www.samabad.com

Pages

  • Home
  • News & Events
  • INTERVIEWS
  • ARTICLES
  • ABOUT SAMABAD
  • CONTACT US
  • NOTICES

Saturday, March 30, 2013

राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा

Cover Photo
                          
Change Group Photo
Mongol Democratic Party
Members

Events

Photos

Files
Notifications
Search


                            Mingmar 

Tamang


             

https://www.facebook.com/groups/2523053381

38400/members/


मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
नेपालको सामाजिक संरचना सुन्दर बगैंचाको फुलबारीमा फुलेको फुल जस्तै सुन्दर छ । यती हुँदाहुँदै पनि यहाँका मूलबासी मंगोल समुदायले सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, राजनीतिक, भौगोलिक र संस्कृतिक बिभेद खेपिरहेका छन ।
नेपालको मूलबासी मंगोल समुदाय राज्यसत्ताको नीति-निर्माण तहमा सहभागी हुनबाट बंचित छन । जबसम्म मूलबासी मंगोल समुदायलाई देश बिकाशको निर्णयक तह र मूलधारमा स्थापित गराउन सकिदैन तब सम्म मुलुक स्वस्थ्य, समुन्नत, समतामुलक, समृद्धा र शान्त हुन सक्दैन ।
मार्ग-दर्शन र बिचार धारामा ओतप्रोत भएर संघर्षशिल भएकै कारण राज्यका नीती निर्माण तहमा पुगेकाले नेपालका दुई बिशाल छिमेकी मुलुकहरु चिन र भारत समृद्ध, समुन्नत र शान्त दिशातिर उन्मुख छन । स्वास्थ्य, समुन्नत, समृद्ध, सुदृढ, शान्त एबम न्याय र समतामुलक समाज निर्माण तथा मानवअधिकार सम्पन्न संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संस्थागत सुदृढिकरणका लागी राजनीतिक र सामाजिक रुपान्तरणको अभियान नितान्त आवश्यक छ ।
यस माहन अभियानमा बिचार, दर्शन र सामाजीक न्यायको सन्देशलाई आम नागरिक समुदाय सम्म सम्प्रेशण गर्दै नेपाल अधिराज्यभरका सम्पूर्ण नागरिक समुदायमा मनबीय संबेदनशीलता, न्यायमूखीभाव तथा मानव समुदायका अधिकारहरुप्रती सम्मानको भावना, जागृत गर्दै गराउँदै पूर्ण रुपले सामाजिक परिवर्तन गर्ने र गराउने उद्धेश्यले मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु नागरिकहरुको घरघरमा पुगिरहेका छन ।
नेपाल एकात्मक सामन्ती तथा निर्मम निर्दयी तानाशाह शक्तिप्राप्त हिन्दू आर्यन बाहुन/क्षेत्रीहरुको हातमा शासन सत्ता रहेको औपनिवेशिक मुलुक हो । यहाँको मूलबासीहरुको अधिकार छिन्ने र सबथोक लुटिने कामको थालनी भएको सन् १५५९ देखि हो । यिनै परम्परागत सामन्ती शोषण, सामन्तवादी संस्कार, सामन्ती राज्य सत्ताको वर्णभेदी नीति तथा लैङ्गिक भेदभाव र