मिति २०१३ मार्च १०
आदरणीय अग्रज तथा सहकर्मी साथीहरु
बिषय: सहयोगको लागि एन आर एन जापानको सार्बजनिक अपिल
अन्तरराष्ट्रिय महिला दिवस मनाइ रहदै गर्दा जापानमा एक नेपाली चेलीले आत्महत्या गरेको खबर सुन्नु पर्दा हामी सबैलाई दुख लागेकै हो|
स्थायी ठेगाना मगलटार -९, काभ्रे, नेपाल भएकी; जापानमा सबै नेपाली जस्तै आफ्नो तथा परिवारको भविष्य बनाउन भनि १ वर्ष अगाडि जापानी भाषा विद्यालयमा अध्ययन शुरु गरेकी स्वर्गीय सानु कुमारी तामाङ बहिनीको असामयिक मृत्युमा एन आर एन जापान तथा व्यक्तिगत तर्फ बाट दिवंगत आत्मको चीर शान्ती को कामना गर्दै शोक सन्तब्ध परिवार प्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।
हामी सबै यहि जापान बाशी नेपाली समाजमा केहि सामाजिक दायित्वबोध गर्दै बिभिन्न रुपमा सामाजिक अभियानमा संग्लग्न पनि भएको यथार्थ निबेदन गर्दै; यस्ता भैपरी आउने समस्याको स्थायी समाधान तर्फ ध्यान दिन र त्यसको दिर्घकालिन योजना तर्जुमा गर्नु पर्ने भएतापनि “तत्काल परिवारको आग्राह अनुसार मृत-शरीर नेपाल पठाउनकोलागि” आवश्यक सहयोग जुटाउन सबै संघ सस्था लागे झैँ गैर आबाशिय नेपाली संघ जापान समेत यहाँहरु सबै अग्रज तथा तथा यहाँका संस्था लगायतका सबै करुण मनका मित्रहरुलाई विनम्र अनुरोध गर्दछौ ।
साथै यहाहरुको यस ३ दिने सहयोग संकलन अभियान पछी गैर आबाशिय नेपाली सघ जापान को तर्फ बाट पनि सहयोग राशी थप गरि सम्बन्धित पक्क्ष लाई सहयोग हस्तान्तरण गरिने व्यहोरा सुचित गर्दछु|
यो सम्पूर्ण अभियानको संयोजनको लागि एन आर एन जापानको तर्फा बाट कार्य समिति सदस्य तथा ग्रिन नेपाल प्रोजेक्ट संयोजक श्री देविलाल भण्डारी ज्यु (०८०-४७१७-४८८६) तथा कोषध्यक्ष श्री नर बहादुर थापा ज्यु (०८०-५४९५-५८७७) लाइ सम्पर्क गरी रकम एन आर एन जापान को तपसिलको खातामा फुरिकोमी गर्न सकिने व्यहोरा समेत अनुरोध गर्दछु|
खाताको बिस्तृत विवरण
पोस्ट अफिस खाता नम्बर: 10010-52370361
एन आर एन जापान, पोस्ट अफिस खाता
यहाहरुको अटुट सहयोग र सदभाब को लागि हार्दिक धन्यबाद सहित
ओम गुरुङ
अध्यक्ष्य: गैर आबाशिय नेपाली संघ, जापान
No comments:
Post a Comment