Tuesday, March 19, 2013

भ्रष्टचार विरुद्ध आमरण बस्नु भएकी शारदालाई हाम्रो सलाम

अस्थिर राजनीतिको मौका समाती यतीवेला भ्रष्टहरु जताततै सलवलाईरहेको सन्दर्भमा भ्रष्टचार अन्त्यका लागि शारदा भुसाल झा कमल पोखरीमा रहेको प्रहरी चौकी अगाडी शुक्रवार देखी आमरण अनशन बस्नुभएको छ । अर्घाखाँची जिल्लामा जन्मिई महोत्तरी घर भएकी झा यस भन्दा अगाडी १३ दिनसम्म महोत्तरी जिल्लामा आमरण अनसन बसीसक्नु भएको कुरा कुनै नौलो विषय होईन ।
महोत्तरी जिल्लाका सरकारी निकायहरुमा व्यापक भ्रष्टचारबाट असन्तुष्ट वनीसकेपछि भ्रष्टचारको अनत्य र कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय जलेश्वर महोत्तरीको मुलगेटमा तत्कालीन प्रशासनले आमरण अनशन बस्नमा रोक लगाएपछि महोत्तरी कै सदरमुकाम जलेश्वरको दुर्गाचोकमा २०६८ भाद्र २५ गते देखी भाद्र ३१ गते सम्म आमरण अनसन बस्नुभएकी शारदालाई अस्पताल लगीयो । असौज २ गतेसम्म वहाँ अस्पतालमा नै  आमरण अनशन बस्नुभयो र अस्पताल वाट फर्किएपछि शारदालाई दुर्गाचोकमा बस्न नदिएपछि बनौली दनौली गाविस ४ मा रहेको बिध्यापती जनहित पुस्तकालयमा २०६८ असौज ६ गतेसम्म अर्थात १३ दिनसम्म आमरण अनशन बस्नुभएको थियो ।
आमरण अनसन वसेको उक्त समयमा जलेश्वरको प्रहरी प्रशासनले वहाँलाई धेरै पटक कुटपिट गरेको वहाँका सहयोगी श्यामलाल शाहले जानकारी दिनु भएको छ । उक्त समयमा वहाँले उठाउनु भएका भ्रष्टचार सम्वन्धि मुद्धालाई सम्वोधन गर्दे दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नेपाल सरकारका जिम्मेवार कर्मचारीहरुले गरेका कारण अनशन तोडीएको कुरा शारदाले हामीलाई जानकारी अनशन स्थलवाट दिनुभएको छ ।
नेपाल सरकारका प्रतिनिधि भनौदाहरुले भ्रष्टचारीहरुलाई कारवाही गर्नुको साटो पुरस्कूत गरेको र वहाँको माग जुन उनीहरुले कारवाहीका लागी प्रतिबद्धता जायर गरेका थिए हाल सम्म पुरा हुन सकेन । शारदा भुसाल झा भ्रष्टचारीको बिरुद्ध कारवाहीका लागी सुचनाको हक २०६४ को दफा ३ प्रयोग गर्दे निरन्त्रर अगाडी बढने क्रममा जहाँ जहाँ भ्रष्टचार भएको छ, कारवाहीका लागी प्रमाण सहित अक्तियारमा दिएको तर कारवाही नभएको कारण २०६९ साल माघ १४ गते अक्तियारको मुलगेटमा फाल्गुण ११ गते देखी आमरण अनसन बस्नको लागी दर्ता नं. १३५५ मा निवेदन दिएको वहाँका सहयात्री शाहले जानकारी दिनु भएको छ ।
पूर्व घोषित कार्यक्रम अनुसार फाल्गुण ११ गते शुक्रवार आमरण अनसन वस्नको लागी अक्तियार पुग्नुभएकी शारदालाई प्रहरीले कमलपोखरीमा रहेको प्रहरी कार्यालयमा पुर्‍याएको थियो र यो समचार तयार पारुन्जेल सम्म वहाँ कमलपोखरी प्रहरी कार्यालयमा नैई आमरण अनसनमा बस्नुभएको छ । विना स्वार्थ देशको भलाईका लागी भ्रष्टचार बिरुद्धमा आफनो ज्यानको प्रवाह नगरी आमरण अनसनमा वस्ने यि शाहसी महिला शारधा भुसाल झा लाई सवैले आ-आफनो ठाउँवाट सहयोग गरी वहाँ वाट पाठ सिक्नु मुलुकको हितमा मानिन्छ ।
   - मुक्ति नाथ भुसाल 

No comments:

Post a Comment