बिद्धमान आर्थिक सम्बन्धको स्थितिले यसको सामन्ती अवस्थालाई प्रस्तुत गरेको छ भने वर्णभेदी, साम्राज्यवादी, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हस्तक्षेप र विविध किसिमले भए गरेका सार्वभौमिकता माथि हिन्दू-आर्यनबाट भए गरेका हस्तक्षेपले औपनिवेशिक अवस्था कायमै रहेको छ । आज विश्व साम्राज्यवादले आर्थिक क्षेत्रमा अघि सारेका 'उदारीकरण' 'निजीकरण' 'भूमण्डलीकरण' जस्ता नीतिले राष्ट्रिय सार्वभौमिकता, स्वाधिन अर्थतन्त्रको निर्माण र स्वतन्त्र लोकतान्त्रिक अधिकारको उपभोगबाट समेत मुलुक र नागरिक बंचित हुनुपरेकोले त्यसबाट थप संकट आइपरेको छ ।
सन् १५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काएदेखि नै हाम्रो पुर्खाहरु सुपति गुरुङ, श्रीजंग थेवे, लखन थापा मगर र रामप्रसाद राईहरुले सामन्तवाद, साम्राज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ । ४५० वर्षदेखिको कालो इतिहास बोकेको सामन्ती राजतन्त्र र बाहुनवादी सामन्ती राज्यसत्ताले नेपालका अहिन्दू मुलबासी मंगोल समुदायमाथि हुने गरेका शोषण, दमन, अन्याय र अत्याचार प्रचलित सामन्तवादी वर्णभेदी राज्य प्रणालीले हल गर्न नसकेको तथ्य स्पष्ट छ । त्यसैले ती विभिन्न समस्याको स्थायी समाधानको बाटो अंगिकार गर्ने क्रममा गणतन्त्रवादी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई समेट्दै सामन्तवाद, साम्राज्यवाद तथा नोकरशाही, सामन्तवादी, वर्णभेदी राज्यसत्ताको पूर्णरुपले अन्त्य एवं सामाजिक संरचनामा आमूल परिवर्तन गरी संघीय लोकतन्त्र, धर्म निरपेक्षता र संघीय शासन प्रणालीद्वारा समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यले मंगोल डेमोक्रेटिक पार्टी नामक राष्ट्रिय राजनैतिक संगठन कृयाशील रहेका हुन् ।
सम्पूर्ण शोषित पीडित अहिन्दू मूलबासी मंगोल समुदायको मुक्ति र अधिकारका लागि अहिन्दू मूलबासी मंगोल समुदायलाई एउटै पंक्तिमा गोलबन्द गर्न एउटा बृहत्तर प्रभावकारी संगठनको खाँचो पहिलेदेखि नै महसूस हुँदै आइरहेको हो । यसै उद्देश्यलाई पूरा गर्न सामाजिक न्यायमा आधारित पूर्ण लोकतान्त्रिक प्रणालीप्रति आस्थावान राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि संघर्षरत देशभक्त र गणतन्त्रवादी तथा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई समेट्दै संघर्षका सबै रुपहरुलाई आत्मसात गर्ने, नेपालका मुलबासी नागरिक समुदायको एकताको प्रतिफलस्वरुप मंगोल डेमोक्रेटिक पार्टी नामको राजनीतिक संगठन गठन गरिएको छ ।
http://samabad.blogspot.com/2012/11/blog-post_7022.html

