Monday, March 18, 2013

इजरायलमा कामदार पठाउने प्रकृया सुरु


काठमाडौं, फागुन २८ । नेपाल सरकारले इजरायलबाट माग भई आएका तीन सय केयरगिभर कामदार आपूर्तिका लागि प्रकृया थालेको छ ।
सरकारीस्तरबाट पठाइने केयरगिभरका लागि काम गर्न बैदेशिक रोजगार बिभागका निर्देशकलाई सरकारी रोजगार सेवा अधिकारीका रुपमा तोएकिो छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले सरकारीस्तरबाटै कामदार पठाउने प्रकृया थाल्नका लागि सेवा अधिकारी नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको निर्णयसँगै पहिलोपटक सरकारी तहबाट इजरायलमा कामदार आपूर्ति प्रकृया सुरु हुने छ । हालै श्रम सचिवको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले इजरायलबाट ३ सय केयरगिभरका लागि माग ल्याएको थियो । कामदार छनौट तथा पठाउने कुनै पनि प्रकृयामा म्यानपावर कम्पनीको सहभागीता हुनेछैन ।
‘कोरियामा जस्तै सरकारी तहबाटै पठाउने हो, इजरायलबाटै कामदार छनौटका लागि प्रतिनिधि आउँछन र भिडियो अन्र्तवार्ता लिएर जान्छन’ श्रम सचिव सुरेशकुमार श्रेष्ठले भन्नुभयो-’भिडियो हेरेर रोजगारदाताले नै कामदार छान्छन ।’
पाइलट प्रोजेक्टका रुपमा इजरायल सरकारले नेपाललाई पहिलोपटक सरकारीस्तरमा कामदार माग दिएको हो । नेपालसँगको अनुभवका आधारमा अन्य सवै मुलुकमा सरकारी स्तरबाटै कामदार लिने प्रकृया सुरु हुने जानकारी इजयरायली अधिकारीहरुले दिएको सचिव श्रेष्ठले बताउनुभयो ।
पाइलट प्रोजेक्टमा सहभागी भई इजरायल पुगेका नेपाली कामदारले राम्रो काम गरेमा हरेक बर्ष करिव एक हजार जना केयरगिभरको माग नेपाललाई दिने इजरायलले आश्वासन दिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले इजरायललाई हरेक बर्ष करिव ५ हजार केयर गिभरको आबश्यकता पर्छ ।
निजी क्षेत्रको सहभागीतामा केयरभिगर ल्याउँदा उनीहरु निकै ठगिएको भन्दै इजरायलले अब सरकारीस्तरबाट मात्र केयरगिभर ल्याउने योजना बनाएको नेपाली टोलीसँगको भेटमा इजयरायली अधिकारीहरुले जानकारी दिएका छन । त्यहाँको पपुलेसन एण्ड इमिग्रेसन अथोरिटीका नेतृत्वसँग नेपाली टोलीले वार्ता गरेको थियो । १० हजार डलरसम्म तिरेर नेपाली कामदार इजरायल पुगेको पाइएपनि श्रीलंका लगायत अन्य मुलुकका कामदार १७ हजार डलर तिरेर पुगेको जानकारी पाएको सचिव श्रेष्ठले बताउनुभयो ।
कामदारसँग धेरै पैसा लिएको भन्दै इजरायलले नेपाली कामदार लैजान छाडेपछि सरकारी स्तरबाटै कामदार पठाउने पहलकमदी सुरु भएको हो । यसपटकको वार्तामा सरकारी टोलीले सम्भव भएसम्म निजी क्षेत्रलाई सहभागी बनाएर नेपाली कामदार ल्याउन आग्रह गरेको भएपनि इजरायली अधिकारीहरुले त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन ।

No comments:

Post a Comment