समाजको वर्तमानको मात्रै हेरी विश्लेषण गर्नु भन्दा विगतदेखि नै लोक सेवाद्धारा अपारदर्शी तरीकाले उत्पादन गरीएको निजामती सेवक प्रती पनि औँला  उठाउनु पर्ने आवश्यक्ता देखिन्छ नेपालमा भ्रष्टाचार गर्ने विभिन्न प्रकारहरु छन् । आम नेपालीले वर्तमानको कुरामा मात्रै ध्यान केन्द्रित गर्दछन् र केहि समय पश्चात त्यो कुरो सेलाएर जान्छ । राणा शाहले विर्ता नाममा हजारौ विगाहा उर्वरा जमिन भ्रष्टाचार गरे हाल आएर राण शाहको पैतृक सम्पत्तीझै वैधानीकता प्रदान गरीएको छ जुन राणाको पाला आयो उसले आफनो परिवार पुरोहित र आसेपासेलाई खुलेआम राष्ट्रको ढुकुटि बाढ्ने काम गरे । प्रश्न उठ्छ प्रधानमन्त्रीलाई राष्ट्रको सम्पत्ती आफुखुसी बाढ्ने र बैधानिता प्रदान गर्ने अधिकार कसले दियो आज राणाद्धारा भ्रष्टाचार गरी अख्तियारको दुरपयोग गरेको सम्पत्तीले बैधानिकता प्राप्त गरेको छ । वन सुदृणीकरण उच्चस्तरीय आयोग सुकुम्बासी आयोगको नाममा केहि विशेष जातीलाई एक निवेदनको आधारमा तराईको उर्वरा थोक भाउमा बाडियो । विगतदेखि हालसम्म नेपालको राजनिती निजामती सेवामा अवलम्बन गरीएको प्रकि्रया कुनै विशेष जातीलाई माथि उठाउन र नेपालका भुमी पुत्र आदिवासी जनजातीलाई पुर्व नियोजित तरीकाबाट अल्प संख्यक बनाउनका लागि षडयन्त्र भई रहेको छ ।
नेपालमा विशेष भनिने जाती र आदिवासी जनजातीबीच राजनैतिक आर्थिक शैक्षिक क्षेत्रमा ठुलो खाडल हुनुको कारणनै पुर्व नियोजित षड्यन्त्र हो यो परम्परा यथावत रुपमा जारी रहेको छ नँया नेपाल पुरानो नेपाल मात्र नाममा सिमीत बन्न पुगेको छ बहुसंख्यक उत्पीडित जनताका अुखामा छारो हाल्नका लागि नाममा फेरबदल मात्र गरीएको हो । नेपाल आज नव नेपालीको षड्यन्त्रमा फसेको छ आदिवासी भुमिपुत्र नेपालका नव नागरीकका रुपमा परीणत भएका छन् भने पहाड होस् या तराई-मधेस नेपालका नव नागरीक यँहाका भुमीपुत्र बन्न पुगेका छन् । नेपालका विशेष जातीका इतिहासकारहरुद्धारा लिखित इतिहासमा नेपालका भुमिपुत्रका इतिहास केहि पाराग्राफ देखि एक पानामा समेटिन्छ भने केहि विशेष जातीको गुणगान र काल्पनिक इतिहासले पुरै किताब भरिएको पाइन्छ । प्रसंग लोक सेवा तर्फ फर्किदा यति मात्रै भन्न सकिन्छ नेपाली जनताले लोक सेवा प्रकरणलाई ठुलो रुपमा लिनु गलत हो ।
वीर भोग्या बसुन्धरा अर्थात वीरले पृथ्वी राज्य गर्छ भने जस्तै गणतन्त्र नेपाल पहाडि ब्राहमण र मधेसीबीच भागबण्डाको कारणलेनै सम्भव भएको हो त्यसकारण गणतन्त्र नेपालको सत्तामा पहाडि ब्राहमण र मधेसीबीच कुनै पनि रुपमा गठबन्धन अपरिहार्य छ लोक सेवाबाट उत्पादन हुने निजामती सेवकमा किन भागबण्डा हुन सक्दैन विगतदेखि हालसम्म पहाडि ब्राहमण नेपालको प्रत्येक क्षेत्रमा एकाधिकार थियो भने उहि पहाडि ब्राहमणका पुर्वज मधेसीले भागबण्डा किन नपाउने तसर्थ लोक सेवा आयोगको कापी जाँच प्रसंगलाई तरंगीत बनाउन व्यर्थ छ यो निरन्तर रुपमा चलिरहेको र रहने प्रकि्रया हो यसलाई कसैले रोक्न सक्दैन । जे होस् लोक सेवा कापी जुच प्रकरणले जनजाती मूलबासीहरु किन पछाडि परे र भविष्यमा पनि पर्नेछन् भन्ने कुराको पुर्व संकेत हो यस कार्यलाई रोक्न व्यर्थ एवं असम्भव छ । पहाडि ब्राहमण र मधेसी विजयरथमा सवार भएको छन् जबसम्म नेपाललाई ध्वस्त बनाइदैन तबसम्म यो रथ निरन्तर रुपमा अगाडि बढिरहने छ ब्राहमण र मधेसीको एक मात्र संकल्प हो जम्बो दिपे भारत खण्डे भित्र रहेको नेपाल कसरी एक स्वतन्त्र राष्ट्रको अस्तित्वको रुपमा रहन सक्छ

No comments:

Post a Comment