International Propagation Campaign of Equalism Nepal: मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति
SAMABAD.BLOGSPOT.COM
on Thursday · Kathmandu
LikeComment
Posted by Unknown at 5:56 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Translate

Total Pageviews

About Me

Unknown
View my complete profile

Popular Posts

  • नेपाली सेनाको अधिकृत क्याडेट पद र प्रहरी निरीक्षक (प्रशासन) तथा प्रहरी जवान पदको नयाँ भर्ना खुल्यो ।
    नेपाली सेनाको अधिकृत क्याडेट पद र  प्रहरी निरीक्षक (प्रशासन) तथा प्रहरी जवान पदको नयाँ भर्ना खुल्यो ।  नेपाली सेनाको अधिकृत क्याडेट पदमा ...
  • मंगोल डेमोक्रेटिक पार्टीद्वारा राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा
    मंगोल डेमोक्रेटिक पार्टी द्वारा    राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा   (पुरा लेख हेर्न  यहाँ  क्लिक गर्नु होल) ।  हे  उठौ अब त...
  • विभिन्न राजनीतिक दलका ३ हजार भन्दा बढी कार्यकर्ताहरु मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश
      - सम्झना तामाङ रसुवागढीः मंगोल डेमोक्रेटिक पार्टीले राजधानी काठमाडौंको उत्तरी भेगवाट संगठन निर्माणको अभियानलाई व्यापक रुपमा अगाडी बढाए...
  • बुद्धको जन्मस्थल नेपाल लेखिएको ११८ वर्षअघि प्रकाशित पत्रिका फेला पर्‍यो
    बुद्धको जन्मस्थान नेपाल भनेर लेखिएको सम्भवत पहिलो पत्रिका  सन् १८९७ को एक जर्मन पत्रिका आल्गेमाइनन चाइटुङ्को (Beilage Bur Allgemeinen...
  • तामाङ समुदायले इतिहासमा कहीँ कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरुसँग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन ।
    हामीले गुमाउनु पर्ने भनेको प्राणा मात्र हो । अहिले हामी संग बाँकी बसेको यही प्राणा मात्र छ यो प्राणा त जती खेर पनि जान सक्छ । यसर्थ अस्त...
  • तामाङसालीङ छेत्रका हजारौँ युवा-युवातिहरु मंगोल डेमोक्रेटिक पार्टीमा
    नेपाल ८० प्रतिशत मूलवासी मंगोल समुदाय र भारतबाट भित्रिएका २० प्रतिशत शरणार्थी बाहुन-क्षेत्रीहरूले भरिएको अविकशित देश हो । नेपालको मध्ये क्ष...
  • दोरम्वा नरसंहारले उब्जिएका तामाङ समुदायका अनुत्तरित प्रश्नहरु
    -अमरदीप मोक्तान तामाङ  जुन राष्ट्रमा जनताको कुनै मूल्य हुदैन, मानवताको सिद्धान्त विपरित राज्यको आचारण हुन्छ भने त्यो राष्ट्र कहिले पन...
  • अख्तियार प्रभु ! बौद्धनाथभित्रको मनपरी हेर्न मिल्दैन ?
                     यसरि भत्काइयो बौद्ध नाथ  स्तुप काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्प जाँदा बौद्धनाथ स्तुपको टुप्पोको केही भाग मात्रै...
Powered By Blogger

तामाङसालीङ छेत्रका हजारौँ युवा-युवातिहरु मंगोल डेमोक्रेटिक पार्टीमा

  • www.samabad.blogspot.com

मंगोल डेमोक्रेटिक पार्टीद्वार राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा

