Saturday, March 30, 2013

'भोटको होइन, भत्ताको कुरा गर'


'भोटको होइन, भत्ताको कुरा गर'
चितवन,सिंगराम प्रजा  १९९५ सालमा जन्मेका थिए। गाउँमा नै टोली आएका बेला उनले २०४६ सालमा नागरिकता बनाएका थिए। नागरिकता बनाएको वर्ष उनी ५१ वर्षका थिए। नागरिकता दिने अधिकारीले जन्म मितिका ठाउँमा वर्ष लेखिदिएको छ।
तर ५१ हो या ३१, छुट्याउन नमिल्ने गरेर उमेर उल्लेख गरेपछि उनी भत्ता पाउनबाट बञ्चित छन्।
सरकारले ७० वर्ष नाघेका नागरिकलाई महिनाको पाँच सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। जन्मका आधारमा सिंगराम चार वर्षअघि नै ७० पुगिसकेका हुन्। तर, नागरिकतामा लेख्नेले शुद्ध नलेखिदिँदा उनी हण्डर बेहोर्न बाध्य छन्।

हिरोइन मुस्कान

Click on the slide!

हिरोइन एन्ड्रिया राइसबरो नयाँ साइफाइ एक्सन मूभी अब्लिभियनको प्रचारका लागि ब्राजिलको रियो दि जेनेरियोमा भएको कार्यक्रममा। तस्बिरः एपी
 

फूलै संसार

Click on the slide!

राजधानीको भृकुटी मण्डपमा भइरहेको पुष्प प्रदर्शनीमा दर्शकहरु। तस्बिरः नागरिक
 

लौ लिनुस्

Click on the slide!

झापाको अजुर्नधारा-६ रातेखालमा हेफर इन्टरनेशनल नेपाल र जलेश्वर स्वावलम्वन समाजले साझेदारीमा सञ्चालन गरेको अर्जुनधारा सामुदायिक विकास परियोजना अन्तर्गत उपहार प्रदान गरिएको भैसी हेर्दै महिलाहरु। तस्बिरः चन्द्रकला भण्डारी/रासस

सैन्य अभ्यास

Click on the slide!

शान्ति प्रयास-२ अन्तर्गत पाँचखालमा भएको तालिममा अभ्यास गर्दै जापानी सैनिक। तालिममा २३ देशका ८५० सैनिक सहभागी छन्। तस्विरः चन्द्रशेखर कार्की
 

पूर्व र वर्तमान

नेपाल भ्रमणमा रहेका अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्दै । तस्वीरः किरण पन्थी/ शीतलनिवास
 
कोइराला कुट्दै मजदुर
 
Majdur-Koila-Phut
कञ्चनपुरको दैजीस्थित इट्टाभट्टाका लागि कोइला फुटाउँदै गरेका मजदुर । एक ट्रक कोइला फुटाए बाफत उनीहरुले दैनिक चार सय रुपैंया कमाउदै आएका छन् ।
 
श्रमदान……
 
Myagdi-Traking-Root-1
म्याग्दीको बेनीदेखि मल्लाज जोड्ने पदमार्ग निर्माणमा श्रमदान गर्दै पर्वत माझफाँटका बासिन्दा । उनीहरुले श्रमदान गरेर एक हजार तीन सय मिटर सिँढीसहितको पक्की पदमार्ग निर्माणमा जुटेका छन् ।
 
चेलाको काखमा गुरु
 
Students-carryin
हिँडडुल गर्न नसक्ने अर्घाखाँचीको ठूलापोखरा गाविसमा रहेको भगवती निम्न माध्यमिक विद्यालयका शिक्षक शारीरिक अपाङ्ग कृष्ण प्रसाद पौडेललाई विद्यार्थीले बोकेर सम्मानका लागि लग्दै ।

योजनाविहीन काम….

Myagdi-Khel-Maidan-ma-Mato-
म्याग्दी सदरमुकाम बेनीमा रहेको एकमात्र खेलमैदानमा एक महिना भन्दा लामो समयदेखि माटो थुपारीएपछि खेलकुद गतिबिधी प्रभावित बनेको छ । बिना योजना हचुवाको भरमा खेलमैदानमा माटो थुपारेको भन्दै खेलाडीहरुले माटो व्यवस्थापन गरेर खेलमैदान सञ्चालनमा ल्याउन माग गरेका छन् ।
 
 
Students-horse-
घोडा चढेर विद्यालयबाट घर फर्किदै सदरमुकास्थित शुभलक्ष्मी अंग्रेजी विद्यालयका कक्षा ७ मा अध्ययनरत १४ वर्षीय छात्र दिपन बस्नेत । उनको घर ओखलढुङ्गाको अधेरी नारायणस्थान ६ बाट विद्यालय आउन डेढदेखि दुई घण्टासम्म लाग्छ ।
 
 
 हिमालको काखमा फलामे चुल्हो
 
Solukhumbu-falame-chulo-IMG
नेपालकै अग्लो स्थानमा रहेको विमानस्थल स्याङबोचे विमानस्थलमा हेलिकोप्टरबाट झारिएको फलामे चुल्हो र ग्याँसका सिलिण्डर । अहिले खुम्बु क्षेत्रमा कोठा तताउन फलामे चुल्हो र खाना पकाउन ग्याँसको प्रयोग गरिन्छ ।
 
प्रहरीले इजाजत पत्र नभएका सवै हतियार बुझाउन ३५ दिने सूचना जारी गरेपछि म्याग्दीका विभिन्न गाउाबाट स्थानीयले हतियार बुझाउन सुरु गरेका छन् । फोटोग्राफर : ईकान्तिपुर
 
जर्मनीमा भएको अन्तर्राष्ट्रिय टाटु सम्मेलनमा टाटु खोपेको ढाड देखाउँदै दुई युवक ।
फोटोग्राफर : एपी

No comments:

Post a Comment