नेपालको सामाजिक संरचना सुन्दर बगैंचाको फुलबारीमा फुलेको फुल जस्तै सुन्दर छ । यती हुँदाहुँदै पनि यहाँका मूलबासी मंगोल समुदायले सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, राजनीतिक, भौगोलिक र संस्कृतिक बिभेद खेपिरहेका छन ।
नेपालको मूलबासी मंगोल समुदाय राज्यसत्ताको नीति-निर्माण तहमा सहभागी हुनबाट बंचित छन । जबसम्म मूलबासी मंगोल समुदायलाई देश बिकाशको निर्णयक तह र मूलधारमा स्थापित गराउन सकिदैन तब सम्म मुलुक स्वस्थ्य, समुन्नत, समतामुलक, समृद्धा र शान्त हुन सक्दैन ।
मार्ग-दर्शन र बिचार धारामा ओतप्रोत भएर संघर्षशिल भएकै कारण राज्यका नीती निर्माण तहमा पुगेकाले नेपालका दुई बिशाल छिमेकी मुलुकहरु चिन र भारत समृद्ध, समुन्नत र शान्त दिशातिर उन्मुख छन । स्वास्थ्य, समुन्नत, समृद्ध, सुदृढ, शान्त एबम न्याय र समतामुलक समाज निर्माण तथा मानवअधिकार सम्पन्न संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संस्थागत सुदृढिकरणका लागी राजनीतिक र सामाजिक रुपान्तरणको अभियान नितान्त आवश्यक छ ।
यस माहन अभियानमा बिचार, दर्शन र सामाजीक न्यायको सन्देशलाई आम नागरिक समुदाय सम्म सम्प्रेशण गर्दै नेपाल अधिराज्यभरका सम्पूर्ण नागरिक समुदायमा मनबीय संबेदनशीलता, न्यायमूखीभाव तथा मानव समुदायका अधिकारहरुप्रती सम्मानको भावना, जागृत गर्दै गराउँदै पूर्ण रुपले सामाजिक परिवर्तन गर्ने र गराउने उद्धेश्यले मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु नागरिकहरुको घरघरमा पुगिरहेका छन ।
नेपाल एकात्मक सामन्ती तथा निर्मम निर्दयी तानाशाह शक्तिप्राप्त हिन्दू आर्यन बाहुन/क्षेत्रीहरुको हातमा शासन सत्ता रहेको औपनिवेशिक मुलुक हो । यहाँको मूलबासीहरुको अधिकार छिन्ने र सबथोक लुटिने कामको थालनी भएको सन् १५५९ देखि हो । यिनै परम्परागत सामन्ती शोषण, सामन्तवादी संस्कार, सामन्ती राज्य सत्ताको वर्णभेदी नीति तथा लैङ्गिक भेदभाव र बिद्धमान आर्थिक सम्बन्धको स्थितिले यसको सामन्ती अवस्थालाई प्रस्तुत गरेको छ भने वर्णभेदी, साम्राज्यवादी, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हस्तक्षेप र विविध किसिमले भए गरेका सार्वभौमिकता माथि हिन्दू-आर्यनबाट भए गरेका हस्तक्षेपले औपनिवेशिक अवस्था कायमै रहेको छ । आज विश्व साम्राज्यवादले आर्थिक क्षेत्रमा अघि सारेका 'उदारीकरण' 'निजीकरण' 'भूमण्डलीकरण' जस्ता नीतिले राष्ट्रिय सार्वभौमिकता, स्वाधिन अर्थतन्त्रको निर्माण र स्वतन्त्र लोकतान्त्रिक अधिकारको उपभोगबाट समेत मुलुक र नागरिक बंचित हुनुपरेकोले त्यसबाट थप संकट आइपरेको छ ।
सन् १५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काएदेखि नै हाम्रो पुर्खाहरु सुपति गुरुङ, श्रीजंग थेवे, लखन थापा मगर र रामप्रसाद राईहरुले सामन्तवाद, साम्राज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ । ४५० वर्षदेखिको कालो इतिहास बोकेको सामन्ती राजतन्त्र र बाहुनवादी सामन्ती राज्यसत्ताले नेपालका अहिन्दू मुलबासी मंगोल समुदायमाथि हुने गरेका शोषण, दमन, अन्याय र अत्याचार प्रचलित सामन्तवादी वर्णभेदी राज्य प्रणालीले हल गर्न नसकेको तथ्य स्पष्ट छ । त्यसैले ती विभिन्न समस्याको स्थायी समाधानको बाटो अंगिकार गर्ने क्रममा गणतन्त्रवादी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई समेट्दै सामन्तवाद, साम्राज्यवाद तथा नोकरशाही, सामन्तवादी, वर्णभेदी राज्यसत्ताको पूर्णरुपले अन्त्य एवं सामाजिक संरचनामा आमूल परिवर्तन गरी संघीय लोकतन्त्र, धर्म निरपेक्षता र संघीय शासन प्रणालीद्वारा समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यले मंगोल डेमोक्रेटिक पार्टी नामक राष्ट्रिय राजनैतिक संगठन कृयाशील रहेका हुन् ।
सम्पूर्ण शोषित पीडित अहिन्दू मूलबासी मंगोल समुदायको मुक्ति र अधिकारका लागि अहिन्दू मूलबासी मंगोल समुदायलाई एउटै पंक्तिमा गोलबन्द गर्न एउटा बृहत्तर प्रभावकारी संगठनको खाँचो पहिलेदेखि नै महसूस हुँदै आइरहेको हो । यसै उद्देश्यलाई पूरा गर्न सामाजिक न्यायमा आधारित पूर्ण लोकतान्त्रिक प्रणालीप्रति आस्थावान राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि संघर्षरत देशभक्त र गणतन्त्रवादी तथा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई समेट्दै संघर्षका सबै रुपहरुलाई आत्मसात गर्ने, नेपालका मुलबासी नागरिक समुदायको एकताको प्रतिफलस्वरुप मंगोल डेमोक्रेटिक पार्टी नामको राजनीतिक संगठन गठन गरिएको छ ।

Messenger Gadget

Messenger Gadget

Search This Blog

Wikipedia

Search results

www.samabad.com. Simple theme. Powered by Blogger.